कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इस्कन मन्दिर

thumb|भक्तिवेदन्त स्वामी प्रभुपाद कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (इस्कन) एउटा अन्तर्राष्ट्रिय कृष्ण सचेतता समाज हो। जसलाई हरे कृष्ण र गौडिया बैष्णव भनिन्छ। [१] यो एउटा हिन्दु धार्मिक समूह हो। इस्कन सन् १९६६ मा अमेरिकाको न्युयोर्कमा भक्तिवेदन्त दर्शनका स्वामी प्रभुपादद्वारा स्थापित भएको थियो। इस्कन मन्दिर धेरै देशहरूमा अवस्थित छन्।

इतिहास[सम्पादन गर्ने]

कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (इस्कन) एउटा अन्तर्राष्ट्रीय कृष्ण सचेतता समाज हो। हालसम्म इस्कन अन्तर्गत चार सय भन्दा बढी मन्दिर,चालिस ग्रामिण समुदाय र सय भन्दा बढी साकाहारी भोजानलय निर्माण भइसकेका छन्। यसको मुख्य उदेश्य भनेको विश्वव्यापी सिद्धान्त,अध्यात्मिक समझ,एकता, शान्ति र धार्मिक सचेतता बारे पहिचान गराउनु हो। इस्कनले वेद र वैदिक शिक्षा सँगसँगै भगवत् गिता र श्रीमद् भागवत[२]को ज्ञानलाई सिकाउँछ। जस अन्तर्गत वैष्णव र भगवान कृष्ण प्रति भक्ति प्रेमको बारेमा शिक्षा पनि प्रदान गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "gaudiya baisnav", cite web, अभिगमन मिति २३ सेप्टेम्बर २०१७ 
  2. "Shreemad Vaghvata", अभिगमन मिति २५ सेप्टेम्बर २०१७