कोङ्कण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
महाराष्ट्रको कोङ्कण तटमा अवस्थित देवगड तालुक

कोङ्कण वा कोङ्कण तट भारतको पश्चिमेली समुद्री तटमा अवस्थित एक उबडखाबड क्षेत्र हो जुन उत्तरमा खम्भातको खाडीमा अवस्थित दमन जिल्लादेखि महाराष्ट्रगोवाको पश्चिमेली समुद्री तट हुँदै कर्नाटकमा अवस्थित कारवारको उत्तरमा रहेको करावलीसम्म फैलिएको छ।

परिभाषा[सम्पादन गर्ने]

भौगोलिक हिसाबले उत्तरमा दमनगङ्गा नदीदेखि दक्षिणमा गङ्गावली नदीसम्म फैलिएको भूमिलाई कोङ्कण भनिन्छ।[१]

प्राचीनकालमा सप्तकोङ्कण नामक क्षेत्र गुजरातदेखि केरलसम्म फैलिएको थियो।[२] तटीय महाराष्ट्रदेखि तटीय कर्नाटकसम्मका क्षेत्रलाई कोङ्कणमा समावेश गरिएको छ।

यद्यपि, यो खण्ड कोङ्कण र मालाबार तटको सातात्यमा अधिव्यापन हुन्छ र उक्त स्थानका उत्तरी तथा दक्षिणी क्षेत्रसँग मेल खान्छ।

शब्दको व्युत्पत्ति[सम्पादन गर्ने]

कोङ्कण तटमा पाइने नरिवलखजुरका बोट

स्कन्द पुराणको सह्याद्री खण्डमा लेखिएअनुसार परशुरामले समुद्रमा वाण हानी वरुणलाई वाण पुगेको ठाउँसम्मको पानी पछाडि सार्ने आदेश दिएका थिए। पानी पछि सरी उत्पन्न भएको नयाँ ठाउँलाई संस्कृतका "कोण" र "कण" शब्दको समासबाट "कोङ्कण" वा "सप्तकोङ्कण" भन्न थालियो।[३][४] प्रसिद्ध चिनियाँ बौद्ध भिक्षु हुयान साङले आफ्नो पुस्तकमा यस क्षेत्रलाई "कोङ्कण देश" भनेर उल्लेख गरेका थिए। वराहमिहिरको बृहत् संहितामा कोङ्कणलाई भारतमा अवस्थित एक क्षेत्रको रूपमा वर्णन गरिएको छ। पन्ध्रौँ शताब्दीका लेखक रत्नकोषले पनि कोङ्कण देशको उल्लेख गरेका छन्।[२]

भूगोल[सम्पादन गर्ने]

महाराष्ट्रको कोङ्कण क्षेत्रमा अवस्थित हिल स्टेसन र तिनलाई जोड्ने रेलमार्गको व्यवस्था मानचित्र

कोङ्कण महाराष्ट्र, गोवाकर्नाटकका पश्चिमेली तटीय क्षेत्रमा फैलिएको छ।[२] यसको पूर्व सिमानामा पश्चिमी घाट पर्वत शृङ्खला, पश्चिम सिमानामा अरब सागर, उत्तर सिमानामा दमनगङ्गा नदी र दक्षिण सिमानामा अघनाशिनी नदी रहेको छ।

गङ्गावली नदी वर्तमान कर्नाटकमा अवस्थित उत्तर कन्नड जिल्लामा बग्छ। उक्त नदीको उत्तरी तटमा कोङ्कणको दक्षिणी भाग अवस्थित छ। कोङ्कण तटअन्तर्गत कारवार, अङ्कोला, कुमठा, होनावरभटकल नगरी अवस्थित छन्।

कोङ्कण तटमा रहेको सबभन्दा ठुलो सहर महाराष्ट्रको मुम्बई हो। उत्तरदेखि दक्षिणसम्म कोङ्कण तटमा पर्ने जिल्लाहरू निम्नलिखित छन्:

कोङ्कणी लोक[सम्पादन गर्ने]

कोङ्कण क्षेत्रमा बसोबास गर्ने जनसमूहलाई कोङ्कणी लोक भनिन्छ। यस क्षेत्रमा मुख्यतः आगरी, कुणबी, कोली, मराठा, भण्डारी, महार, चमार, कुम्हार, धोबी, तेली, सुथार, गौड सरस्वत ब्राह्मण, दैवज्ञ ब्राह्मण, गोमान्तक मराठा समाज, चित्पावन, कर्‍हाडे, चन्द्रसेनीय कायस्थ, सोमवंशीय क्षत्रिय, पाठारे प्रभु, वैश्य आदि जातहरू बसोबास गर्छन्।

उत्तर तथा मध्य कोङ्कण क्षेत्रमा बस्ने आदिवासी जनजातिअन्तर्गत कातकरी, वारली तथा महादेव कोली पर्दछन्। दक्षिण गुजरात, दादरा र नगर हवेली तथा महाराष्ट्रको पालघर जिल्लामा दुबला लोक बस्छन्। पालघर जिल्लामा कोङ्कणी क्षेत्रको सर्वाधिक आदिवासी जनजाति बस्छन्। दक्षिणी कोङ्कणी क्षेत्रमा बाँदरको सिकार गर्ने आदिवासी जनजातिको बसोबास छ। गौड सरस्वत ब्राह्मण मुख्यतः गोवामा बस्छन्।

कोङ्कण क्षेत्रभरि कोङ्कणी मुस्लिम तथा नवयत जस्ता मुसलमान समुदायको बसोबास छ। रायगड जिल्लामा बेने इजरायल नामक यहुदी समाजको रहनसहन छ। उत्तरी कोङ्कण र मुम्बईमा इस्ट इन्डियन, गोवामा गोवा क्याथोलिक, उत्तर कन्नडमा कारवारी क्याथोलिक तथा उडुपी र दक्षिण कन्नडमा मङ्गलोर क्याथोलिक समाजले कोङ्कण क्षेत्रको क्रिस्तान समाज बन्छ। कोङ्कण क्षेत्रका अधिकतम मुसलमान, यहुदी तथा क्रिस्तान लोक आर्थिक अभिवृद्धि तथा सुखसुविधाका लागि मुम्बईमा बसाइ सरेका छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. भण्डारे, वसन्त रामचन्द्र (सन् १९८५), 63 Maharashtra-Karnataka border dispute: politics of manipulation, कर्नाटक: कृति प्रकाशन। 
  2. २.० २.१ २.२ सरदेसाय, मनोहरराय (सन् २०००), "The Land, the People, and the Language", A History of Konkani Literature: From 1500 to 1992, साहित्य अकादमी, पृ: १–१४। 
  3. शास्त्री गायटोण्डे, गजानन (सम्पादक), Shree Scanda Puran (Sayadri Khandha) (मराठीमा), मुम्बई: श्री कत्यानी प्रकाशन। 
  4. सतोस्कर, बी. डी., Gomantak Prakruti ani Sanskruti, भाग १ (मराठीमा), शुभादा प्रकाशन, पृ: २०६। 

बाह्य कडी[सम्पादन गर्ने]