ओशो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओशो
Bhagwan beweging gekwetst door reclame-affiche van het NRC met de tekst profeet , Bestanddeelnr 933-0734-cropped.jpg
सन् १९८२ मा आचार्य रजनीश
व्यक्तिगत विवरण
वास्तविक नामचन्द्र मोहन जैन
जन्म११ डेसेम्बर १९३१
कुचवाडा, भोपाल राज्य, ब्रिटिस भारत (हाल मध्य प्रदेश, भारत)
मृत्यु१९ जनवरी १९९० (५८ वर्ष)
पुना, महाराष्ट्र, भारत

चन्द्र मोहन जैन (११ डिसेम्बर १९३१ - १९ जनवरी १९९०), आचार्य रजनीश नामबाट परिचित, सन् १९६० देखि १९८० को दशकसम्म भगवान श्री रजनीश र १९८९ देखि ओशोको नामले परिचित, एक भारतीय रहस्यवादी गुरु, आध्यात्मिक व्यक्तित्व तथा ओशो आन्दोलनका सुरुवातकर्ता थिए।

सन् १९६० को दशकमा उनले सार्वजनिक वक्ताको रूपमा पूरा भारतको यात्रा गरेका थिए। उनले राजनीतिज्ञहरू र राजनीतिक विचार, महात्मा गान्धी र संस्थागत धर्म बारेमा गरेको खरो आलोचनाले उनलाई विवादित बनाए जो आफ्नो विवादास्पद नयाँ धार्मिक (आध्यात्मिक) आन्दोलनको लागि चर्चित बनेका थिए। उनी भारत तथा संयुक्त राज्य अमेरिका पनि बसेका थिए। ओशोले प्रचलित धर्महरूको व्याख्या गर्दै प्रेम, ध्यान र खुसीहरूलाई जीवनका प्रमुख मूल्य मानेका थिए।

बाल्यकाल तथा युवा अवस्था[सम्पादन गर्नुहोस्]

ओशो रजनीशको जन्म सन् १९३१ डिसेम्बर ११ का दिन भारतको मध्य प्रदेश राज्यको जबलपुर सहरमा कपडा व्यापारीको छोराका रूपमा भएको थियो । उनका बाबुको नाम बाबुलाल जैन थियो भने आमाको नाम सरस्वती जैन थियो । उनका बुबा आमाका एघार जना सन्तान मध्ये ओशो जेठो सन्तान थिए । ओशो सात वर्षको उमेरसम्म आफ्नो मावली घरमा हजुरबुवा तथा हजुरआमाको साथमा रहेका थिए । मावली बसाइले आशोको जीवनमा ठूलो प्रभाव छोड्यो । उनकी हजुरआमाले उनलाई स्वतन्त्र, छाडा छोडिदिइन् पढाइ तथा अन्यकुराहरूको बोझ कहिल्यै दिइनन् । जब उनी सात वर्षका थिए उनका हजुरबुवाको मृत्यु भयो । यस पश्चतात उनी गदारवारा आफ्नो माता पितासँग बस्नको लागि गए । ओशोलाई आफ्नो हजुरबुवाको देहावसान र उनी पन्ध्र वर्षको हुँदा उनकी बाल प्रेमीका शशीको टाइफाइडका कारणले मृत्यु भयो । उनलाई यी दुई घटनाले मर्माहत र प्रताडित बनाएका थिए । जसका कारणले उनको मानसपटलमा मृत्युको बारेमा बाल्यकाल र युवा अवस्था भरि गहिरो सोच रहयो । स्कुल पढ्दा रजनीस विद्रोही प्रकारका विद्यार्थी भएता पनि निकै तेज र प्रखर वक्ता थिए । वादविवादमा निपूर्ण वक्ता थिए । ओशो नास्तिक बने अनि सम्मोहन तर्फ पनि रूचि राख्न थाले भने समाजवादी संस्थाहरूसँग सम्बन्ध पनि राख्न थाले भारतीय राष्ट्रिय आर्मी तथा राष्ट्रिय स्वयमसेवक सङ्घ तर ति संस्थाहरूमा ओशोको सदस्यता निकै छोटो हुन पुग्यो किनकी उनी कुनै पनि बाहिरी दर्शन, आदर्शबाट प्रभावित हुन सकेनन् ।

विश्वविद्यालयका वर्षहरू तथा सामाजीक बक्ता (१९५१-१९७०)[सम्पादन गर्नुहोस्]

सन १९५१, ओशोले १९ वर्षको उमेरमा जवलपुरको हितकर्नी कलेजबाट आफ्नो पढाइ आरम्भ गरे । तर शिक्षकहरूसँगको ठाकठुकसँगै उनलाई कलेज छोडन लगाइयो र पछि फेरि जवलपुरकै डि.एन जैन कलेजमा भर्ना भए । तर निकै आक्रामक स्वभाव तथा विद्रोही प्रवृत्तिका कारणले उनलाई परीक्षाको समयमा बाहेक कलेज जान अनिवार्यता थिएन । आफ्नो फुर्सदको समयलाई ओशोले स्थानीय पत्रिकामा सहायक सम्पादक बनेर उपयोग गरे । उनले जवलपुरमा आयोजना भएको सर्व धर्म भेलामा सहभागि बनेर आफ्नो सामाजिक वक्ताको छवि सुरुवात गरेका थिए । घर परिवारबाट विवाहको निम्ति अत्यधिक दबाब आए पनि उनले त्यसलाई बेवास्ता गरे । सन १९५३ मार्च २१ का दिन, २१ वर्षको उमेरमा जवलपुरमा ओशोले आफूलाई आध्यात्मिकरूपमा दिव्यज्ञान प्राप्त भएको घोषणा गरेका थिए ।

सन १९५५ मा डी.एन जैन कलेजबाट दर्शन शास्त्र मा बी.ए सकेपछि उनी सागर विश्वविद्यालयमा भर्ना भए । जहाँबाट सन १९५७ एम.ए को डिग्री विशिष्ट श्रेणीमा हासिल गरेका थिए । तत्कालै उनले रायपुर संस्कृत कलेजमा शिक्षकको जागीर पाएका थिए । तर ओशो आफ्ना विद्यार्थीहरूको नैतिकता, धर्म र आचरण लागि खतरनाक हुनसक्ने ठानी उपकुलपतिले उनलाई तुरुन्तै स्थानान्तरण गर्न लगाएका थिए । १९५८ बाट उनले जवलपुर विश्वविद्यालयमा लेक्चररकोरूपमा पढाउन सुरु गरेका थिए पछि १९६० मा प्राध्यापकमा बढुवा भए ।

१९६० को दशकमा उनी 'आचार्य रजनीश' को नामले वा 'ओशो भगवान श्री रजनीश' नामले चिनिन थाले । उनी एक आध्यात्मिक नेता थिए । जो भारत र विदेशहरूमा प्रवचन दिदै हिडे ।

ओशो भन्छन् -

"धार्मिक व्यक्तिहरूको पुरानो धारणा "धर्म जीवन विरोधी हो" । उनीहरू यस जीवनको निन्दा र आलोचना गर्दछन्, यो साधारण जीवनलाई - उनीहरू क्षुद्र, तुच्छ, मोह भन्दछन् । उनीहरू यसको तिरस्कार गर्दछन् । म यहाँ यि तमाम कुराहरू प्रति तिम्रो संवेदनालाई जगाउनको निम्ति छु ।"

कार्य[सम्पादन गर्नुहोस्]

ओशो अन्तर्राष्ट्रिय ध्यान केन्द्र

ओशोले सयौँ पुस्तकहरू लेखेकाछन्, हजारौँ प्रवचनहरू दिएका छन् । उनका प्रवचन पुस्तकका, अडियो क्यासेट तथा भिडियो क्यासेटका रूपमा उपलब्ध छन । उनका प्रवचनहरू इन्टरनेटमा प्रसस्त पाइन्छन् । आफ्नो क्रान्तिकारी विचारबाट उनले लाखौ अनुयायी तथा शिष्य बनाए । अत्यधिक कुशल वक्ता ओशोका प्रवचनहरूका करिब ६०० पुस्तकहरू छन । संभोग से समाधि की ओर उनको सबैभन्दा चर्चित तथा विवादास्पद पुस्तक हो । उनको नामबाट आश्रमहरू पनि चलिरहेका छन । ओशोले हरेक पाखण्डहरू माथि प्रहार गरेका छन । । सन्यासको अवधारणालाई उनले भारत तथा विश्वको अनुपम देन भएको बताउँदै सन्यासको नाममा भगवानको कपडा धारण गर्ने पाखण्डीहरूको धरै आलोचना गरेका छन । ओशोले सम्यक सन्यासीको पुनर्जीवित गरे । ओशोले पुनः बुद्ध का ध्यान, कृष्ण का बाँसुरी, मीराको घुँघरु तथा कबीरको मस्ती सन्यासीहरू लाई दिए । सन्यासी पहिले कहिल्यै यति धेरै समृद्ध थिएन जति आज ओशोको संस्पर्श छ । त्यसैले उनी नव-सन्यासी हुन । उनको नजरमा सन्यासी त्यो हो जो आफ्नो घरसंसार, पत्नी तथा बच्चाको साथ रहेर पारिवारिक, सामाजिक जिम्मेवाररहेको निर्वाह गर्दै ध्यान तथा सत्संगी जीवन जिउँदछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=ओशो&oldid=1120897" बाट अनुप्रेषित