कान्तिपुरी नगरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कान्तिपुरी नगरी
लेखक भानुभक्त आचार्यद्वारा
भाषानेपाली
विषयहरूकान्तिपुर नगर

"कान्तिपुरी नगरी" कान्तिपुर नगरको बारेमा आदिकवि भानुभक्त आचार्यले लेखेको नेपाली भाषाको एक कविता हो।[१][२]

कविता[सम्पादन गर्नुहोस्]

चपला अवलाहरू एक सुरमा
गुनकेसरीको फूल ली शिरमा
हिडन्या सखि लीकन ओरिपरी
अमरावती कान्तिपुरी नगरी।।१।।

यति छन् भनि गन्नु कहाँ धनियाँ।
सुखी छन् मनमा बहुतै दुनियाँ
जनकी यसरी सुखकी सगरी
अलकापुरी कान्तिपुरी नगरी।।२।।

कहिँ कालभरी गल्लि छ दिल्ली सरी।
कहिँ भोट र लण्डन चीन सरी
लखनौ पटना मदरास सरी
अलकापुरी कान्तिपुरी नगरी।।३।।

तरवार कतार खुडाँ खुकुरी
पिस्तोल र वन्दुक सम्म भिरी।
आतिसुर र वीर भरि नगरी
छ त कुन सरी कान्तिपुरी नगरी।।४।।

रिस राग कपट छैन यहाँ
तब धर्म कति छ कति छ यहाँ।
पशुका पति छन् रखवारी गरी
शिवकी पुरी कान्तिपुरी नगरी।।५।।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "भाषिक एकताका स्रोत", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच २०२३-०७-२६ 
  2. प्रसाई, दीर्घराज, "नेपालीका प्रेरक भानुभक्त", नागरीक, अन्तिम पहुँच २०२३-०७-२६