एमसिबी बैङ्क लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एमसिबी बैङ्क लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपपिएसएक्सMCB
उद्योगबैङ्किङ
स्थापितसन् १९४७
स्थापनाकर्ताआदमजी हाजी दाउद
केन्द्रीय कार्यालय,
मुख्य व्यक्ति
मियाँ मुहम्मद मानसा (अध्यक्ष)[१] पृष्ठ ३२
उत्पादनहरूऋण, क्रेडिट कार्ड, बचत, उपभोक्त बैङ्किङ, गृह विप्रेषण आदि
राजश्वरू६६.४३ बिलियन (अमेरिकी डलर$४७० मिलियन) - सन् २०१५[२]
रू२५.५५ बिलियन (अमेरिकी डलर$१८० मिलियन) - सन् २०१५[२]
मूल सङ्गठनमेबैङ्क (१८.७८%)[३]
निशात समूह
वेबसाइटआधिकारिक वेबसाइट
एमसिबीको कार्यालय पाकिस्तानको कराचीमा

एमसिबी बैङ्क लिमिटेड (उर्दु: ایم سی بی بینک لمیٹڈ) (पूर्व मुस्लिम वाणिज्य बैङ्क) लाई ९ जुलाई १९४७ मा आदमजी समूहले स्थापना गरेको थियो। यो बैङ्क दक्षिण एसियाको व्यापार समुदायलाई बैङ्किङ सुविधा प्रदान गर्न स्थापना गरिएको थियो। सन् १९७४ मा जुलफिकार अली भुट्टोको शासनकालमा बैङ्कको राष्ट्रियकरण गरिएको थियो। सन् १९९१ मा निजीकृत गरिएको यो पहिलो बैङ्क थियो र यो बैङ्कलाई निसात समूहको नेतृत्वमा रहेको पाकिस्तानी संयुक्त समूहहरूको संस्थाद्वारा खरिद गरिएको थियो। जुन २००८ सम्ममा निसात समूहको बैङ्कमा बहुमतको स्वामित्व रहेको थियो। बैङ्कका अध्यक्ष इमरान मकबुल हुन्।

कम्पनीको बारेमा[सम्पादन गर्नुहोस्]

समूहको बैङ्किङ, कपडा, सिमेन्ट र बीमा जस्ता देशको व्यापार क्षेत्रहरूमा उपस्थिति रहेको छ। मियाँ मुहम्मद मनसा दुवै समूह र एमसिबीका अध्यक्ष हुन्। देशका प्रमुख ६ वटा सहरहरूमा समर्पित इस्लामी बैङ्किङ शाखाहरूको साथ शरियात अनुरूप उत्पादन र सेवाहरू प्रदान गर्न बैङ्कले इस्लामी बैङ्किङ इकाईको स्थापना गरेको थियो ।

सन् २००५ मा, बैङ्कको व्यवस्थापनले सङ्क्षिप्त रूपमा यसको नाम मुस्लिम वाणिज्य बैङ्क लिमिटेडबाट एमसिबी बैङ्क लिमिटेडमा अन्तर्राष्ट्रिय बजार अन्वेषण गर्न; अनुमति-पत्र प्राप्त गर्न र विशेष गरी पश्चिमी देशहरूबाट आएका मुस्लिम शब्दका कारण उनीहरूले प्रतिरोधको सामनाबाट मुक्ति पाउनका लागि परिवर्तन गरिएको थियो। सन् २००८ मा, एमसिबीको प्रधान कार्यालय कराचीबाट लाहोरमा नवनिर्मित भवनमा सारिएको थियो जसलाई शारदा घोस उल आजम स्थित एमसिबी हाउस भनिन्छ भने यसलाई सामान्यतया कारागार मार्ग पनि भनेर चिनिन्छ।

मेरिल लिञ्चको सल्लाहमा रहेको एमसिबी चौथो पाकिस्तानी कम्पनी बन्न पुगेको थियो। कम्पनीले उसले रकम १५० मिलियन अमेरिकी डलर जम्मा गरेका कारण यो लण्डन सेयर बजारमा सूचीत भएको थियो र बाँकी तीन कम्पनीहरू जस्तै हबको, पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड र चकवाल सिमेन्टलाई लण्डन सेयर बजारबाट असूचीकृत गरिएको थियो।

एमसिबी बैङ्क लिमिटेडमा नाम परिवर्तन[सम्पादन गर्नुहोस्]

सन् २००५ मा, बैङ्कको नाम "मुस्लिम वाणिज्य बैङ्क लिमिटेड"बाट "एमबीसी बैङ्क लिमिटेड" मा परिवर्तन गरिएको थियो। यसको नाम परिवर्तन गर्न आवश्यकता महसुस भएको थियो किनभने बैङ्क पहिले नै आफ्ना ग्राहक र जनताहरूमा "एमबीसी" भनेर चिनिन्थ्यो र लोकप्रिय पनि थियो र अधिक व्यक्तिले यसलाई पूर्ण नामको सट्टा एमबीसी भनेरै सम्बोधन गर्न गरेका थिए।[४]

मेबैङ्कद्वारा २०% स्वामित्वको अधिग्रहण[सम्पादन गर्नुहोस्]

सन् २०९८ मा, मेबैङ्क (मलेसिया) ले निसात समूहबाट ९४ मिलियन अमेरिकी डलर, साधारण सेयर खरीद गरी एमसिबी बैङ्क लिमिटेडको सेयरमूल्यमा २०% सेयरको अधिग्रहण गर्ने घोषणा गरेका थिए। यस लेनदेनको मूल्य २.१७ अर्ब मलेसियली रिङ्गेट वा ६८ करोड ६० लाख अमेरिकी डलर मेबैङ्कद्वारा भुक्तानी गरिएको थियो। एमसिबीको प्रति साधारण सेयर ४७० पाकिस्तानी रूपैयाँ हो। मेबैङ्कका अनुसार "यस अधिग्रहण मलेसियाको वित्तीय सेवाको नेतृत्वको रूपमा रहेको क्षेत्रका मुख्य बजारमा आफ्नो उपस्थिति बढाउनको लागि मेबैङ्कको रणनीतिको अनुरूप रहेको छ।[५]

इस्लामी बैङ्किङ व्यापार[सम्पादन गर्नुहोस्]

सन् २००० मा, बैङ्कले आफ्नो इस्लामी बैङ्किङ व्यवसाय समूहको स्थापना गरेको थियो र सन् २००३ मा यसको पहिलो शाखा खोलिएको थियो।[६] सन् २०१४ सम्ममा इस्लामी बैङ्किङ सञ्जाल ३४ शाखाहरूमा वृद्धि भइसकेको थियो।[७] सन् २०१५ मा, इस्लामी बैङ्किङ व्यवसायको सम्भावनालाई देखाउँदै, बैङ्क एक स्वतन्त्र तर पूर्ण स्वामित्व प्राप्त सहायक बैङ्कको स्थापना गर्न अघि सरेको थियो।[७] एमसिबी इस्लामी बैङ्क लिमिटेड, छोट्करीमा "एमआइबी" भनेर चिनिन्छ। [८][९] एमसिबी बैङ्क लिमिटेडले रजा मन्सालाई निर्देशक समितिको पहिलो अध्यक्ष र अली मुहम्मद महूनलाई एमआइबीको पहिलो अध्यक्षमा नियुक्त गरेको थियो।[१०]

क्रेडिट मूल्याङ्कन[सम्पादन गर्नुहोस्]

एमसिबी बैङ्क लिमिटेडको दीर्घकालीन क्रेडिट मूल्याङ्कन १९ जुन २०१७ मा एएएमा कायम गरिएको छ र बैङ्कको छोटो अवधि क्रेडिट मूल्याङ्कन पाकिस्तान क्रेडिट मूल्याङ्कन आयोगद्वारा ए१+ मा कायम छ।[१][११]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "सन् २०१७ को वार्षिक प्रतिवेदन" (PDF), एमसिबी डटकम डट पिके, अन्तिम पहुँच २८ जुन २०१९ 
  2. २.० २.१ "सन् २०१५ को वार्षिक प्रतिवेदन", MCB.com.pk, अन्तिम पहुँच १० अप्रिल २०१६ 
  3. https://www.mcb.com.pk/assets/documents/MCB-2018-Annual-Report.pdf
  4. "सन् २००५ को वार्षिक प्रतिवेदन" (PDF), एमसिबी डटकम डटपिके, अन्तिम पहुँच २८ जुन २०१९ 
  5. "Maybank2u", Maybank2u.com.my, अन्तिम पहुँच २०१९-०६-२८ 
  6. "MCB to expand Islamic banking services", बिजनेस रेकर्डर (अङ्ग्रेजीमा), २००५-०३-०३, अन्तिम पहुँच २०१९-०६-२८ 
  7. ७.० ७.१ "सन् २०१४ को वार्षिक प्रतिवेदन" (पिडिएफ), एमसिबी, अन्तिम पहुँच २८ जुन २०१९ 
  8. "MCB sets up Islamic banking subsidiary", द न्युज (अङ्ग्रेजीमा), २०१५-०९-१५, अन्तिम पहुँच २०१९-०६-२८ 
  9. "MCB sets up Islamic banking subsidiary", द न्युज, १५ सेप्टेम्बर २०१५, अन्तिम पहुँच २८ जुन २०१९ 
  10. "सन् २०१५ को वार्षिक प्रतिवेदन" (PDF), एमसिबी बैङ्क, अन्तिम पहुँच २८ जुन २०१९ 
  11. "Pakistan Credit Rating Agency(PACRA)", अन्तिम पहुँच २०१९-०६-२८  वेब्याक मेसिन अभिलेखिकरण २००२-११-२७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]