कोप्पिल्लिल राधाकृष्णन
कोप्पिल्लिल राधाकृष्णन Koppillil Radhakrishnan | |
---|---|
जन्म | इरिन्जलकुडा, केरला | २९ अगस्ट १९४९
चिनारीको कारण | चन्द्रयान, मङ्गलयान |
पुरस्कार | पद्म भूषण (२०१४)[१] |
वैज्ञानिक करियर | |
क्षेत्र | विद्युतीय इन्जिनियरिङ र अन्तरिक्ष खोज |
कोप्पिल्लिल राधाकृष्णन[२] (जन्म २९ अगस्ट १९४९) भारतीय वैज्ञानिक हुन् । उनी सन् २०१४ को डिसेम्बर देखि भारतीय विज्ञान तथा प्राविधिक इन्जिनियरिङ संस्थानका अध्यक्ष हुन् तथा उनी भारतीय अन्तरिक्ष विज्ञान तथा प्राविधिक संस्थानका अध्यक्ष हुन् ।[३] राधाकृष्णनले यसभन्दा पूर्व भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)को अध्यक्ष पदमा रहेर सन् २००९ देखि सन् २०१४ सम्म कार्य गरेका थिए ।[४][५][६]
उनकै मार्गदर्शनमा इसरोले मङ्गलयानलाई प्रथम प्रयासमै मङ्गल ग्रहमा पुगाएर विश्वलाई अचम्भित तुल्याएको थियो ।[७][८] राधाकृष्णनको सेवानिवृत्ति पछि सन् २०१४ अक्टोबर ३० मा जी माधवन नायरले उनको स्थानमा इसरोका नयाँ अध्यक्ष भएका थिए ।
कोप्पिल्लिल राधाकृष्णनले केरल विश्वविद्यालयबाट सन् १९७० मा इलेक्ट्रिकल इन्जिनियरिङ गरेका थिए । उनी इसरोमा आफ्नो कार्यकाल विक्रम साराभाई स्पेस सेन्टर, तिरुवनन्तपुरममा एभियोनिक्स इन्जिनियरको रूपमा सन् १९७१बाट आरम्भ गरेका थिए । उनी विक्रम साराभाई स्पेस सेन्टरका निर्देशक भएर कार्य गरिसकेका छन् ।
डाक्टर राधाकृष्णनले स्वयं इसरो अध्यक्ष आफ्नो पहिलो प्राथमिकता सालको अन्तसम्ममा उड्ने जिएसएलभीको लागि स्वदेशी क्रायोजेनिक इञ्जिन तयार पार्ने बताएका थिए र आफ्नो यस उद्देश्यमा उनी सफल पनि भए ।[९] उनी भारतीय भूभौतिक सङ्घका आजीवन सदस्य हुन् र एक स्तरीय गायक र कत्थककली कलाकार पनि हुन् ।[१०] सन् २०१४ मा भारत सरकारले उनको अन्तरिक्ष विज्ञान तथा प्रविधिको क्षेत्रमा अभूतपूर्व कार्यको लागि पद्म भूषणले सम्मानित गरेको थियो ।
जीवनी
[सम्पादन गर्नुहोस्]राधाकृष्णनको जन्म केरला राज्यको थ्रिसुर जिल्लाको इरिन्जलकुडामा भएको हो । उनले आफ्नो प्रारम्भिक शिक्षा स्थानीय विद्यालयबाट गरेका थिए भने उच्च शिक्षा क्राइस्ट कलेज, इरिन्जलकुडाबाट गरेका थिए । आफ्नो प्रविणता प्रमाणपत्रसम्मको शिक्षा पश्चात उनले सन् १९७० मा सरकारी इन्जिनियरिङ कलेजबाट इलेक्ट्रिकल इन्जिनियरिङको पढाई पुरा गरे । उनी इसरोमा आफ्नो कार्यकाल विक्रम साराभाई स्पेस सेन्टर, तिरुवनन्तपुरममा एभियोनिक्स इन्जिनियरको रूपमा सन् १९७१बाट आरम्भ गरेका थिए ।
सम्मान
[सम्पादन गर्नुहोस्]कोप्पिल्लिल राधाकृष्णनलाई सन् २०१४ मा भारत सरकारले उनको विज्ञान र इन्जिनियरिङ अन्तर्गतको अन्तरिक्ष विज्ञान क्षेत्रमा अभूतपूर्व योगदानको लागि पद्म भूषण[२] ले सम्मानित गरेको थियो भने त्यसै वर्ष नेचर (जर्नल)ले सन् २०१४ डिसेम्बर १८ मा २०१४ का महत्त्व राख्ने व्यक्तित्वहरूमा स्थान दिएको थियो उनी सँगै मरयम मिर्जाखानी, राधिका नागपाल र अन्यलाई समेत यस सूचीमा राखिएको थियो ।[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "List of Padma awardees", The Hindu, २५ जनवरी २०१४, अन्तिम पहुँच २६ जनवरी २०१४।
- ↑ २.० २.१ "Isro, IISc men get top national honour", The Times of India, २६ जनवरी २०१४, अन्तिम पहुँच २६ जनवरी २०१४।
- ↑ "Board of Management", Indian Institute of Space Science and Technology, २०१३। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१६ मिति
- ↑ "ISRO gets a new chairman", Deccan Herald, २५ अक्टोबर २००९, अन्तिम पहुँच २५ अक्टोबर २००९।
- ↑ "Dr K Radhakrishnan made ISRO chief", Press Trust of India, मूलबाट २७ अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २००९। वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २००९ मिति
- ↑ "ISRO chairman K Radhakrishnan retires", Hindustan Times, Press Trust of India, ३१ डिसेम्बर २०१४, अन्तिम पहुँच ३१ डिसेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण ३१ डिसेम्बर २०१४ मिति
- ↑ "राष्ट्रपति ने ‘मंगलयान’ के सफलतापूर्वक मङ्गल की कक्षा में स्थापित होने पर इसरो को बधाई दी", पत्र सूचना कार्यालय, भारत सरकार, २४ सितंबर २०१४, अन्तिम पहुँच २५ सितंबर २०१४।
- ↑ "पहली ही कोशिश में मङ्गल तक पहुंचा भारत", नवभारत टाईम्स, २४ सितंबर २०१४, अन्तिम पहुँच २५ सितंबर २०१४।[स्थायी मृत कडी]
- ↑ "2014- अंतरिक्ष विभाग के लिए सफलता का वर्ष", पत्र सूचना कार्यालय, भारत सरकार, २ नवंबर, २०१४, अन्तिम पहुँच १९ नवंबर, २०१४।
- ↑ "Dr K Radhakrishnan made ISRO chief", Hindustan Times, २४ अक्टोबर २००९, अन्तिम पहुँच २४ अक्टोबर २००९। वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २००९ मिति
- ↑ Gibney, Elizabeth; Ledford, Heidi; Lok, Corie; Hayden, Erika Check; Cowen, Ron et al. (डिसेम्बर १८, २०१४), "365 days: Nature's 10", Nature 516 (7531): 311–319, डिओआई:10.1038/516311a।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- के राधाकृष्णनसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।