पिटन रोइस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिटन रोइस
अप्रिल २०१८ मा रोइस
वास्तविक नामकेसी म्याकइन्तोस [१]
जन्म (1992-11-10) १० नोभेम्बर १९९२ (उमेर ३१)[१]
सिड्नी, अस्ट्रेलिया[१]
निवासस्थानफ्लोरिडा, अमेरिका[२]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामपिटन रोइस[१]
केसी[३]
केसी क्यासडि[१]
उचाई५ फिट ७ इन्च (१७० सेमी)[४]
तौल१३२ पाउन्ड (९ स्टोन ६ पाउन्ड; ६० किग्रा)[५]
उत्पत्तिअस्ट्रेलिया[६]
सिड्नी[४]
प्रशिक्षकम्याडिसन इगल[१]
लेन्स स्टोर्म[७]
प्रो रेस्लिङ एलायन्स अस्ट्रेलिया[७]
पदार्पण२८ फेब्रुअरी २००९[५]

केसी म्याकइन्तोस (जन्म: १० नोभेम्बर १९९२) एक अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी पिटन रोइस नामले कुस्ती खेल्छिन् भने उनी बिली केको साथ एकपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्।[८]

सन् २००९ फेब्रुअरीमा म्याकइन्टोसले प्रो रेस्लिङ विमिन्स एलाइन्समा केसी क्यासडीको नामले कुस्तीमा पर्दापण गरेकी थिइन् र त्यसपछि उनले केही वर्ष सम्म स्वतन्त्र सर्किट र अन्य विभिन्न कार्यक्रममा कुस्ती खेलेकी थिइन् भने उनी एक पटक पिडब्ल्यूए महिला विजेता र भेरा र जेनी स्मारक कप जित्न सफल भएकी थिइन्।[९][१०] म्याकइन्टोसले सन् २०१५ मा डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन्।[११]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

केसी म्याकइन्टोसको जन्म अस्ट्रेलियाको सिड्नी स्थित न्यू साउथ वेल्समा भएको थियो भने पछि उनी मेलबर्नमा सरेकी थिइन्। मेलबर्नमा सरेको केही वर्षपछि उनी लेन्स स्ट्र‍मसँग कुस्ती सिक्नका लागि क्यानडाको अर्बर्टामा आएकी थिइन्। कुस्तीमा प्रशिक्षण लिन भन्दा अधि उनी एक नर्तक थिइन्। केसी बिली के एउटै विद्यालयमा अध्ययन गरेका थिए।[१२] म्याकइन्तोसले ९ वर्षको उमेर देखि कुस्ती हेर्न सुरु गरेकी थिइन् भने उनलाई प्रेरणा दिन व्यक्तिको नाम लिन पर्दा उनले एडि गुरेरोको नाम सुरुमा लिन्छिन्।

व्यवसायीक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

स्वतन्त्र सर्किट (सन् २००९–२०१५)[सम्पादन गर्नुहोस्]

सन् २००९ फेब्रुअरी २८ मा म्याकइन्टोसले प्रो रेस्लिङ विमिन्स एलाइन्समा केसी क्यासडिको नामले कुस्तीमा पर्दापण गरेकी थिइन् भने सुरुमा उनी रेबि इगल्ससँग साथी बनेकी थिइन् भने उनीहरूको जेडिले एक मिश्रति कुस्ती खेलमा म्याडिसन इगल्स र माइक भ्यालुएबललाई हराएका थिए।[१३] त्यसको अर्को वर्ष सम्म उनले विभिन्न खेलहरू खेलिन् भने एकपटक उनले पिडब्ल्यूडब्ल्यूए च्याम्पियनसिपको लागि खेल खेलेकी थिइन् भने उक्त खेलमा उनी हर्न पुगेकी थिइन्। ७ जनवरी २०११ मा उनको खेल महिला च्याम्पियनसिपका लागि म्याडिसन इगल्ससँग भएको थियो भने उक्त खेलमा उनी इगल्ससँग हारेकी थिइन्। २० जुन २०११ मा केसी क्यासडि र टिनाले टेल्योको जोडिले एलिजा स्वाइ र साजा म्याककेन्जीको टोलीलाई हराएको थियो।[१४] क्यासडिले बाम्बी हलसँग साथी बन्दै अल-फिमेल प्रोमोसन सिमर विमेन एथलेटिक्समा दुई पटक खेल खेलेकी थिइन्। फ्लोरिडाको योबर सहरमा आयोजित साइन रेस्लिङ कार्यक्रममा उनको खेल सु युङसँग खेल जारी गरिएको थियो तर उनको खेल पछि रिहा ओ रायलीसँग हुने निर्णय भएको थियो। उनीले अस्ट्रेलियामा प्रो रेस्लिङ एलायन्स र न्यु होरायजन्स प्रो रेस्लिङमा पनि देखा परेकी थिइन्।[१५][१६]

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

एनएक्सटी (सन् २०१५–२०१८)[सम्पादन गर्नुहोस्]

म्याकइन्तोसले डब्ल्युडब्ल्युईले अस्ट्रेलियामा सन् २०१४ अगस्टमा आयोजना गरेको कार्यक्रममा एक पटक खेल्ने मौका पाएकी थिइन्।[१७] १३ अप्रिल २०१५ मा डब्ल्युडब्ल्युईले म्याकइन्तोसलाई डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आवद्ध भएको घोषणा गरेको थियो। उनले १५ मे २०१५ मा एनएक्सटीको एक श्रृङ्खलामा केसी क्यासडीको नामले टेलिभिजनमा पर्दापण गरेकी थिइन् भने पहिलो खेलमा उनी एनएक्सटी महिला विजेता सासा बेङ्क्ससँग हार खाएकी थिइन्।[१८] २२ जुलाई एनएक्सटीको एक श्रृङ्खलामा उनको खेल इभा मेरीसँग हुने निर्णय भएको थियो भने उक्त खेलमा पनि क्यासडी हारकी थिइन्।[१९] ७ अगस्ट २०१५ मा उनलाई उनको रिङ नाम पिटन रोइस दिइयो भने त्यस दिन पछि उनी त्यहि नामले कुस्ती खेल्दै आउन सुरु गरिन्।[२०][२१] पिटन रोइस नाम राखिसकेपछि उनको पहिलो खेल ९ डिसेम्बर २०१५ मा एनएक्सटी महिला विजेता बेइलीसँग भयो थियो भने उक्त खेलमा पनि उनी बेइलीसँग हार्न पुगेकी थिइन्।[२२] १३ जनवरी २०१६ एनएक्सटीको एक श्रृङ्खलामा रोइस बेइलीको च्याम्पियनसिपका लागि जारी गरिएको ब्याटल रोयलमा भाग लिएकी थिइन् तर उक्त खेल कारमेलाले जितेकी थिइन्।[२३]

सन् २०१८ मा पिटन रोइस बिली केसँग

अक्टोबर २०१६ मा रोइस बिलि केसँग साझेदारी गर्दै एक टोली गठन गरिन् जसको नाम उनीहरूले द आइकोनिक्स राखेका थिए।[२४] उनीहरूको टोली गठन भएपछि उनीहरूको लिभ मोर्गेनसँग द्वन्द्व चलेको थियो जसका कारण २३ नोभेम्बरमा ६ महिला ट्याग टिम खेल जारी गरियो जसमा मोर्गेनको टोलीमा अलिया र एम्बर मुन थिए भने रोइसको टोलीमा बिलि के र डेरिया बेरनाटो थिए।[२५][२६][२७] उक्त खेलमा मोर्गेन, एलिया र एम्बर मुनको जित भएको थियो।[२८][२९] डिसेम्बरको अन्त्यमा द आइकोनिकको तात्कालिक एनएक्सटी महिला विजेता अस्कासँग द्वन्द्व चलेको थियो।[३०] २८ जनवरी २०१७ सेन एन्टोनियोमा आयोजना गरिएको एनएक्सटी टेक ओभर कार्यक्रममा रोइस अस्काको च्याम्पियनसिपको लागि बिलि के, निक्की क्रस र अस्कासँग फेटल फोरबे खेलमा भाग लिएकी थिइन् भने उक्त खेलमा पनि अस्काको जित भएको थियो।[३१][३२] फेब्रुअरीको अन्त्यमा रोइसले ट्रिपल थ्रेट म्याचमा एम्बर मुन र लिभ मोर्गेनलाई हराउँदै एनएक्सटी महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेकी थिइन् तर उनी च्याम्पियनसिप जित्न असमर्थ रहिन्।[३३]

लिभ मोर्गेननिकी क्रसलाई हराएपछि रोइस फेटल फोरबे म्याचमा सहभागी भएकी थिइन् जुन खेल एनएक्सटी महिला च्याम्पियनसिपका लागि एनएक्सटी टेकओभर वारगेम्समा आयोजना भएको थियो।[३४][३५][३६] त्यस खेलमा पनि रोइस महिला च्याम्पियनसिप जित्न असमर्थ रहिन्।[३७] डिसेम्बर २०१७ मा उनी एम्बर मुनसँग हारेकी थिइन् जुन अनको एनएक्सटीको अन्तिम खेल बनेको थियो।[३८][३९][४०] ८ अप्रिल २०१८ मा रोइस पहिलोपटक डब्ल्युडब्ल्युईको मुख्य क्षेत्रमा देखा परेकी थिइन् जहाँ उनी रेसलमेनिया ३४ को पहिलो महिला ब्याटल रोयलका खेल खेल्न आएकी थिइन् तर उनलाई सारा लेगेनले खेलबाट निस्कासन गरेकी थिइन्।[४१][४२][४३]

स्म्याकडाउन (सन् २०१८-हाल)[सम्पादन गर्नुहोस्]

द आइकेनिक्स डब्ल्युडब्ल्युई स्म्याकडाउनमा पर्दापण गर्दै

१० अप्रिल २०१८ स्म्याकडाउनको एक श्रृङ्खलामा पिटन रोइस र बिलि केले पहिलोपटक डब्ल्युडब्ल्युईको मुख्य कार्यसूचीमा पर्दापण गरेका थिए।[४४][४५] उनीहरूले स्म्याकडाउनमा पर्दापण गर्ने बित्तिकै उनीहरूले तात्कालिक स्मायाकडाउन महिला विजेता सार्लेट फ्लेयरलाई रिङमा आक्रमण गरेका थिए।[४६] त्यसको दुई हप्तापछि के र रोइसले स्मायाकडाउनमा पहिलो खेल खेलेका थिए जहाँ उनीहरूको खेल अस्का र बेकी लिञ्चसँग भएको थियो भने उक्त खेलमा द आइकोनिकको जित भएको थियो। त्यस खेलको केही महिना सम्म रोइसले एकल र ट्याग टिम खेलहरू खेलेकी थिइन्।[४७][४८][४९][५०][५१] अगस्टमा द आइकोनिककोे मुख्य कार्यसूचीकि नेयोमीसँग द्वन्द्व चलेको थियो भने त्यतिबेला नेयोमीले अस्कासँग साझेदारी गर्दै एक टोली गठन गरेकी थिइन्।[५२][५३] द आइकोनिक्सको खेल नेयोमी र अस्कासँग ६ अक्टोबर २०१८ अस्ट्रेलियामा आयोजना गरिएको सुपर सो डाउन कार्यक्रममा हुने निर्णय गरिएको थियो भने उक्त खेलमा द आइकोनिक्सले अस्का र नेयोमीलाई हराउन सफल भएका थिए।[५४][५५][५६][५७] उक्त खेलमा जितसँगै त्यसको तीन हप्ता पछि आयोजना गरिएको पहिलो सबै महिलाहरूको पे-पर भ्यु कार्यक्रम इभोलुसनमा सहभागी भएका थिए जहाँ उनीहरू महिला ब्याटल रोयलमा सहभागी भएतापनि उनीहरूलाई सबैले मिलेर सबैभन्दा सुरुमै खेलबाट निस्कासन गराएका थिए।[५८]

सन् २०१९ मा आयोजित रोयल रम्बलमा दुवै पिटन रोइस र बिली के उनीहरूको व्यक्तिगत पहिलो महिला रोयल रम्बल खेलमा भाग लिएका थिए जहाँ रोइस ९अौँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् र के ७अौँ स्थानमा रिङ प्रवेश गरेकी थिइन्।[५९] द आइकोनिक्सले खेलमा निकी क्रसलाई निस्कासन गर्न सफल भएता पनि उनीहरू दुवैलाई लेसी एभेन्सले निस्कासन गराएकी थिइन्।[६०] १७ फेब्रुअरी २०१९ मा आयोजित इलिमिनेसन चेम्बरमा द आइकोनिक्सले भाग लिएका थिए तर उक्त खेल बेइलीसासा बेङ्क्सले जित्दै डब्ल्युडब्ल्युईको इतिहासमै पहिलो महिला ट्याग टिम विजेता बनेका थिए।[६१] मार्च २०१९ मा द आइकोनिक्सको बेङ्क्स र बेइलीसँग द्वन्द्व चर्किएको थियो जसका कारण आइकोनिक्सले बेइली र बेङ्क्सलाई उपाधि रहित खेलमा पराजित गर्दै आउँदै रेसरमेनिया ३५ मा महिला उपाधिका लागि ट्रिपल थ्रेट खेलमा सहभागी हुने मैका पाएका थिए।[६२][६३][६४] रेसलमेनिया ३५ मा आयोजना गरिएको खेलमा द आइकोनिक्सले तीन टोलीलाई हराउँदै पहिलोपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए।[६५]

अन्य सञ्चार माध्यम[सम्पादन गर्नुहोस्]

रोइसले डब्ल्युडब्ल्युई २के१८ मा एक खेल्न मिल्ने चरित्रको रूपमा पर्दापर्ण गरेकी थिइन् र उनी पछि डब्ल्युडब्ल्युई २के१९ मा पनि देखा परेकी छिन्।[६६]

उपाधि र उपलब्धि[सम्पादन गर्नुहोस्]

  • मेलबर्न सिटी रेस्लिङ
    • भिरा एण्ड जेनी मेमोरियल कप (सन् २०१४)
  • पिएरी रेस्लिङ एलायन्स
    • पिडब्ल्यूए महिला विजेता (१ पटक)
  • प्रो रेस्लिङ इलुष्ट्रेटेड
    • उत्कृष्ट ५० महिला कुस्ती खेलाडी मध्ये ४३अौँ स्थानमा पर्न सफल[६७]
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता (१ पटक, हाल) – बिली केसँग
    • एनएक्सटी वर्ष समाप्ति अवार्ड (१ पटक)
      • ब्रेक आउट अफ द इअर (सन् २०१६)[६८] – बिली केसँग

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ "म्याडिसन इगल र अस्ट्रेलियाली युवतीको खोजी", स्ल्याम! स्पोर्ट्स, क्यानडेली अनलाइन एक्सप्लोवर, अन्तिम पहुँच ३० अप्रिल २०१८ 
  2. बबी, मिलेक (११ जुन २०१५), "केसी म्याकइन्तोस एनएक्सटीमा आवद्ध", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच १३ फेब्रुअरी २०१६ 
  3. "डब्ल्युडब्ल्युई एनएक्सटी नतिजा – ७/२२/२०१५", रेसलभ्यु, २२ जुलाई २०१५, अन्तिम पहुँच २३ जुलाई २०१५ 
  4. ४.० ४.१ "पिटन रोइस", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  5. ५.० ५.१ "पिटन रोइस प्रोफाइल", अनलाइन वर्ल्ड अफ रेस्लिङ, मूलबाट १० जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ फेब्रुअरी २०१६ 
  6. "केसी क्यनसडी", प्रो रेस्लिङ एलायन्स अस्ट्रेलिया, मूलबाट १४ जुन २०१५-मा सङ्ग्रहित। 
  7. ७.० ७.१ जोनसन, माइक (१३ अप्रिल २०१५), "डब्ल्युडब्ल्युईले नयाँ खेलाडीहरूलाई प्रशिक्षण केन्द्र भर्ना गर्‍यो", पिडब्ल्यू इनसाइडर, अन्तिम पहुँच १३ जुन २०१५ 
  8. डब्ल्युडब्ल्युई सप डटकम, "द आइकोनिक्स अङ्कित कपडा तथा उपाधिहरू", डब्ल्युडब्ल्युई सप  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१४ मिति
  9. साइमन, लियो ब्रायन (२० नोभेम्बर २०१४), "महिलाले स्तन क्यानसको विरुद्धमा कुस्ती खेले", रेसलभ्यु, अन्तिम पहुँच २९ डिसेम्बर २०१५ 
  10. "महिला कुस्ती खेलाडीहरू", २० नोभेम्बर २०१४। 
  11. डब्ल्युडब्ल्युई, स्टाफ (१० अप्रिल २०१५), "डब्ल्युडब्ल्युई विकासशील क्षेत्र", डब्ल्युडब्ल्युई डटकम, अन्तिम पहुँच १४ मार्च २०१६ 
  12. "पिटन रोइस", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  13. "पिटन रोइसको खेल इतिहास", अन्तिम पहुँच २७ जुलाई २०१७ 
  14. नमको, जेसन, "१०/१० साइन नतिजा: युवर सहर, फ्लोरिडा", रेसलभ्यु, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१५ 
  15. "भिस्कस पर्सुट" 
  16. "पिटन रोइस « कुस्ती खेलाडी डाटाबेस « केजम्याच – द इन्टरनेट रेस्लिङ डाटाबेस" 
  17. केसी (२४ अगस्ट २०१४), "जेसी म्याकके, केसी क्यासडि, र इभा मेरी", अन्तिम पहुँच २९ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ जुन २०२० मिति
  18. निमाको, जेसन (१५ मे २०१५), "डब्ल्युडब्ल्युई एनएक्सटी नतिजा – ५/१३/२०१५ (फाइनल टेक ओभर हाइप)", रेसलभ्यु, अन्तिम पहुँच १२ जुन २०१५ 
  19. जनसन, माइक (७ अगस्ट २०१५), "द अण्डरटेकर डब्ल्युडब्ल्युई मा", प्रो रेस्लिङ इन्साइडर, अन्तिम पहुँच ७ अगस्ट २०१५ 
  20. ट्रिन्फो, रिचार्ड (१७ जुन २०१५), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: समोवा जो विरुद्ध केभिन ओवेन्स", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १८ जुन २०१५ 
  21. जेम्स, जष्टिन (९ सेप्टेम्बर २०१५), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन – फिन ब्यालर र समोवा जो विरुद्ध लिच्चा ड्रागन", प्रो रेस्लिङ टच, अन्तिम पहुँच १० सेप्टेम्बर २०१५ 
  22. जेसन, निमाको (९ डिसेम्बर २०१५), "डब्ल्युडब्ल्युई एनएक्सटी नतिजा – १२/९/२०१५ (फाइनल टेकओभर लण्डन)", स्ल्याम! स्पोर्ट्स, क्यानडेली अनलाइन एक्सप्लोवर, अन्तिम पहुँच १९ डिसेम्बर २०१५ 
  23. जेम्स, जष्टिन (१३ जनवरी २०१६), "१/१३ डब्ल्युडब्ल्युई एनएक्सटी – एनएक्सटी महिला उपाधिका लागि ब्याटल रोयल", प्रो रेस्लिङ टच, अन्तिम पहुँच १४ जनवरी २०१६ 
  24. रिचार्ड, ट्रिन्फो (५ अक्टोबर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: डष्टी रोड क्लासिक ट्याग टिम खेलहरू", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १३ अक्टोबर २०१६ 
  25. रिचार्ड, ट्रिन्फो (१२ अक्टोबर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १३ अक्टोबर २०१६ 
  26. रिचार्ड, ट्रिन्फो (१९ अक्टोबर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: समोवा जोको लागि नाकामुराको केही सन्देशहरू", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १९ अक्टोबर २०१६ 
  27. रिचार्ड, ट्रिन्फो (२६ अक्टोबर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: डष्टी रोड क्लासिक", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २६ अक्टोबर २०१६ 
  28. रिचार्ड, ट्रिन्फो (१६ नोभेम्बर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी टेलिभिजन प्रतिवेदन: आल्मस विरुद्ध ब्ल्याक", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २५ नोभेम्बर २०१६ 
  29. रिचार्ड, ट्रिन्फो (२३ नोभेम्बर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २५ नोभेम्बर २०१६ 
  30. रिचार्ड, ट्रिन्फो (२८ जनवरी २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन सेन एण्टोनियोको पूर्ण जानकारी: नाकामुरा विरुद्ध बबी रुड", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २८ जनवरी २०१७ 
  31. रिचार्ड, ट्रिन्फो (१५ फेब्रुअरी २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: युके उपाधिका लागि खेल", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १५ फेब्रुअरी २०१७ 
  32. रिचार्ड, ट्रिन्फो (२२ फेब्रुअरी २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: बबी रुड विरुद्ध नो वे होजे", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २२ फेब्रुअरी २०१७ 
  33. रिचार्ड, ट्रिन्फो (१ मार्च २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: डिआइवाई विरुद्ध अथर्स अफ पेन, पिटन रोइस विरुद्ध अस्का", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १ मार्च २०१७ 
  34. रिचार्ड, ट्रिन्फो (५ अप्रिल २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: टेक ओभर हाइलाइट", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच ५ अप्रिल २०१७ 
  35. रिचार्ड, ट्रिन्फो (७ जुन २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: किलियन डोन विरुद्ध नो वो होजे, हिडेयो इटामी विरुद्ध ओनी लोर्कन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच ७ जुन २०१७ 
  36. रिचार्ड, ट्रिन्फो (२३ अगस्ट २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: पिटन रोइस विरुद्ध सारहा लोगन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २३ अगस्ट २०१७ 
  37. रिचार्ड, ट्रिन्फो (३० अगस्ट २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: रेड्रिक स्ट्रङ विरुद्ध बबी रुड", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच ३० अगस्ट २०१७ 
  38. ट्रिन्फो, रिचार्ड (११ अक्टोबर २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: जोनी गर्गानो विरुद्ध सियान आल्मस", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच ११ अक्टोबर २०१७ 
  39. कारापोला, स्टुट (नोभेम्बर १८, २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी वार गेम नतिजा: को बन्छ त नयाँ एनएक्सटी महिला विजेता", पिडब्ल्यू इन्साइडर 
  40. ट्रिन्फो, रिचार्ड (६ डिसेम्बर २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  41. ट्रिन्फो, रिचार्ड (६ डिसेम्बर २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: सोनिया डभिल विरुद्ध रुबी राएट", पिडब्ल्यू इन्साइडर 
  42. ट्रिन्फो, रिचार्ड (१३ डिसेम्बर २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: एडम कोल विरुद्ध एलिष्टर ब्ल्याक", पिडब्ल्यू इन्साइडर 
  43. कारापोला, स्टुट (८ अप्रिल २०१८), "रेसलमेनिया ३४ को पूर्ण किक अफ कार्यक्रम", पिडब्ल्यू इन्साइडर 
  44. ट्रिन्फो, रिचार्ड (१० अप्रिल २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: डब्ल्युडब्ल्युई च्याम्पियनसिप खेल", पिडब्ल्यू इन्साइडर 
  45. ट्रिन्फो, रिचार्ड (१७ अप्रिल २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: ट्याग टिम उपाधिका लागि खेल", पिडब्ल्यू इन्साइडर 
  46. ट्रिन्फो, रिचार्ड (२४ अप्रिल २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: नाकामुराको नयाँ रिङ प्रवेश सङ्गीत", पिडब्ल्यू इन्साइडर 
  47. ट्रिन्फो, रिचार्ड (१ मे २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: ट्याग टिम खेलहरू", पिडब्ल्यू इन्साइडर 
  48. ट्रिन्फो, रिचार्ड (८ मे २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  49. ट्रिन्फो, रिचार्ड (१२ जुन २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: जेफ हार्डि विरुद्ध सिनसुके नाकामुरा", पिडब्ल्यू इन्साइडर 
  50. ट्रिन्फो, रिचार्ड (जुलाई ३, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: युएस उपाधि खेल, अस्का विरुद्ध एल्सवोर्थ, स्टायल्स विरुद्ध इङ्लिस, र अन्य", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच जुलाई ३, २०१८ 
  51. ट्रिन्फो, रिचार्ड (७ अगस्ट २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: द ब्लजेण्ड ब्रदर्सका नयाँ प्रतिस्पर्धीहरू", पिडब्ल्यू इन्साइडर 
  52. कारापोला, स्टुट (अगस्ट २१, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: एजे र बेकी लिञ्चको भनाई ट्याग टिम उपाधि खेल, हेल इन अ सेल", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अगस्ट २१, २०१८ 
  53. ट्रिन्फो, रिचार्ड (अगस्ट २८, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: अल्मस विरुद्ध ब्रायन, सार्लेट विरुद्ध कार्मेला", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अगस्ट २८, २०१८ 
  54. ट्रिन्फो, रिचार्ड (सेप्टेम्बर ४, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: आर त्रुथ स्म्याकडाउनको मेन इभेण्टमा", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१८ 
  55. ट्रिन्फो, रिचार्ड (सेप्टेम्बर ११, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकाडाउन प्रतिवेदन: ल न्यू डेको नयाँ प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच सेप्टेम्बर ११, २०१८ 
  56. ट्रिन्फो, रिचार्ड (सेप्टेम्बर २५, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: आर थ्रुथ", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच सेप्टेम्बर २५, २०१८ 
  57. ट्रिन्फो, रिचार्ड (६ अक्टोबर २०१८), "डब्ल्युडब्ल्युई सुपर सो डाउन प्रतिवेदन: नयाँ उपाधि विजेता, द आइकोनिक्स", पिडब्ल्यू इन्साइडर 
  58. जोनसन, माइक (अक्टोबर २८, २०१८), "निकी बेला विरुद्ध रोण्डा राउजी, लाष्ट विमेन स्ट्याण्डिङ", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अक्टोबर २८, २०१८ 
  59. जोनसन, माइक (जनवरी २७, २०१९), "डब्ल्युडब्ल्युई रोयल रम्बलको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  60. ट्रिन्फो, रिचार्ड (फेब्रुअरी १७, २०१९), "डब्ल्युडब्ल्युई इलिमिनेसन चेम्बर पे-पर-भ्यु नतिजा: दुई चेम्बर खेलहरू, ६ उपाधि दाऊमा", पिडब्ल्यू इन्साइडर 
  61. ट्रिन्फो, रिचार्ड (मार्च १९, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: द गन्लेट र अन्य खेलहरू", पिडब्ल्यू इन्साइडर 
  62. ट्रिन्फो, रिचार्ड (मार्च १२, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: स्म्याकडाउन लाइभ टक सो", पिडब्ल्यू इन्साइडर 
  63. ट्रिन्फो, रिचार्ड (मार्च १९, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: द गन्लेट म्याच", पिड्ब्ल्यू इन्साइडर 
  64. ट्रिन्फो, रिचार्ड (अप्रिल १, २०१९), "डब्ल्युडब्ल्युई प्रतिवेदन: सेथ रोलिन्सले दिए ब्रक लेज्नरलाई सन्देश", पिडब्ल्यू इन्साइडर 
  65. कारापोला, स्टुट (अप्रिल ७, २०१९), "रेसलमेनिया ३५ को पूर्ण जानकारी: नयाँ उपाधि विजेताहरू", पिडब्ल्यू इन्साइडर 
  66. "युट्युब", अन्तिम पहुँच २०१७-०९-१० 
  67. "Asuka es la mejor luchadora de 2017 según PWI", मिडियो टिम्पो (स्पेनीमा), २ नोभेम्बर २०१७, अन्तिम पहुँच १७ नोभेम्बर २०१७ 
  68. "सन् २०१६ का एनएक्सटी अवार्ड विजेताहरू", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २० फेब्रुअरी २०१७ 

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]