घाँसी

घाँसी एकजना नेपाली घाँस काट्ने व्यक्ति थिए। उहाँले भानुभक्त आचार्यलाई संस्कृत महाकाव्य रामायणलाई नेपाली भाषामा अनुवाद गर्न प्रेरित गरे। उहाँले घाँस काट-बेच गरी पैसा कमाउने गर्थे। मानिसहरुले उहाँलाई उहाँको मृत्यु पछि सम्झन सकून् भनेर उहाँले एउटा इनार निर्माण गर्नुभयो।[१]
एक दिन भानुभक्त आचार्य आफू कहिल्यै नपुगेको जङ्गलमा ढुङ्गाको टुप्पोमा बसेर चराहरूको चिरबिर सुन्दै सुते।[१] जब आचार्य ब्यूँझनुभयो, उहाँले एउटा घाँसीलाई घाँस काटिरहेको देखे। आचार्यले घाँसीलाई उनी कहाँ बस्छन् भनेर सोधे र घाँसीले आचार्यको गाउँ नजिकै बस्ने गरिब किसान हुँ भनी जवाफ दिए।[१] घाँसीले घाँस काटेर बजारमा बेचेर पैसा कमाउने गर्थे।[१] घाँसीले आचार्यलाई कुवा निर्माण गर्ने आफ्नो योजनाको बारेमा बताउनुभयो[२][३][४]
उनका शब्दहरूले आचार्यमा ठूलो प्रभाव पारेको थियो। भानुभक्तले आफ्नो कवितामा लेखेका थिए "घाँस काट्नेले मलाई ठूलो पाठ सिकाएको छ" र आचार्यको संस्कृत महाकाव्य रामायणको नेपाली भाषामा अनुवादको लागि उहाँलाई एक प्रेरणाको रूपमा श्रेय दिइन्छ।[१][५][६][७] घाँसीले पृथ्वी राजमार्ग नजिकै व्यास नगरपालिकामा घाँसी कुवा निर्माण गरेका थिए।[५]
भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी भैकन किन यस्तो। मेरा ईनार न त सत्तल पाटिकै छन् जे धन चीजहरू छन् घर भित्रनै छन्। त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति। - भानुभक्त आचार्य
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १.४ The First Poet of Nepali Literature।
- ↑ "NEP: SASEC Mugling–Pokhara Highway Improvement Phase 1 Project", Asian Development Bank, पृ: ४४, मूलबाट २० जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०२०।
- ↑ Two Nights in Police Custody: A Life in Nepal, २५ मे २०१३।
- ↑ "204th birth anniversary of Aadi Kavi Bhanu Bhakta Acharya", The Himalayan Times (en-USमा), १२ जुलाई २०१७, मूलबाट २० जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०२०।
- ↑ ५.० ५.१ "Aadikabi Bhanu Jayanti today", The Rising Nepal (अङ्ग्रेजीमा), मूलबाट २० जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुलाई २०२०।
- ↑ Gautam, Swasti, "Life of a poet", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २० जुलाई २०२०।[स्थायी मृत कडी]
- ↑ "206th Bhanu Jayanti observed in Gangtok", Sikkimexpress (अङ्ग्रेजीमा), अन्तिम पहुँच २० जुलाई २०२०।