कादर खान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कादर खान
कादर खान २०१२ मा
जन्म(१९३७-१०-२२)२२ अक्टोबर १९३७[१]
काबुल, अफगानिस्तान
मृत्यु३१ डिसेम्बर २०१८(2018-12-31) (उमेर ८१)[२][३]
क्यानडा
नागरिकताभारतीय, क्यानडायन
मातृ शिक्षाप्रतिष्ठानइस्माइल युसूफ कलेज
पेशाअभिनेता
कार्यकाल१९७०-वर्तमान
धर्मइस्लाम[४]

कादर खान (२२ अक्टोबर १९३७ - ३१ डिसेम्बर २०१८) भारतीय चलचित्र क्षेत्रका बहुचर्चित कलाकार हुन्। उनी हिन्दी चलचित्रमा हाँस्य कलाकारको रूपमा अभिनय गर्दथे । उनले सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिउडमा प्रवेश गरेका थिए ।[५] खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।[६][७]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

कादर खानको जन्म सन् १९३७ साल अक्टोबर २२ तारिखमा अफगानिस्तानको काबुल सहरमा भएको थियो। उनको बुवा को नाम अब्दुल रहमान खान थियो भने आमा को नाम इकबाल बेगमका छोरा थियो । उनी सानो छँदा उनका आमाबुबा काबुल छोडेर मुम्बईको कामठीपुरा जिल्लामा बसाई सरेका थिए ।[८] उनले मुम्बई विश्वविद्यालयको इस्माईल युसुफ कलेजबाट स्नातक गरे । उनले प्राध्यापकको रूपमा काम गरेका थिए र भायकुलाको एम एच साबू सिद्दिक कलेज अफ इञ्जिनियरिमा गणित पढेका थिए ।[९] ५६ वर्षको उमेरमा उनले इस्लामी र अरब साहित्यमा हैदराबादको प्रतिष्ठित उस्मानिया विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरे। एक कुरानिक विद्वानको रूपमा उनले आफ्नो जीवनको अन्तिम दशक विद्यार्थीहरूलाई लिखित शब्दको अर्थ सिकाउन समर्पित गरे।[१०]

चलचित्र क्यारियर[सम्पादन गर्नुहोस्]

कादर खानले सन् १९७३ सालमा राजेश खन्नाको चलचित्र दागबाट आफ्नो अभिनयको शुरुवात गरे र ३०० भन्दा बढी फिल्ममा अभिनय गरिसक्नुभयो। उनले २५०[११] भन्दा बढी चलचित्रहरूको लागि संवाद लेखे। अभिनेता हुनु अघि उनले जवानी दीवानीका लागि संवाद लेखेका थिए जसमा रणधीर कपूर र जया बच्चन तारान्कित थिए ।[१२]

निधन[सम्पादन गर्नुहोस्]

कादर खानको ८१ वर्षको उमेरमा निधन भयो। लामो समयदेखि बिरामी उनको क्यानडामा उपचारका क्रममा २०१८ डिसेम्बर ३१ मा निधन भएको थियो। उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए।[१३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Veteran Bollywood actor performs Haj discreetly", Arab News, ८ अक्टोबर २०१४, अन्तिम पहुँच २१ जनवरी २०१५ 
  2. "Veteran actor Kader Khan passes away at 81, confirms family", जनवरी १, २०१९, अन्तिम पहुँच जनवरी १, २०१९ 
  3. "Veteran actor-writer Kader Khan passes away at 81", जनवरी १, २०१९, अन्तिम पहुँच जनवरी १, २०१९ 
  4. Wahab, Siraj (३० सेप्टेम्बर २०१४), "Kader Khan in Makkah for Haj", Arab News, अन्तिम पहुँच ३ अक्टोबर २०१४ 
  5. "कादर खान रहेनन्, क्यानडामा लिए अन्तिम सास", https://www.bbc.com, अन्तिम पहुँच २०१९-०२-१० 
  6. "अभिनेता कादर खान रहेनन्", https://deshsanchar.com, अन्तिम पहुँच २०१९-०२-१० 
  7. "An interview with Kader Khan in Pune", फेब्रुअरी २००७, २३ नोभेम्बर २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०२-१०  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. "Kader Khan (1937-2018): The writer-actor who lived with a packed auditorium in his head", अन्तिम पहुँच २०१९-१०-२८ 
  9. "कादर खान", अन्तिम पहुँच २०१९-१०-२९  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-१५ मिति
  10. "Kader Khan, a hero of Indian cinema" [कादर खान, भारतीय सिनेमाको नायक], अन्तिम पहुँच २०१९-१०-२९ 
  11. "Veteran Bollywood actor Kader Khan passes away at age 81", अन्तिम पहुँच २०१९-१०-२९ 
  12. "Actor Kader Khan dies at 81, son says funeral in Canada", अन्तिम पहुँच २०१९-१०-२९ 
  13. "प्रसिद्ध अभिनेता कादर खानको निधन", अन्नपूर्णा पोस्ट 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]