सामग्रीमा जानुहोस्

एसी मोटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक औद्योगिक प्रकारको एसी मोटर जसमा शीर्षमा विद्युतीय टर्मिनल बक्स र बायाँमा आउटपुट घुमाउने शाफ्ट हुन्छ। त्यस्ता मोटरहरू पम्प, ब्लोअर, कन्वेयर र अन्य औद्योगिक मेसिनरीका लागि व्यापक रूपमा प्रयोग गरिन्छ।

एसी मोटर एसी करेन्ट (एसी) द्वारा संचालन हुने विद्युतीय मोटर हो। एसी मोटरमा सामान्यतया दुई आधारभूत अंगहरू हुन्छन्:

  1. बाहिरी स्टेटर : यसमा तारको कोइल हुन्छन् जसमा एसी करेन्ट प्रवाह गराइन्छ र यसमा रोटेटिङ म्याग्नेटिक फिल्ड उत्पादन हुन्छन्,
  2. भित्री रोटर: रोटरमा आउटपुट शाफ्टमा जोडिएको हुन्छ दोस्रो रोटेटिङ म्याग्नेटिक फिल्ड उत्पादन गर्दछ। रोटर चुम्बकीय क्षेत्र स्थायी चुम्बक, वा डीसी वा एसी विद्युतीय वाइन्डिङद्वारा उत्पादन गर्न सकिन्छ।

सञ्चालन सिद्धान्तहरू

[सम्पादन गर्नुहोस्]

एसी मोटरका दुई मुख्य प्रकारहरू इन्डक्सन मोटरसिङ्क्रोनास मोटर हुन्।

इन्डक्सन मोटर (वा एसिन्क्रोनस मोटर) सधैं स्टेटरको रोटेटिङ म्याग्नेटिक फिल्ड र रोटर शाफ्ट गति बीचको सानो भिन्नतामा निर्भर गर्दछ जसलाई स्लिप भनिन्छ जसले रोटर एसी वाइन्डिङमा रोटर करेन्ट उत्प्रेरित गर्दछ। फलस्वरूप, इन्डक्सन मोटरले सिंक्रोनस गतिको नजिक टर्क उत्पादन गर्न सक्दैन जहाँ इन्डक्सन (वा स्लिप) अप्रासंगिक हुन्छ वा बन्द हुन्छ।

यसको विपरित, सिंक्रोनस मोटर सञ्चालनको लागि स्लिप-इन्डक्सनमा निर्भर हुँदैन। यसमा स्थायी चुम्बक, वा स्वतन्त्र रूपमा उत्तेजित रोटर वाइन्डिङ प्रयोग गरिन्छ। सिंक्रोनस मोटरले ठ्याक्कै सिंक्रोनस गतिमा यसको मानक(अङ्कित) टर्क उत्पादन गर्दछ।

एसी करेन्ट प्रविधिको आविष्कार माइकल फ्याराडे द्वारा भएको थियो र जोसेफ हेनरी ले १८३०-३१ मा परिवर्तनशील चुम्बकीय क्षेत्र सर्किट विद्युतीय प्रवाहलाई प्रेरित गर्न सक्छ भन्ने पत्ता लगाएका थिए । फ्यारडेलाई सामान्यतया यस खोजको श्रेय दिइन्छ किनभने उनले आफ्नो निष्कर्ष पहिले प्रकाशित गरे।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]