उकाली अोराली गर्दै (गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"उकाली ओराली गर्दै"
सोनू निगमरत्न शमशेरको एकल
सार्वजनिक५ डिसेम्बर २००९
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई०३:२१
लेबलम्युजिक नेपाल
गीतकार(हरू)रत्न शमशेर थापा
साङ्गीतिक भिडियो
"उकाली ओराली गर्दै" युट्युबमा हेर्नुहोस्

उकाली ओराली गर्दै एक बहुचर्चित नेपाली भाषाको गीत हो। यो नेपाली चलचित्र सिमानामा समावेश एक गीत हो। यस गीतमा स्वर भारतीय गायक सोनू निगमको रहेको छ। [१]

यस गीतलाई निर्देशन प्रकाश सयामीले गरेका थिए। यस गीतमा शब्द वरिष्ठ गीत तथा सङ्गीतकार रत्न शमशेर थापाको रहेको छ। यस गीतमा सङ्गीत शक्ति बल्लभको रहेको छ। यसमा श्रव्य म्युजिक नेपालको रहेको छ। यस गीतको उत्पादक तथा वितरक सितारा म्युजिक प्रालि हो। यसलाई निर्माण राजेन्द्र महर्जन र कर्म थोण्डुप शेर्पाले गरेका थिए। यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्य म्युजिक नेपालको आधिकारिक युट्युब खातामा २१ मे २०१८ मा सार्वजनिक गरिएको थियो भने यसले मङ्सिर २०७६ सम्ममा ११ लाख भन्दा बढी  अवलोकन प्राप्त गरिसकेको छ।[२]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसमा वरिष्ठ अभिनेता राजेश हमाललाई प्रमुख पात्रको रूपमा उभ्याइएको छ। यसको आधिकारिक श्रव्य दृश्यको सुरुवातमा म्युजिक नेपाल मुभिजको विज्ञापन गरिएको छ। यसको सुरुमा खुला दृश्य देखाइएको छ र दृश्यमा अभिनेता राजेश हमालको आगमन हुन्छ जसमा उनी हातमा एउटा झोला बोक्दै र अर्को भिर्दै माथि उक्लिन्छन् र उनी केटाकेटीहरूलाई भेट गर्छन् र त्यसको एकैछिन पछि गीतको सुरुवात हुन्छ।

सुरुवातमा उनी ओरालो स्थानबाट माथि उक्लिन थाल्छन् र उनी हातमा भएको झोलालाई सिरानीको रूपमा प्रयोग गर्दै वैदेशिक यात्राको फाँटवारी लाउँदै घर फर्किएको अभिनय मार्फत व्यक्त गर्छन्। उनको छेउमा गोठालोहरूको टोली रमाइरहेको देखिन्छ। पछि उनी बसेको ठाउँबाट उठी त्यहाँ उपस्थित गोठालाहरूलाई भेट गर्दै त्यहाँबाट प्रस्थान गर्छन्। उनी पङ्क्तीवद्घ रूपमा आइरहेका महिलाहरूको टोलीलाई देखि हर्सित हुन्छन्। एकैछिन पछि उनी बाँसुरी बजाउन थाल्छन् र उनीहरू नृत्य प्रस्तुत गर्न थाल्छन्। उनी बाँसुरी बजाउँदै उक्त स्थानबाट दौडिदै गन्तव्य तर्फ जान्छन्। पछि उनी गाडिको छतमाथि गीत गाइरहेको अवस्थामा देखा पर्छन्। अर्को दृश्यमा उनी गाउँ फर्केर आएकोमा नाच्दै रमाउँदै जान्छन् जसमा उनको पृष्ठभूमिमा महिलाहरूको टोलीले उनलाई नृत्यमा साथ दिएका थिए। 

उनी दृश्यमा चौतारी नजिक आइपुग्छन् र नवविवाहित दम्पतीलाई अङ्कमाल गरेको हेरि सोच मग्न हुन्छन्। एउटा बालकले बाँसुरी बजाएको , केटाकेटीहरू खेलेको लगायतका दृश्यहरू देखेर उनी मनमा कुरा खेलाउन थाल्छन्। पछि उनी हातमा झोला हल्लाउँदै गाउँ फर्केर आएको मा हर्सित हुँदै गीत प्रस्तुत तर्फ लाग्छन् र उनी एउटा चौरमा सुती गीत गाउन थाल्छन्। उनी घर आइपुग्ने क्रममा खेत र आलीबाट हिड्दै गाउँको गुणगान गाउँदै आउछन्। एकछिनको हिँडाई पछि उनी खोला नजिक आइपुग्छन् र उपस्थित सबै मानिसहरूलाई भेटि नृत्य प्रस्तुत गर्छन् र श्रव्य दृश्यको अन्य हुनु अघि उनले सबैलाई झोला अर्कोबाट अर्कोमा स्थानान्तरण गर्दै आफू माझ ल्याउछन्। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]