करिश्मा कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
करिश्मा कार्की
व्यक्तिगत जानकारी
राष्ट्रियतानेपाली
जन्म (1993-07-18) १८ जुलाई १९९३ (उमेर ३०)
खेल
खेलपौडी
स्ट्रोक(हरू)फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, मेड्ली
प्रशिक्षकईश्वर कार्की
पदक कीर्तिमान
 नेपालको प्रतिनिधित्व गर्दै
पाचौँ राष्ट्रिय खेलकुद २०६५
सवर्ण पदक – पहिलो स्थान २०६५ काठमाडौँ २०० मिटर फ्रिस्टायल
सवर्ण पदक – पहिलो स्थान २०६५ काठमाडौँ २०० मिटर ब्याकस्ट्रोक
सवर्ण पदक – पहिलो स्थान २०६५ काठमाडौँ ५० मिटर बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २०६५ काठमाडौँ ४X१०० सय रिले
सवर्ण पदक – पहिलो स्थान २०६५ काठमाडौँ ५० मिटर ब्याकस्ट्रोक
सवर्ण पदक – पहिलो स्थान २०६५ काठमाडौँ १०० मिटर फ्रि स्टाइल
सवर्ण पदक – पहिलो स्थान २०६५ काठमाडौँ २०० मिटर ब्रेस्ट स्ट्रोक
सवर्ण पदक – पहिलो स्थान २०६५ काठमाडौँ १०० मिटर बटरफ्लाई
सवर्ण पदक – पहिलो स्थान २०६५ काठमाडौँ १०० मिटर ब्याक स्ट्रोक
सवर्ण पदक – पहिलो स्थान २०६५ काठमाडौँ २०० मिटर मिड्ले

करिश्मा कार्की ओलम्पिक सहभागी नेपाली पौडी खेलाडी हुन्।[१] उनी 'जलपरी'को नामले समेत चिनिन्छिन्।[२] करिश्मा कार्कीले सन् २००० देखि पौडी खेलमा निरन्तर लागिपरेकी छिन्। सन् २००२ मा विद्यालयमा अध्ययनरत छँदै खेल जीवन प्रारम्भ गरेकी कार्कीले हालसम्म करिब २ सय वटा पदक हात पारसिकेकी छिन्। १३ वर्षको उमेरमा राष्ट्रिय स्तरको पौडी प्रतियोगितामा १३ वटा मेडल हात पार्न सफल करिश्माले सन् २००४ मा पाकिस्तानमा भएको नवौँ साफ खेलमा चौधौँ स्थान हासिल गरेकी थिइन्। हालसम्म उनले ८ वटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिइसकेकी छिन्। पल्सर पपुलर प्लेयर अफ द इअरको मनोनयनमा परेकी कार्कीले उक्त विधामा दोस्रो स्थान हासिल गरेकी थिइन् भने उनी प्लेयर अफ द इअर २०६५ पनि घोषित भइन्।[३] सन् २००८ मा बेइजिङ ओलम्पिकमा सहभागी करिश्माले पाचौँ राष्ट्रिय खेलकुद २०६५ प्रतियोगितामा बाह्र वटा स्वर्णपदक हात पारेर नयाँ इतिहास कायम गरेकी थिइन्।[४][५]

जीवनी र शिक्षा[सम्पादन गर्नुहोस्]

पाँचौ राष्ट्रिय खेलमा जितेका पदकहरू[सम्पादन गर्नुहोस्]

  1. २ सय मिटर फ्रि स्टाइल २ मिनेट ४६.२१ सेकेन्ड[६][७]
  2. २ सय मिटर ब्याकस्ट्रोक ३ मिनेट ०८.१० सेकेन्ड
  3. ५० मिटर बटरफ्लाई ३५.४७ सेकेन्ड
  4. ४X१०० सय रिले ५ मिनेट ३२.९७ सेकेन्ड
  5. ५० मिटर ब्याकस्ट्रोक ३८.४५ सेकन्ड
  6. १ सय मिटर फ्रि स्टाइल १ मिनेट १२.८१ सेकेन्ड
  7. २ सय मिटर ब्रेस्ट स्ट्रोक ३ मिनेट २३.१० सेकेन्ड
  8. १ सय मिटर बटरफ्लाई १ मिनेट २६.८० सकेन्ड
  9. १ सय मिटर ब्याक स्ट्रोक १ मिनेट २४.५४ सेकेन्ड
  10. २ सय मिटर मिड्ले ३ मिनेट २.२६ सकेन्ड

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पौडीमा रमाएका आदर्श", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२७ 
  2. "जसले घरमा एकछत्र राज गरे", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२७ 
  3. "बधाई छ करिश्मा !", मेरो सिन्धु (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२७ 
  4. "नेपालको ओलिम्पिक सहभागिता-२", बिबिसी नेपाली (नेपालीमा), २०१२-०४-२०, अन्तिम पहुँच २०२१-०१-२७ 
  5. खत्री, कमल, "कीर्तिमानी सोफियाको करियरमा मोड", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२७ 
  6. तिमल्सिना, प्रकाश, "शिरीषको कीर्तिमानि १४ स्वर्ण", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२७ 
  7. "माओवादी, सेना विवादकाबीच पाँचौं राष्ट्रिय खेलकुद सम्पन्न", बिबिसी नेपाली (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२७