बिली के

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बिली के
Billie Kay
सन् २०१८ मा बिली के
वास्तविक नामजेसिका म्याकके
जन्म (1989-06-23) २३ जुन १९८९ (उमेर ३४)[१]
सिड्नी, अस्ट्रेलिया[२]
निवासस्थानफ्लोरिडा, अमेरिका
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामबिली के
जेसी[३]
जसी म्याकके[१]
उचाई५ फिट ८ इन्च (१७३ सेमी)[४]
तौल१३२ पाउन्ड (९ स्टोन ६ पाउन्ड; ६० किग्रा)[५][६]
उत्पत्तिसिड्नी, अस्ट्रेलिया
प्रशिक्षकम्याडिसन इगल्स[१]
पदार्पण२३ जुन २००७

जेसिका म्याकके (जन्म २३ जुन १९८९), खेल मञ्चमा बिली के द्वारा परिचित, अस्ट्रेलियाली महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन्। उनी पिटन रोइसका साथ एकपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएकी थिइन्।[७][८]

सन् २००७ जुनमा केले व्यवसायीक रूपमा प्रो रेस्लिङ एलायन्समा आफ्नो कार्यकाल सुरुवात गरेकी थिइन् र त्यसको एक वर्ष पछि उनको प्रो रेस्लिङ विमेन्स एलायन्समा पदोन्नति भएको थियो जहाँ उनी दुईपटक पिडब्ल्युडब्ल्युए च्याम्पियनसिप विजेता बन्न सफल भएकी थिइन्।

त्यसको केही वर्ष पछि उनको स्वतन्त्र सर्किटमा पदोन्नति भएकी थियो र उनले केही वर्ष संयुक्त राज्यमा कुस्ती खेल्न सुरु गरेकी थिइन्।[९]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

जेसिका म्याककेको जन्म अस्ट्रेलियाको सिड्नीस्थित न्यु साउथ वेल्समा भएको थियो। उनले १० वर्षको उमेरदेखि आफ्नो दाइसँग कुस्ती हेर्न सुरु गरेकी थिइन् र आफ्नो व्यावसायिक कुस्ती कार्यकाल अस्ट्रेलियाको सिड्नीस्थित प्रो रेस्लिङ एलायन्समा सुरुवात गरेकी थिइन्।[१०] कुस्तीमा प्रशिक्षण लिनुभन्दा अधि उनी एक बास्केटबल खेलाडी थिइन् र उनी उनको हालको साथी पिटन रोइससँग एउटै विद्यालयमा अध्यनरत थिइन्।[११]

व्यावसायिक कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

प्रो रेस्लिङ एलायन्स अस्ट्रेलिया (सन् २००७–२०१५)[सम्पादन गर्नुहोस्]

म्याककेलाई म्याडिसन इगल्सले प्रशिक्षण दिएका थिए। उनले सन् २००७ जुन २३ मा आफ्नो १८औँ जन्मदिनको अवसरमा कुस्तीमा आफ्नो वास्तविक नाम जेसिका म्याककेको रूपमा प्रो रेस्लिङ एलायन्स नामक एक संस्थामा व्यावसायिक रूपमा कुस्ती कार्यकाल सुरुवात गरेकी थिइन्। जहाँ उनले इगल्स र अरोरालाई हराउन सफल भएकी थिइन्।[१२]

सन् २००८ अगस्ट २ का दिन म्याककेले तात्कालिक महिला विजेता केली स्केटरलाई हराउँदै पहिलोपटक पिडब्ल्युडब्ल्युए च्याम्पियनसिप जित्न सफल भएकी थिइन् र त्यसको केही दिनपछि उनको खेल टिनेली टायलासँग भयो जुन खेलमा समेत म्याकके विजेता बनेकी थिइन्।[१३][१४] सन् २००८ नोभेम्बर २२ मा उनले आफ्नो च्याम्पियनसिप पेनी लेनसँग पराजित भएकी थिइन्। पेनि लेन महिला विजेता भएपछि घाइते भएको हुँदा सन् २००९ सेप्टेम्बर १४ का दिन उनले च्याम्पियनसिप छोड्नु परेको थियो भने उक्त च्याम्पियनसिपका लागि फेटल फोर-वे खेलमा म्याककेले स्केटर, स्वे र साजा म्याककेन्जीलाई हराउँदै दोस्रोपटक च्याम्पियनसिप जित्न सफल भएकी थिइन्। म्याककेले पछि च्याम्पियनसिप खेलमा केसी क्यासडीलाई हराउन सफल भएकी थिइन् तर सन् २०१० जुन ११ मा उक्त च्याम्पियनसिप इगल्ससँग हार्न पुगेकी थिइन्।

सन् २०११ सेप्टेम्बरमा म्याकके थ्रीवे म्याचमा भाग लिएकी थिइन् जहाँ इगल्स र निकोल म्याथ्युज पनि समावेश थिए।[१५] उक्त खेलमा म्याककेले च्याम्पियनसिप जित्न असमर्थ रहिन्।

सिमर विमन एथलेटिक्स (सन् २००८–२०१५)[सम्पादन गर्नुहोस्]

सन् २००८ मा म्याककेले अमेरिकी अल-फिमेल पदोन्नतिको सिमर विमिन एथलेटिक्समा कुस्ती खेल्न सुरु गरेकी थिइन् जहाँ उनले म्याडिसन इगल्ससँग साझेदारी गर्दै एक गनलेट ट्याग टिम म्याचमा पदापर्ण गरेकी थिइन् तर उनीको टोली सबैभन्दा सुरुमै खेलबाट निस्कासन भएका थिए।[१६][१७] म्याककेले सिमर विमिने एथलेटिक्समा एकल पदापर्ण गरेकी थिइन् भने उनको पहिलो खेलमा उनी केलि स्केटरसँग हार्न पुगेकी थिइन्।[१८][१९][२०]

सेप्टेम्बर २०१० मा म्याककेले निकोल म्याथ्युज हराउन सफल भएकी थिइन्।[२१][२२] उनले त्यसपछि एक ट्रपल थ्रेट खेलमा सारा डेल रेलाई र एवेको हमाण्डालाई हराउन सफल भएकी थिइन्[२३][२४] जसको फल स्वरुप सेप्टेम्बर २०१० मा उनले आफ्नो प्रशिक्षण र पहिलाको ट्याग टिम जोडि म्याडिसन इगल्सँग एक च्याम्पियनसिप खेल खेल्न पाएकी थिइन् तर उक्त खेलमा उनले च्याम्पियनसिप जित्न असफल बनिन्।[२१][२५][२६]

म्याककेले च्याम्पियनसिप जित्न असफल बनेपछि उनले निकोल म्याथ्युजसँग द्वन्द्व सुरु गरेकी थिइन्। त्यसपछि म्याककेले टिनेलीसँग साझेदारी गर्दै द क्यानडियन निन्जास (म्याथ्युज र पोर्टिया पेरेजा) लाई सिमर च्याम्पियनसिपका लागि चुनौती दिएका थिए तर उनीहरूको जोडि च्याम्पियनसिप जित्न असमर्थ रह्यो।[२७] भोलुम ३८ मा म्याककेले सेरिनासँग साझेदारी गर्दै द क्यानडियन निन्जासलाई हराउन सफल भएका थिए। मार्च २०११ भोलुम ३९ मा म्याकेले म्याथ्युजसँग टु आउट अफ थ्री फल्स खेलमा हार वेहोर्दै उनीहरूको द्वन्द्व अन्त्य गरेकी थिइन्।

मार्च २०१२ मा उनले मिया यिमलाई हराइन् भने भोलुम ४५ मा म्याककेले पूर्व सिमर विजेता एमएस सफलाई हराउँन सफल भएकी थिइन् जसको फल स्वरुप म्याककेले एकपटक सिमर च्याम्पियनसिप खेल खेल्न पाएकी थिइन्।[२८] भोलुम ४७ मा म्याककेको खेल सिमर विजेता चियरलिडर मिलेसासँग जारी गरिएको थियो तर उक्त खेलमा उनी मिलसासँग हार्न पुगेकी थिइन्।[२९][३०] अप्रिल २०१३ भोलुम ५३ मा उनी म्याडिसन इगल्सको फर्किएपछिको खेलमा उनी इगल्ससँग हार्न पुगेकी थिइन् भने म्याककेले भोलुम ५७ मा मार्सिडिस मनर्टिनेजलाई हराएकी थिइन्।[३१][३२][३३][३४]

अन्य पदोन्नति[सम्पादन गर्नुहोस्]

म्याककेले सिमर विमिने एथलेटिक्स सँगसँगै सन् २००८ देखि अमेरिकाको कम्ब्याट जोन रेस्लिङ र रिङ्ग अफ अनर रेस्लिङमा पनि कुस्ती खेलेकी थिइन्।[३५][३६] सन् २०१२ मा उनले क्यानडेली पदोन्नति अन्तरगत एनसिडब्ल्यू फेमी फेटल्समा पनि कहिलेकाँही कुस्ती खेल्ने गरेकी थिइन्।[३७][३८] म्याककेले ९ अप्रिल २०१४ मा अमेरिका स्थित साइन रेस्लिङमा नामक एक संस्थामा उनको पहिलो खेल खेलेकी थिइन् जहाँ उनले केलि स्केटर र साजा म्याककेन्जीसँग साझेदारी गर्दै निकी रोक्स सान्टाना र मिया यिमको जोडिलाई हराउँन सफल भएका थिए।[३९]

डब्ल्युडब्ल्युई[सम्पादन गर्नुहोस्]

एनएक्सटी (सन् २०१५-२०१८)[सम्पादन गर्नुहोस्]

रेसलमेनिया ३२ मा बिली के

म्याकेले डब्ल्युडब्ल्युईले अस्ट्रेलियामा सन् २०१४ अगस्टमा आयोजना गरेको कार्यक्रममा एक पटक खेल्ने मौका पाएकी थिइन्।[४०] १३ अप्रिल २०१५ मा डब्ल्युडब्ल्युईले म्याकइन्तोसलाई डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा आवद्ध भएको घोषणा गरेको थियो।[४१] उनले १५ मे २०१५ मा एनएक्सटीको एक श्रृङ्खलामा जेसिका म्याकके नामले टेलिभिजनमा पर्दापण गरेकी थिइन्। म्याककेले उनको पहिलो खेल १० जुन एनएक्सटीको एक श्रृङ्खलामा बेकी लिञ्चसँग खेलेकी थिइन् भने उक्त खेलमा उनी लिञ्चसँग हार बेहोरीकी थिइन्।[४२][४३] २२ जुलाई एनएक्सटीको एक श्रृङ्खलामा उनको खेल इभा मेरीसँग हुने निर्णय भएको थियो भने उक्त खेलमा पनि क्यासडी हारकी थिइन्। ७ अगस्ट २०१५ मा उनलाई उनको रिङ नाम बिलि के दिइयो भने त्यस दिन पछि उनी त्यहि नामले कुस्ती खेल्दै आउन सुरु गरिन्।[४४] म्याककेको नाम बिलि केमा परिणत भएपछि उनले उनको पहिलो खेल २१ अक्टोबर एनएक्सटीको एक श्रृङ्खलामा अस्कासँग खेलेकी थिइन् तर उक्त खेलमा उनी अस्कासँग हार खान पुगेकी थिइन्।[४५][४६] सन् २०१५ को समाप्तिमा सेल्भेस्टर लिफोर्टले उनको प्रबन्धकको रूपमा काम गरेकी थिइन् तर लिफोर्टको फेब्रुअरी २०१६ मा आवद्ध पत्र समाप्ति भएपछि उनले बिलि केका लागि प्रबन्धकबाट हटेकी थिइन्।[४७]

१३ जनवरी २०१६ एनएक्सटीको एक श्रृङ्खलामा केले बेइलीको महिला च्याम्पियनसिपका लागि जारी गरिएको ब्याटल रोयलमा भाग लिएकी थिइन् तर उक्त खेल कारमेलाले जितेकी थिइन्।[४८] ३० जुन स्म्याकडाउनको एक श्रृङ्खलामा के देखा परेकी थिइन् जहाँ उनले डेना ब्रुकको लागि काम गरेकी थिइन्।[४९] केले अन्ततः २७ जुलाईमा एनएक्सटीमा फर्किएकी थिइन् जहाँ उनले पहिलोपटक उनको प्रतिद्वन्द्वी सान्टाना गेरेटलाई हराउँन सफल भएक थिइन्।[५०] एनएक्सटीका सामान्य प्रबन्धक विलियम रिगलसँग एक खेल मागेपछि केको खेल एनएक्सटी टेकओभर:ब्रोक्लेन दृतियमा एनएक्सटीमा प्रदापर्ण गरेकी एम्बर मुनसँग भएको थियो तर उक्त खेलमा मुनले केलाई हराएकी थिइन्।[५१] एनएक्सटीबाट केही महिना अवकाश लिएपछि के २१ सेप्टेम्बरमा पुन फर्किएकी थिइन् र उनको पहिलो खेलमा उनले एलियालाई हराउन सफल भएकी थिइन्।[५२]

अक्टोबर २०१६ मा रोइस बिलि केसँग साझेदारी गर्दै एक टोली गठन गरिन् जसको नाम उनीहरूले द आइकोनिक्स राखेका थिए।[५३] उनीहरूको टोली गठन भएपछि उनीहरूको लिभ मोर्गेनसँग द्वन्द्व चलेको थियो जसका कारण २३ नोभेम्बरमा ६ महिला ट्याग टिम खेल जारी गरियो जसमा मोर्गेनको टोलीमा अलिया र एम्बर मुन थिए भने रोइसको टोलीमा बिलि के र डेरिया बेरनाटो थिए।[५४][५५][५६] उक्त खेलमा मोर्गेन, एलिया र एम्बर मुनको जित भएको थियो। डिसेम्बरको अन्त्यमा द आइकोनिकको तात्कालिक एनएक्सटी महिला विजेता अस्कासँग द्वन्द्व चलेको थियो।[५७][५८] २८ जनवरी २०१७ सेन एन्टोनियोमा आयोजना गरिएको एनएक्सटी टेक ओभर कार्यक्रममा रोइस अस्काको च्याम्पियनसिपको लागि बिलि के, निक्की क्रस र अस्कासँग फेटल फोरबे खेलमा भाग लिएकी थिइन् भने उक्त खेलमा पनि अस्काको जित भएको थियो।[५९][६०][६१][६२] फेब्रुअरीको अन्त्यमा रोइसले ट्रिपल थ्रेट म्याचमा एम्बर मुन र लिभ मोर्गेनलाई हराउँदै एनएक्सटी महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेकी थिइन् तर उनी च्याम्पियनसिप जित्न असमर्थ रहिन्।[६३]

स्म्याकडाउन (सन् २०१८-हाल)[सम्पादन गर्नुहोस्]

द आइकेनिक्स डब्ल्युडब्ल्युई स्म्याकडाउनमा पर्दापण गर्दै

१० अप्रिल २०१८ स्म्याकडाउनको एक श्रृङ्खलामा पिटन रोइस र बिली केले पहिलोपटक डब्ल्युडब्ल्युईको मुख्य कार्यसूचीमा पर्दापण गरेका थिए।[६४] उनीहरूले स्म्याकडाउनमा पर्दापण गर्ने बित्तिकै उनीहरूले तात्कालिक स्मायाकडाउन महिला विजेता सार्लेट फ्लेयरलाई रिङमा आक्रमण गरेका थिए।[६५] त्यसको दुई हप्तापछि के र रोइसले स्मायाकडाउनमा पहिलो खेल खेलेका थिए जहाँ उनीहरूको खेल आस्का र बेकी लिन्चसँग भएको थियो भने उक्त खेलमा द आइकोनिकको जित भएको थियो। त्यस खेलको केही महिना सम्म रोइसले एकल र ट्याग टिम खेलहरू खेलेकी थिइन्।[६६] अगस्टमा द आइकोनिक्सको मुख्य कार्यसूचीकि नेयोमी सँग द्वन्द्व चलेको थियो भने त्यतिबेला नेयोमीले आस्कासँग साझेदारी गर्दै एक टोली गठन गरेकी थिइन्। द आइकोनिकको खेल नेयोमी र आस्कासँग ६ अक्टोबर २०१८ अस्ट्रेलियामा आयोजना गरिएको सुपर सो डाउन कार्यक्रममा हुने निर्णय गरिएको थियो भने उक्त खेलमा द आइकोनिकले आस्का र नेयोमीलाई हराउन सफल भएका थिए।[६७][६८][६९][७०] उक्त खेलमा जितसँगै त्यसको तीन हप्ता पछि आयोजना गरिएको पहिलो सबै महिलाहरूको पे-पर भ्यु कार्यक्रम इभोलुसनमा सहभागी भएका थिए जहाँ उनीहरू महिला ब्याटल रोयलमा सहभागी भएतापनि उनीहरूलाई सबैले मिलेर सबैभन्दा सुरुमै खेलबाट निस्कासन गराएका थिए।[७१][७२] सन् २०१८ मा दुवै पिटन रोइस र बिलि केले उनीहरूको व्यक्तिगत पहिलो महिला रोयल रम्बल खेलमा भाग लिएका थिए जहाँ रोइस ९औँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् भने के ७औँ स्थानमा रिङ प्रवेश गरेकी थिइन्।[७३][७४][७५][७६]

सन् २०१९ मा आयोजित रोयल रम्बलमा दुवै पिटन रोइस र बिली के उनीहरूको व्यक्तिगत पहिलो महिला रोयल रम्बल खेलमा भाग लिएका थिए जहाँ रोइस ९औँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् र के ७औँ स्थानमा रिङ प्रवेश गरेकी थिइन्।[७७] द आइकोनिक्सले खेलमा निकी क्रसलाई निस्कासन गर्न सफल भएता पनि उनीहरू दुवैलाई लेसी एभेन्सले निस्कासन गराएकी थिइन्।[७८] १७ फेब्रुअरी २०१९ मा आयोजित इलिमिनेसन चेम्बरमा द आइकोनिक्सले भाग लिएका थिए तर उक्त खेल बेइलीसासा बेङ्क्सले जित्दै डब्ल्युडब्ल्युईको इतिहासमै पहिलो महिला ट्याग टिम विजेता बनेका थिए।[७९] मार्च २०१९ मा द आइकोनिक्सको बेङ्क्स र बेइलीसँग द्वन्द्व चर्किएको थियो जसका कारण आइकोनिक्सले बेइली र बेङ्क्सलाई उपाधि रहित खेलमा पराजित गर्दै आउँदै रेसरमेनिया ३५ मा महिला उपाधिका लागि ट्रिपल थ्रेट खेलमा सहभागी हुने मैका पाएका थिए।[८०][८१][८२] रेसलमेनिया ३५ मा आयोजना गरिएको खेलमा द आइकोनिक्सले तीन टोलीलाई हराउँदै पहिलोपटक डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए।[८३]

अन्य सञ्चार माध्यम[सम्पादन गर्नुहोस्]

केले डब्ल्युडब्ल्युई २के१८ मा एक खेल्न मिल्ने चरित्रको रूपमा पर्दापर्ण गरेकी थिइन् र उनी पछि डब्ल्युडब्ल्युई २के१९ मा पनि देखा परेकी छिन्।[८४]

उपाधि र उपलब्धि[सम्पादन गर्नुहोस्]

  • प्रो रेस्लिङ विमिन्स एलायन्स
    • पिडब्ल्युडब्ल्युए विजेता (२ पटक)[५][६]
  • प्रो रेस्लिङ इलुष्ट्रेटेड
    • उत्कृष्ट ५० महिला कुस्ती खेलाडी मध्ये ३४औँ स्थानमा पर्न सफल सन् २०१२ मा[८५]
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता (१ पटक, हाल) – पिटन रोइससँग
    • एनएक्सटी वर्ष समाप्ति अवार्ड (१ पटक)
      • ब्रेक आउट अफ द इअर (सन् २०१६)[८६] – पिटन रोइससँग

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "म्याडिसन इगल्स", स्ल्याम! स्पोर्ट्स, क्यानडेली अनलाइन एक्सप्लोवर, अन्तिम पहुँच ३० अप्रिल २०१८ 
  2. "बिली केको खेलहरू", प्रो फाइट डिबी 
  3. जष्टिन, जेम्स, "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", अन्तिम पहुँच ११ जुन २०१५ 
  4. "डब्ल्युडब्ल्युई – बिली के", इएसपिएन 
  5. ५.० ५.१ "जेसिका म्याककेको प्रोफाइल", साइन रेस्लिङ, मूलबाट २५ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०१४  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २५ मे २०१४ मिति
  6. ६.० ६.१ "जेसिका म्याकके", पिडब्ल्यूए अस्ट्रेलिया, मूलबाट २५ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०१४ 
  7. डब्ल्युडब्ल्युई सप डटकम, "द आइकोनिक्स अङ्कित कपडा तथा उपाधिहरू", डब्ल्युडब्ल्युई सप  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१४ मिति
  8. डब्ल्युडब्ल्युई, "द आइकोनिक्स (बिली के र पिटन रोइस)को बारे थप जानकारीहरू" 
  9. लेपर्ड, प्याट्रिक, "सिमर विमेन एथलेटिक्स", स्ल्याम! रेस्लिङ, अन्तिम पहुँच २४ मे २०१४ 
  10. "बिली के", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच १९ अक्टोबर २०१५ 
  11. बबी, मिलोक (६ मे २०१५), "अस्ट्रेलियाली महिला कुस्ती खेलाडी जेसिका म्याकके डब्ल्युडब्ल्युई एनएक्सटीमा", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच १३ फेब्रुअरी २०१६ 
  12. "Glory – Jun 2007", पिडब्ल्यूए अस्ट्रेलिया, मूलबाट ३ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  13. "पिडब्ल्युडब्ल्युए च्याम्पियनसिप इतिहास", PWA Australia, मूलबाट ३० मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  14. "पेब्याक II – अगष्ट २००८", प्रो रेस्लिङ विमेन एलायन्स, मूलबाट २७ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अप्रिल २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  15. "सिमर – च्याम्पियनसिप इतिहास", सिमर विमेन एथलेटिक्स, अन्तिम पहुँच २६ अप्रिल २०१४ 
  16. "सिमर विमेन एथलेटिक्स प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, २० अक्टोबर २००८, अन्तिम पहुँच २५ मे २०१४ 
  17. "सिमर स्पोटलाइट: म्याडिसन इगल्स", डिभा डिफ्ट, मूलबाट ७ अप्रिल २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ अप्रिल २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ७ अप्रिल २०१४ मिति
  18. बेकिङह्याम, एन्थोनी, "सिमर विमेन एथलेटिक्स", प्रो रेस्लिङ टच, अन्तिम पहुँच २४ मे २०१४ 
  19. "सिमर विमेन एथलेटिक्स भोलुम २४", रेस्लिङ अब्जर्भर, अन्तिम पहुँच २४ मे २०१४ 
  20. "सिमर भोलुम १–४४ नतिजा", सिमर विमेन एथलेटिक्स, मूलबाट २० मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  21. २१.० २१.१ "सिमर विमेन एथलेटिक्स - प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, १३ सेप्टेम्बर २०१०, अन्तिम पहुँच २५ मे २०१४ 
  22. "सिमर रेस्लिङ डिभिडि", रेस्लिङ अब्लर्भर, अन्तिम पहुँच २४ मे २०१४ 
  23. "सिमर विमन एथलेटिक्स-नतिजा", पिडब्ल्यू इन्साइडर, १२ अप्रिल २०१०, अन्तिम पहुँच २५ मे २०१४ 
  24. "सिमर विमेन एथलेटिक्स भोलुम", रेस्लिङ अब्जर्भर, अन्तिम पहुँच २४ मे २०१४ 
  25. ओलिभर, गर्ज (१ जुन २०११), "म्याडिसन इगल्स- सिमर विमेन एथलेटिक्स", स्ल्याम स्पोर्टस्!, क्यानडेली अनलाइन एक्सप्लोवर, अन्तिम पहुँच २ मार्च २०१३  = Archive.today अभिलेखिकरण २९ जुलाई २०१३ मिति
  26. "सिमर विमेन एथलेटिक्स नतिजा तथा समाचार", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २५ मे २०१४ 
  27. "सिमर विमेन एथलेटिक्सको पूर्ण खेल नतिजा", पिडब्ल्यू इन्साइडर, २९ मार्च २०११, अन्तिम पहुँच २५ मे २०१४ 
  28. "सिमर विमन रेस्लिङ - नतिजाहरू", पिडब्ल्यू इन्साइडर, १८ मार्च २०१२, अन्तिम पहुँच २५ मे २०१४ [dead link]
  29. "सिमर नतिजा र प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, १८ मार्च २०१२, अन्तिम पहुँच २५ मे २०१४ 
  30. "सिमर विमेन एथलेटिक्समा नयाँ विजेताहरू", पिडब्ल्यू इन्साइडर, १९ मार्च २०१२, अन्तिम पहुँच २५ मे २०१४ 
  31. "कार्यक्रम नतिजा – सिमर ५३", प्रो रेस्लिङ टच, ६ अप्रिल २०१३, अन्तिम पहुँच ३ अप्रिल २०१४ 
  32. "पूर्ण सिमर आइपिपिभी नतिजा", पिडब्ल्यू इन्साइडर, ६ अप्रिल २०१३, अन्तिम पहुँच २५ मे २०१४ 
  33. "सिमर विमेन भोलुम ५७", रेसलभ्यु, अन्तिम पहुँच २४ मे २०१४ 
  34. "एलिसन डेञ्जरको अवकाश", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २५ मे २०१४ 
  35. "जेसिका म्याकेको प्रोफाइल", मूलबाट १२ अक्टोबर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण २३ सेप्टेम्बर २०१६ मिति
  36. जोनसन, माइक (११ नोभेम्बर २००८), "सुक्रबार आयोजित आरओएच पे-पर-भ्यु", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २५ मे २०१४ 
  37. "किङ्स्पोटमा आयोजित एक कुस्ती कार्यक्रम", पिडब्ल्यू इन्साइडर, ७ अक्टोबर २०११, अन्तिम पहुँच २५ मे २०१४ 
  38. लेपर्ड, प्याट्रिक, "एनसिडब्ल्यू रेस्लिङमा केही नयाँ आगन्तुकहरू", स्ल्याम! रेस्लिङ, अन्तिम पहुँच २४ मे २०१४ 
  39. निमाको, जेसन, "आइपिपिभी नतिजा: फ्लोरिडा", रेसलभ्यु, अन्तिम पहुँच २४ मे २०१४ 
  40. "डब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र", डब्ल्युडब्ल्युई, १० अप्रिल २०१५, अन्तिम पहुँच १४ मार्च २०१६ 
  41. जोनसन, माइक (७ अगस्ट २०१५), "द अण्डरटेकर मा देखा परे", प्रो रेस्लिङ अब्जर्भर, अन्तिम पहुँच ७ अगस्ट २०१५ 
  42. जस्टिन जेम्स (२ सेप्टेम्बर २०१५), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", रेस्लिङ अब्जर्भर न्युजलेटर, अन्तिम पहुँच २ सेप्टेम्बर २०१५ 
  43. जस्टिन जेम (९ सेप्टेम्बर २०१५), "जेम्सले तयार पारेको डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", रेस्लिङ अब्जर्भर न्युजलेटर, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१५ 
  44. ट्रिन्फो, रिचार्ड (२१ अक्टोबर २०१५), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २२ अक्टोबर २०१५ 
  45. एन्ड्रयु, टुइस (६ नोभेम्बर २०१५), "एनएक्सटी नतिजा र प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २३ जुलाई २०१६ 
  46. एन्ड्रयु, टुइस (१५ जनवरी २०१६), "हाइक ब्रोज विरुद्ध द भडभिलेन्स: एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २३ जुलाई २०१६ 
  47. माइक, जोनसन (५ फेब्रुअरी २०१६), "एनएक्सटीमन नयाँ आगन्तुकहरू", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २३ जुलाई २०१६ 
  48. जेम्स, जष्टिन (१३ जनवरी २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", प्रो रेस्लिङ टच, अन्तिम पहुँच १४ जनवरी २०१६ 
  49. रिचार्ड, ट्रिन्फो (३० जुन २०१६), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: विजेता विरुद्ध विजेता", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १ जुलाई २०१६ 
  50. रिचार्ड, ट्रिन्फो (२७ जुलाई २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २८ जुलाई २०१६ 
  51. रिचार्ड, ट्रिन्फो (१७ अगस्ट २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: ६ महिला ट्याग टिम खेल", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १८ अगस्ट २०१६ 
  52. रिचार्ड, ट्रिन्फो (२१ सेप्टेम्बर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१६ 
  53. रिचार्ड, ट्रिन्फो (५ अक्टोबर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: द डष्टि रेड्स क्लासिक ट्याग टिम खेल", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १३ अक्टोबर २०१६ 
  54. रिचार्ड, ट्रिन्फो (१२ अक्टोबर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १३ अक्टोबर २०१६ 
  55. रिचार्ड, ट्रिन्फो (१९ अक्टोबर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १९ अक्टोबर २०१६ 
  56. रिचार्ड, ट्रिन्फो (२६ अक्टोबर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: जष्टी रोड्स क्लासिकमा आयोजित खेलहरू", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २६ अक्टोबर २०१६ 
  57. रिचार्ड, ट्रिन्फो (१६ नोभेम्बर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी टेलिभिजन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २५ नोभेम्बर २०१६ 
  58. रिचार्ड, ट्रिन्फो (२३ नोभेम्बर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: एनएक्सटी टेकओभर अघिका खेलहरू", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २५ नोभेम्बर २०१६ 
  59. रिचार्ड, ट्रिन्फो (२१ डिसेम्बर २०१६), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: विभिन्न ट्याग टिम र एकल खेलहरू", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २३ डिसेम्बर २०१६ 
  60. रिचार्ड, ट्रिन्फो (११ जनवरी २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन: डिआइवाई विरुद्ध सिभाइभल", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच ११ जनवरी २०१७ 
  61. रिचार्ड, ट्रिन्फो (१८ जनवरी २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच १८ जनवरी २०१७ 
  62. रिचार्ड, ट्रिन्फो (२५ जनवरी २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २५ जनवरी २०१७ 
  63. रिचार्ड, ट्रिन्फो (२८ जनवरी २०१७), "डब्ल्युडब्ल्युई एनएक्सटी टेकओभर", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच २८ जनवरी २०१७ 
  64. ट्रिन्फो, रिचार्ड (१० अप्रिल २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  65. ट्रिन्फो, रिचार्ड (१७ अप्रिल २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन:एजे स्टाइल्स विरुद्ध डेनियल ब्रायन", पिडब्ल्यू इन्साइडर 
  66. ट्रिन्फो, रिचार्ड (२४ अप्रिल २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन:सिनसुके नाकामुराको नयाँ आगमन सङ्गीत", पिडब्ल्यू इन्साइडर 
  67. ट्रिन्फो, रिचार्ड (१ मे २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: केही महिलाक कुस्ती खेलाडी बीचको खेल", पिडब्ल्यू इन्साइडर 
  68. ट्रिन्फो, रिचार्ड (१२ जुन २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर 
  69. ट्रिन्फो, रिचार्ड (१९ जुन २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: केही ट्याग टिम खेलहरू", पिडब्ल्यू इन्साइडर 
  70. ट्रिन्फो, रिचार्ड (७ अगस्ट २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: द ब्लजेण्ड ब्रदर्सका नयाँ प्रतिद्वन्द्वीहरू", पिडब्ल्यू इन्साइडर 
  71. कारापोला, स्टुट (अगस्ट २१, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: हेल इन अ सेल", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अगस्ट २१, २०१८ 
  72. ट्रिन्फो, रिचार्ड (अगस्ट २८, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: कार्मेला विरुद्ध सार्लेट फ्लेयर", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच अगस्ट २८, २०१८ 
  73. ट्रिन्फो, रिचार्ड (सेप्टेम्बर ४, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: आर त्रुथ स्म्याकडाउनको मेन इभेण्टमा", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१८ 
  74. ट्रिन्फो, रिचार्ड (सेप्टेम्बर ११, २०१८), "डब्ल्यूडब्ल्यई स्म्याकडाउन प्रतिवेदन : समोवा जोको नयाँ प्रतिद्वन्द्वी", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच सेप्टेम्बर ११, २०१८ 
  75. ट्रिन्फो, रिचार्ड (सेप्टेम्बर २५, २०१८), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन", पिडब्ल्यू इन्साइडर, अन्तिम पहुँच सेप्टेम्बर २५, २०१८ 
  76. ट्रिन्फो, रिचार्ड (६ अक्टोबर २०१८), "डब्ल्युडब्ल्युई सुपर सो डाउनको प्रतिवेदन र खेलहरूको जानकारी", पिडब्ल्यू इन्साइडर 
  77. जोनसन, माइक (जनवरी २७, २०१९), "डब्ल्युडब्ल्युई रोयल रम्बलको पूर्ण जानकारी", पिडब्ल्यू इन्साइडर 
  78. ट्रिन्फो, रिचार्ड (फेब्रुअरी १७, २०१९), "डब्ल्युडब्ल्युई इलिमिनेसन चेम्बर पे-पर-भ्यु नतिजा: दुई चेम्बर खेलहरू, ६ उपाधि दाऊमा", पिडब्ल्यू इन्साइडर 
  79. ट्रिन्फो, रिचार्ड (मार्च १९, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: द गन्लेट र अन्य खेलहरू", पिडब्ल्यू इन्साइडर 
  80. ट्रिन्फो, रिचार्ड (मार्च १२, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: स्म्याकडाउन लाइभ टक सो", पिडब्ल्यू इन्साइडर 
  81. ट्रिन्फो, रिचार्ड (मार्च १९, २०१९), "डब्ल्युडब्ल्युई स्म्याकडाउन प्रतिवेदन: द गन्लेट म्याच", पिड्ब्ल्यू इन्साइडर 
  82. ट्रिन्फो, रिचार्ड (अप्रिल १, २०१९), "डब्ल्युडब्ल्युई प्रतिवेदन: सेथ रोलिन्सले दिए ब्रक लेज्नरलाई सन्देश", पिडब्ल्यू इन्साइडर 
  83. कारापोला, स्टुट (अप्रिल ७, २०१९), "रेसलमेनिया ३५ को पूर्ण जानकारी: नयाँ उपाधि विजेताहरू", पिडब्ल्यू इन्साइडर 
  84. "युट्युब", अन्तिम पहुँच २०१७-०९-१० 
  85. "जेसिका म्याकके", द इन्टरनेट डाटाबेस, अन्तिम पहुँच २५ मे २०१४ 
  86. "सन् २०१६ का एनएक्सटी अवार्ड विजेताहरू", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २० फेब्रुअरी २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]