कालेश्वर महादेव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कालेश्वर महादेवलाई ललितपुरको प्याङ वासि हरू आफ्ना आराध्यदेवका रूपमा लिने गर्दछन्। त्यस्तै, उनीहरू कालेश्वर महादेवलाई कुलदेवताका रूपमा पुज्ने गर्दछन्।

काठमाडौंका बासिन्दा इन्द्रजात्राको रमाइलोमा रमिरहेका बेला ललितपुर, प्याङ गाउँका स्थानीय बासिन्दा आˆनै मौलिक जात्रामा हराउने गर्दछन्। इन्द्रजात्राको समयमा हुने कालेश्वर महादेवजात्रा नै उनीहरूको ठूलो र आफ्नै जात्रा हो। परम्परागत सांस्व[mतिक उत्सवसाथ मनाइने कालेश्वर महादेवको जात्रा बर्सेनि इन्द्रजात्रा दिन सुरू हुन्छ।सजाइएको खटलाई प्याङका घर-आँगनसम्म नचाउँदै पुर्‍याइन्छ। खटजात्राक्रममा पुजारीद्वारा घन्टी बजाउने तथा चमर डोलाउने कार्य अविच्छिन्न भइरहेको हुन्छ। परम्परागत बाजागाजा तथा चिराग बत्तीको अगुवाइमा खटजात्रा अगाडि बढ्छ। जात्रासँगै नाचगानको रमाइलो स्वाभाविक नै भइहाल्छ। गाउँको छेउछेउमा रहेका दुईवटा देवता राख्ने घरमा छ-छ महिनाको फरकमा कालेश्वर महादेवका मूर्तिलाई राख्ने गरिन्छ।

जात्रामा स्थानीय बासिन्दाबाट कालेश्वर महादेवको दर्शन तथा पूजा गरिन्छ। यसै अवसरमा प्याङका विभिन्न स्थानमा देवीदेवताका काठका पुराना मूर्तिहरू जमीनभन्दा अग्लो मन्डप बनाई त्यसमा सजाएर राख्ने गर्दछन्। जात्रा अवधिभरि तिनलाई यसरी खुला रूपमा प्रदर्शन गरेर राख्ने गरिन्छ। इन्द्रजात्राका अवसरमा उपत्यकाका धेरै स्थानमा इन्द्र, भैरव आदिलाई यसरी नै अग्लो मन्डप बनाई त्यसमा सजाएर राखिएको हुन्छ। त्यस्तै प्रकारले प्याङमा पनि विभिन्न देवीदेवतालाई यसरी खुला रूपमा राख्ने गरिएको पाइन्छ।

इन्द्रजात्राको शुभारम्भ हनुमानढोका दरवारस्थित कालभैरवसामुन्ने लिङ्गो गाडेपछि हुने परम्पराअनुसार नै यहाँ पनि सोही दिन दुईवटा लिङ्गो गाडिएपछि औपचारिक रूपमा स्थानीय जात्राको चहल-पहल सुरू हुन्छ। सोही दिन आˆना नातागोतालाई घरमा डाjmेर खुवाउने परम्परा रहेको छ। त्यसै दिनबाट परम्परागत लाखेनाचको प्रदर्शन अत्यन्त रोचक किसिमबाट हुन्छ। यसमा आकषिर्त हुने र झुम्मिनेहरूको बेग्लै भीड लाग्दछ। खासगरी केटा केटीहरू लाखेलाई जिस्क्याउने र लखेटिमाग्ने तथा डराएर भाग्न मरिहत्ते गर्दछन्। यसरी सुरू भएको जात्राको तेस्रो दिन यहाँ परम्परागत नाचको भव्यतासाथ प्रदर्शन गरिने प्रचलन थियो। तर आर्थिक, सामाजिक तथा अन्य विविध कारणले गर्दा आज उक्त मौलिक देवीनाचलगायत अन्य नाचहरूको प्रदर्शन कार्य एकप्रकारले लोपै भइसjmेको अवस्था छ।

पहिले त काठमाडौंस्थित हनुमानढोका राजदरबारसम्म गएर तत्कालीन राजा, महाराजाहरूलाई ती नाचहरूको प्रदर्शन गराउनुपर्ने नियम नै थियो। यसरी प्याङको छुट्टै पहिचान बनाइसकेको ती नाचको परम्परा समयको कालखण्डमा आज अस्तित्वमै नरहनु दुःखलाग्दो विषय भएको छ। यसैगरी, पूर्णिमाका दिन कालेश्वर महादेवको खटजात्रा धुमधामपूर्वक हुन्छ। यस दिन स्थानीय बासिन्दाले खटमा विराजमान महादेवलाई पूजाआजा यति भव्य र श्रद्धाका साथ गर्दछन् कि त्यस दिन वास्तवमा उनीहरू सधैँभरिको कामधामको मेलालाई चटक्कई छोडेर धार्मिक कर्मको एक अद्वितीय अध्यायमा रूपान्तरित भएका हुन्छन्। दसैँ-तिहारभन्दा ठूलो पर्वका रूपमा मनाइने जात्रा भएकाले पनि यसप्रति उनीहरूको सहभागिता र समर्पण विशेष हुने गर्दछ। त्यही सक्रिय सहभागिता, हार्दिक समर्पण र आस्था एवम् विश्वासका कारण जात्रामा सबै प्याङका धनी-गरीब एकढिक्का भएर सुख, शान्ति, समृद्धि, सद्भावको कामना गर्ने गर्दछन्।

यसरी कामना गरिँदा एक व्यक्ति, एक परिवार वा एउटैको मात्र इच्छापूर्तिको आग्रह नगरी समग्र गाउँ, गाउँले, गाउँवासी तथा राष्ट्रको सामूहिक भलाइको प्रार्थना गरिन्छ। व्यक्ति स्वार्थभन्दा माथि उठेर गरिने यसप्रकारको आराधनाले वास्तवमा मानवीय संवेदनालाई जागृत पार्ने विश्वास गर्न सकिन्छ। त्यही क्रममा अन्य जात्रामा जस्तै यस जात्रामा पनि परापूर्वकालबाटै स्थानीयवासीले समष्टिको भलाइका निम्ति पूजा र प्रार्थना गर्ने गर्दछन्।

अन्नबालीको राम्रो उब्जनी होस्, कसैलाई पनि रोगव्याधि वा भोकमरीले अकालमा नमारोस् भन्ने उनीहरूको हार्दिक प्रार्थना हुन्छ। त्यस्तै, दैवी विपत्तिले कसैलाई पनि अप्ठ्यारोमा नपारोस्, सबैको कल्याण होस्, देशमा कहिल्यै अनिष्ट नआओस् आदि कामना गरिने सनातन संस्कार अद्यापि निरन्तर रहिआएjmै छ। यसरी पुरानै धारणा र धर्मकर्मको यो यात्रामा आज पनि प्याङवासी मौलिक ठाउँका मौलिक जाति भएर आफ्नो सांस्व[mतिक, धार्मिक, सामाजिक एवम् जातीय पहिचानलाई जोगाउने उदाहरणीय समुदाय भएर रहेका छन्।

मूल जात्राका दिन खटलाई स्थानीय बासिन्दाका घर-घरसम्म पुर्‍याई महादेवबाट आˆना भक्तजनलाई दर्शन दिइने यो महत्त्वपूर्ण पर्व मानिन्छ। अरू बेला भक्तजन आफैँ मन्दिरमा पुगेर देवताको दर्शन गर्नुपर्दछ भने जात्राका अवसरमा स्वयम् भगवान् भक्तको घरसम्मै पुगेर दर्शन दिने यो अद्वितीय क्षण यही जात्राjmै समयमा मात्रै आउँदछ। त्यसैले आफ्नो दुःख-सुख बुझ्नका लागि पनि भगवान् यसरी घरदैलो चहार्दै आएको jmुरामा उनीहरू विश्वस्त छन्। त्यसरी घरमै आउँदा jmुनचाहिँ भक्त आˆना आराध्य इष्टदेवप्रति नतमस्तक नहोला र ?

प्याङका आराध्यदेव महादेवलाई उनीहरू भरसक आˆनै खेतबारीमा उब्जेका अन्नबाली तथा फलफूल चढाउने गर्दछन्। यसरी चढाइने चिजबिजहरू मौसमअनुसार मjmै, काँक्रा, आरुबखडा, अम्बा, नासपाती, सुन्तला, मेवा, jmेरा र लौका आदि जे पनि हुन सक्दछन्। पवित्र आत्माले चढाइएका विभिन्न सामग्रीहरू भगवान्का प्रसाद हुन्छन्। अन्यत्रका अधिकांश जात्रामा देवीदेवतालाई अनेकौँ पशुको बलि दिइने गरिन्छ। तर, खुसीको jmुरा यस जात्रामा यहाँ पशु बलिको वीभत्स दृश्य कदापि पनि देख्न सकिँदैन। अर्थात् यस जात्रामा कहिल्यै jmुनै पनि पशुको बलि चढाएर मान्छेका मनोकाङ्क्षा पूरा गरिने चेष्टा गरिँदैन अर्थात् यस जात्रामा बलिपूजाको jmुनै पनि प्रचलन छैन। भनिन्छ, 'पहिले त यो जात्राका अवसरमा जाँड र रक्सीसमेत खान नहुने परम्परा थियो। त्यस्तै, माछा-मासु र नुन पनि खान नहुने चलन थियो।' एकप्रकारले उपवास बसेर भगवान्प्रति भक्तिभाव प्रस्तुत गरिन्थ्यो। तर, आज अरू दिन खाए पनि एक दिन त jmेही नखाई विशेषतः गुठियारहरूले व्रत बसेर परापूर्वकालीन प्रचलनको पालना गर्ने गरिन्छ। त्यसो त एक दिन व्रत बस्नु भनेको स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ।

यता, खटलाई नचाउँदै अगाडि बढाउने क्रममा खट पछाडिबाट अघि बढ्न पटक-पटकको प्रयासले मात्रै सम्भव हुन्छ। यो जात्राको समापन स्थानीय बाल्मो गुठीका गुठियारहरूले परम्परागत नाच देखाएर हुन्छ। अरू नाचहरूभन्दा भिन्नै किसिमको यो नाच रातिको समयमा प्रदर्शन गरिन्छ। त्यसबीच लिङ्गो पनि ढालिन्छ र जात्राको विसर्जन हुन्छ। यो जात्रालाई व्यवस्थित किसिमले सञ्चालन गर्न यहाँ तीनवटा गुठी छन्। ती गुठीहरूले जात्राका लागि आवश्यक काम गर्दछन्। प्रत्येक गुठीका फरक-फरक जिम्मेवारी हुन्छन्। ती फरक जिम्मेवारीको कार्यसम्पादनले नै जात्रालाई परम्परागत मूल्य र मान्यताअनुसार सम्पन्न गर्न मद्दत गर्दछ। यो जात्रा कहिलेदेखि कसरी सुरू भयो भन्ने सन्दर्भमा jmुनै इतिहास, अभिलेख jmेही पनि पाइएको छैन। jmेवल अनादिकालदेखि पुर्खाको गौरवमय पहिचानको पाटोका रूपमा यस जात्रालाई लिन सकिन्छ। त्यस्तै, स्थानीयवासीको बेग्लै सांस्व[mतिक उत्सवका रूपमा पनि यो कालेश्वर महादेव जात्रा हर्ष र उल्लासले मनाइने गरिन्छ।

  • [१]—बलिपूजाविनाको जात्रा:ज्ञानेन्द्र विवश

श्रेणी:समाज]]