ओसिनिया फुटबल सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओसिनिया फुटबल सङ्घ
Oceania Football Confederation logo.svg
Oceania Football Confederation member associations map.svg
सङ्क्षिप्त नामओएफसी
गठन1966; ५७ वर्ष अघि (1966)
प्रकारखेलकुद सङ्घ
प्रधान कार्यालयअकल्यान्ड, न्युजिल्यान्ड
सेवा क्षेत्र
ओसिनिया
(अस्ट्रेलिया महादेश)
सदस्यता
१३ सदस्य राष्ट्र (११ पूर्ण)
आधिकारिक भाषा
अङ्ग्रेजी
अध्यक्ष
ल्याम्बर्ट माल्टक
महासचिव
फ्राङ्क कास्तियो
मूल सङ्गठनहरू
फिफा
वेबसाइटwww.oceaniafootball.com

ओसिनिया फुटबल सङ्घ अन्तर्राष्ट्रिय फुटबलको ६ महादेशीय सङ्घ मध्ये एक हो। यसका सदस्यहरू राष्ट्रहरू न्युजिल्यान्ड, पपुवा न्युगिनी र धेरै प्रशान्त द्वीप देशहरू मिलेर बनेको छ। यसले ओसिनियामा फुटबल खेललाई बढावा दिन्छ र सदस्य राष्ट्रहरूलाई फिफा विश्वकपका लागि योग्य हुन अनुमति दिन्छ।

ओसिनिया फुटबल सङ्घ मुख्यतया द्वीप राष्ट्रहरू मिलेर बनेको छ जहाँ फुटबल सबैभन्दा लोकप्रिय खेल को रूपमा रहेको छैन। फलस्वरूप, ओसिनिया फुटबल सङ्घले अन्तर्राष्ट्रिय प्रतियोगिताको सम्बन्धमा वा प्रतिष्ठित क्लब प्रतियोगिताहरूका लागि खेलाडीको स्रोतको रूपमा व्यापक फुटबल जगतमा खासै प्रभाव पारेको छैन। कम्तीमा एक अन्तर्राष्ट्रिय उपाधि नपाएको यो एक मात्र सङ्घ हो। सबैभन्दा राम्रो नतिजा सन् १९९७ को फिफा कन्फेडेरेसन कपको फाइनल यसको सदस्य राष्ट्र अस्ट्रेलिया पुगेको थियो।

सन् २००६ मा सङ्घको सबैभन्दा ठूलो र सफल राष्ट्र अस्ट्रेलियाले एसियाली फुटबल महासङ्घ छाडेको थियो जहाँ यसले न्युजिल्यान्डलाई यसको सदस्य राष्ट्रको रूपमा सबैभन्दा ठूलो र बलियो प्रतिस्पर्धीको रूपमा छाडेको थियो।

डेभिड चुङ अप्रिल २०१८ सम्म ओसिनिया फुटबल सङ्घको अध्यक्षको रूपमा रहेका थिए। उनले राजीनामा दिएसँगै उनको ठाउँमा ल्याम्बर्ट माल्टक नियुक्त भएका थिए। राजेश पटेल यसका वरिष्ठ उपाध्यक्ष, लि हार्मोन उपाध्यक्ष र ताई निकोलस महासचिव हुन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Oceania Football Confederation – OFC Home", oceaniafootball.com, मूलबाट ९ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मार्च २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]