कार्मेला (कुस्ती खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कार्मेला
डिसेम्बर २०१६ मा कार्मेला
वास्तविक नामलिया भ्यान डाले[१]
जन्म (1987-10-23) २३ अक्टोबर १९८७ (उमेर ३६)
स्पेन्सर, म्यासेट्युसेस, संयुक्त राज्य अमेरिका[२]
निवासस्थानटाम्पा, फ्लोरिडा
परिवारपल भ्यान डाले (बुवा)[३]
शिक्षाम्यासेट्युसेस विश्वविद्यालय[४]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामकार्मेला[५]
उचाई५ फिट ५ इन्च (१.६५ मी)[५]
उत्पत्तिस्ट्याटेन टापु[५]
प्रशिक्षकसारा डेल रे[३]
डब्ल्युडब्ल्युई प्रदर्शन केन्द्र[१]
पदार्पणजून २०१३[१]

लिया भ्यान डाले (जन्म २३ अक्टोबर १९८७) एक अमेरिकी व्यवसायीक महिला कुस्ती खेलाडी र मोडल हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग सम्बन्धित छिन् जहाँ उनी डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा प्रदर्शन गर्छिन् र उनको रिङको नाम कार्मेला हो।

जून २०१३ मा, भ्यान डालेले ओर्लाण्डो, फ्लोरिडामा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेकी थिइन्। अक्टोबर २०१४ मा, उनले एञ्जो अमोरेकोलिन क्यासडीसँग मिलेर उनीहरूको प्रवन्धकको रूपमा सेवा गरेकी थिइन्।[६][७] जुलाई २०१६ मा, उनले स्म्याकडाउनमा प्रदापण गरेकी थिइन्।[८][९][१०] जून २०१७ मा, कार्मेलाले पहिलो पटक सञ्चालनमा आएको महिला मनि इन द बेङ्कको उपाधि पनि हात पारेकी थिइन्।[११][१२] अप्रिल २०१८ मा उनले आफ्नो मनि इन द बेङ्क सार्लेट फ्लेयरको विरुद्धमा क्यास इन गरेकी थिइन् जसले गर्दा उनी महिलो पटक स्म्याकडाउन महिला विजेता बनोकी थिइन्। उनी मनी इन द बेङ्क सफलतापूर्वक क्यास इन गर्ने पहिलो महिला खेलाडी हुन्।[१३] सन् २०१९ मा, कार्मेलाले रेसलमेनिया महिला ब्याटल रोयल[१४][१५] र दुई पटक डब्ल्युडब्ल्युई २४/७ को उपाधि हाच पारेकी थिइन्। [१६]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

भ्यान डाले एक अमेरिकी मिश्रित मार्सल कलाकार र पूर्व व्यवसायीक कुस्ती खेलाडी तथा हालका एक पदमा कार्यशील पल भ्यान डालेकी छोरी हुन्। भ्यान डाले इटाली र डच मुलकी हुन्।[२][३] उनी अमेरिकाको राज्य म्यासेचुससको स्पेन्सरमा हुर्कीएकी थिइन् जहाँ उनी डेभिड प्रुटी उच्च विद्यालयबाट शिक्षा हासिल गरेकी थिइन्।[२] उनले त्यस पश्चात् सन् २०१० मा म्यासेचुससको एक विश्वविद्यालयबाट स्नातक हासिल गरेकी थिइन्।[४] भ्यान डालेल तीनवटा संस्करण सम्म न्यू इङ्ल्याण्डको खेलमा हौसला बढाउने काम समेत गरेकी थिइन्[४] जसको संस्करण सन् २०१० मा समाप्त भएको थियो। उनले लस एञ्जलस लेकर्स डान्सर नामक टोलीको लागि अडिसन दिएकी थिइन् जसमा उनी लेकर गर्लको रूपमा सन् २०१०-२०११ संस्करणमा देखा परेकी थिइन्।[१७]

व्यवसायीक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

एनएक्सटी ( सन् २०१३–२०१६)[सम्पादन गर्नुहोस्]

कार्मेला एञ्जो र क्यासको प्रवन्धकको रूपमा, मार्च २०१५ मा

भ्यान डालेले सन् २०१० को टफ इनफमा त्यसको भागको लागि आफुलाई दर्ता गराएकी थिइन्[१७] तर उनी लेकर गर्लको रूपमा छनौट भएपछि लस एञ्जलस गएकि थिइन् जसले गर्दा उनी छनौटबाटै बाहिरिएकी थिइन्। जून २०१३ मा, भ्यान डालेले डब्ल्युडब्ल्युईसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेकी थिइन् जहाँ उनी डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा सेप्टेम्बरमा प्रदापण गरेकी थिइन्।[१] पछि उनले आफ्नो रिङको नाम कार्मेला राखेकी थिइन्।[५]

कार्मेलाले ४ सेप्टेम्बर २०१४ मा एनएक्सटीको एक श्रृङ्खलामा प्रदापण गरेकी थिइन् जसमा उनले एञ्जो अमोरे र कोलीन क्यासडीको हजमको रूपमा काम गरेकी थिइन्।[१८] दुई हप्ता पछि, कार्मेला एनएक्सटीमा डब्ल्युडब्ल्युईको प्रदर्शन केन्द्रमा एञ्जो अमोरे र क्यासडीसँग देखा परेकी थिइन् जहाँ उनले आफ्नो हजमको जागिर गुमाएको भन्दै एनएक्सटीसँग एक जागिरको माग गरेकी थिइन्।

उनले १६ अक्टोबरमा एनएक्सटीको एक श्रृङ्खलामा अमोरे र क्यासडील प्रदापण गरेकी थिइन् जसमा उनले ब्लू पेन्ट्ससँग कुस्ती खेलेकी थिइन्। [६] उनीसँग परेको दुईवटा खेलमा उनले जित हात पारेकी थिइन् तथापि उनले १ जनवरी २०१५ मा, एनएक्सटीको एक श्रृङ्खलामा एञ्जो अमोरेको दुर्घटनात्मक घुसपैठका कारण उनले उक्त खेलमा पराजय बेहोर्नु परेको थियो।[१९]

मार्चमा, अमोरे र क्यासडीले त्यतिबेलाका एनएक्सटी ट्याग टोली विजेता ब्लेक र मर्फीसँग द्वन्दको सुरुवात गरेका थिए जसमा कार्मेला उनीहरूको साथमा थिइनन् र जसले गर्दा ब्लेक र मर्फी विभिन्न खेलहरूमा अघि बढेका थिए।[२०] १३ मेमा, एनएक्सटीको एक श्रृङ्खलामा, अलेक्सा ब्लिससँग परेको उनको खेलमा ब्लेक र मर्फीले झुक्याए पछि उनले हार बेहोर्नु परेको थियो।[२१]

२० मेको एनएक्सटी टेकओभर: अनस्टपएबलमा, एञ्जो अमोरे र कोलिन क्यासडी र ब्लेक र मर्फी बिच र ट्याग टोली उपाधिको लागि परेको प्रतिस्पर्धात्मक खेलमा ब्लिसले कार्मेलालाई आक्रमण गरेकी थिइन् जसले गर्दा ब्लेक र मर्फीले उपाधि बचाइराख्न सफल भएका थिए।[७]

उनले एञ्जो अमोरे र क्यासडीलाई प्रवन्धन गर्ने क्रममा कार्मेलाले इभा मरिसँग द्वन्दको सुरुवात गरेकी थिइन् जसले गर्दा उनिहरू बिच अगस्ट २६ को एनएक्सटीको एक श्रृङ्खलामा खेल राखिएको थियो। उक्त खेलमा भने कार्मेला पराजित भएकी थिइन्।[२२] जनवरी २०१६, कार्मेलाले ब्याटल रोयल जितेकी थिइन् जसले गर्दा उनले एकएक्सटी महिला विजेता बेइलीसँग उपाधिको लागि एक खेलको पक्का गरेकी थिइन्।[२३] १० फेब्रुअरीमा परेको बेइली र उनको खेलमा उनी पराजित भएकी थिइन्।[२४] उक्त खेल पश्चात् इभा मरि र नाया ज्याक्सले उनीहरू दुबैलाई आक्रमण गरेका थिए जसले गर्दा २४ फेब्रुअरीमा एनएक्सटीको एक श्रृङ्खलामा उनीहरू बिच ट्याग टोली खेल राखिएको थियो जसमा बेइली र कार्मेलाले हार बेहोरेका थिए।[२५] कार्मेलाले डब्ल्युडब्ल्युईको मुख्य पर्दामा मार्च १२ मा उपस्थिति जनाएकी थिइन्। सोही समयमा एञ्जो अमोरे र क्यासडीको खेल एनएक्सटी ट्याग टोलीको उपाधिको लागि द रिभाइभलसँग परेको थियो। [२६]

२५ मेमा एनएक्सटीको एक श्रृङ्खलामा, कार्मेला ट्रिपल थ्रेट म्याच (तीन जना एकएक्लै)मा भाग जनाएकी थिइन् जसमा उनले नाया ज्याक्स र अलेक्सा ब्लिससँग प्रतिस्पर्धा गरेकी थिइन्। सो खेलको विजेता कार्मेलालाई हराउँदै नाया ज्याक्स बन्न सफल भएकी थिइन् जहाँ उनले एनएक्सटी महिला उपाधिको लागि प्रतिस्पर्धा गर्ने पक्का गरेकी थिइन्।[२७]

स्म्याकडाउन महिला विजेता (सन् २०१६–२०१८)[सम्पादन गर्नुहोस्]

सन् २०१६ मा गरिएको डब्ल्युडब्ल्युई स्थानान्तरणमा उनी १९ जुलाई २०१६ मा डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा आएकी थिइन्।[८][९] कार्मेलाले मुख्य पर्दामा एक हप्ता पश्चात् प्रदापण गरेकी थिइन् जसमा उनले महिला कुस्ती खेलाडी एभा मरिसँग सामना गरेकी थिइन्।[१०] ९ अगस्टमा स्म्याकडाउन लाइभको एक श्रृङ्खलामा, कार्मेलाले पहिलो एकल कुस्ती खेल तर्फ जित हात पारेकी थिइन् जसमा उनले नेटालियालाई हराएकी थिइन्। अगस्ट २० मा, समरस्ल्याममा, कार्मेलाले ६-महिला ट्याग टोली खेलमा सहभागीता जनाएकी थिइन् जसमा उनी तर्फ नेयोमी र बेकी लिन्च रहेका थिए। उक्त खेल भने उनीहरूका प्रतिद्वन्द्वी अलेक्सा ब्लिस, नेटालिया र निकी बेलाले हात पारेका थिए जसमा बेलाले उनलाई हराएकी थिइन्।[२८][२९] दुई हप्ता पछिको स्म्याकडाउनको एक श्रृङ्खलामा, कार्मेलाले निकी बेलामाथी आक्रमण गरेकी थिइन् जसले गर्दा उनीहरू बिच दुश्मनीको सुरुवात भएको थियो।[३०][३१] उनीहरू बिच द्वन्द चर्कीएकै बेला, कार्मेलाले सिक्स प्याक च्यालेञ्ज (६ जना एकएक्लै प्रतिस्पर्धा गर्ने) मा भाग जनाएकी थिइन् र उक्त खलको विजेताले भने पहिलो स्म्याकडाउन महिला विजेताको उपाधि हात पार्ने सर्त रहेको थियो। उक्त खेल सेप्टेम्बर ११ मा ब्याकल्यासमा राखिएको थियो।[३२][३३][३४][३५] उनी अन्तिममा बेकी लिन्चद्वारा बाहिरिएकी थिइन् र सोको उपाधि पनि बेकी लिञ्चलेनै प्राप्त गरेकी थिइन्। उनले ५ जना विरुद्ध ५ जना परम्परागत ट्याग टोली खेलमा रका प्रतिद्वन्दीहरूसँग प्रतिस्पर्धा गर्ने एक सदस्य रहेकी थिइन्।[३६] उक्त खेल २० नोभेम्बरमा सरभाइभरमा सञ्चालन गरिएको थियो जसमा उनी स्म्याकडाउनको तर्फबाट बाहिरिने पहिलो प्रतिस्पर्धी रहेकी थिइन्। उनलाई अलिसा फक्सले खेलबाट बाहिर्‍याइदिएकी थिइन्।[३७] ४ डिसेम्बरमा, टिएलसीमा कार्मेलाले निकी बेलासँग नो डिस्क्वालिफिकेसन म्याच (उपलब्ध रहेका हातहतियारले प्रहार गर्न पाइने, जो कोही आएर खेलमा घुसपैठ गर्न पाउने, १० गन्दा सम्मपनि रिङ भित्र आउनु नपर्ने एक विशेष नियम रहेको कुस्ती खेल)मा हार बेहोरेकी थिइन् जसले गर्दा उक्त द्वन्द अन्त्य भएको थियो। कार्मेलाले त्यस पश्चात् जेम्स एल्सवर्थसँग एक कहानीको सुरुवात गरेकी थिइन् र उसँग उनले आफ्नो खेलमा उनलाई समावेश गरेकी थिइन्।[३८]

२ अप्रिल २०१७ मा, कार्मेलाले रेसलमेनियामा पर्दापण गरेकी थिइन् जसमा उनले सिक्स प्याक च्यालेञ्जमा (६ जना एकएक्लै प्रतिस्पर्धा गर्ने) भाग जनाएकी थिइन्।[३९][४०][४१][४२] उक्त खेल स्म्याकडाउन महिला उपाधिको लागि रहेको थियो जसमा उनी असफल भएकी थिइन्। [४३] अप्रिलको अन्तिममा, कार्मेलाले नेटालीया र टमिनासँग मिलेर एक समूहको गठन गरेकी थिइन् जसमा उनीहरूले आफ्नो समूहको नाम द वेलकमिङ कमिटि राखेका थिए र उनीहरूले बेकी लिन्च, सार्लेट फ्लेयर र नेयोमी सुरुवात गरेका थिए। [४४][४५][४६][४७] उक्त दुई टोली मे २१ मा ब्याकल्यासमा आमनेसामने भएका थिए जसमा द वेलकमिङ कमिटीले जित हात पारेका थिए।[४८][४९]

अप्रिल २०१८ मा,स्म्याकडाउन महिला विजेताको रूपमा

१८ जून, मनि इन द बेङ्कमा, जेम्स एल्सवर्थले भर्‍याङमाथि चढेर सम्झौता पत्र रहेको उक्त उपाधिलाई कार्मेलाको हातमा फालिदिएपछि उनी पहिलो महिला मनि इन द बेङ्कको विजेताको रूपमा घोषित भएकी थिइन्।[५०] दुई दिन पछिको, स्म्याकडाउनको एक श्रृङ्खलामा, कार्मेलालाई उक्त उपाधि छोड्न बाध्य पारिएको थियो र पुन सोही खेल सञ्चालन गरिने महाप्रबन्धक डेनिएल ब्रायनले बताएका थिए।[५१] जून २७ मा, कार्मेलाले पुन एल्सवर्थको सहयोगमा उक्त उपाधि आधिकारिक रूपमा प्राप्त गर्न सफल भएकी थिइन्। नोभेम्बरमा, एल्सवर्थले बेकी लिन्चसँगको अन्तरलैङ्गिक खेलमा हार बेहोरेका थिए जसले गर्दा कार्मेला र जेम्स एल्सवर्थ बिचको सहकार्यको अन्त्य भएको थियो।[५२] २८ जनवरी २०१८ मा, कार्मेलाले पहिलो पटक सञ्चालन गरिएको महिला रोयल रम्बलमा भाग जनाएकी थिइन् जसमा उनी १७अौँ स्थानमा रिङ प्रवेश गर्की थिइन् तर उनी रिङमा छिरेको १८अौँ मिनेट पश्चाच् उनलाई उनकी पूर्व दुश्मन निकी बेलाले उनलाई निस्कासन गरिदिएकी थिइन्।[५३] त्यस पछि उनी रेसलमेनिया ३४ को महिला ब्याटल रोयलमा सहभागीको रूपमा रिङ प्रवेश गरेकी थिइन् तर उनी रिङबाट बाहिरिने प्रथम महिला थिइन् जसमा उनलाई सोनिया डभिलले निस्कासन गरिदिएकी थिइन्।[५४]

उनले आफ्नो मनि इन द बेङ्कको उपाधि २८७ दिन सम्म आफुसँगै राखेकी थिइन्। [५५] यो मनि इन द बेङ्क उपाधि विजेताको लागि इतिहासमै सबैभन्दा लामो समय हो।[५६][५७] सार्लेट फ्लेयरको विरुद्धमा विभिन्न असफल क्यास इन (मनि इन द बेङ्क विजेताले महिला/पुरूष उपाधि विजेतासँग खेल्न पाउने सम्झौता गर्दै उपाधिको लागि भिड्न पाउने) पश्चाच् उनले अन्तत: १० अप्रिलमा स्म्याकडाउनको एक श्रृङ्खलामा, आफ्नो उपाधि क्यास इन गर्दै उनको कार्यकालमै पहिलो पटक स्म्याकडाउन महिला विजेता बन्न सफल भएकी थिइन्। [५८][५९][६०] उक्त क्यास इन गर्नु पूर्व एनएक्सटीका महिला कुस्ती समूह द आइकोनिक्स (बिली केपिटन रोइसले) सार्लेट फ्लेयरलाई आक्रमण गरेका थिए जसले गर्दा कार्मेलालाई उपाधि हात पार्न सहज भएको थियो।[६१][६२] उनको पहिलो उपाधि रक्षात्मक खेलमा, उनले ब्याल्यनसमा सार्लेट फ्लेयरलाई हराएकी थिइन्। त्यस पश्चात् कार्मेला र अस्काको बिचमा द्वन्दको सुरुवात भएको थियो।[६३] उनीहरू दुईको खेल मनि इन द बेङ्कमा राखिएको थियो जसमा फर्किएका जेम्स एल्सवर्थले उक्त खेलमा घुसपैठ गर्दै कार्मेलालाई जित हासिल गर्नमा सहज बनाइदिएका थिए। [६४] उनीहरू बिचको देल पुन: एक्सट्रिम रूलमा सञ्चालन गरिएको थियो जसमा कार्मेलालेनै जित दर्ता गराएकी थिइन् जसमा उनका साथी जेम्स एल्सवर्थलाई रिङ माथि सार्कको जालीमा थुनेर रिङको ठ्याक्कै माथि झुण्डाइएको थियो।[६५][६६][६७] बेकि लिञ्च र सार्लेट फेलेयरसँथ बेग्लाबेग्लै गैर उपाधि एकल कुस्ती खेलमा उनी पराजित हुन पुगेकी थिइन् जसले गर्दा उनले आफ्नो उपाधि त्रिपल थ्रेट म्याच (३ जना एक्लाएक्लै भिडन्त गर्ने) मा खेल्नु पर्ने घोषण गरिएको थियो।[६८] उक्त खेल १९ अगस्टमा समरस्ल्याममा आयोजना गरिएको थियो।[६९] कार्यक्रममा, फ्लेयरले बेकी लिञ्चलाई पिन गर्दै उपाधि हात पारेकी थिइन्।[७०][७१] उनले आफ्नो उपाधि जितेको १३१अौँ दिन पश्चात् गुमाएकी थिइन्। दुई हप्ता पछि कार्मेलाले उपाधिको लागि खेल्ने अवसर प्राप्त गरेकी थिइन् जसमा उनी सार्लेट फ्लेयरसँग पराजित हुन पुगेकी थिइन्।[७२]

द फ्याभुलस ट्रुथ (सन् २०१८–२०१९)[सम्पादन गर्नुहोस्]

उनले आफ्नो उपाधि गुमाए पछि, कार्मेलाले आर-त्रुथसँग कहानीको विस्तार गरेकी थिइन्। ४ सेप्टेम्बरमा स्म्याकडाउन लाइभको एक श्रृङ्खलामा, कार्मेलाले मरिसको घुसपैठको नियन्त्रण गर्नको लागि आर-त्रुथलाई द मिजसँगको खेलमा प्रवन्धन गर्न सहमत भएकी थिइन्।[७३][७४] त्यस पछि, कार्मेलाले त्रुथलाई प्रवन्धन गर्ने बताएकी थिइन् र उनीहरू दुई जनाले आउदो दोस्रो संस्करणको मिक्स म्याच च्यालेञ्जको साझेदारको रूपमा काम गर्ने बताएका थिए।[७५] नोभेम्बरमा, कार्मेलाले पुन: सरभाइभर सेरिजमा भाग जनाएकी थिइन् जहाँ उनी स्म्याकडाउनको टोलीको रूपमा आफुलाई आबद्ध गरेकी थिइन्। उक्त खेलमा उनले टमिनलाई निस्कासन गरिदिएकी थिइन् र उनलाई बेइलीले बाहिर निस्कासन गरिदिएकी थिइन्।[७६][७७][७८][७९] कार्मेला र त्रुथल मिक्स म्याच च्यालेञ्जको पहिलो ३ वटा खेलमा पराजय बेहोरेका थिए। उनीहरूले लाना र रूसेभलाई पराजित गरिदिए पश्चात् उनीहरू अधि बढेका थिए जसमा उनीहरूको टोली जेफ हार्डि र सार्लेट फ्लेयरसँग क्वाटर फाइनलमा र पूर्व संस्करणका विजेता द मिज र अस्कासँग सेमिफाइनलममरा पराजित हुन पुगेका थिए।[८०][८१] मिक्स म्याच च्यालेञ्जको फाइनल खेल टिएलसी:टेबल, ल्याडर्स एण्ड चेयर्स (टेबुल, भर्‍याङ र कुर्सी) मा राखिएको थियो जसमा कार्मेला र आर-त्रुथको टोलीले जिन्डर महल र एलिसा फक्ससँग प्रतिस्पर्धा गरेका थिए जसमा उनीहरूले जित हासिल गर्दै महिला/पुरूष रोयल रम्बलको ३०अौँ स्थानमा रिङ प्रवेश गर्न पाउने सुनौलो अवसर प्राप्त गरेका थिए।[८२]

जनवरी २०१९ मा, कार्मेला ट्रिपल थेट खेलमा भाग जनाएकी थिइन् जसको विजेताले स्म्याकडाउन महिला उपाधिको लागि खेल्न पाउने अवसर उक्त खेलमा रहेको थियो। सो खेलमा उनले आत्मसमर्पण गरेका कारण खेलको विजेता बेकी लिन्च घोषित भएकी थिइन्।[८३]

रोयल रम्बलमा, कार्मेला ७ मिनेट सम्म मात्रै रिङमा टिक्न सफल भएकी थिइन्, तर उनले उपाधि हात पार्न भने सार्लेट फ्लेयरले निस्कासन गरिदिए पश्चात् असमर्थ रहेकी थिइन्।[८४] फेब्रुअरीमा, कार्मेलाले नेयोमीसँग साझेदारी गर्दै एक टोलीको गठन गरेकी थिइन्।[८५][८६] कार्मेला र नेयोमीले ६ टोली इलिमिनेसन चेम्बर खेलमा सहभागीता जनाएका थिए जसको विजेताले भने पहिलो डब्ल्युडब्ल्युई महिला ट्याग टोली उपाधि हात पार्ने थियो।[८७] तथापि खेलबाट बाहिरिने उनीहरू पहिलो टोली रहेका थिए र उक्त खेलको उपाधि बेइली र सासा बेङ्क्सले हात पारेका थिए।[८८][८९][९०]

अप्रिल ६, रेसलमेनिया ३५ मा, कार्मेलाले दोस्रोपटक रेसलमेनिया महिला ब्याटल रोयलको उपाधि हात पारेकी थिइन् जसमा उनले अन्तिममा साराह लोगनलाई निष्कासन गरिदिएकी थिइन्।[१४][१९] मे मा, उनले मनि इन द बेङ्कमा सहभागिता दर्ता गराएकी थिइन्। खेलको क्रममा उनको घुँडामा चोट लागेको प्रदर्शन भएको थियो जसले गर्दा उनले उपाधि हात पार्न असफल रहेकी थिइन्।[९१][९२][९३] उनको सोही घुँडामा लागेको चोटपटकका कारण उनको द्वन्द्व मेन्डी रोज र सोनिया डभिलसँग चर्किएको थियो तर उनले आर त्रुथको प्रबन्धक बनेपछि उक्त द्वन्द्वको अन्त्य भएको थियो। आर त्रुथले नयाँ २४/७ नामक नयाँ उपाधि हात पार्ने क्रम जारी राखेका थिए र अन्त प्रतिस्पर्धीहरूसँग टाढा वा लुकेर हिँडेका थिए।[९४] २३ सेप्टेम्बरको रको श्रृङ्खलामा, कार्मेलाले आर त्रुथको उपाधि उछिनेकी थिइन्। उनले उपाधि हात पारेको ११ दिन पश्चात् अक्टोबर ४ वा स्म्याकडाउनको २०औँ वार्षिकोत्सवमा अमेरिकी गायक तथा गीतकार मार्समेलोले उनलाई पराजित गर्दै उपाधि हात पारेका थिए। सोही रात उनले मार्सेमेलोबाट उपाधि पुन: प्राप्त गरेकी थिइन्।[९५] अक्टोबर ६, हेल इन अ सेल कार्यक्रममा, टमिनाले उनलाई पराजित गर्दै उनको उपाधिको शासन अन्त्य गरिदिएकी थिइन्। सोही खेलको केही मिनेट पश्चात्, कार्मेलाले आर त्रुथलाई टमिनाबाट उनको उपाधि हासिल गर्ने मद्दत गरेकी थिइन् जुन सार्थक भएको थियो।[९६][९७][९८][९९][१००][१०१] कार्मेला र आर त्रुथको मैत्री सन् २०१९ को खेलाडी स्थानान्तरणमा समात्न भएको थियो।[१८] कार्मेला स्म्याकडाउनमा रहेको बेलामा आर त्रुथ रमा सरेका थिए। ८ नोभेम्बरको स्म्याकडाउनको एक श्रृङ्खलामा, कार्मेला र डाना ब्रुकले फायर एन्ड डिजायर (मेन्डी रोजसोनिया डभिल) लाई पराजित गर्दै सर्भाइभर सेरिजमा स्म्याकडाउन महिला टोलीको प्रतिनिधित्व गर्ने मौका प्राप्त गरेका थिए जसमा उनीहरू टोली पछि पराजित भएको थियो।[१०२] कार्मेलाले रोयल रम्बलमा सहभागिता जनाएकी थिइन् जहाँ उनी २७ औँ स्थानमा प्रवेश गरेकी थिइन् [१०३] र उनलाई साइना ब्याजलरले निष्कासन गरिदिएकी थिइन्।[१०४]

अन्य सञ्चार माध्यम[सम्पादन गर्नुहोस्]

कार्मेलाले डब्ल्युडब्ल्युई श्रव्य दृश्य खेल, २के१७ मा खेल्न मिल्ने चरित्रको रूपमा प्रदापण गरेकी थिइन् र अर्को वर्षको क्रममा २के१८,[१०५] २के१९ र २के२०[१०६] मा देखा परेकी थिइन्।[१०७]

कार्मेलाले टोटल डिभास नामक एक अमेरिकी दूरदर्शन श्रृङ्खलाको १७अौँ संस्करणकी एक प्रमुख सदस्य हुन्[१०८][१०९][११०]। टोटल डिभासको नवौँ सत्रमा उनको कोरी ग्रेभ्ससँगको सम्बन्धलाई चित्रण गरिएको थियो। [१११][११२][११३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

भ्यान डाले एक व्यक्तिगत प्रशिक्षक पनि हुन्।[१] उनी व्यवसयीक कुस्तीकी अनुयायी हुन् र उनलाई सानोमा मिस एलिजाबेथको रूपमा हेरिएको थियो।[१७]

सन् २०१९ मा, कार्मेलले डब्ल्युडब्ल्युईका कर्मचारी कोरी ग्रेभ्ससँग सम्बन्ध गाँस्न सुरु गरेकी थिइन्।[११४] उनीहरूको सम्बन्ध वास्तविकता कार्यक्रम टोटल डिभासको नवौँ सत्रमा प्रस्तुत गरिएको थियो, जसमा कार्मेलला एक मुख्य पात्रको रूपमा घोषित भएकी थिइन्।[११५]

चलचित्रमा[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका टिप्पणीहरू
सन् १०१५–हाल टोटल डिभास उनी आफै अतिथि (संस्करण ४, ६ र ८)
मुख्य पात्र (संस्करण ७ र ९)
सन् १०१९ टोटल बेलास अङ्क: "बेलास आर ब्याक इन एक्सन" र "बेलास एन्ड द सिटी"
द बिच बम समान्था

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

रेसलमेनिया ३४ मा, कार्मेला मनि इन द बेङ्क उपाधिको साथ
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • सन् २०१८ मा, १०० महिला कुस्ती खेलाडीहरू मध्ये ७औँ स्थानमा पर्न सफल - पिडब्ल्युआई[११६]
  • स्पोर्ट्स इलुस्ट्रेटेड
    • सन् २०१८ मा, ३० महिला कुस्ती खेलाडीहरू मध्ये २३औँ स्थानमा पर्न सफल [११७]
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई २४/७ उपाधि (२ पटक)[११८]
    • डब्ल्युडब्ल्युई स्म्याकडाउन महिला विजेता (१ पटक)[११९]
    • मिक्स म्याच च्यालेन्ज (२ वटा संस्करण) – आर त्रुथको साथ[१२०]
    • मनि इन बेङ्क (सन् २०१७को विजेता)[क]
    • रेसलमेनिया महिला ब्याटल रोयल (सन् २०१९)

टिप्पणी[सम्पादन गर्नुहोस्]

  1. कार्मेलाले पहिलो पटक सञ्चालनमा आएको महिला मनि इन द बेङ्कमा भाग जनाएकी थिइन् र उपाधि पनि हात पारेकी थिइन्। तर सो खेलको अन्त्य भने बिबादास्पद रहेको थियो किनभने कार्मेलाको सहयोगी जेम्स एल्सवर्थले उनी आफुनै भर्‍याङ चढेर उनको हातमा उक्त महिला मनि इन द बेङ्कको उपाधि खसालिदिएका थिए। उक्त खेल जून २७ मा दुई हप्ता पछि स्म्याकडाउनको एक श्रृङ्खलामा पुन खेल सञ्चालन गरिएको थियो जसमा उनलेनै सो उपाधि पुन आधिकारिक रूपमा हात पारेकी थिइन्। जसले गर्दा उनी महिला मनी इन द बेङ्कको उपाधि हात पार्ने प्रथम महिला बन्न सफल भएकी थिइन्। तथापि डब्ल्युडब्ल्युईले उनलाई उक्त उपाधिको दुई पटकको विजेता मान्दै आएको छ।[१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ जोनसन, माइक। "एक नयाँ हस्ताक्षर"। पिडब्ल्यू इन्साइडर। सङ्ग्रह मिति अक्टोबर ४, २०१४ 
  2. २.० २.१ २.२ सुलिभन, मार्क (मे २०, २०१८)। "Villainous wrestling champ from Spencer to make homecoming at DCU Center"टेलिग्राम एण्ड ग्याजेट। सङ्ग्रह मिति मे २३, २०१८ 
  3. ३.० ३.१ ३.२ भर्सालोन, जिम (जुन १, २०१५)। "Pro Wrestling: Second generation talent Carmella just fabulous in WWE's NXT"मियामी हेरल्ड। सङ्ग्रह मिति मे १५, २०१८ 
  4. ४.० ४.१ ४.२ "Former Patriots cheerleader thrives in WWE NXT"। न्यू इङ्ल्यान्ड प्याट्रि्यट्स। जुन १, २०१६। सङ्ग्रह मिति मे १५, २०१८ 
  5. ५.० ५.१ ५.२ ५.३ "कार्मेला"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति मे १९, २०१५ 
  6. ६.० ६.१ ट्रिओन्फो, रिचर्ड। "WWE NXT report: one move to win a match; a Diva debuts; Zayn versus Kidd; and an update on Mojo Rawley"। पिडब्ल्यू इन्साइडर। सङ्ग्रह मिति अक्टोबर १७, २०१४ 
  7. ७.० ७.१ ट्रिओन्फो, रिचर्ड (मे २०, २०१५)। "LIVE ONGOING WWE NXT TAKEOVER UNSTOPPABLE REPORT: BAYLEY AND CHARLOTTE VERSUS DANA BROOKE AND EMMA"पिडब्ल्यू इन्साइडर। सङ्ग्रह मिति मे २०, २०१५ 
  8. ८.० ८.१ रिचर्ड, ट्रिओन्फो (जुलाई १९, २०१६)। "COMPLETE SMACKDOWN DRAFT REPORT: WHO WENT WHERE?, WHICH NXT WRESTLERS GOT PROMOTED?, WHO IS THE WWE CHAMPION GOING INTO BATTLEGROUND, AND MORE"पिडब्ल्यूई इन्साइडर। सङ्ग्रह मिति जुलाई २७, २०१६ 
  9. ९.० ९.१ "2016 WWE Draft results: WWE officially ushers in New Era"डब्ल्युडब्ल्युई। जुलाई १९, २०१६। सङ्ग्रह मिति जुलाई २१, २०१६ 
  10. १०.० १०.१ रिचर्ड, ट्रिओन्फो (जुलाई २६, २०१६)। "WWE SMACKDOWN REPORT: AMBROSE'S OPPONENT IS DETERMINED, A NEW FACE ON SMACKDOWN, SAY HELLO TO THE WOMEN'S DIVISION, A BATTLE ROYAL, AND MORE"पिडब्ल्यू इन्साइडर। सङ्ग्रह मिति जुलाई २७, २०१६ 
  11. "Who emerged as the first-ever Ms. Money in the Bank?"। सङ्ग्रह मिति जुन ३०, २०१७ 
  12. १२.० १२.१ "Carmella won the Women's Money in the Bank Ladder Match to become Ms. Money in the Bank"। सङ्ग्रह मिति जुन ३०, २०१७ 
  13. कोनुवा, अल्फ्रेड (अप्रिल १०, २०१८)। "WWE SmackDown Live Results: Carmella Cashes In Money In The Bank Contract After Iconic Duo Debuts"फोर्ब्स। सङ्ग्रह मिति अप्रिल १०, २०१८ 
  14. १४.० १४.१ "रेसलमेनिया महिला ब्याटल रोयल खेल"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति मार्च २९, २०१९ 
  15. कारापोला, ष्टुअर्ट (अप्रिल ७, २०१९)। "COMPLETE WRESTLEMANIA 35 KICKOFF SHOW COVERAGE"पिडब्ल्यू इन्साइडर 
  16. ट्रिओन्फो, रिचार्ड (सेप्टेम्बर २३, २०१९)। "WWE RAW REPORT: THE SEASON FINALE, WHO FACES AJ NEXT WEEK?, A NEW TWIST FOR THE 24/7 शीर्षक, AND MORE"पिडब्ल्यु इन्साइडर 
  17. १७.० १७.१ १७.२ मर्फी, जान (जुलाई २८, २०१७)। "Carmella cashing in on opportunity"स्ल्याम! स्पोर्ट्स। क्यानडियन आनलाइन एक्सप्लोरर। सङ्ग्रह मिति मे १५, २०१८ 
  18. १८.० १८.१ नामाको, जेसन। "WWE NXT Results – 9/4/14 (Tag Tournament Finals)"। रेसलभ्यू। सङ्ग्रह मिति सेप्टेम्बर ३०, २०१४ 
  19. १९.० १९.१ जेम्स, जष्टिन (जनवरी ४, २०१५)। "James's WWE NXT report 1/1 – Week 133: Itami & Balor vs. The Ascension, NXT tag champs, Charlotte promo; Overall Reax"। प्रो रेस्लिङ टर्च। 
  20. जेम्स, जष्टिन (मार्च २५, २०१५)। "JAMES' WWE NXT REPORT 3/25 – Week 145: Owens vs. Balor for NXT शीर्षक, Sasha Banks defends Women's शीर्षक; Overall Reax"Pro Wrestling Torch। सङ्ग्रह मिति मे ११, २०१५ 
  21. जेम्स, जष्टिन (मे १३, २०१५)। "JAMES'S WWE NXT REPORT 5/13 – Week 161: Owens-Zayn final confrontation before Takeover, Itami & Balor vs. Breeze & Rose main event, Women's champ, more"प्रो रेस्लिङ टर्च। सङ्ग्रह मिति मे १४, २०१५ 
  22. ट्रिओन्फो, रिचर्ड (अगस्ट २६, २०१५)। "NXT IN BROOKLYN REPORT: FATAL FOUR WAY IN THE MAIN EVENT, BULL FIT, ENZO AND CASS GET A HEROES' WELCOME"प्रो रेस्लिङ इन्साइडर। सङ्ग्रह मिति अगस्ट २७, २०१५ 
  23. ट्रिओन्फो, रिचर्ड (जनवरी १३, २०१६)। "WWE NXT REPORT: NUMBER ONE CONTENDER IN A TWO WEEKS, NUMBER ONE CONTENDER BATTLE ROYAL, CIAMPA IN ACTION, 2015 NXT AWARD WINNDERS, AND MORE"Pro Wrestling इन्साइडर। सङ्ग्रह मिति जनवरी १३, २०१६ 
  24. रिचर्ड, ट्रिओन्फो (फेब्रुअरी १०, २०१६)। "WWE NXT REPORT: WOMEN'S शीर्षक MATCH . . . PLUS SOME EXTRACURRICULAR ACTIVITIES, GARGANO VERSUS CORBIN, AND MORE"पिडब्ल्यू इन्साइडर। सङ्ग्रह मिति फेब्रुअरी १०, २०१६ 
  25. रिचर्ड, ट्रिओन्फो (फेब्रुअरी २४, २०१६)। "WWE NXT REPORT: WILLIAM REGAL MAKES HIS DECISION, AMERICAN ALPHA, WOMEN'S TAG MATCH IN MAIN EVENT, AND MORE"पिडब्ल्यू इन्साइडर। सङ्ग्रह मिति फेब्रुअरी २४, २०१६ 
  26. रिचर्ड, ट्रिओन्फो (मार्च १२, २०१६)। "COMPLETE WWE ROADBLOCK COVERAGE: HAVE WRESTLEMANIA PLANS BEEN SCREWED UP?, NXT AND WWE TAG शीर्षक MATCHES, SAMI ZAYN IN ACTION, DIVAS शीर्षक MATCH, AND MORE"पिडब्ल्यू इन्साइडर। सङ्ग्रह मिति मार्च १४, २०१६ 
  27. रिचर्ड, ट्रिओन्फो (मे २५, २०१६)। "WWE NXT REPORT: MORE MATCHES FOR TAKEOVER, VIDEO PACKAGES FOR THE CAGE MATCH, AND A NEW TAG TEAM DEBUTS"पिडब्ल्यू इन्साइडर। सङ्ग्रह मिति मे २६, २०१६ 
  28. रिचर्ड, ट्रिओन्फो (अगस्ट २, २०१६)। "WWE SMACKDOWN REPORT: STYLES AND CENA TALK, IS THERE A CHANGE IN THE WWE शीर्षक MATCH AT SUMMERSLAM?, YOUR HOME FOR WOMEN'S WRESTLING?, HAS THE INTERBRAND WAR ESCALATED?, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट १२, २०१६ 
  29. रिचर्ड, ट्रिओन्फो (अगस्ट ९, २०१६)। "WWE SMACKDOWN REPORT: DID EVA MARIE WRESTLE?, OPPONENTS ARE TAG TEAM PARTNERS, IS HEATH SLATER EMPLOYED?, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट १२, २०१६ 
  30. "WWE suspends Eva Marie"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति अगस्ट २०, २०१६ 
  31. रिचर्ड, ट्रिओन्फो (अगस्ट २१, २०१६)। "COMPLETE WWE SUMMERSLAM REPORT: WE HAVE A UNIVERSAL CHAMPION, STYLES VS. CENA, BANKS VS. CHARLOTTE, AMBROSE VS. ZIGGLER & MUCH MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट २३, २०१६ 
  32. रिचर्ड, ट्रिओन्फो (अगस्ट २३, २०१६)। "WWE SMACKDOWN REPORT: THE BACKLASH MAIN EVENT IS SET, HOW WILL WE DETERMINE OUR TWO NEW CHAMPIONS?, WHAT ABOUT HEATH?"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट २४, २०१६ 
  33. रिचर्ड, ट्रिओन्फो (सेप्टेम्बर २०, २०१६)। "WWE SMACKDOWN REPORT: BIG MAIN EVENT ANNOUNCED FOR NEXT WEEK, A CONTRACT SIGNING, A TAG TEAM RETURNS TO ACTION, IC शीर्षक MATCH, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति सेप्टेम्बर २०, २०१६ 
  34. रिचर्ड, ट्रिओन्फो (अक्टोबर ९, २०१६)। "COMPLETE WWE NO MERCY REPORT: TRIPLE THREAT MATCH FOR THE WWE शीर्षक, DOLPH ZIGGLER'S CAREER ON THE LINE, A CHANGE TO THE WOMEN'S शीर्षक MATCH, A RETURN, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अक्टोबर ९, २०१६ 
  35. रिचर्ड, ट्रिओन्फो (नोभेम्बर १५, २०१६)। "WWE SMACKDOWN REPORT: A 16 MAN TAG MATCH, THE WOMEN OF RAW AND SMACKDOWN BATTLE, THE CUTTING EDGE, THE UNDERTAKER, IC शीर्षक MATCH, AND ALEXA BLISS GOES TO THE VIDEO TAPE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति नोभेम्बर १५, २०१६ 
  36. जोनसन, माइक (सेप्टेम्बर ११, २०१६)। "NEW CHAMPIONS AND MORE: COMPLETE WWE BACKLASH PPV COVERAGE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति सेप्टेम्बर ११, २०१६ 
  37. Carapola, Stuart (नोभेम्बर २०, २०१६)। "COMPLETE SURVIVOR SERIES 2016 COVERAGE: A NIGHT FULL OF EXCELLENT ELIMINATION MATCHES, LESNAR GETS HIS LONG-AWAITED REMATCH WITH GOLDBERG, AND MUCH MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति नोभेम्बर २०, २०१६ 
  38. जोनसन, माइक (डिसेम्बर ४, २०१६)। "COMPLETE WWE TLC 2016 COVERAGE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति डिसेम्बर ४, २०१६ 
  39. रिचर्ड, ट्रिओन्फो (डिसेम्बर २०, २०१६)। "WWE SMACKDOWN REPORT: JOHN CENA IS BACK, THREE शीर्षक MATCHES, AND MORE WITH RENEE AND MIZ"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति डिसेम्बर २०, २०१६ 
  40. रिचर्ड, ट्रिओन्फो (जनवरी ३, २०१७)। "WWE SMACKDOWN REPORT: INTERCONTINENTAL शीर्षक MATCH, A CONTRACT SIGNING, TAG शीर्षक REMATCH NEXT WEEK, LOVE MAY BE BLIND, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जनवरी ३, २०१७ 
  41. रिचर्ड, ट्रिओन्फो (जनवरी १०, २०१७)। "WWE SMACKDOWN REPORT: CENA VS. CORBIN, WYATTS VS. AMERICAN ALPHA, STEEL CAGE MATCH NEXT WEEK, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जनवरी १०, २०१७ 
  42. रिचर्ड, ट्रिओन्फो (जनवरी ३१, २०१७)। "WWE SMACKDOWN REPORT: THE PARTICIPANTS IN THE ELIMINATION CHAMBER REVEALED, THE TAG TEAM DIVISION STILL EXISTS, WOMEN'S MATCH ANNOUNCED FOR PPV, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जनवरी ३१, २०१७ 
  43. Carapola, Stuart (अप्रिल २, २०१७)। "COMPLETE WRESTLEMANIA 33 COVERAGE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अप्रिल २, २०१७ 
  44. रिचर्ड, ट्रिओन्फो (अप्रिल २५, २०१७)। "WWE SMACKDOWN REPORT: CHARLOTTE VERSUS NAOMI FOR THE शीर्षक, WHO BEAT THE CLOCK?, WHAT IS THE HOUSE OF HORRORS MATCH, AND WHAT DID NAKAMURA SAY?"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अप्रिल २५, २०१७ 
  45. रिचर्ड, ट्रिओन्फो (मे २, २०१७)। "WWE SMACKDOWN REPORT: THE ERA OF JERICHO BEGINS, THE SIDES ARE SET WITH THE WOMEN, IS THE FASHION POLICE THE NEW FUJI VICE?, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति मे २, २०१७ 
  46. रिचर्ड, ट्रिओन्फो (मे ९, २०१७)। "WWE SMACKDOWN REPORT: NEW MATCHES FOR BACKLASH, A SIX MAN MAIN EVENT, FASHION POLICE GO UK, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति मे ९, २०१७ 
  47. रिचर्ड, ट्रिओन्फो (मे २३, २०१७)। "WWE SMACKDOWN REPORT: PARTICIPANTS IN MONEY IN THE BANK ANNOUNCED, THE FASHION FILES FATE IS DETERMINED, BIG WOMEN'S MATCH ANNOUNCED FOR NEXT WEEK, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति मे २३, २०१७ 
  48. जोनसन, माइक (मे २१, २०१७)। "MAJOR शीर्षक CHANGE AND MORE: COMPLETE WWE BACKLASH COVERAGE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति मे २१, २०१७ 
  49. रिचर्ड, ट्रिओन्फो (मे ३०, २०१७)। "WWE SMACKDOWN REPORT: CHAOS IN THE WOMEN'S DIVISION, THE MITB MATCH ROTATION CONTINUES, FASHION FILES GO NOIR, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति मे ३०, २०१७ 
  50. ट्रिओन्फो, रिचर्ड (जुन १८, २०१७)। "COMPLETE WWE MONEY IN THE BANK PPV COVERAGE: HISTORY IS MADE BY THE WOMEN, TWO DEBUTS, RANDY ORTON WRESTLES IN FRONT OF HIS FATHER, AND THE CHAMPIONS HAVE TO LOOK OVER THEIR SHOULDERS"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जुन १८, २०१७ 
  51. रिचर्ड, ट्रिओन्फो (जुन २०, २०१७)। "WWE SMACKDOWN REPORT: THE FUTURE OF THE BRIEFCASE, WELCOME BACK DANIEL, KEVIN OWENS LOVES AMERICA, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जुन २०, २०१७ 
  52. रिचर्ड, ट्रिओन्फो (जुन २७, २०१७)। "COMPLETE WWE SMACKDOWN REPORT: MONEY IN THE BANK REMATCHES, THE ASCENSION INTERROGATED, DID MOJO AND ZACK EARN A TAG शीर्षक MATCH, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जुन २७, २०१७ 
  53. रिचर्ड, ट्रिओन्फो (नोभेम्बर ७, २०१७)। "WWE SMACKDOWN REPORT: WWE शीर्षक MATCH, IS THE POWER COUPLE DONE?, KEVIN AND SAMI CONFRONT SHANE, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति नोभेम्बर ७, २०१७ 
  54. Strode, Cory (जनवरी २८, २०१८)। "FULL ROYAL RUMBLE COVERAGE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जनवरी २८, २०१८ 
  55. कारापोला, सुतुअर्त (अप्रिल ८, २०१८)। "COMPLETE WRESTLEMANIA 34 KICKOFF SHOW COVERAGE"पिडब्ल्यु इन्साइडर 
  56. Carapola, Stuart (अगस्ट २१, २०१८)। "WWE SMACKDOWN REPORT: AJ AND BECKY EXPLAIN THEIR ACTIONS, TAG शीर्षक MATCH, A MATCH FOR HELL IN A CELL, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट २१, २०१८ 
  57. ट्रिओन्फो, रिचर्ड (अगस्ट २८, २०१८)। "WWE SMACKDOWN REPORT: ALMAS VERSUS BRYAN, JOE TALKS TO WENDY, CHARLOTTE VERSUS CARMELLA, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट २८, २०१८ 
  58. ट्रिओन्फो, रिचर्ड (जनवरी ३०, २०१८)। "WWE SMACKDOWN REPORT: THE ROAD TO WRESTLEMANIA BEGINS, THE YEP MOVEMENT FRAGMENTS?"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जनवरी ३०, २०१८ 
  59. ट्रिओन्फो, रिचर्ड (मार्च २०, २०१८)। "WWE SMACKDOWN REPORT: WELCOME BACK DANIEL, TWO WORDS NO ONE IN WWE WANTS TO HEAR, DID WE HAVE A CASH IN?"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति मार्च २०, २०१८ 
  60. ट्रिओन्फो, रिचर्ड (अप्रिल ३, २०१८)। "WWE SMACKDOWN REPORT: STYLES AND NAKAMURA ARE A TEAM TONIGHT BUT OPPONENTS ON SUNDAY, DANIEL AND SHANE SHOW SOLIDARITY, ASUKA CONFRONTS CHARLOTTE, AND MORE"पिडब्ल्यु इन्साइडर 
  61. जोनसन, माइक (अप्रिल १०, २०१८)। "NEW WWE SMACKDOWN WOMEN'S CHAMPION CROWNED"पिडब्ल्यु इन्साइडर 
  62. ट्रिओन्फो, रिचर्ड (अप्रिल १०, २०१८)। "WWE SMACKDOWN REPORT: A NEW GM, NEW FACES, A NEW CHAMPION, A DREAM MATCH, AND MORE"पिडब्ल्यु इन्साइडर 
  63. ट्रिओन्फो, रिचर्ड (मे ६, २०१८)। "COMPLETE WWE BACKLASH PPV REPORT: FIVE शीर्षक MATCHES, ROMAN VERSUS JOE, MIZ RULES ON THE POST SHOW, AND MORE"पिडब्ल्यु इन्साइडर 
  64. पापोला, रायन। "Charlotte Flair def. Carmella and Becky Lynch to win the SmackDown Women's Championship"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति १९ अगस्ट २०१८ 
  65. ट्रिओन्फो, रिचर्ड (मे २२, २०१८)। "WWE SMACKDOWN REPORT: MORE QUALIFIERS FOR MONEY IN THE BANK, NAKAMURA ANNOUNCES HIS STIPULATION, BIG MATCH NEXT WEEK, AND MORE"पिडब्ल्यु इन्साइडर 
  66. ट्रिओन्फो, रिचर्ड (जुन ५, २०१८)। "WWE SMACKDOWN REPORT: A CONTRACT SIGNING, BEST FRIENDS FACE OFF IN THE RING, ASUKA IN ACTION, AND MORE"पिडब्ल्यु इन्साइडर 
  67. ट्रिओन्फो, रिचर्ड (जुन १२, २०१८)। "WWE SMACKDOWN REPORT: A SUMMIT THAT TURNS INTO A MATCH, HARDY VERSUS NAKAMURA, AJ TALKS TO LAWLER, AND MORE"पिडब्ल्यु इन्साइडर 
  68. माइक जोनसन (जुन १७, २०१८)। "ASUKA VS. CARMELLA: LIVE, ONGOING WWE MONEY IN THE BANK COVERAGE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जुन १७, २०१८ 
  69. रिचर्ड ट्रिओन्फो (जुलाई १५, २०१८)। "COMPLETE WWE EXTREME RULES PPV COVERAGE: IRON MAN MATCH, शीर्षक CHANGES, KURT GIVES BROCK AN ULTIMATUM, FORMER WWE CHAMP RETURNS AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जुलाई १५, २०१८ 
  70. ट्रिओन्फो, रिचर्ड (जुलाई ३१, २०१८)। "WWE SMACKDOWN REPORT: SUMMERSLAM CHANGES, THE TAG TOURNAMENT CONTINUES, JOE HAS A STORY FOR AJ, MIZ AND BRYAN ESCALATES, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जुलाई ३१, २०१८ 
  71. ट्रिओन्फो, रिचर्ड (अगस्ट ८, २०१८)। "WWE SMACKDOWN REPORT: THE BLUDGEON BROTHERS HAVE OPPONENTS, DANIEL BRYAN VISITS MIZ, AJ STYLES ADDRESSES SAMOA JOE, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट ७, २०१८ 
  72. ट्रिओन्फो, रिचर्ड (अगस्ट ८, २०१८)। "WWE SMACKDOWN REPORT: PEN PALS WITH SAMOA JOE, A TRILOGY OF VIGNETTES ABOUT MIZ AND BRYAN, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट १४, २०१८ 
  73. ट्रिओन्फो, रिचर्ड (अगस्ट ७, २०१८)। "WWE SMACKDOWN REPORT: THE BLUDGEON BROTHERS HAVE OPPONENTS, DANIEL BRYAN VISITS MIZ, AJ STYLES ADDRESSES SAMOA JOE, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट ७, २०१८ 
  74. ट्रिओन्फो, रिचर्ड (अगस्ट १४, २०१८)। "WWE SMACKDOWN REPORT: PEN PALS WITH SAMOA JOE, A TRILOGY OF VIGNETTES ABOUT MIZ AND BRYAN, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट १४, २०१८ 
  75. ट्रिओन्फो, रिचर्ड (सेप्टेम्बर ४, २०१८)। "WWE SMACKDOWN REPORT: R TRUTH IN THE MAIN EVENT, JOE HAS A MESSAGE FOR WENDY, RANDY AND JEFF TALK HELL IN A CELL, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति सेप्टेम्बर ४, २०१८ 
  76. ट्रिओन्फो, रिचर्ड (सेप्टेम्बर ११, २०१८)। "WWE SMACKDOWN REPORT: TELL US A STORY MR. SAMOA JOE, WE HAVE OPPONENTS FOR THE NEW DAY, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति सेप्टेम्बर ११, २०१८ 
  77. ट्रिओन्फो, रिचर्ड (सेप्टेम्बर २५, २०१८)। "WWE SMACKDOWN REPORT: DADDY'S HOME, R TRUTH HIJACKS MIZTV, AIDEN LAYS OUT A BOMBSHELL, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति सेप्टेम्बर २५, २०१८ 
  78. ट्रिओन्फो, रिचर्ड (अक्टोबर २, २०१८)। "WWE SMACKDOWN REPORT: DID TRUTH AND CARMELLA HAVE A DANCE BREAK?, ORTON AND DILLINGER, ONE NIGHT IN MILWAUKEE, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अक्टोबर २, २०१८ 
  79. ट्रिओन्फो, रिचर्ड (सेप्टेम्बर २५, २०१८)। "WWE MIXED MATCH CHALLENGE REPORT: DANCING, MEDITATION, AND SOME WRESTLING TOO"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति सेप्टेम्बर २५, २०१८ 
  80. जनसन, माइक (नोभेम्बर १८, २०१८)। "BROCK LESNAR VS. DANIEL BRYAN, CHARLOTTE FLAIR VS. RONDA ROUSEY, RAW VS. SMACKDOWN & MORE: COMPLETE WWE SURVIVOR SERIES 2018 PPV COVERAGE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति नोभेम्बर १८, २०१८ 
  81. ट्रिओन्फो, रिचर्ड (२७ नोभेम्बर २०१८)। "WWE SMACKDOWN REPORT: THE WOMEN'S शीर्षक MATCH IS SET, A NEW MASK COLLECTOR, USOS VERSUS BAR, AND MORE"पिडब्ल्यु इन्साइडर 
  82. ट्रिओन्फो, रिचर्ड (डिसेम्बर ४, २०१८)। "WWE MIXED MATCH CHALLENGE REPORT: THE SEMI-FINALS ARE SET"पिडब्ल्यु इन्साइडर 
  83. ट्रिओन्फो, रिचर्ड (डिसेम्बर ११, २०१८)। "WWE MIXED MATCH CHALLENGE REPORT: DO YOU BELIEVE IN MIRACLES?"पिडब्ल्यु इन्साइडर 
  84. जनसन, माइक (डिसेम्बर १६, २०१८)। "ELIAS VS. LASHLEY: LIVE, ONGOING WWE TLC PPV COVERAGE"पिडब्ल्यु इन्साइडर 
  85. ट्रिओन्फो, रिचर्ड (जनवरी १, २०१९)। "WWE SMACKDOWN REPORT: WHO IS DANIEL BRYAN'S OPPONENT IN PHOENIX?, THE MAN MAKES A STATEMENT, A NEW FASHION FILES, AND MORE"पिडब्ल्यु इन्साइडर 
  86. ट्रिओन्फो, रिचर्ड (जनवरी ८, २०१९)। "WWE SMACKDOWN REPORT: WHO FACES ASUKA IN PHOENIX?, DANIEL BRYAN DEALS WITH THE TRUTH, MANDY IN A TOWEL, AND MORE"पिडब्ल्यु इन्साइडर 
  87. जनसन, माइक (जनवरी २७, २०१९)। "COMPLETE WWE ROYAL RUMBLE 2019 COVERAGE"पिडब्ल्यु इन्साइडर 
  88. ट्रिओन्फो, रिचर्ड (फेब्रुअरी ५, २०१९)। "WWE SMACKDOWN REPORT: A TASTE OF WHAT IS TO COME AT THE ELIMINATION CHAMBER?, CAN RUSEV AND NAKAMURA कार्य TOGETHER, AND THE MAN PLAYS THE GAME"पिडब्ल्यु इन्साइडर 
  89. ट्रिओन्फो, रिचार्ड (फेब्रुअरी १२, २०१९)। "WWE SMACKDOWN REPORT: WHO IS THE अन्तिम IN THE WWE CHAMPIONSHIP MATCH?, WHO IS प्रथम IN THE WOMEN'S TAG MATCH, AND MORE"पिडब्ल्यु इन्साइडर 
  90. ट्रिओन्फो, रिचर्ड (फेब्रुअरी १७, २०१९)। "SMACKDOWN TAG शीर्षक MATCH: LIVE ONGOING WWE ELIMINATION CHAMBER PPV COVERAGE"पिडब्ल्यु इन्साइडर 
  91. जोनसन, माइक (अप्रिल ३०, २०१९)। "TITLES VACATED, ENTRANTS NAMED FOR BOTH MITB MATCHES.....UPDATED WWE MONEY IN THE BANK PPV LINEUP"पिडब्ल्यु इन्साइडर 
  92. ट्रिओन्फो, रिचर्ड (अप्रिल ३०, २०१९)। "WWE SMACKDOWN REPORT: THE MEN AND WOMEN ARE ANNOUNCED FOR MITB, BAYLEY VERSUS BECKY, AND MORE"पिडब्ल्यु इन्साइडर 
  93. ट्रिओन्फो, रिच्र्ड (मे ७, २०१९)। "WWE SMACKDOWN REPORT: शीर्षक MATCHES, WILD CARD FEVER, AND MORE"पिडब्ल्यु इन्साइडर 
  94. ट्रिओन्फो, रिचर्ड (मे १९, २०१९)। "COMPLETE WWE MONEY IN THE BANK REPORT: TWO LADDER MATCHES, TWO WOMEN'S शीर्षक MATCHES FOR BECKY, WHO SITS ON THE THRONES WITH THE BRIEFCASES, AND MORE"पिडब्ल्यु इन्साइडर 
  95. ट्रिओन्फो, रिचर्ड (मे २१, २०१९)। "WWE SMACKDOWN REPORT: BIG E IS BACK, ANOTHER RETURN, HATH SHANE FORSAKEN ELIAS FOR ANOTHER?, AND MORE"पिडब्ल्यु इन्साइडर 
  96. ट्रिओन्फो, रिचर्ड (मे २०, २०१९)। "WWE RAW REPORT: A NEW शीर्षक, DID BROCK CASH IN?, ALEXA AND NIKKI ARE STILL FRIENDS, AND MORE"पिडब्ल्यु इन्साइडर 
  97. ट्रिओन्फो, रिचर्ड (मे २७, २०१९)। "WWE RAW REPORT: SHANE WRESTLES, BROCK DANCES, DOLPH TALKS, AND BROCK ALSO LEARNS ABOUT THE MITB CASH IN STIPULATION"पिडब्ल्यु इन्साइडर 
  98. ट्रिओन्फो, रिचर्ड (मे २८, २०१९)। "WWE SMACKDOWN REPORT: NEW CHAMPIONS, FRIENDS NO MORE?, APPRECIATE SHANE, KOFI VERSUS OWENS, AND MORE"पिडब्ल्यु इन्साइडर 
  99. ट्रिओन्फो, रिचर्ड (जुन ३, २०१९)। "WWE RAW REPORT: UNDERTAKER, A NEW US CHAMPION, THE CASH IN?, AND MORE"पिडब्ल्यु इन्साइडर 
  100. ट्रिओन्फो, रिचर्ड (जुन ४, २०१९)। "WWE SMACKDOWN REPORT: GOLDBERG, VIDEO PACKAGES, A NUMBER ONE CONTENDER MATCH, AND MORE"पिडब्ल्यु इन्साइडर 
  101. ट्रिओन्फो, रिचर्ड (जुन ११, २०१९)। "WWE SMACKDOWN REPORT: SHANE IS ON A LOT, NEW DAY RETURNS, ALEXA CONTINUES TO MANIPULATE NIKKI, AND MORE"पिडब्ल्यु इन्साइडर 
  102. ट्रिओन्फो, रिचर्ड (अक्टोबर ४, २०१९)। "WWE SMACKDOWN REPORT: WWE CHAMPIONSHIP 'MATCH', THE ROCK, THERE IS A PPV ON SUNDAY, AND MORE"पिडब्ल्यु इन्साइडर 
  103. ट्रिओन्फो, रिचर्ड (अक्टोबर ६, २०१९)। "COMPLETE WWE HELL IN A CELL PPV COVERAGE: NEW CHAMPIONS, TWO HELL IN A CELL MATCHES, AND MORE"पिडब्ल्यु इन्साइडर 
  104. ट्रिओन्फो, रिचर्ड (अक्टोबर १४, २०१९)। "WWE RAW REPORT: THE DRAFT CONTINUES, TAG शीर्षक MATCH, CONTRACT SIGNING, AND MORE"पिडब्ल्यु इन्साइडर 
  105. बिलसन, बेन (जुलाई ११, २०१८)। "WWE 2K19 roster: every confirmed wrestler, plus 20+ rumoured new faces"। ग्यामरेडर+। सङ्ग्रह मिति जुलाई १७, २०१८ 
  106. म्याथ्यु, अर्तस (जुन २७, २०१६)। "Superstars to be featured on WWE 2K17 roster"। डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति अक्टोबर १, २०१६ 
  107. बिलसन, बेन (अक्टोबर ११, २०१९)। "WWE 2K20 roster reveal: every confirmed wrestler, including Hulk Hogan, Bray Wyatt & Molly Holly"। ग्यामरेडर+। सङ्ग्रह मिति अक्टोबर ११, २०१९ 
  108. "Total Bellas return मिति, new Total Divas cast revealed"। सङ्ग्रह मिति जुलाई २४, २०१७ 
  109. "Carmella in, Paige Out of Total Divas"रेस्लिङ अब्जर्भर न्युजलेटर 
  110. "Total Divas Returns November 1! See the प्रथम Season 7 Cast Photo & Promo on Total Divas"। सेप्टेम्बर १९, २०१७। 
  111. "Ronda Rousey, Sonya Deville and Carmella Tag in for Total Divas Season 9"इ!। अगस्ट २६, २०१९। 
  112. "WWE confirms Total Divas season nine premiere मिति and cast"WON/F4W - WWE news, Pro Wrestling News, WWE Results, UFC News, UFC results। अगस्ट २६, २०१९। 
  113. "TOTAL DIVAS SEASON PREMIERE HIGHLIGHT VIDEOS | PWInsider.com"पिडब्ल्यु इन्साइडर 
  114. थोमसन, एन्ड्रयु (जुन २४, २०१८)। "Fight Size Update: Rumor Killer On The Incident Between Carmella And Big Cass, AJ Styles Not Advertised For SmackDown Live, SAnitY, More"फाइटफुल 
  115. कारोल, चुक (अक्टोबर २९, २०१९)। "WWE's Corey Graves: 'It's Been The Hardest Year Of My Life'"सिबिएस न्युयोर्क 
  116. "PWI escoge a Ronda Rousey como la mejor luchadora del año 2018"केजम्याच। सङ्ग्रह मिति सेप्टेम्बर २८, २०१८ 
  117. बारासो, जस्टिन (डिसेम्बर २८, २०१८)। "Counting down the top 10 women's wrestlers of 2018"एसआई। सङ्ग्रह मिति जुन ५, २०१९ 
  118. "WWE 24/7 Championship"। डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति मे १६, २०१९ 
  119. "डब्ल्युडब्ल्युई स्म्याकडाउन महिला विजेता"। डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति मे १६, २०१९ 
  120. बुरदिच, माइकल। "Carmella & R-Truth def. Jinder Mahal & Alicia Fox to win Season 2 of Mixed Match Challenge"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति डिसेम्बर १६, २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]