सामग्रीमा जानुहोस्

इन्टरनेसनल रेड क्रस एन्ड रेड क्रिसेन्ट मुभमेन्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संगठित इन्टरनेसनल रेड क्रस र रेड क्रिसेन्ट मुभमेन्ट (अनुवाद: अन्तर्राष्ट्रिय रातो क्रस तथा रातो अर्धचन्द्राकार आन्दोलन) एक मानवीय आन्दोलन हो जसमा लगभग १६ विश्वभर लाखौं स्वयंसेवक, सदस्य र कर्मचारीहरू जोडिएका छन्। यसको स्थापना मानव जीवन र स्वास्थ्यको रक्षा गर्न, सबै मानिसहरूको सम्मान सुनिश्चित गर्न, र मानव पीडालाई रोक्न र कम गर्न भएको थियो । यसभित्र तीनवटा छुट्टाछुट्टै संगठनहरू छन् जुन एकअर्काबाट कानुनी रूपमा स्वतन्त्र छन्, तर साझा आधारभूत सिद्धान्तहरू, उद्देश्यहरू, प्रतीकहरू, विधानहरू र शासक संगठनहरूद्वारा आन्दोलन भित्र एकताबद्ध छन्।

इतिहास[सम्पादन गर्नुहोस्]

हेनरी ड्युनान्ट, ए मेमोरी अफ सोल्फेरिनोका लेखक

अन्तर्राष्ट्रिय सम्मेलन[सम्पादन गर्नुहोस्]

२६ देखि २९ अक्टोबर १८६३ [१] समितिद्वारा युद्धभूमिमा चिकित्सा सेवा सुधार गर्न सम्भावित उपायहरू विकास गर्न अन्तर्राष्ट्रिय सम्मेलन जेनेभामा सम्पन्न भएको थियो। सम्मेलनमा राष्ट्रिय सरकारका १८ आधिकारिक प्रतिनिधि, गैरसरकारी संस्थाका ६ प्रतिनिधि, सात गैर-आधिकारिक विदेशी प्रतिनिधि, र अन्तर्राष्ट्रिय समितिका पाँच सदस्य गरी ३६ व्यक्तिको सहभागिता थियो। आधिकारिक प्रतिनिधित्व गर्ने राज्यहरू र राज्यहरू थिए:

अस्ट्रियन साम्राज्य, ग्रान्ड डची अफ बाडेन, बाभेरिया साम्राज्य, फ्रान्सेली साम्राज्य, ह्यानोभर अधिराज्य, हेसेको ग्रान्ड डची, इटालीको राज्य, नेदरल्यान्ड्सको राज्य, प्रसियाको राज्य, रूसी साम्राज्य, सक्सोनीको राज्य, स्पेन अधिराज्य, स्विडेन र नर्वेको युनाइटेड किंगडम, र ग्रेट ब्रिटेन र आयरल्याण्डको युनाइटेड किंगडम । [२]

"पाँचको समिति": गुस्ताव मोयनियर, गुइलाउम-हेनरी डुफोर, हेनरी ड्युनान्ट, लुइस एपिया, थिओडोर मौनोइर

लेखिएका प्रस्तावहरू मध्ये, १८६३ अक्टोबर २९ मा सम्मेलनको स्वीकृत अन्तिम घोषणापत्र [३] थिए:

  • घाइते सैनिकहरूको लागि राष्ट्रिय राहत समाजको स्थापना ;
  • घाइते सैनिकहरूको लागि तटस्थता र सुरक्षा;
  • युद्ध भूमिमा राहत सहायताको लागि स्वयम्सेवक बलहरूको उपयोग;
  • यी अवधारणाहरू लागू गर्न थप सम्मेलनहरूको संगठन;
  • फिल्डमा मेडिकल कर्मीहरूका लागि साझा विशिष्ट सुरक्षा प्रतीकको परिचय, अर्थात् रेड क्रस बोकेको सेतो आर्मलेट।

जेनेभा महासन्धि, राष्ट्रिय सोसाइटी र अन्तराष्ट्रिय रेस क्रस कमिटि[सम्पादन गर्नुहोस्]

एक वर्ष पछि, स्विस सरकारले सबै युरोपेली देशहरू, साथै संयुक्त राज्य अमेरिका, ब्राजिल साम्राज्य र मेक्सिकन साम्राज्यलाई सम्मेलनमा भाग लिन आधिकारिक कूटनीतिक आमन्त्रित गर्यो। १६ देशले जेनेभामा जम्मा २६ प्रतिनिधि पठाए । २२ अगस्त १८६४ मा, सम्मेलनले पहिलो जेनेभा महासन्धि "युद्धभुमीमा सेनामा घाइते सेनारूको अवस्था सुधारको लागि" स्वीकार गर्यो। १२ राज्य र राज्यका प्रतिनिधिहरूले महासन्धिमा हस्ताक्षर गरे: [४]  

महासन्धिमा दस धारा थिए । सशस्त्र द्वन्द्वमा घाइते सैनिकहरू, क्षेत्रीय चिकित्सा कर्मचारीहरू र विशिष्ट मानवीय संस्थाहरूका लागि तटस्थता र सुरक्षाको ग्यारेन्टी गर्ने पहिलो पटक कानुनी रूपमा बाध्यकारी नियमहरू स्थापना गरेको थियो। [५]

गोटारो मिकामीको रेड क्रसको झण्डा जसको साथ 1905 मा उनले रुसी सेनाको आक्रमणमा मन्चुरियाको फिल्ड अस्पतालबाट हटाए।

प्रथम विश्व युद्ध[सम्पादन गर्नुहोस्]

आधारभूत सिद्धान्तहरू[सम्पादन गर्नुहोस्]

रेड क्रस र रेड क्रिसेन्ट आन्दोलनका आधारभूत सिद्धान्तहरू
सिद्धान्त परिभाषा
मानवता रणक्षेत्रमा घाइते भएका व्यक्तिहरूलाई भेदभावविना सहयोग पुर्‍याउने उद्देश्य लिएर स्थापना गरिएको अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियान अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै हैसियतमा जहाँसुकै मानवीय विपत्तिलाई हटाउन वा कमगर्न प्रयत्नशील रहन्छ । यसको उद्देश्य जीवन तथा स्वास्थ्यको सुरक्षा तथा मानवको सम्मानलाई सुनिश्चित गर्नु हो । यसले सम्पूर्ण मानवबीचमा पारस्परिक समझदारी, मित्रता, सहयोग र चिरस्थायी शान्तिको अभिवृद्धि गर्दछ ।
निष्पक्षता रेडक्रसले राष्ट्रियता, जाति, धार्मिक विश्वास, वर्ग र राजनीतिक विचारधाराको आधारमा कुनै भेदभाव गर्दैन । यसले विपत्तिको अवस्थामा मानवलाई सहयोग पुर्‍याउँदा उनिहरूको आवश्यकतालाई मात्र ध्यानमा राख्दछ र सबभन्दा बढी विपत्तिमा परेकालाई प्राथमिकता दिन्छ ।
तटस्थता सबैको विश्वास प्राप्त गरिरहनका निम्ति शत्रुतापूर्ण व्यवहारमा र कुनै पनि क्षण राजनीतिक, जातिय, धार्मिक अथवा बैचारिक स्वभावका विवादहरूमा रेडक्रस अभियानले कसैको पक्ष लिँदैन ।
स्वतन्त्रता रेडक्रस अभियानका स्वाधिन छ । राष्ट्रिय सोसाइटीहरूले सम्बन्धित सरकारको मानवीय सेवा कार्यमा सहयोग र सम्बन्धित राष्ट्रको ऐन (कानून पालना गर्दा आफ्नो स्वायत्तता सदा काम गर्नै पर्छ जसबाट रेडक्रस अभियानका आधारभूत सिद्धान्तअनुरुप काम गर्न ती निकायहरु सदैव सक्षम हुन सकुन् ।
स्वैच्छिक सेवा रेडक्रस स्वेच्छाले अरुको भलाई गर्ने अभियान भएकाले कुनै पनि किसिमको लाभको इच्छाबाट प्रेरित हुँदैन ।
एकता एउटा मुलुकमा एउटै मात्र रेडक्रस अथवा रेडक्रिसेण्ट सोसाइटी हुन सक्दछ । यो सबैका लागि खुला हुनै पर्छ । यसले आफ्ना मानवीय कार्यहरु देशभरि सञ्चालन गर्नै पर्छ ।
सार्वभौमिकता अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेण्ट अभियान विश्वव्यापी छ जसमा सबै सोसाइटीहरूको समान सम्मान हुन्छ र सबैले एक(आपसमा सहयोग गर्ने समान दायित्व र कर्तव्य पालना गर्दछन् ।

प्रतीकहरूको इतिहास[सम्पादन गर्नुहोस्]

रेड क्रस[सम्पादन गर्नुहोस्]

रेड क्रस

रेड क्रस प्रतीक औपचारिक रुपमा सन् १८६३ मा जेनेभामा स्वीकृत भएको थियो [६]

रेड क्रस झण्डा स्विट्जरल्याण्डको झण्डाको रङ-बदली गरिएको संस्करण हो। यसको निर्माण "घायल लडाकू र सैन्य चिकित्सा सुविधाहरूको सुरक्षाको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्डहरू स्थापना गर्न स्विस नागरिकहरूको अग्रगामी कार्य" को मान्यतामा गरिएको हो। [७] १९०६ मा,ओटोमन साम्राज्यको तर्क "यस झण्डाले ईसाई धर्मबाट जड लिएको" को अन्त्य गर्न, यो आधिकारिक रूपमा स्विट्जरल्याण्डको संघीय रङहरू उल्टाएर रेड क्रस झण्डा गठन गरिएको थियो भन्ने विचारलाई बढावा दिने निर्णय गरियो, यद्यपि कुनै लिखित छैन। [८]

रेड क्रिसेन्ट[सम्पादन गर्नुहोस्]

रेड क्रिसेन्ट

रेड क्रिसेन्ट प्रतीक पहिलो पटक अन्तर्राष्ट्रिय रेड क्रस कमिटि स्वयंसेवकहरूले सन् १८७६ -१८७८ को ओटोमन साम्राज्यरूसी साम्राज्य बीचको सशस्त्र संघर्षको समयमा प्रयोग गरेको थियो। यो प्रतीक आधिकारिक रूपमा १९२९ मा अपनाइयो, र हालसम्म मुस्लिम जगत का ३३ राज्यहरूले यसलाई मान्यता दिएका छन्।

रेड क्रिस्टल[सम्पादन गर्नुहोस्]

रेड क्रिस्टल

अन्तर्राष्ट्रिय रेडक्रस कमिटि (आईसीआरसी) पहिलेका दुई प्रतीकहरू (रेड क्रस र रेड क्रिसेन्ट) ले धार्मिक अर्थका कारण एसिया-प्रशान्त क्षेत्र को बहुसंख्यक हिन्दू वा बौद्ध देशसँग मिल्दो नहुने सम्भावनासँग चिन्तित थियो। एसिया-प्रशान्त क्षेत्र, जहाँ बहुसंख्यकले यी प्रतीकहरूसँग सम्बद्ध थिएनन्। त्यसकारण, १८२२ मा, तत्कालीन-अध्यक्ष कर्नेलियो सोमारुगाले निर्णय गरे कि तेस्रो, अधिक तटस्थ प्रतीक आवश्यक थियो। [९]

रेड लायन एण्ड सन[सम्पादन गर्नुहोस्]

रेड लायन एण्ड सन

रेड लायन एण्ड सन सोसाइटी अफ इरानको स्थापना सन् १९२२ मा भएको थियो र सन् १९२३ मा रेड क्रस आन्दोलनमा जोडिएको थियो [१०] यो प्रतीक १८६४ मा,इरानका दुई प्रतिद्वन्द्वी, ओटोम्यान र रुसी साम्राज्यहरूले प्रयोग गरेको अर्धचन्द्राकार र क्रसको प्रतिस्पर्धा उदाहरणको रूपमा जेनेभामा पेश गरिएको थियो [११] । यद्यपि त्यो दाबी रेड क्रिसेन्टको इतिहाससँग असंगत छ। यो पनि मानिन्छ कि रेड क्रिसेन्ट जस्तै रातो सिंह र सूर्य, रूस र टर्की बीचको १८७७-१८७८ को युद्धको समयमा कल्पना गरिएको हुन सक्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dunant 1863, पृष्ठ 2.
  2. Bennett 2006.
  3. "Resoluciones y votos de la Conferencia Internacional de Ginebra, 26-29 de octubre de 1863 - CICR" [Resolutions and votes of the Geneva International Conference, 26–29 October 1863] (स्पेनीमा), २९ अक्टोबर १८६३। 
  4. "Convention for the Amelioration of the Condition of the Wounded in Armies in the Field. Geneva, 22 August 1864", Geneva: International Committee of the Red Cross ICRC, अन्तिम पहुँच २०१७-०६-११ 
  5. Telò 2014.
  6. "The history of the emblems", ICRC, २००७-०१-१४, अन्तिम पहुँच २०१६-०८-१८ 
  7. McMillan, Joseph (२००१), "Miscellaneous Navy Flags", SeaFlags, अन्तिम पहुँच १६ जुन २०२२ 
  8. Boissier 1985, पृष्ठ 77.
  9. Sommaruga, Cornelio (२ अक्टोबर १९९७), "The red cross and red crescent emblems - Special issue - ICRC", www.icrc.org (en-usमा), International Committee of the Red Cross, अन्तिम पहुँच ११ नोभेम्बर २०२२ 
  10. "History of the Iranian Red Crescent Society", मूलबाट २००७-०९-२८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१४  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२८ मिति
  11. "دوره دوم(1301ـ1327) تأسيس و تثبيت" [Second period (1301-1327) Establishment and consolidation], Iranian Red Crescent Society (फारसीमा), २००४-१२-१४, मूलबाट २००९-०४-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१४  वेब्याक मेसिन अभिलेखिकरण २००९-०४-०४ मिति