गौडिय वैष्णव सम्प्रदाय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गौडिय वैष्णव सम्प्रदायको आधारशिला चैतन्य महाप्रभुले राख्नु भएको हो।[१] चैतन्य महाप्रभुद्वारा प्रारम्भ गरिएको 'महामन्त्र नाम संकीर्तन'को प्रभाव पश्चिमी विश्वमा आज पनि व्यापक रूपमा बढ्दै गइरहेको छ।[२][३] कृष्णकृपामूर्ति श्री श्रीमद अभयचरणारविन्द भक्तिवेदांत स्वामी प्रभुपादलाई गौडिय वैष्णव सम्प्रदायको पश्चिमी विश्वमा अहिलेसम्मकै सर्वश्रेष्ठ प्रचारक मानिन्छ।[स्रोत नखुलेको]

वृन्दावनमा रहेको श्री राधा रमणको मन्दिर गौडिय वैष्णव सम्प्रदायको प्रसिद्ध मन्दिर हो। श्री गोपाल भट्ट शालिग्राम शिलाको पूजा गर्ने गर्थे। एकपटक उनलाई शालिग्रामको हात र खुट्टा भएको भए म वहाँलाई विभिन्न तरिकाले सजाउँथे र विभिन्न प्रकारका पोशाकद्वारा शृङ्गार गर्ने भनि अभिलाषा भएको थियो। भक्त वत्सल कृष्णले उनको चाहना पूरा गर्नुभयो र शालिग्रामबाट प्रकट हुनुभएको थियो।[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]