कलिङ्ग
कलिङ्ग କଳିଙ୍ଗ కళింగ | |
---|---|
देश | भारत |
राज्य |
|
भाषाहरू | |
• बोलिने | उडिया, तेलगु |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
कलिङ्ग (तेलगु: కళింగ; ओडिया: କଳିଙ୍ଗ) भारतको एक ऐतिहासिक क्षेत्र हो। यसलाई सामान्यतया महानदी र गोदावरी नदीहरू बीचको पूर्वी तटीय क्षेत्रको रूपमा परिभाषित गरिएको छ, यद्यपि यसको सिमानाहरू यसका शासकहरूको क्षेत्रसँग उतारचढाव भएका छन्। कलिङ्गको मुख्य क्षेत्र अब मध्य र दक्षिणी ओडिशा र उत्तरी आन्ध्र प्रदेशलाई समेट्छ। यसको फराकिलो हदमा, कलिङ्ग क्षेत्रले पश्चिममा अमरकण्टकसम्म फैलिएको वर्तमान छत्तीसगढको भागहरू पनि समावेश गरेको थियो।[१]
विस्तार
[सम्पादन गर्नुहोस्]कलिङ्ग क्षेत्रलाई सामान्यतया महानदी र गोदावरी नदीहरू बीचको पूर्वी तटीय क्षेत्रको रूपमा परिभाषित गरिएको छ। यद्यपि, यसको सटीक सीमाहरू इतिहासमा विभिन्न समयमा उतार-चढाव भएका छन्। राजनीतिशास्त्री सुदामा मिश्राका अनुसार कलिङ्ग जनपदले मूल रूपमा पुरी र गन्जम जिल्लाहरू समावेश गरेको थियो।[२] पुरातन भारतीय साहित्यमा, कलिङ्ग क्षेत्र आन्ध्र प्रदेशको सीमाना नजिकै ओडिशाको गन्जम जिल्लामा अवस्थित महेन्द्रगिरी पर्वतसँग सम्बन्धित छ।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]यस क्षेत्रको नाम सोही नामको जनजातिबाट आएको हो। पौराणिक ग्रन्थ महाभारतका अनुसार, कलिङ्ग र तिनीहरूका छिमेकी जनजातिहरूका पूर्वजहरू दाजुभाइहरू थिए। यी छिमेकीहरूमा अङ्गा, वानगा, पुण्ड्र र सुह्माहरू थिए।[३]
अशोकले कलिङ्गमाथि आक्रमण गरे र मगध साम्राज्यमा पुन: विलय गरे। धौली पहाड नजिकैको अन्तिम युद्ध पछि राजधानी तोसाली मौर्यहरूको हातमा पर्यो जहाँ मौर्य प्रान्तको मुख्यालय कलिङ्ग पनि थियो। दशरथको शासनकालमा कलिङ्ग मौर्य साम्राज्यबाट अलग भएको थियो।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Majumdar, R.C. (१९९६), Outline of the History of Kalinga, Asian Educational Services, पृ: १, १९, आइएसबिएन 9788120611948, अन्तिम पहुँच मे १, २०२१।
- ↑ २.० २.१ Sudama Misra (१९७३), Janapada state in ancient India, Bhāratīya Vidyā Prakāśana, पृ: ७८।
- ↑ Dineschandra Sircar (१९७१), Studies in the Geography of Ancient and Medieval India, Motilal Banarsidass, आइएसबिएन 978-81-208-0690-0।
- ↑ Mohanty, Indrajit (२०१३), Jeypore - A Historical Perspective, Government of Odisha State, आइएसबिएन 978-81-86772-17-1।