लिभ मोर्गेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिभ मोर्गेन
अप्रिल २०१८ मा मोर्गेन
वास्तविक नामजियोना डाडियो
जन्मन्यू जर्सी, संयुक्त राज्य अमेरिका
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामजियोना डाडियो[१]
लिभ मोर्गेन[२]
मार्ली[३]
उचाई५ फिट ३ इञ्च[४]
उत्पत्तिएल्मउड पार्क, न्यू जर्सी[४]
प्रशिक्षकडब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र[५]

जियोना जिनि डाडियो (जन्म ८ जून १९९४)[६] एक अमेरिकी व्यवसायीक कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग सम्बन्धित छिन् जहाँ उनी स्म्याकडाउनमा कार्यरत छिन् र लिभ मोर्गेनको नामले कुस्ती खेल्छिन्।[४]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

डाडियो अमेरिकाको न्यू जर्सी सहरको पारामसमा ८ जून १९९४ मा जन्मिएकी थिइन्। [६][७] उनी न्यू जर्सीको एल्मउड पार्कमा हुर्कीएकी थिइन् र उनले न्यू जर्सीको पूर्वी रदरफोर्डको हेनरी पि बेक्टन क्षेत्रीय उच्च माध्यमिक विद्यालयमा पठनपाठन गरेकी थिइन्। उनका ४ जना दाई र एक जना बहिनी छिन्। उनका बुबाको मृत्यु पश्चाच्, डाडियोकी आमाले उनी साथसाथै ५ जना छोरा छोरीहरूलाई हुर्काएकी थिइन्।[८] डाडियो व्यवसायीक कुस्तीकि समर्थक थिइन्, र उनका दाइ बहिनीसँग पर्दा पछाडि व्यवसयीक कुस्तीमा भाग जनाउँ थिन्।[८] उनले निम्न लिखित शब्दहरू भन्दै उनको कुस्ती जीवनको सुरुवात भएको बताएकी थिइन्। उनका शब्दहरू तल यस प्रकारका छन्:

"शाब्दिक रूपमा भन्नु पर्दा मैले जागिर खाएको जस्तै गरी पेडिग्री र पावरबम्महरू सहेँ। म सधैँ लिटा जस्तो बन्ने प्रयास गर्थेँ। सबै महिला कुस्ती खेलाडीहरू मनमोहक र शक्तिशाली थिए, र मेरो भने राम्रो कपडा पनि थिएन। जब मैले लिटालाई खुकुलो लुगा र जुत्तामा पुरुष कुस्ती खेलाडीहरूसँग कुस्ती खेलेको देख्थेँ मैले सोच्थेँ, मलाई उनी राम्रो लाग्थ्यो। म पनि उनीसँग सम्बन्धित हुन चाहन्थेँ।[८]

डाडियो पहिलाको प्रतिस्पर्धात्मक खेलाडीहरूलाई खेलमा हौसला दिने काममा लगनशील थिइन् र उनले पहिला अमेरिकी रेष्टुरेन्टमा पनि मोडलको रूपमा काम गर्थिन्।[४][५][९]

कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

एनएक्सटी (सन् २०१४–२०१७)[सम्पादन गर्नुहोस्]

मोर्गेन सन् २०१७ मा एनएक्सटीमा

सन् २०१४ मा, वाएकअफ, न्यू जर्सीको जो डिफ्राङ्कोज जिममा उनलाई पत्ता लगाइए पश्चाच्, डाडियोले डब्ल्युडब्ल्युईमा एक सम्झौता पत्रमा हस्ताक्षर गर्ने अवसर प्राप्त गरेकी थिइन्।[८] उनी सुरुवातमा डब्ल्युडब्ल्युईको एनएक्सटी नामक विकासशील क्षेत्रमा सन् २०१४ देखि सक्रिय रूपमा कार्यरत रहिन्।[५] उनले ११ फेब्रुअरी २०१५ मा एनएक्सटी टेकओभर: राइभल नामक डब्ल्युडब्ल्युईको विकासशील क्षेत्रको वार्षिक कार्यक्रममा पहिलो टेलिभिजनमा समर्थकको रूपमा प्रदापण गरेकी थिइन् जहाँ उनले अमेरिकी कुस्ती खेलाडी टाइलर ब्रिजको प्रवेशको बेलामा उनीमाथी हाम फालेकी थिइन्।[१०] उनी त्यस्पश्चात् २० मे मा, एनएक्सटी टेकओभर: अनस्टपएबल (डब्ल्युडब्ल्युईको विकासशील क्षेत्रको वार्षिक कार्यक्रम) ब्रिजकै प्रवेशमा पुन: उपस्थिति जनाएकी थिइन्।[११] अक्टोबर २०१५ मा, उनले मार्लीको नामले कुस्ती खेल्न सुरुवात गरेकी थिइन्। उनले ४ नोभेम्बरमा एनएक्सटीको एक श्रृङ्खलामा प्रदापण गरेकी थिइन् जसमा उक्त खेलमा एभा मरिसँग पराजय बेहोरेकी थिइन्।[३][१२]

डिसेम्बर २ मा एनएक्सटीको एक श्रृङ्खलामा डाडियोले आफ्नो नाम लिभ मोर्गेनमा परिवर्तन गर्दै कुस्तीमा फर्किएकी थिइन् जहाँ उनले उक्त खेलमा पुन: एमासँग पराजय बेहोरेकी थिइन्।[२] १३ जनवरी २०१६ को एनएक्सटीको एक श्रृङ्खलामा मोर्गेन ब्याटल रोयलमा भाग जनाएकी थिइन् र उक्त ब्याटल रोयलको विजेताले त्यति बेलाकी एनएक्सटी महिला विजेता बेइली (कुस्ती खेलाडी)सँग उपाधिको लागि खेल्न पाउने मौका रहेको उक्त खेल भने कार्मेलाले जितेकी थिइन्।[१३] अगस्ट १७ मा एनएक्सटीको एक श्रृङ्खलामा, उनी ६ महिला ट्याग टिम खेल (एकतर्फ तीन जना महिला र अर्को तर्फ पनि तीन जना महिला बिचको प्रतिस्पर्धा) मा सहभागी भएकी थिइन् जसमा उनी तर्फ कार्मेला र निकी क्रस थिए। उक्त खेलमा उनीहरूले डरिया बेरेनाटो, मेण्डि रोज र अलेक्सा ब्लिसलाई हराएका थिए।[१४] ३१ अगस्टमा एनएक्सटीको एक श्रृङ्खलामा, मोर्गेनले टेलिभिजनमा पहिलो पटक एकल कुस्ती खेलमा एलायालाई पराजित गरेकी थिइन्।[१५] सेप्टेम्बर १४ मा एनएक्सटीको एक श्रृङ्खलामा, मोर्गेनले रचेल फाजियोलाई आत्मसमर्पणद्वारा पराजित गरेकी थिइन् जसले गर्दा उनले त्यतिबेलाकी एनएक्सटी महिला विजेता अस्कालाई चुनौती दिने मौका प्राप्त गरेकि थिइन्।[१६] अर्को हप्ता, अस्का र उनको उपाधिको लागि परेको कुस्ती खेलमा मोर्गे एक मिनेट भित्रमै आत्मसमर्पण गरी पराजय बेहोरेकी थिइन्[१७] र खेलको समाप्ति भएपछि द आइकनिक (बिली केपिटन रोइस) नामक महिला कुस्ती समूहले उनको सामना गरेका थिए जसले गर्दा द आइकनिक र उनी बिचको द्वन्दको सुरुवात भएको थियो। उनीहरबीच द्वन्द चर्कीएका कारण के र उनी बिच प्रतिस्पर्धात्मक कुस्ती खेल भएको थियो र उक्त खेलमा केकी साथी पिटन रोइसले उक्त खेलमा घुसपैठ गर्दै उनलाई बिजेता बनाउनमा ठूलो भूमिका खेलेकी थिइन्।[१८] अक्टोबर २६ मा एनएक्सटीको एक श्रृङ्खलामा, उनले चलिरहेको बिलि के र एलायाबिचको खेलमा घुसपैठ गर्दै बिली केलाई भ्रममा परिदिएकी थिइन् जसले गर्दा एलायाले उक्त खेलकी विजेता बनेकी थिइन्। नोभेम्बर १६ मा एनएक्सटीको एक श्रृङ्खलामा, मोर्गेन र पिटन रोइसबिचको कुस्ती खेल परेको थियो। उक्त खेल केको घुसपैठका कारण बिना कुनै विजेतामै समाप्त भएको थियो र खेलको समाप्त हुनमा साथ केले एलाया र मोर्गेनलाई हमला गरेकी थिइन् र इम्बर मुन त्यहाँ आइ उनीहरूलाई बचाएकी थिइन्।[१९] नोभेम्बर २३ मा एनएक्सटीको एक श्रृङ्खलामा, मोर्गेन, एम्बर मुन र एलाया र अर्को तर्फ पिटन रोइस, बिली के र डारिया बेरेनाटोबिच सिक्स वुमन ट्याग टिम म्याच परेको थियो जसमा उक्त खेल भने मोर्गेनकै टोलीले जितेको थियो।[२०]

द राएट स्क्वाड (सन् २०१७–२०१९)[सम्पादन गर्नुहोस्]

मोर्गन (बायाँ) राएट स्क्वाडका सदस्य रूबि रायट (बीच) र साराह लोगन (दायाँ) को साथ, रेसलमेनिया ३४, अप्रिल २०१८

२१ नोभेम्बर २०१७ स्म्याकडाउन लाइभको एक श्रृङ्खलामा, मोर्गेनले उनका महिला कुस्ती समूहका सदस्य रूबि रायटसाराह लोगनसँग मुख्य पर्दामा पर्दापण गरेकी थिइन् जहाँ उनीहरूले बेकी लिञ्च र नेयोमीमाथी आक्रमण गरेका थिए। सोही रात, उनीहरूले स्म्याकडाउन महिला उपाधिको लागि परेको सार्लेट फ्लेयरनेटालिया बीचको प्रतिस्पर्धात्मक कुस्ती खेलमा पनि घुसपैठ गरेका थिए र उनीहरू दुबैलाई आक्रमण गरेका थिए।[२१] अर्को हप्ताको स्म्याकडाउनको एक श्रृङ्खलामा, उक्त महिला कुस्ती समूहले आफ्नो नाम "द राएट स्क्वाड" भनी खुलाएका थिए र सोही रात उनीहरूले पहिलो खेलमा पनि जित हात पारेका थिए जहाँ उनीहरूले सार्लेट फ्लेयर, नेयोमी र नेटालीयालाई ६ महिला ट्याग टिम खेल (एकतर्फ तीन जना महिला र अर्को तर्फ पनि तीन जना महिला बिचको प्रतिस्पर्धा) मा जित हात पारेका थिए।[२२] त्यस महिना भरि द राएट स्क्वाडले सार्लेट फ्लेयर र नेयोमीसँग प्रतिस्पर्धा गरिरहेका थिए। २८ जनवरी २०१८ मा, मोर्गानले पहिलो पटक सञ्चालनमा आएको महिला रोयल रम्बलमा भाग जनाएकी थिइन् जहाँ उनी ११अौँ स्थानमा मञ्च प्रस्थान गरेकी थिइन् तथापी उनलाई मिसेल मक्कुलको हमला पश्चात् खेलबाट निस्कासन गराएकी थिइन्।[२३]

सन् २०१८ को सुपरस्टार सेकअपको बेला १६ अप्रिल मा, द राएट स्क्वाड नामक समूह स्म्याकडाउनबाट मा स्थानान्तरण भएका थिए। उनीहरू मा आएकै बेलामा बेइलीसासा बेङ्क्स बीचको खेल विजेता बिनानै टुङ्गीएको थियो।[२४] २४ सेप्टेम्बरमा को एक श्रृङ्खलामा, एक खेलको बीचमा ब्रि बेलाले एस किक नामक आफ्नो चाल चल्न खोज्दा बेला र उनको टउको एक आपसमा ठोक्किएको थियो जसले गर्दा उनी बेहोस जस्तै भएकी थिइन्। सो खेलमा उनको टाउको ठोक्किएसँगै उनी एक छिन मात्रै प्रदर्शनमा रहेकी थिइन् र उनलाई खेलबाट निकालिएको थियो। सेप्टेम्बर २४ मा, मोर्गेनको बिमारीको पत्ता लगाइएको थियोे र उनलाई उनका समूहका सदस्य रूबी राएट र साराह लोगनसँग र महिला विजेता रोण्डा राउजी र द बेला टुइन्स (ब्रि बेलानिकी बेला)का बिरुद्धमा एक खेलमा हतारहतार सहभागी हुनु परेको थियो। उक्त खेल भने अष्ट्रेलियामा भएको थियो जसको नाम सुपर सो डाउन राखिएको थियो। डब्ल्युडब्ल्युईको इतिहासमै पहिलो पटक सबै महिलाहरूको खेल राखिएको इभोलुसन नामक कार्यक्रमको आयोजना गरिएको थियो जसमा द राएट स्क्वाडले नेटालिया, बेइलीसासा बेङ्क्ससँग पराजय बेहोरेका थिए।[२५][२६]

१७ फेब्रुअरी २०१९ मा, मोर्गेन र लोगनले ६ टोली इलिमिनेसन चेम्बर खेलमा सहभागीता जनाएका थिए। खेलको विजेताले डब्ल्युडब्ल्युईको इतिहासमै पहपलो पटक डब्ल्युडब्ल्युई महिला ट्याग टोली विजेताको उपाधि हात पार्ने सर्त रहेको उक्त खेलमा भने उनीहरूलाई नाया ज्याक्स र टमिनाद्वारा खेलबाट बाहिर निकालिदिएका थिए। उक्त खेलको उपाधि भने बेइली र सासा बेङ्क्सले हात पारेका थिए।[२७]

अप्रिल ७ मा, मोर्गेनले रेसलमेनिया ३५ महिला ब्याटल रोयलमा सहभागीता दर्ता गरेकी थिइन् तर सो कि उपाधि भने कार्मेलाले हात पारेकी थिइन्।

एकल प्रतिस्पर्धा (सन् २०१९–हाल)[सम्पादन गर्नुहोस्]

अप्रिल १६, २०१९ मा डब्ल्युडब्ल्युईले सञ्चालन गर्ने वार्षिक समारोह डब्ल्युडब्ल्युई सुपरस्टार सेक-अपको आयोजना गरेको थियो जसमा उनी बाट स्म्याकडाउनमा स्थानान्तरण भएकी थिइन् जसले गर्दा उनी राएट स्क्वाडको सदस्यको रूपमा थप सक्रिय रहिनन्।[२८][२९] १६ जुलाईको स्म्याकडाउन लाइभको एक श्रृङ्खलामा, मोर्गनले सार्लेट फ्लेयरको सामना गरेकी थिइन् र यसले गर्दा दुबै बिचको खेल भएको थियो जसमा मोर्गनले आत्मसमर्पणबाट हार बेहोर्नु परेको थियो।[३०] अप्रिलमा भएको रेसलमेनिया ३५ पछिको यो उनको पहिलो खेल थियो।[३१]

उनी डिसेम्बर ३० मा बबी लास्ली र लानाको विवाहको बेलामा को उक्त श्रृङ्खलामा फर्किँदै लानालाई आक्रमण गरेकी थिइन् जसमा उनलाई रुसेभले साथ दिएका थिए।[३२]

अन्य सञ्चार माध्यममा[सम्पादन गर्नुहोस्]

मोर्गेन डब्ल्युडब्ल्युई श्रव्य दृश्य खेल, टुके नाइन्टिनमा खेल्न मिल्ने चरित्रको रूपमा प्रदापण गरेकी थिइन्[३३] र पछि डब्ल्यूडब्ल्यू टुकेट्वान्टिमा पनि देखा परेकी थिइन्।[३४]

उपाधि र उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जियोना डाडियो: प्रोफाइल र खेलहरूको सूची", इण्टरनेट रेस्लिङ डाटाबेस, अन्तिम पहुँच अगष्ट ६, २०१५ 
  2. २.० २.१ जेम्स, जष्टिन (डिसेम्बर २, २०१५), "१२/२ डब्ल्युडब्ल्युई एनएक्सटीको नतिजा – समोवा जो विरुद्ध च्याम्पा, जेम्स स्टोर्म", प्रो रेस्लिङ टर्च, अन्तिम पहुँच डिसेम्बर ३, २०१५ 
  3. ३.० ३.१ मिडलटन, मार्च (अक्टोबर २२, २०१५), "** LIVE SPOILERS ** WWE NXT Tapings Airing In November", रेस्लिङ इङ्क, अन्तिम पहुँच अक्टोबर २२, २०१५ 
  4. ४.० ४.१ ४.२ ४.३ "लिभ मोर्गेन", डब्ल्युडब्ल्युई डटकम, अन्तिम पहुँच मे २६, २०१६ 
  5. ५.० ५.१ ५.२ जोनसन, माइक (अक्टोबर २७, २०१४), "उत्कृष्ट एनएफएललु छनोटले गर्दा डब्ल्युडब्ल्युईमा नयाँ कार्यकालको सुरुवात भएको छ, अधिक एनएक्सटी टिपोटहरू", पिडब्ल्यु इन्साइडर, अन्तिम पहुँच अगष्ट ६, २०१५ 
  6. ६.० ६.१ "WWE Profile - Liv Morgan", इएसपिएन, डिसेम्बर ४, २०१७। 
  7. बियास, एलेक्स, "Liv Morgan, Sonya Deville and the New Jersey women at the heart of WWE's evolution", Asbury Park Press 
  8. ८.० ८.१ ८.२ ८.३ बार्योन स्याक्सटन (फेब्रुअरी १८, २०१६), "लिभ मोर्गेन एनएक्सटीमा चम्किँदै", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच फेब्रुअरी १८, २०१६ 
  9. नामाको, जेसन (अक्टोबर २७, २०१५), "एनएक्सटीमा नयाँ कुस्ती खेलाडीहरू आजदेखि आबद्ध हुँदै", रेसलभ्यु, अन्तिम पहुँच अगष्ट ६, २०१५ 
  10. मिडलटन, मार्च (फेब्रुअरी १२, २०१५), "एनएक्सटी टेकओभरमा; ब्रिजको माथी हामफालेकी महिलाको परिचय", रेस्लिङ इङ्क, अन्तिम पहुँच अगष्ट ६, २०१५ 
  11. जनसन, माइक (मे २०, २०१५), "पहिलाको टिएनएको महिला एनएक्सटी कार्यक्रममा देखा परेकी छिन्", प्रो रेस्लिङ इन्साइडर, अन्तिम पहुँच मे २०, २०१५ 
  12. ट्रिओन्फो, रिचार्ड (नोभेम्बर ४, २०१५), "डब्ल्युडब्ल्युई एनएक्सटीको प्रतिवेदन: ब्यालोर विरुद्ध क्रुज, अस्का र टोटल डिभास, इभा मरि, ट्याग उपाधि खेल अर्को हप्ता, कार्यक्रमको अन्त्यमा अथलपुथल", प्रो रेस्लिङ इन्साइडर, अन्तिम पहुँच नोभेम्बर ४, २०१५ 
  13. जेम्स, जष्टिन (जनवरी १३, २०१६), "१ /१३ डब्ल्युडब्ल्युई एनएक्सटी – महिला #१ दावेदार ब्याटल रोयल, एनएक्सटी उपाधि, बढी", प्रो रेस्लिङ टर्च, अन्तिम पहुँच जनवरी १४, २०१६ 
  14. रिचार्ड, ट्रिओन्फो (अगष्ट १७, २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: एउटै कोठामा बसेका प्रतिद्वन्द्वीबीच के गलत हुन सक्छ?, इटामी कुस्ती खेल्दै, ६ महिला ट्याग खेल र प्रदापण, टेकओभरमा अवलोकन, र बढी", पिडब्ल्यू डन्साइडर, अन्तिम पहुँच अगष्ट १८, २०१६ 
  15. नामाको, जेसन (अगष्ट ३१, २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटीको नतिजा – ८/३१/१६ (सिनसुके नाकामुरालाई एनएक्सटी उपाधि , नो वे जोसे र टाई रडिलिञ्जर कुस्ती खेल्दै)", रेसलभ्यू, अन्तिम पहुँच सेप्टेम्बर १, २०१६ 
  16. "डब्ल्युडब्ल्युई एनएक्सटीको नतिजा - सेप्टेम्बर १४, २०१६", पिडब्ल्यू मेनिया, सेप्टेम्बर १४, २०१६, अन्तिम पहुँच सेप्टेम्बर १४, २०१६ 
  17. नामाको, जेम्स (अक्टोबर १२, २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटीको नतिजा – १०/१२/१६ (फर्किएका एरिक योङ्गसँगै सेनिटीको प्रदापण, नाकामुराले लिए समोवा जोसँग दुश्मनी)", रेसलभ्यु, अन्तिम पहुँच अक्टोबर १३, २०१६ 
  18. नामाको, जेम्स (अक्टोबर २६, २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटीको नतिजा – १०/२६/१६ (डष्टी रोड्स ट्याग क्लासिक जारी, मिकी जेम्सले अस्कालाई सन्देश छोड्दै)", रेसलभ्यु, अन्तिम पहुँच अक्टोबर २७, २०१६ 
  19. नामाको, जेसन (नोभेम्बर १६, २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी नतिजा – ११/१६/१६ (टेकओभर: टोरण्टोको अवलोकन, अन्द्रादे सियन अल्मस विरुद्ध सेड्रिक अलेक्जेण्डर)", रेसलभ्यु, अन्तिम पहुँच नोभेम्बर १७, २०१६ 
  20. मार्टिन, एडम (नोभेम्बर २३, २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी नतिजा – ११/२३/१६ (६ महिला ट्याग टिम मेन इभेण्ट म्याच, स्यानिटीले नो वे जोस्लाई आक्रमण गर्दै)", रेसलभ्यु, अन्तिम पहुँच नोभेम्बर २४, २०१६ 
  21. रिचार्ड, ट्रिओनफो (नोभेम्बर २१, २०१७), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: IF RAW CAN BRING IN THREE WOMEN, SO CAN SMACKDOWN, LUMBERJACK MATCH, WOMEN'S TITLE MATCH, THE BLUDGEON BROTHERS LIVE UP TO THEIR NAME, AND MORE", पिडब्ल्यु इन्साइडर, अन्तिम पहुँच नोभेम्बर २२, २०१७ 
  22. प्लमर, डाले (नोभेम्बर २९, २०१७), "स्म्याकडाउन: केभिन ओएन्स र सेमी जेनले सेन म्याकमेनलाई हमला गर्दै", स्ल्याम! स्पोर्ट्स, क्यानडिएन अनलाइन एक्सप्रोल्रर, अन्तिम पहुँच मे २०, २०१८ 
  23. कपूर, बब (जनवरी २९, २०१८), "रोयल रम्बल र रोण्डा राउजी", स्ल्याम! स्पोर्ट्स, क्यानडिएन अनलाइन एक्सप्रोल्रर, अन्तिम पहुँच मे २०, २०१८ 
  24. टाईवाल्क, निक (अप्रिल १७, २०१८), "र: सुपरस्टार सेकअप", स्ल्याम! स्पोर्ट्स, क्यानडिएन अनलाइन एक्सपोलर, अन्तिम पहुँच मे २०, २०१८ 
  25. जोनसन, माइक (अक्टोबर २८, २०१८), "निकी बेला विरुद्ध रोण्डा राउजी, एनएक्सटी महिला उपाधि", पिडब्ल्यु इन्साइडर 
  26. ट्रिओनफो, रिचार्ड (अक्टोबर २९, २०१८), "डब्ल्युडब्ल्युई प्रतिवेदन: डिनले क् भन्छन्?", पिडब्ल्यु इन्साइडर, अन्तिम पहुँच अक्टोबर २९, २०१८ 
  27. ट्रिओनफो, रिक हार्ड (फेब्रुअरी १७, २०१९), "स्म्याकडाउन ट्याग उपाधि खेल: डब्ल्युडब्ल्युई इलिमिनेसन चेम्बरको प्रत्येक्ष प्रसारण", पिडब्ल्यू इन्साइडर 
  28. ट्रिओन्फो, रिचार्ड (अप्रिल १६, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: नयाँ अनुहारहरू, ८ महिला ट्याग टिम खेल, न्युडेका नयाँ सदस्यहरू (एक दिनको लागि), र अझ बढी", पिडब्ल्यु इन्साइडर 
  29. स्केरर, डेभ (अप्रिल १६, २०१९), "स्म्याकडाउन सकिएपछि, डब्ल्युडब्ल्युईले बाट धेरै खेलाडीहरू स्म्याकडाउनमा स्थानान्तरण गर्दै (दुईवटा टोली बिच्छेदन)", पिडब्ल्यु इन्साइडर 
  30. "Charlotte Flair def. Liv Morgan", डब्ल्युडब्ल्युई, जुलाई १६, २०१९। 
  31. "Sean Ross Stats For WWE Raw 7/15/19 And WWE Smackdown 7/16/19 | Fightful Wrestling" 
  32. कुरिएर, जोसेफ (डिसेम्बर ३०, २११९), "Liv Morgan returns to WWE Raw during Lana-Lashley wedding angle" 
  33. कोल, क्याटलीन (१९ डिसेम्बर २०१८), "डब्ल्युडब्ल्युई २के१९ को सबै खेलाडीहरू", रम्बल र्‍याम्बल, अन्तिम पहुँच २३ अप्रिल २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१६ मिति
  34. एलफ्रिङ, म्याट (अगष्ट ७, २०१९), "WWE 2K20: All The Playable Wrestlers On The Roster", गेमस्पोट, अन्तिम पहुँच अगष्ट ११, २०१९ 
  35. "प्रो रेस्लिङ इलुष्ट्रेटेड उत्कृष्ट १०० महिला कुस्ती खेलाडी", रेस्लिङ ट्राभल, अन्तिम पहुँच नोभेम्बर ९, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-०३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]