ओ! मिडिया लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओ! मिडिया
पूर्व नाम
  • नेटडोर नेटवर्क
  • नेटवर्क लिमिटेड
व्यवसाय प्रकार
निजी कम्पनी
उद्योगविज्ञापन
स्थापित१९८९; ३५ वर्ष अघि (१९८९)
स्थापनाकर्ताब्रण्डन कुक
केन्द्रीय कार्यालयसिड्नी, अस्ट्रेलिया
मुख्य व्यक्ति
ब्रेण्डन कुक (प्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूबाह्य विज्ञापन
राजश्व$३८० मिलियन[१] (२०१७)
A$33 million[१] (2017)
सहायक कम्पनीहरूजङ्की मिडिया (८५%)
वेबसाइटwww.oohmedia.com.au

ओ मिडिया लिमिटेड (कहिलेकाँही ओह्! मिडिया, ओह! मिडिया वा साधारण ओह!) अस्ट्रेलियामा आधारित एक बाह्य विज्ञापन तथा  सञ्चार कम्पनी हो। यसको प्रधान कार्यालय, सिड्नी, अस्ट्रेलियामा रहेको छ। कम्पनीको स्थापना सन् १९८९ मा ब्रेण्डन कुकले आउटडोर नेटवर्क अस्ट्रेलियाको रूपमा गरेका  थिए। यो अस्ट्रेलियाको गृह विज्ञापन उत्पादनहरू बाहिरका क्षेत्रको सबैभन्दा ठूलो सञ्चालकहरू मध्ये एक हो। यो जङ्की मिडियाको बहुमतको शेयरधनी पनि हो।

इतिहास[सम्पादन गर्नुहोस्]

कम्पनीको स्थापना सन् १९९८ मा ब्रेण्डन कुकद्वारा आउटडोर नेटवर्क अस्ट्रेलिया भनिने विज्ञापन साइटको प्रतिनिधि व्यवसायको रूपमा गरिएको थियो।[२] उनले कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रूपमा सेवा जारी राखेका थिए।[२][३][४]

सन् २००२ मा नेटवर्क लिमिटेड, एनडब्ल्यूकेको रूपमा यो अस्ट्रेलियाली सेयर बजारमा सूचीकृत भएको थियो।[५][६] सन् २००८ मा मेलबोर्नमा आधारित सञ्चार कम्पनी, मिडिया पजलले यसलाई अधिग्रहण गरेपछि यो ओह मिडियाको रूपमा पुनर्गठित भएको थियो।[७] सन् २००८ मा यसले क्षेत्रीय विज्ञापन कम्पनी स्पोर्ट्स एण्ड आउटडोर मिडियालाई ४० मिलियन अस्ट्रेलियाली डलरमा अधिग्रहण गरेको थियो।

सन् २०१२ मा, ओ! मिडियालाई निजी कम्पनी, आउटडोर मिडिया अपरेसन्सले च्याम्पको सेयर मूल्य र डब्ल्यूडब्ल्यूपिद्वारा निजीकृत गरिएको थियो। निजीकृत भएको केही समय पछि, कम्पनीले आइ निगमलाई टेन नेटवर्क होल्डिबाट १४५ मिलियन अस्ट्रेलियाली डलरमा अधिग्रहण गरेको थियो जसलाई पछि ११३ मिलियन अस्ट्रेलियाली डलरमा घटाइएको थियो।[८]

डिसेम्बर २०१४ मा, ओ! मिडिया एक पटक पुनः  अस्ट्रेलियाली सेयर बजारमा प्रवाहित भभएको थियो जसले १६८.८ मिलियन अस्ट्रेलियाली डलर उठाउँदै यसका शेयरधनीरूलाई सूचीकरण गरेको थियो।[२][९]

सन् १०१६ मा, मिडियाले, जङ्की मिडियाको ८५% स्वामित्व ११ मिलियन अस्ट्रेलियाली डलरमा खरिद गरेको थियो। [१०]

जुन २०१८ मा, ओ! मिडियाले प्रतिस्पर्धी एपीएन आउटडोर बिरूद्धको प्रतिस्पर्धी बोलीमा एचटी एण्ड इबाट ५७० मिलियन अस्ट्रेलियाली डलरका लागि सडक फर्निचर व्यवसाय एड्सेललाई खरिद गरेको थियो।[११]

प्रस्तावित समायोजन[सम्पादन गर्नुहोस्]

सन् २०१७ मा, ओ! मिडियाले यसको प्रतिद्वन्द्वी, बाह्य विज्ञापन कम्पनी एपीएन आउटडोरको साथ सञ्चालन समायोजन गर्ने योजना बनाएको थियो, तथापि, दुबै पक्षले अस्ट्रेलियाली प्रतिस्पर्धा र उपभोक्ता आयोगको  प्रारम्भिक चिन्ताका कारण आफ्नो योजना रद्द गरेका थिए।[१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Gandiya, Kevin (१९ फेब्रुअरी २०१८), "Why oOh!Media Ltd shares are climbing as it delivers double digit profit growth", फुल डटकम डट एयु, अन्तिम पहुँच १९ जुन २०१८ 
  2. २.० २.१ २.२ "oOh!media Prospectus", oOh!media, अन्तिम पहुँच १९ जुन २०१८ 
  3. "Network Outdoor: too big for its boots", Pacific Internet, २००५, अन्तिम पहुँच १९ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण १८ मार्च २०१२ मिति
  4. Ward, Miranda (१८ डिसेम्बर २००३), "Ooh Media reports increase in revenues and appoints new chief operations officer", Mumbrella, अन्तिम पहुँच १९ जुन २०१८ 
  5. "oOh! Media agrees to Champ takeover", एड न्युज, १३ डिसेम्बर २०११, अन्तिम पहुँच १९ जुन २०१८ 
  6. "Macquarie and WPP accept Ooh Media offer", Australian Financial Review, १३ डिसेम्बर २०११, अन्तिम पहुँच १९ जुन २०१८ 
  7. Janda, Michael (२० जुलाई २०१२), "Ten sells EYE Corp ad business for $145m", ABC News, अन्तिम पहुँच १९ जुन २०१८ 
  8. "Eye Corp to be integrated into oOh!media brand as sale finally goes through", मार्केटिन म्याग, १ नोभेम्बर २०१२, अन्तिम पहुँच १९ जुन २०१८ 
  9. "oOh! Media shares plunge on ASX debut", द अष्ट्रेलियन, १७ डिसेम्बर २०१४, अन्तिम पहुँच १९ जुन २०१८ 
  10. हयज, एलेक्स (२४ जुन २०१८), "Ooh Media buys Junkee Media in surprise move", Mumbrella, अन्तिम पहुँच १९ जुन २०१८ 
  11. Kelly, Vivienne (२३ जुन २०१८), "Ooh Media to purchase HT&E’s Adshel for $570 million", Mumbrella, अन्तिम पहुँच २३ जुन २०१८ 
  12. डक्टर, डेइसी (१९ मे २०१७), "APN and Ooh! scrap merger, slam ACCC intervention", एड न्युज, अन्तिम पहुँच २६ मे २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट