मङ्गलयान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मङ्गल कक्षित्र मिशन
Mars Orbiter Mission
भारतीय मङ्गलयान : कलाकारको अवधारणा
अभियान प्रकारमङ्गल कक्षयान
सञ्चालकइसरो
कोस्पार आइडी2013-060A
वेबसाइटमार्स अर्बिटर मिसन
अभियान अवधियोजना: ६ महिना [१]
बितेको:२ वर्ष, ९ महिना, ३० दिन (०४/०९/१६ को अनुसार)
अन्तरिक्ष यानको गुणहरू
उपग्रह बसआई-२के
निर्माणकर्ताभारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन उपग्रह केन्द्र
प्रक्षेपित तौल१,३३७.२ किग्रा (२,९४८ पाउन्ड)[२]
आरम्भिक तौल≈५५० किग्रा (१,२१० पाउन्ड)
सुक्खा तौल४८२.५ किग्रा (१,०६४ पाउन्ड)[२]
पेलोड तौल१३.४ किग्रा (३० पाउन्ड)[३]
आयामहरू१.५ मी (४.९ फिट) घन
शक्ति८४० वाट सौर्य सेल[४]
अभियान आरम्भ
प्रक्षेपण मिति५ नोभेम्बर २०१३, ०९:०८ युटिसी[५]
रकेटध्रुवीय उपग्रह प्रक्षेपण यान-एक्सएल सी२५[६]
प्रक्षेपण स्थानसतीश धवन अन्तरिक्ष केन्द्र
ठेकेदारइसरो
कक्षीय मापदण्डहरू
सन्दर्भ प्रणालीमङ्गल केन्द्रिक
पेरिएप्सिस अक्षांश३७७ किमी (२३४ माइल)
एपोएप्सिस अक्षांश८०,००० किमी (५०,००० माइल)
प्रवृति१७.८६४ डिग्री[७]
Error: no value specified for required parameter "apsis"
मङ्गल परिक्रमा
कक्षीय सम्मिलन२४ सेप्टेम्बर २०१४ ०२:०० युटिसी[८]
कक्षीय आवृतिहरू
पेरिएप्सिस अक्षांश४२१.७ किमी (२६२.० माइल)[९]
एपोएप्सिस अक्षांश७६,९९३.६ किमी (४७,८४१.६ माइल)[९]
प्रवृति१५०.०° [९]
उपकरणहरू
मिथेन सेन्सर, थर्मल इन्फ्रारेड स्पेक्ट्रोमिटर, मार्स कलर क्यामरा, लमेन अल्फा फोटोमिटर, मङ्गल बहिर्मण्डल उदासीन संरचना विश्लेषक
मङ्गल ग्रहको लागि भारतीय मिसनहरू
 


मङ्गलयान, (औपचारिक नाम- मङ्गल कक्षित्र मिसन, अङ्ग्रेजी: Mars Orbiter Mission; मार्स अर्बिटर मिसन), भारतको प्रथम मङ्गल अभियान हो। यो भारतको प्रथम ग्रहहरू केन्द्रित मिसन हो। वस्तुत: यो भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको एक महत्त्वाकांक्षी अन्तरिक्ष परियोजना हो। यो परियोजना अन्तर्गत ५ नोभेम्बर २०१३ का दिन २ बजेर ३८ मिनेटमा मङ्गल ग्रहको परिक्रमा गर्ने उद्देश्यका साथ प्रक्षेपित गरिएको एक उपग्रह हो। भारतको आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण यान (पिएसएलभी) सी-२५ द्वारा यसलाई सफलतापूर्वक प्रक्षेपण गरिएको थियो।

यो सफल अभियानसँगै भारत पनि आब ती देशहरूको सूचीमा सामेल भयो जसले यसभन्दा पहिले सफलतापूर्वक मङ्गल ग्रहमा आफ्नो यान पठाएका छन्। हुनत: मङ्गल ग्रहमा यान पठाउने दुई तिहाई अभियान असफल भएका थिएँ तर २४ सेप्टेम्बर २०१४ का दिन भारतको यो अभियान मङ्गलमा पुग्ने बितिकै भारत विश्वमा आफ्नो पहिलै प्रयासमा सफल हुने पहिलो देश तथा सोभियत सङ्घ रूस, नासायुरोपेली अन्तरिक्ष एजेन्सी पछि संसारको चौथौ देश बन्न पुगेको हो। यस बाहेक यो मङ्गलमा पठाइएको सबैभन्दा सस्तो मिसन पनि हो। भारत एसियाका देशहरू मध्ये यस्तो गर्ने प्रथम देश बन्न पुगेको हो। किनभने यसभन्दा पहिले चीनजापानद्वारा मङ्गल अभियानमा पठाएको यानहरू असफल भएका थिएँ।[१०][११]

मूल रूपले यो एउटा प्राविधिक प्रदर्शन परियोजना थियो जसको लक्ष्य अन्तरग्रहीय अन्तरिक्ष मिसनहरूका लागि आवश्यक डिजाइन, नियोजन, प्रबन्धन तथा क्रियान्वयनको विकास गर्नु थियो। अर्बिटर आफ्नो पाँच उपकरणहरूको मद्दतद्वारा मङ्गल ग्रहको परिक्रमा गर्नेछन् तथा वैज्ञानिक उद्देश्य प्राप्त गर्नका लागि तथ्याङ्क तथा चित्र पृथ्वीमा पठाउनेछ।[१०] अन्तरिक्ष यान भित्र रहेको टेलिम्याट्री, ट्रयाकिङ र कमाण्ड नेटवर्कको रेखदेख बेङ्गलोर स्थित अन्तरिक्षयान नियन्त्रण केन्द्र, इसरोद्वारा भारतीय डिप स्पेस नेटवर्क एन्टिनाको सहायताले भइरहेको छ।[१२]

प्रतिष्ठित टाइम पत्रिका मङ्गलयानलाई सन् २०१४ को सर्वश्रेष्ठ आविष्कारहरूमा सामेल गरेको थियो।[१३]

इतिहास[सम्पादन गर्नुहोस्]

२३ नोभेम्बर २००८ का दिन मङ्गल ग्रहको लागि एक मानव रहित मिशनको पहिल सार्वजनिक अभिस्वीकृतिको घोषणा इसरोका अध्यक्ष माधवन नायरद्वारा गरिएको थियो।[१४] मङ्गलयान मिसनको अवधारणा सन् २००८ मा चन्द्र उपग्रह चन्द्रयान-१को प्रक्षेपणपछि अन्तरिक्ष विज्ञान र भारतीय प्राविधिक संस्थानद्वारा सन् २०१० मा एक व्यवहार्यता अध्ययनसँगै शुरू भएको थियो। भारत सरकारले यस परियोजनालाई ३ अगस्ट २०१२ मा मञ्जुरी दिएको थियो।[१५] भारत सरकारद्वारा स्वीकृति पश्चात भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले १२५ करोड रुपैयाँ (१९$ मिलियन) को अर्बिटरको लागि आवश्यक अध्ययन पुरा गरेको थियो। परियोजनाकको कुल लागत ४५४ करोड रुपैयाँ (६७$ मिलियन) रह्यो। [१६]

अन्तरिक्ष एजेन्सी २८ अक्टोबर २०१३ का दिन यान प्रक्षेपणको योजना बनाएका थिएँ तर प्रशान्त महासागरमा खराब मौसमका कारण इसरो अन्तरिक्ष यान ट्रयाकिङ्ग जहाजहरूलाई निश्चित स्थान सम्म पुग्न ढिलाई भएको थियो। त्यसकारण अभियानलाई ५ नोभेम्बर २०१३ सम्मका लागि स्थगित गरिएको थियो।[१७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Mars Orbiter Spacecraft completes Engine Test, fine-tunes its Course", Spaceflight 101, २२ सेप्टेम्बर २०१४, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१४ 
  2. २.० २.१ Arunan, S.; Satish, R. (२५ सेप्टेम्बर २०१५), "Mars Orbiter Mission spacecraft and its challenges", Current Science 109 (6): 1061–1069, डिओआई:10.18520/v109/i6/1061-1069 
  3. "Mars Orbiter MIssion - Payloads" (पीडीएफ), इसरो (अङ्ग्रेज़ीमा), इसरो, अक्टूबर २०१३, अन्तिम पहुँच ५ नवम्बर २०१३ 
  4. "Mars Orbiter Mission Spacecraft", ISRO, अन्तिम पहुँच २३ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१६ मिति
  5. "India to launch Mars Orbiter Mission on November 5", The Times of India, Times News Network, २२ अक्टोबर २०१३, अन्तिम पहुँच २२ अक्टोबर २०१३ 
  6. "Mars Orbiter Mission: Launch Vehicle", ISRO, अन्तिम पहुँच २३ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २५ नोभेम्बर २०१६ मिति
  7. Mars Orbiter Mission (MOM) - Manglayaan (15 अक्टूबर 2013)
  8. Tucker, Harry (२५ सेप्टेम्बर २०१४), "India becomes first country to enter Mars' orbit on their first attempt", Herald Sun, Agence France-Presse, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१४ 
  9. ९.० ९.१ ९.२ "Mars Orbiter Spacecraft Successfully Inserted into Mars Orbit" (प्रेस विज्ञप्ति), ISRO, २४ सेप्टेम्बर २०१४, मूलबाट २५ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २५ सेप्टेम्बर २०१४ मिति
  10. १०.० १०.१ "पहली ही कोशिश में मङ्गल तक पहुंचा भारत", नवभारत टाईम्स, २४ सितंबर २०१४, अन्तिम पहुँच २४ सितंबर २०१४ [dead link]
  11. "मार्स ऑर्बिटर मिशन: महत्त्वपूर्ण घटनाओं का क्रम", नवभारत टाईम्स, २४ सितंबर २०१४, अन्तिम पहुँच २४ सितंबर २०१४ [dead link]
  12. "Mangalyaan successfully placed into Mars Transfer Trajectory", Bihar Prabha, १ डिसेम्बर २०१३, अन्तिम पहुँच १ डिसेम्बर २०१३ 
  13. "'टाइम' पत्रिका ने भारत के 'मङ्गलयान' को 2014 के सर्वश्रेष्ठ आविष्कारों में शामिल किया", http://khabar.ndtv.com, २१ नवम्बर २०१४, अन्तिम पहुँच १९ फ़रवरी २०१५ 
  14. "After Chandrayaan, its mission to Mars: Madhavan Nair", Oneindia, United News of India, २३ नोभेम्बर २००८, अन्तिम पहुँच १ अप्रिल २०१५ 
  15. "Cabinet clears Mars mission", The Hindu, ४ अगस्ट २०१२, अन्तिम पहुँच १० अगस्ट २०१२ 
  16. "India's Mars mission gets Rs. 125 crore", Mars Daily, Indo-Asian News Service, १९ मार्च २०१२, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४ 
  17. "India plans mission to Mars next year", The Daily Telegraph, १६ अगस्ट २०१२, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]