कुर्दिस्तान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

निर्देशाङ्क: ३७°००′ उत्तर ४३°००′ पूर्व / ३७.०००° उत्तर ४३.०००° पूर्व / 37.000; 43.000

Kurdistan
کوردستان
Kurdish-inhabited area by CIA (1992) box inset removed.jpg
Kurdish-inhabited areas (1992)
Language Kurdish
Location Upper Mesopotamia, and the Zagros Mountains, including parts of Eastern Anatolia Region (Armenian Highlands) and southeastern Anatolia, northern Syria, northern Iraq, and the northwestern Iranian Plateau.[१]
Parts Northern Kurdistan
Southern Kurdistan
Eastern Kurdistan
Western Kurdistan
Countries  टर्की
 इराक
 इरान
 सीरिया
Area (est.) 190,000–390,000 km²–500,000 km²
74,000–151,000 sq. mi[स्रोत नखुलेको]
Population 36.4 million (2016 estimate)[२][३]ढाँचा:Original research inline
Largest cities Erbil (Hawler)
Diyarbakır (Amed)
Kermanshah (Kirmashan)
Kirkuk (Kerkuk)
Sulaymaniyah (Slemani)
Urfa (Riha)
Sanandaj (Sine)
Van (Wan)
Internet TLD .krd

३,९२,००० बर्ग किलोमिटर क्षेत्रफल ओगटेको र २०१४ को अनुमानित तथ्यांक अनुसार २ करोड ८० लाख ( टर्की , इरान , इराक र सिरिया सबै मिलाउँदा ) लाइ आफ्नो छातीमा बास दिएको विश्व मानचित्र मा पचिम एसिया मा देखिने तर पश्चिमा हरु ले मध्य पुर्ब भन्ने गरेको त्यो भुमि ले भने बास्तबिकता मा कहिल्यै स्वतन्त्रता को श्वास लिन पाएन । । ककेसस को दक्षिण र जाग्रोस को उत्तर को पर्बतिय इलाका मा बसोबास गर्ने कुर्द हरु को आफ्नै भाषा , संस्कृति , भूगोल र इतिहास हुँदा हुँदै पनि कुर्द हरु को भुमि ले एउटा संस्कृतिक तथा भाषिक समुदायको रुप मा भन्दा बढी राष्ट्रिय राज्य को हैसियत कहिल्यै पाउन सकेन ।

उत्पत्ति[सम्पादन गर्ने]

कुर्द हरु को उत्पत्ति कहाँ भयो अथवा कहाँ बाट उनीहरु को बसोबास त्यस क्षेत्र मा हुन् पुग्यो भन्ने बारेमा सबै को एक मत देखिदैन । कोहि इतिहासकार हरु कुर्द हरु को पहिलो बस्ति अहिले को इरान को उत्तर पश्चिमी भाग मा रहेको महाबाद क्षेत्र मा उर्मिया ताल को पुर्ब र दक्षिणी किनारा मा भएको मान्दछन । कालान्तर मा यो ठाउँ साइरस द ग्रेट र दारियास प्रथम को नेतृत्व मा पर्सियन साम्राज्य अन्तर्गत पर्न आयो । कोहि इतिहासकार हरु को मत मा बर्तमान टर्की को सुदुर पुर्बी Diyarbakır प्रान्त को भान ताल वरिपरि को भूभाग मा रोमन साम्राज्य को सम्प्रभुता लाइ स्वीकारेको Corduene भन्ने अधिराज्य थियो , त्यो नै बर्तमान कुर्द हरु संग सम्बन्धित हुनुपर्छ , भन्ने छ । आखिर इतिहासकार हरु को भनाइ मा भिन्नता पाइए पनि कुर्द हरु अहिले बसोबास गरिरहेको क्षेत्र पुर्बी टर्की देखि पश्चिमी इरान सम्म कै आदिबासी हुन् भन्ने मा दुइमत रहेन ।

कुर्दिश समाज धेरै समुदायहरु को मिश्रण बाट बनेको भन्ने बिश्वास गरिन्छ । यिनी हरु मध्ये Lullubi, Guti, Cyrtians, Carduchi, Hurrian, Mannai र Armenians प्रमुख हुन् भन्ने समाजशास्त्री हरु को भनाइ छ । त्यसैले सबैको साझा भाषा कुर्दिश नै भएतापनि बोलि मा भने बिबिधता पाइन्छ । कुर्दिश भाषा को जरो भने फारसी भाषा संग जोडिन्छ भन्छन भाषाविद हरु ।

इतिहास[सम्पादन गर्ने]

पशुपालन गरेर बसेका कुर्द हरु माथि सन् ६४१ मा एक अरब युद्धसरदार Utba ibn Farqad ले आक्रमण गरि उनीहरु को मुख्य केन्द्र Adiabene कब्जा गरे पछि कुर्द हरु का दुर्दशा शुरु भए । पहिला का प्राकृतिक धर्म का अनुयाई कुर्द हरु माथि इस्लाम धर्म लादियो । अहिले बहुसंख्यक कुर्द हरु इस्लाम को सुन्नी सम्प्रदाय संग जोडिएका छन् , तर उनीहरु मा कट्टरपन्थ को गन्ध पाइदैन । करिब २० % कुर्द हरु सिया सम्प्रदाय का छन् भने सुफी मतवाला पनि नभएका होइनन । त्यसैगरी अल्पसंख्यक को रुपमा याजिदी , क्रिश्चियन र यहुदी धर्म मान्ने कुर्द हरु पनि छन् । तर धार्मिक खिंचातानी को कुनै प्रभाब देखिन्न कुर्दिश समाज मा ।

अरब युद्ध सरदार ले कुर्दिश भुमि कब्जा गरे पछि कैयौं शताब्दी सम्म उनि हरुले अरब हरु को बिरुद्ध बिद्रोह गर्दै रहे , तर सबै बेकार भयो । उनीहरु बिस्तारै पश्चिमी दिशा तर्फ बसाइ सर्दै जान थाले । पहिले पश्चिमी टर्की मा अनि पछि त्यहाँ बाट पनि पश्चिम युरोप र पश्चिमी गोलार्द्ध सम्म उनि हरु पुगे । अहिले उनीहरु को मूल थलो भन्दा बाहिर ठुलो संख्या मा जर्मनी मा बसोबास गरिरहेको अवस्था छ ।

दशौँ शताब्दी को दोश्रो आधा अबधि मा बैजेण्टाइन साम्राज्य लाइ इस्लामिक क्यालिफ़ेट ले ओझेल मा पारेको र क्यालिफ़ेट स्वयम् कम्जोर हुँदै गएको अवस्था मा कुर्द हरु ले पनि साना साना रजौटा हरु खडा गर्न सफल भएको इतिहास मा उल्लेख छ । ११५० को आसपास मध्य एशिया बाट आएका सेल्जुक तुर्क ( मंगोल ) जाति ले इरान र बगदाद क्यालिफ़ेट लाइ अधिन मा पार्दै कुर्द हरु का साना साना रजौटा हरु पनि कब्जा नगरेको भए यिनै रजौटा मध्ये कुनै शक्तिसाली रजौटा ले कुर्दिस्तान को एकीकरण गर्न सक्थ्यो होला भनि कुर्दिश इतिहास मा उल्लेख गरेको पाइन्छ । मंगोल हरु , जसलाई त्यस क्षेत्र मा सेल्जुक तुर्क हरु भनियो को पतन पछि फेरी कुर्द रजौटा हरु को उदय भएको Sharaf al-Din Biltisi ले १५९७ मा लेखेको इतिहास ले बताउँछ । तर ति रजौटा हरु ले ओट्टोमन साम्राज्य को अर्ध औपनिबेसिकता स्वीकारेको बताइन्छ । ओट्टोमन काल मा कुर्द हरु लाइ व्यापक रुपमा बलात बसाइ सराइ को लागि बाध्य परियो । कैयौं लाइ ओट्टोमन हरु को प्रतिद्वन्दी Safavids को सिमाना मा पठाइयो भने धेरै लाइ इरान तर्फ धपाइयो । यी दुइ साम्राज्य को आपसी प्रतिष्प्रर्धा मा कुर्द हरु ले एक हुने मौका गुमाउदै गए । यो क्रम प्रथम विश्वयुद्ध को अन्त्य सम्म रह्यो ।

प्रथम विश्वयुद्ध[सम्पादन गर्ने]

प्रथम विश्वयुद्ध मा टर्की जर्मनी र अष्ट्रिया को तर्फ बाट युद्ध मा सामेल भएको थियो । तर विश्वयुद्धमा जर्मनी को समुह पराजित भए पछि टर्की को ओट्टोमन साम्राज्य को पनि पतन भयो । ओट्टोमन साम्राज्य को अबधि मा कुर्द हरु एकत्रित त हुदै थिए तर पूर्ण रुपमा घुलमिल भने भैसकेका भने थिएनन् । १८८० मा आएर कुर्द हरु ले स्वतन्त्र राज्य को माग राख्दै Sheik Ubeydullah को नेतृत्व मा बिद्रोह गरे । तर ओट्टोमन सुल्तान Abdul Hamid ले कुर्द हरु का मुख्य मुख्य नेता हरु लाइ साम्राज्य को मुख्य पद हरु मा नियुक्त गरेर बिद्रोह लाइ थामथुम पारे । त्यत्ति मात्र नभई टर्किस सेना मा कुर्दिश रेजिमेन्ट नै खडा गरि विश्वयुद्ध मा सामेल गराए ।

विश्वयुद्ध को समाप्ति पछि १९१९ मा भएको भर्साइल्स को सन्धि समारोह मा कुर्द हरु ले पनि आफ्नो स्वतन्त्रता चाहना पुरा भैहाल्छ कि भनेर प्रतिनिधिमंडल पठाएका थिए । भर्सेलिजको सन्धि खास गरि पराजित जर्मनी संग सम्बन्धित थियो ।

ब्रिटेन , फ्रान्स र इटालीको गोप्य योजना[सम्पादन गर्ने]

जर्मनीको सहयोगी ओट्टोमन टर्की को भबिष्य को बारेमा बिजयी शक्तिहरु ( ब्रिटेन , फ्रान्स र इटाली ) ले सन् १९१५ देखि नै अलग्गै गोप्य योजना तर्जुमा गरि सकेका थिए ( हेर्नुहोस Sykes–Picot Agreement ) । यसै अनुसार १० अगष्ट १९२० मा फ्रान्स कै Sèvres भन्ने ठाउँ को टायल कारखाना मा उनीहरु र पराजित ओट्टोमन टर्की बीच अर्को सन्धि गरे । यो सन्धि ले ओट्ट्मन साम्राज्य अन्तर्गत को कुर्दिश बहुल क्षेत्र लाइ सिमित स्वतन्त्रता सहित को कुर्दिस्तान लाइ मान्यता प्रदान गर्यो । तर टर्की का राष्ट्रबादी हरु यो निर्णय बाट आगो भए । उनीहरु ले Mustafa Kemal Ataturk को नेतृत्व मा बिद्रोह गरे र १९२२ मा त्यहाँ को सल्तनत नै समाप्त भएर गणतन्त्र कायम भयो । गणतन्त्र टर्की ले कुर्दिश हरु को सम्बन्ध मा भएको Sèvres निर्णय लाइ स्विकारेन । अनि १९२३ को २४ जुलाई का दिन गणतन्त्र टर्की र विश्वयुद्ध का बिजयी शक्ति हरु को बीच मा स्विट्जर्ल्याण्ड को Lausanne मा अर्को सन्धि भयो । उक्त सन्धि ले इराक र सिरिया लाइ क्रमश ब्रिटेनफ्रान्स को जिम्मा लगायो । इरान र टर्की को सिमाना अहिले जुन अवस्थामा जे छ ,त्यहि सन्धिको परिणाम हो । यसरि कुर्दिस्तान फेरी विश्व मानचित्र बाट ३ बर्ष कै अल्पकाल मा बिलायो र कुर्द हरु कमसे कम ४ देश ( टर्की , इरान , इराक र सिरिया ) मा विभाजित हुन बाध्य पारिए ।

त्यस पछि का ८० बर्ष सम्म मा कुर्द हरु बाट भएका हरेक स्वतन्त्रता प्राप्ति का संघर्ष हरु क्रुरता पुर्बक दबाइदै आएका छन् चारै देश हरु ले । लगभग ८० लाख कुर्दिश आवादी रहेको इरान मा पूर्ण स्वतन्त्रता को लागि नभई अधिक स्वायत्तता को लागि संघिय प्रदेश को माग गर्दै ९० को दशक सम्म हतियार बन्द आन्दोलन नै भैरहेको थियो । तर करिब ५० % कै हाराहारी मा विभिन्न अल्पसंख्यक जाति हरु भएको इरान को केन्द्रिय सरकार ले अरु जाति हरु ले पनि यस्तै माग गर्ने र देश बिखन्डन को दिशा तर्फ जान सक्ने त्रास को कारण ले इस्लामिक रिपब्लिकन गार्ड लगाई नराम्रो संग दबाइदियो । कुर्दिश भाषा को जरो फारसी भाषा नै भएको , कुर्दिश हरु पर्सियन समाज मा राम्ररी घुलमिल हुन् सकेको , सेना र सरकारी उच्च पद हरु मा पनि कुर्दिश हरु पुग्न सफल भएको , राजनैतिक क्षेत्र मा समेत कुर्द हरु को पहुँच बढ्दै गएको , कुर्दिश भाषा मा पत्रपत्रिका व्यापक रुपमा निस्कन थाल्नु को अलाबा पाठ्यक्रम मा समेत समेटिएको कारण ले कुर्द हरु आफ्ना पुराना माग हरु छोडेर साना तिना सुधार मै चित्त बुझाएर जिबनस्तर उकास्दै इरानी समाज को मुलधार संग सहअस्तित्व कायम गरेर बस्ने अवस्था मा पुगेको खुलाशा ३ डिसेम्बर २०१४ को Financial Times ले नै लेखेको छ ।

सिरियाली कुर्द[सम्पादन गर्ने]

सिरिया को कुल जनसंख्या को करिब १० % ( करिब २२ लाख ) हिस्सा ओगटेका कुर्दहरुमाथि को अत्याचार इरान को तुलना मा ठुलो थियो । प्रथम विश्वयुद्ध पछि फ्रेन्च हरु को अधिन मा गएको सिरियामा फ्रेन्च सरकारले ” फुटाउ र राज गर ” नीति अन्तर्गत अल्पसंख्यक हरु लाइ राम्रै अधिकार उपभोग गर्न दिएको थियो । उनीहरु लाइ सेना मा , प्रसासन मा, राजनीति मा समेत सरिक गराएको थियो । तर सन् १९४६ मा स्वतन्त्रता मिले पछि भने लगातार को सैनिक बिद्रोह को कारण ले गर्दा नागरिक अधिकार खुम्चिदै गयो । यस्तो अवस्था मा अल्पसंख्यक हरु ले झन् स्वतन्त्रता पाउने कुरै भएन । यस्तै मा २३ अगष्ट १९६२ मा सिरिया सरकार ले कुर्द बहुल जजिरा प्रान्त मा बिशेष जनगणना लिने बहाना मा १लाख २० हजार भन्दा बढी कुर्द हरु लाइ सिरियन परिचय पत्र को रजिष्टर गर्न वा नबिकरण गर्न भनेर परिचय पत्र छिनेर लियो । तर बदला मा उनीहरु ले सरकार बाट केहि पाएनन् , बरु तिनीहरु लाइ सुचिकृत नभएका गैह्र सिरियाली को दर्जा मा झारिदियो । राज्य को आँखा मा अब तिनीहरु को अस्तित्व मेटियो ।उनीहरुले काम गर्न , शिक्षा लिन , सम्पत्ति राख्न , राजनीति मा सामेल हुन् , यहाँ सम्म कि बिबाह समेत गर्न नपाउने र चाड पर्ब हरु मा आफ्नो सामाजिक परम्परा अनुसार को कपडा लगाउन समेत बन्देज गरियो । मार्च १९८६ को नौरोज प्रदर्शन मा भएको गोलाबारी यसको उदाहरण हो । उनीहरु को सम्पत्ति सबै अरब हरु लाइ वितरण गरेर अरबिकरण गरियो । १९७३ मा उनीहरु को पुर्ख्यौली थलो बाट उठाएर दक्षिण को मरुभूमि मा जान उनीहरु लाइ भनियो , तर सबै गुमाएका उनीहरु जान मानेनन् ।

” अरब बशन्त ” शुरु भएपछी ४ फेब्रुअरी २०११ मा देश को उत्तर पुर्बी भाग मा भएको १ दिने सांकेतिक समर्थन को भेला मा कुर्द हरु को राम्रो उपस्थिती रहेको थियो । त्यसको लगत्तै ७ फेब्रुअरी को दिन एकजना नकाबधारी ले सिरियाली कुर्दिश नेता Mashaal Tammo को गोलि हानि हत्या गरिदियो । उनको शबयात्रा को जुलुस मा समेत सरकार ले गोलीबारी गरि कमसेकम ५ जना को ज्यान लियो । यसले झन् कुर्दिश हरु लाइ संगठित रुप ले प्रतिकार गर्ने उर्जा प्रदान गर्यो । कुर्दिश हरु ले लगातार प्रदर्शन गर्दैरहे र उनीहरु ले १२ जुन २०१२ मा सिरियन कुर्दिश नेसनल काउन्सिल गठन गरेर आफ्नो आन्दोलन लाइ अगाडी बढाए । त्यस पछि का आन्दोलन हिंसात्मक हुन् पुगे पछि १२ जुलाई मा नेसनल काउन्सिल ले कुर्दिश डेमोक्र्याटिक युनियन ( जो एक शसस्त्र संगठन थियो ) संग परस्पर सहयोग गर्ने सहमति कायम गरि kurdish Protection Committee गठन गरि कुर्दिश क्षेत्र को प्रसासन आफ्नो हात मा लियो । तत्पश्चात देखि kurdish Protection Committee को सैनिक शाखा YPG ले कुर्दिश जनता को सुरक्षा को जिम्मा लिएको छ । सिरियाली गृहयुद्ध को शुरु को २ बर्ष सरकार को साथै ISIS लगायत सबै प्रकार का दुश्मन हरु संग भिडे । सरकार ले कुर्द हरु को माग प्रति सहानुभूति देखाए पछि भने सिरियन कुर्द हरु को लडाईं ISIS , Jabat Al Nusra र अन्य यिनीहरु का सहयोगीहरुसंग केन्द्रित हुन् पुग्यो । २०१५ को जनवरी मा YPG का छापामार हरु ले Kobane भन्ने टर्की संग जोडिएको शहर लाइ ISIS को घेराबन्दी बाट छुटाएका थिए । बास्तवमा सिरियाली कुर्द हरु सिरिया भित्रै स्वायत्तता खोजिरहेको देखिन्छ ।

इराकी कुर्द[सम्पादन गर्ने]

इराकी कुर्द हरु ले पाएको दुख्ख झनै ठुलो छ । इराकको कुल जनसंख्या को लगभग २०% ( करिब ६० लाख ) कुर्द हरु देश को तिन प्रान्त हरु मा अधिक संख्या मा बसोबास गर्दै आइरहेका छन् । त्यस भन्दा बाहिर किर्कुक , मोसुल , खानाकिन र बग्दाद जस्ता ठुला शहर मा पनि कुर्द हरु को उपस्थिती उल्लेख्य मात्रा मा छ । १९६० देखि मुस्ताफा बर्जानी को नेतृत्व मा इराकी कुर्द हरुले बग्दाद बिरुद्ध भिषण लडाईं लडे । मार्च १९७० मा ४ बर्ष भित्र मा कुर्द हरु लाइ स्वायत्तता दिने गरि इराक सरकार ले एउट योजना प्रस्तुत गर्यो । तर त्यसै समय मा किर्कुक तथा खानाकिन जस्ता तेल का धनि क्षेत्र हरु मा अरबिकरण गर्न शुरु गर्यो , जसको कुर्द हरु बाट घोर बिरोध भयो । त्यसैले शान्ति बार्ता अगाडी बढन सकेन र इराकी सेना ले कुर्द हरु माथि पुन : आक्रमण शुरु गर्यो । मार्च १९७५ मा इरान र इराक बीच अल्जियर्स मा एउटा सम्झौता भयो , जस अन्तर्गत इरान ले इराकी कुर्द हरु लाइ सबै खाले आपूर्ति बन्द गर्ने भयो । यसै मौका लाइ छोपेर इराक ले अरबिकरण लाइ अझै तिब्र पारि कुर्दिश क्षेत्र सम्म पुर्यायो । १९७५ देखि ७८ सम्म मा दुइ लाख भन्दा बढी कुर्द हरु लाइ देश को अन्य क्षेत्र तर्फ बलजफ्ती धपायो । असि को दशक मा भएको इरान संग को युद्ध मा इराकी कुर्द हरु को सहानुभूति इरान तर्फ भएको कारण देखाई बग्दाद सरकार ले इराकी कुर्द हरु को व्यापक कत्लेआम गर्यो । करिब दुइ हजार कुर्दिश गाउँ हरु हरु पुरै जलाइदियो भने ५० हजार देखि १ लाख को संख्या मा कुर्द हरु लाइ मरेको अनुमान गरिन्छ । हजारौं लाइ मध्य इराक तर्फ स्थानान्तर हुन् बाध्य समेत पार्यो । यत्तिकै मा यो कार्य थामिएन । १९९१ मा पुन: कुर्दिश बिद्रोह भयो , तर बग्दाद ले निर्दयता पुर्बक पुन दबाइदियो र कुर्द हरु लाइ अझै उत्तर तर्फ धकेलिन बाध्य पार्यो ।

१९९१ को बिद्रोह असफल भै कुर्द हरु अझै सानो इलाका भित्र खुन्चिनु परेको भएता पनि पश्चिमी गठबन्धन ले इराकी कुर्दिस्तान लाइ ” उडान निषेध क्षेत्र ” घोषणा गरि दिएकोले सद्धाम हुसेन को सरकार ले अरु दमन गर्न पाएन । र कुर्द हरु ले सो क्षेत्र मा स्वशासन को स्वाद चाख्न पाए भन्छ बिबिसी २१ अक्टोबर २०१४ को समाचार मा । २००३ मा सद्धाम हुसेन लाइ अपदस्थ गर्ने गरि भएको दोश्रो अमेरिकी आक्रमण पश्चात उत्तरी इराक का दोहुक , इर्बिल र सुलेमनिया प्रान्त मा कुर्द हरु को पूर्ण स्वशासन कायम हुन् गएको छ भने केन्द्र मा समेत राजनीति तथा प्रशासन मा महत्वपुर्ण साझेदारी पाएका छन् । इराकी कुर्द हरु पूर्ण स्वतन्त्रता को पक्ष मा भए पनि अल्लि हतार पो हुने हो कि भन्ने भय को कारण ले स्वतन्त्रता को घोषणा गर्न इराकी कुर्द हरु गहिरो सोच मा परेको बताउछन American University of Cairo.का प्रोफेसर तथा मध्यपुर्ब सम्बन्धि विश्लेषक Firas Al-Atraqchi ९ जुलाई २०१४ को अल जजिरा मा ।

टर्किश कुर्द[सम्पादन गर्ने]

कुर्दिश हरु माथि भएको अत्याचार अरु तिन देश को तुलना मा टर्की मा बढी देखिन्छ । CIA Factbook का अनुसार सम्पूर्ण कुर्दिश जनसंख्या को आधा र टर्की को कुल जनसंख्या को करिब २० % ( करिब १ करोड ५० लाख ) कुर्द हरु टर्किश कुर्दिस्तान मा बसोबास गर्दछन र मुख्यतया पुर्बी तथा दक्षिण पुर्बी टर्की यिनी हरु को मूल थलो हो । सन् १९१५ देखि १९१८ सम्म उनीहरु ले आफ्नो क्षेत्र बाट ओट्टोमन शासन को अन्त्य हुनुपर्ने माग राख्दै बिद्रोह गरेका थिए । प्रथम विश्वयुद्ध को समाप्ति पछि को पेरिस शान्ति सम्मेलन मा तत्कालिन अमेरिकी राष्ट्रपति Woodrow Wilson को सहयोग ले कुर्द हरु ले गैह्र टर्किश जाति हरु को लागि स्वतन्त्र भुमि को माग गरेका थिए । तर ब्रिटेन र फ्रान्स को हस्तक्षेप को कारण ले गर्दा त्यो माग त पुरा भएन तर त्यो भन्दा अल्लि तल्लो स्तर को स्वायत्त प्रदेश को व्यवस्था भने १९२० को Sèvres को सन्धि ले स्वीकार्यो । तर त्यो हैसियत पनि १९२३ को Lausanne मा भएको अर्को सन्धि ले खारेज गरिदियो र टर्किश कुर्दिस्तान टर्की को केन्द्रिय शासन अन्तर्गत नै आयो । कुर्द हरुले सोहि कारण ले १९२५ देखि ३० सम्म गरेको बिद्रोह लाइ टर्किस सेना ले निर्ममता पुर्बक दबाइ दियो । यी घटना हरु को फलस्वरूप टर्की मा कुर्दिश परिचय नै संकट मा पर्न गयो । सरकारी तवर मै कुर्द हरु लाइ कुर्द नभनेर ” पर्बतिय तुर्क ” भनिन थालियो ।उनीहरु को भाषा लाइ अबैध घोषित गरियो ।घर मा बाहेक बाटो मा कुर्दिश भाषा बोलेको भेटिएमा सजाय हुने प्रबन्ध समेत गरियो ।

टर्की मा १९२३ मा गणतन्त्र स्थापना भए यता समय समय मा कुर्दिश जनता हरु हरु को आम नरसंहार हुदै आएको मानवाधिकार सम्बन्धि अन्तर्राष्ट्रिय संगठन हरु को दाबि छ । उदाहरण को लागि १९२३ को नरसंहार ( १३,००० भन्दा बढी कुर्द हरु मारिएको र ११,००० भन्दा बढी लाइ देश निकाला गरिएको ) १९२७ को माउन्ट अरारत नरसंहार ( ४७,००० कुर्द हरु मारिएको ) १९३० को ज़िलन नरसंहार ( ४०,००० जना कुर्द हरु मारिएको ) लाइ उनीहरु ले प्रतिनिधि घटना को रुपमा प्रस्तुत गरेका छन् । टर्किस सेना को PKK ( Partiya Karkerên Kurdistan ) संग को संघर्ष मा कुर्दिश इलाका मा खद्ध्यान्न को नाकाबन्दी लगाएको , जबर्जस्ति कुर्दिश गाउँले हरु लाइ आफ्नो थलो छाड्न बाध्य पारेको , ३,००० भन्दा बढी कुर्दिश गाउँ हरु लाइ आगो लगाई नष्ट पारिदिएको , लगभग ४ लाख कुर्द हरु लाइ बेपत्ता पारेको समेत मानवाधिकार बादी हरु को रिपोर्ट मा पाइन्छ ।

१९९१ मा कुर्दिश भाषा माथि लागेको बन्देज त हट्यो, तर कागजमा मात्रै ।यसको प्रमाण को रुपमा सोहि साल Layla Zana नाम गरेकी कुर्दिश मूल कि एक संसद सदस्य ले आफ्नो सपथ ग्रहण मा अन्तिम बाक्य कुर्दिश भाषा मा बोल्दा ” पृथकताबादी, आतंककारी, यस लाइ गिरफ्तार गर ” भन्ने नारा अन्य संसद सदस्य हरु ले लगाएका लाइ लिन सकिन्छ । यद्ध्यापी उनको साम्सद पद ले उनलाई तत्काल को लागि जोगाएता पनि सन् १९९४ मा उनले आफ्नो पुरानो पार्टी परित्याग गरि नयाँ पार्टी मा प्रवेश गर्दा उनको पद गएकोले तत्काल उनलाई पक्राउ गरि देश द्रोह को अभियोग मा १५ बर्ष जेल सजाय सुनाइएको थियो । कुर्द हरु माथि भएको दमन को कारण देखाएर सन् १९९२ मा नेल्सन मन्डेला ले टर्की को सबै भन्दा ठुलो अवार्ड अतातुर्क शान्ति अवार्ड नै ग्रहण गरेनन । टर्की को कुर्दिस्तानी भूभाग लाइ स्वतन्त्र देश बनाउन शुरु देखि नै कुर्दिश हरु लागि परिरहेको तथ्य हरु माथि नै पस्कि सकिएको छ । अहिले यस को नेतृत्व कुर्दिश वर्कर्स पार्टी ( PKK,Partiya Karkerên Kurdistan ) ले गरिरहेको छ । उनीहरु को लडाईं आत्मनिर्णय को अधिकार को लागि राजनैतिक तथा सांकृतिक स्वतन्त्रता लिन को लागि थियो । बास्तव मा यो माग ठ्याक्कै पृथक देश निर्माण को लागि भन्ने अर्थ मा लिन सकिदैन । तापनि टर्किस सरकार को भारि दमन र र उसका सहयोगी इयु , नाटो तथा अमेरिका ले PKK लाइ आतंककारी संगठन घोषणा गर्दै उसका गतिबिधि माथि प्रतिबन्ध लगाउनु का साथै सम्पत्ति समेत रोक्का गरिराखेको अवस्था छ । तर यु.एन.ओ., रुस, चिन र भारत जस्ता शक्तिशाली देश हरु ले त्यो स्वीकारेका छैनन् । PKK का नेता Abdullah Ocalan को सन् १९९९ मा केनिया बाट गिरफ्तारी ( अमेरिका र इजरायल को सहयोग मा ) भएता पनि कुर्दिश हरु ले आफ्नो संघर्ष त्यागेका थिएनन् । २०१३ को संसदीय चुनाव लाइ ध्यान मा राखी हाल का टर्किश राष्ट्रपति रिसेप तैयाप इर्दोगान ले एउटा चाल चले । उनले केहि छुट सहित PKK संग युद्ध बिराम गरे । तर ISIS संग युद्ध शुरु भएकै भोलिपल्ट २५ जुलाई २०१५ का दिन टर्किश सेना ले कुर्दिश इलाका मा हवाई आक्रमण गरि युद्ध बिराम भंग गर्यो ( हेर्नुहोस २६ जुलाई २०१५ को The Economist ) । बास्तव मा ISIS एउटा निहु मात्र थियो र कुर्द हरु लाइ सखाप पार्ने दाउ मा टर्किस सरकार समय कुरेर बसेको मात्र थियो भन्न सकिन्छ हिजो आज का उसका गतिबिधि नियाल्दा ।

टर्किश सरकार को दमनकारी नीति को कारण ले सायद PKK अब को ब्यबस्थापन मा पूर्ण स्वायत्तता मै मात्र सिमित नरहन सक्तछ । किनभने यस पटक को संघर्ष मा सिरियन कुर्द तथा इराकी कुर्द हरु पनि पूर्ण स्वतंत्रता को पक्ष मा रहेको पाएको छ । इराकी कुर्द हरु संग को PKK को वैमनस्यता साङ्घुरिएको बताउँछ फेब्रुअरी २१ २०१५ को The Economist भने सिरियन कुर्द हरु शसस्त्र साखा YPG लाइ त PKK कै सिरियन साखा नै मान्ने गरिन्छ । अन्तर्राष्ट्रिय समुदाय बाट पनि राम्रै सहानुभूति पाइरहेको महशुस गरेको छ । अहिले को मध्य पुर्ब को संघर्ष मा कुर्द हरु मुख्य खेलाडी को रुप मा देखा परि सकेका छन् ।

ISIS लाइ पराजित गरिसके पछि पनि तुरुन्तै संयुक्त कुर्दिस्तान को पूर्ण स्वतन्त्रता सम्भब देखिदैन । किनभने पहिलो त इरानी कुर्द हरु को राय यस किसिम को ब्याबस्थापन मा कस्तो छ , अहिले सम्म स्पष्ट भएको छैन । इरानी कुर्दिस्तान लाइ बाहिर राखेर संयुक्त कुर्दिस्तान को निर्माण हुन् सक्तैन । दोश्रो कुर्दिस्तान एउटै देश को हिस्सा भएको भए सम्भब पनि हुन्थ्यो होला , जसरि सर्बिया बाट कोसोभो र सुडान बाट साउथ सुडान लाइ स्वतन्त्र देश को रुप मा अलग पार्न सम्भब भयो । कुर्द हरु ४ देश मा सदियौं देखि बसोबास गरेका हुँदा उनीहरु को आन्दोलन पनि सम्बन्धित देश मा भिन्न भिन्न परिवेश र समय मा भिन्न भिन्न तरिका ले उठ्यो , उनि हरु को बीच मा अन्तर सम्बन्ध हुन् सकेन । ISIS को विध्वंश उठे पछि मात्रै इराक , सिरिया र टर्की का कुर्द हरु बीच अलिअलि सहकार्य हुन् थालेको मात्रै हो । इरानी कुर्द हरु अझै समेटिएका छैनन् । एकीकृत कुर्दिस्तान को निर्माण गर्दा सम्पूर्ण मध्यपुर्ब को पुन: रेखांकन गर्नु पर्ने हुन्छ , जसले त्यस क्षेत्र मा बिशाल हलचल ल्याउनेछ । तेश्रो सबै देश मा आन्दोलन को उचाइ समान छैन । यो सम्बन्धित सरकार हरु को तत्कालिन अवस्था को कारण ले सिर्जना भएको हो । इराक को केन्द्रिय सरकार निकै कम्जोर भएको र सिरिया को सरकार लगभग कोल्याप्स हुने अवस्था मा पुगेकोले इराकी कुर्द हरु करिब करिब स्वतन्त्र देश कै हैसियत मा पुगेका छन् , सिरियन हरु अझै पुग्न बाकि छ । तर टर्किश कुर्द हरु को दुख्ख का दिन सकिन अझै धेरै बाकि छ । उता इरानी कुर्द हरु को कुनै मुभमेन्ट सतह मा छैन । चौथो महत्वपूर्ण तथ्य इराकी कुर्द हरु लाइ पश्चिमी शक्ति हरु को पूर्ण समर्थन छ भने PKK लाइ उनीहरु ले आतंकबादी को सुची मै राखेका छन् । पाँचौ आर्थिक श्रोत ले सम्पन्न इराकी कुर्द हरु आफु भन्दा मजबुत PKK ले भबिष्य मा बन्ने स्वतन्त्र संयुक्त कुर्दिस्तान को नेतृत्व लिने सम्भावना बाट पक्कै त्रसित भएको हुनुपर्छ । छैटौं इराक र सिरिया लाइ तोड्न अमेरिकी हरु मन्जुर हुन् सक्छन , तर आफ्नो प्रतिद्वन्दी रुस लाइ भूमध्य सागर र अरब जगत मा निर्बाध रुप ले आवतजावत गर्न मा बाधा पुर्याउने हेतु ले सेन्ट्री को काम गरिरहेको नाटो राष्ट्र टर्की लाइ टुक्र्याउन पक्कै रुचाउने छैनन् । सातौँ PKK ले लिएको मार्क्सवादी विचारधारा पनि एकीकृत कुर्दिस्तान को बाधा को रुप मा आउन सक्छ । Ceylan Ozbudak नाम कि टर्किश राजनैतिक बिश्लेषक , टिभी प्रस्तोता तथा एनजीओ कर्मी १८ अक्टोबर २०१४ को अंग्रेजी भाषा को Al Arabiya Middle East विचारप्रधान ब्लग मा PKK जस्तो मार्क्सवादी लेनिनबादी संगठन को अगुवाई मा कुर्दिस्तान बन्यो भने टर्की को लागि मात्र होइन पुरै पश्चिमी जगत लाइ थ्रेट हुने कुरा लेख्छिन ।

यी र यस्ता कारण हरु को सुची अझै लामो हुन् सक्छ , जो स्वतन्त्र संयुक्त कुर्दिस्तान को निर्माण मा तगारो बनेर बसेका छन् । स्वतन्त्र र संयुक्त कुर्दिस्तान प्रथम विश्वयुद्ध को समाप्ति पछि एकदम सम्भब थियो । चेकोस्लोभाकिया , युगोस्लाभिया जस्ता देश हरु युरोप मा बन्दा मध्यपुर्ब मा कुर्दिस्तान पनि बन्न सक्थ्यो । किनभने त्यो समय मा कुर्दिस्तान को इरानी भाग बाहेक बाँकी सबै ओट्टोमन साम्राज्य अन्तर्गत थियो , जो युद्ध मा पराजित भएको थियो । तर साम्राज्यबादी हरु को षडयन्त्रकारी भूमिका को कारण ले त्यो मौका खेर गयो । तसर्थ अहिले पनि कुर्द हरु को आशा पुरा हुने देखिदैन । बढी मा सम्बन्धित देश हरु कै सार्बभौमसत्ता अन्तर्गत रहने गरि अर्ध स्वतन्त्र ( Quasi – Independent । Suzerain Entities ) वा आत्म निर्णय को अधिकार सहित का संघिय प्रदेश बन्ने सम्भावना मात्र देखिन्छ ।[४]

  1. "Kurdistan – Definitions from Dictionary.com", अभिगमन मिति २००७-१०-२१ 
  2. "The Kurdish population", Fondation-Institut kurde de Paris, २० डिसेम्बर २०१६, अभिगमन मिति २०१७-१०-१५ 
  3. A rough estimate by the CIA Factbook has populations of 14.5 million in Turkey, 6 million in Iran, about 5 to 6 million in Iraq, and less than 2 million in Syria, which adds up to close to 28 million Kurds living in these countries (i.e. in Kurdistan proper and in other parts of the states comprising the area taken together). CIA Factbook estimates as of 2014; Turkey: "Kurdish 18% [of 81.6 million]", Iran: "Kurd 10% [of 80.8 million]", Iraq: "Kurdish 15%-20% [of 32.6 million]" Syria: "Kurds, Armenians, and other 9.7% [of 17.9 million]".
  4. http://archive.ratopati.com/aakchaar-bhityo/35141/