कालीकण्ठ डुबुल्कीचरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालीकण्ठ डुबुल्की चरा ग्रेब प्रजातिका हाँसहरू मध्ये एक सदस्य हो । यस पक्षीको टाउको र घाँटी कालो तथा खैरो हुन्छ। यो जातको चरा अस्ट्रेलियाअन्टार्टिका बाहेक सबै महादेशहरूमा पाइन्छन्।

कालीकण्ठ डुबुल्कीचरा
कालीकण्ठ डुबुल्कीचराको एक वयस्क
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. nigricollis
वैज्ञानिक नाम
Podiceps nigricollis
कालीकण्ठ डुबुल्कीचराको सिमा
     प्रजनन दायरा        वर्षभरि        शीत कालिन

विवरण[सम्पादन गर्नुहोस्]

यो चराको लम्बाइ २८ देखि ३४ सेमि (११–१३ इन्च) हुन्छ र यसको तौल २६५ देखि ४५० ग्राम हुन्छ। यस जातको चराको केही उप प्रजातिका चराहरूको टाउको, घाँटी, छाती र माथिल्लो भागहरू कालो तथा खैरो रङ्गका हुन्छन् भने यसको पखेटाको रङ्ग गाढा खैरो हुन्छ। यस पङ्क्षीको आँखा मुख्यतया रातो हुन्छ भने आँखाको वरिपरि पहेँलो रङ्गको एक गोलो धब्बा हुन्छ। यस पङ्क्षीको खुट्टा हरियो खालको खैरो हुन्छ। यस प्रजातिका चराको बच्चाहरू सेता र हल्का पहेँलो खालका हुन्छन् यस चरा पौडि खेल्न माहिर हुन्छन् र पानिमुनि हामफाल्न पनि सक्षम हुन्छ। यसले पानी मुनि पनि सिकार गर्ने गर्दछ।

वितरण र बासस्थान[सम्पादन गर्नुहोस्]

यो प्रजातिले युरोप, एसिया, अफ्रिका, उत्तरी दक्षिण अमेरिका र दक्षिणपश्चिम र पश्चिम अमेरिकामा सफा पानीको पोखरी वरिपरिको क्षेत्रमा प्रजनन गर्दछ। प्रजनन पछि यस पङ्क्षी सफा पानीबाट नुनिलो पानी भएको क्षेत्रमा बसाइँसराइ गर्ने गरेको पाइन्छ भने त्यस्तो क्षेत्रमा यो चरा केही महिनाको लागि बस्छ। नुनिलो पानी भएको क्षेत्रमा केही महिना बसोबास गरेपछि यो पङ्क्षी पूर्वी एसिया र अफ्रिकामा चिसो हुने ठाउँमा बसाइँसराइ गर्छ जहाँ यसले प्रजनन गर्छ। प्रजनन नगर्ने प्रजातिहरूको भने मुख्यतया नुनिलो पानी भएको ताल र केही तटीय क्षेत्रमा बसोबास गर्छन्।

प्रजनन[सम्पादन गर्नुहोस्]

यस पङ्क्षीले आफ्नो गुण खुला नदि र कम गहिरो पानी माथि बनाउँछ भने यस गुणलाई पानीमा माथि अढि रहन विभिन्न बनस्पतिहरूले साहायता दिन्छन्। यस्तो खालको गुण दुवै भाले र पोथीले विभिन्न बनस्पति र पातहरूले बनाउँछन्।[२] यस गुणको तल्लो भाग पानी मुनि हुन्छ भने माथिल्लो भाग माथि माथि हुन्छ जुन कोप्रो प्रकारको हुन्छ। गुणको भित्र भागमा एक फराकिलो एक सतह भनाइएको हुन्छ।[३] गुण नबनाउने जोडिहरू ग्रेब जातिका अन्य चराहरू जस्तै राजहाँस र सिउरे डुबुल्कीचराले बनाएका गुणहरूमा बसोबास गर्ने गर्छन्। यस प्रकारका पङ्क्षीहरूले बनाएका एक गुण देखि अर्को गुण १ देखि २ मिटरको दुरीमा रहेको हुन्छ।[४] यस प्रकारको गुणको व्यास अौसत २५.५ सेमि (१० इन्च) हुन्छ भने केही गुणका व्यस २० देखि ३० सेमि हुन्छ।

दुई कालीकण्ठ डुबुल्कीचराहरू
दुई कालीकण्ठ डुबुल्कीचराहरू

कालीकण्ठे डुबुल्कीचरामा जोडि बन्ने प्रक्रिया सामान्यतया बसाइँसराइको पछि र हिउँद महिना पछि हुन्छ। यस समयमा जोडि बन्ने प्रक्रिया दुई जोडि प्रजनन गर्न उपयुक्त समय नआउने बेला सम्म चलिरहन्छ। भाले र पोथि दुवै मिलनका लागि राजी भएपछि उनीहरूको मिलन पोखरीको बिचमा हुन्छ। मिलनका समयमा कुनै पनि बिह्य पङ्क्षी र जनावरहरूले असर नगर्नका लागि उक्त मिलन पोखरीको बिचमा गरिन्छ।

उत्तरी गोलार्धमा यस पङ्क्षीले अप्रिल देखि अगस्ट महिना सम्म प्रजनन गर्छ भने अफ्रिकामा यस पङ्क्षीको मिलनको समय जनवरी देखि फेब्रुअरी महिना सम्म हुन्छ र त्यसैगरि दक्षिण अफ्रिकामा यस पङ्क्षीले अक्टोबर देखि अप्रिल महिना सम्म प्रजनन गर्छ।

आहारा[सम्पादन गर्नुहोस्]

यस प्रजातिको चराले विषेश गरी पानी मुनि सिकार गर्ने गर्छ भने यसले पानी मुनि ३० सेकेन्ड सम्म बस्न सक्छ। कम गहिराइ भएको पानिमा यो पङ्क्षी ३० सेकेन्ड भन्दा कम समय डुबुल्की मार्ने गर्छ। डुबुल्की मार्ने बेलामा यसले १५ सेकेन्ड सम्म झिङे माछाको सिकार गर्छ। यस पङ्क्षी पैडि खेल्ने बेला टाउको पानिको तल हुने हुँदा यसले उडिरहेको किराको पनि सिकार गर्न सक्षम हुन्छ।

यस पङ्क्षीले मुख्यतया किरा र फटयाङ्ग्रा खाने गर्दछ। यसले किराको लार्भ र वयस्क चरणका किराहरू पनि खाने गर्छ र त्यस बाहेक यसले चेपाकाँडा र साना माछाहरू पनि खान्छ। यस पङ्क्षी नुनिलो पानिमा बसोबास गर्दा विषेश गरी झिङे माछा खाने गर्छ। कालीकण्ठ डुबुल्कीचराको चाल झिङे माछाको क्षेमतासँगै परिवर्तन भैरहन्छ भने जहाँ धेरै झिङे माछा हुन्छन् यो चरा पनि त्यहि धेरै मात्रामा पाइन्छन्।

यस पङ्क्षीका साना चल्लाहरूलाई वयस्कले दिनको एकपटक आहार ख्वाउने गर्छन्। आहार खाने बेलामा चल्लाहरू वयस्कको ढाडमा बस्ने गर्छन् भने अर्को वयस्क पङ्क्षीले उनीहरूलाई ख्वाउने काम गर्छन्। बच्चाहरूले एक वयस्क पङ्क्षीको चुच्चेबाट आहार खाने गर्छन्।

चाल[सम्पादन गर्नुहोस्]

यो प्रजातिको पङ्क्षी ग्रेब जातिका अन्य पङ्क्षी जस्तो उढ्न सक्दैन। यो पङ्क्षीले विशेषगरि बसाइँसराइका बेलामा लामो दुरीको उडानका लागि केही भनेर छोटो दुरीका उडानहरू भर्दैन। यस प्रजातिका चराहरूले कम्तीमा दुई महिना उडान नगरिकन बस्ने गर्छ भने नयाँ र उपयुक्त हावापानी भएको ठाउँमा बसाइँसराइ गर्ने बेला यसले ६,००० किलोमिटर (३,७०० माइल) उडान भर्ने गर्छ। उडानका बेला यस पङ्क्षीको शरीर लामो हुन्छ भने यसले खुट्टा पछाडि लान्छ र पखेटा छिटोछिटो चलाउँछ। पानीमा माथिबाट छलाङ लगाउने बेला यसको टाउको तलतिर फर्किएको हुन्छ र यसले पानी भित्र रहँदा अगाडि बढ्नका लागि खुट्टाको प्रयोग गर्छ।

स्थिति[सम्पादन गर्नुहोस्]

सन् २०१६ का अनुसार कालीकण्ठ डुबुल्कीचरालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रूपमा वर्गीकृत गरिएको छ र यसलाई रातो सूचीमा पनि सूचीकृत गरिएको छ। यस प्रजातिका कुल सङ्ख्या केही स्थानमा घट्दै क्रममा छ भने केही स्थानमा स्थिर छ। यस प्रजातिका पङ्क्षीको कुल सङ्ख्या अनुमानित ३.९ देखि ४.२ मिलियन रहेको छ। यो पङ्क्षी ग्रेब जातिका प्रजातिहरू मध्ये सबैभन्दा ठुलो मात्रामा रहेको छ।

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१२), "Podiceps nigricollis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. फाबर्ग, जोन, "उत्तर डाकोटामा बसोबास गर्ने कालीकण्ठ डुबुल्कीचरा", द विलसन ८८ (३): ३९०–३९९। 
  3. "कालीकण्ठ डुबुल्कीचराको जीवनचक्र", बर्ड स्टर्डि (१): ६–१५, १९६१, डिओआई:10.1080/00063656109475982 
  4. फाबर्ग, जोन, "कालीकण्ठ डुबुल्कीचरा", द विल्सन बुलेटिन ८८ (३): ३९०–३९९। 


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]