खगेन्द्र संग्रौला
स्वरूप
(खगेन्द्र सङ्ग्रौलाबाट अनुप्रेषित)
खगेन्द्र संग्रौला | |
---|---|
जन्म | २००३ साल मंसिर १० सुभाङ, पाँचथर |
पेशा | लेखक, स्तम्भकार, अध्यापन |
राष्ट्रियता | नेपाली |
शिक्षा | स्नातक |
विधा | कथा, नाटक, व्यङ्ग्य |
उल्लेखनीय पुरस्कारहरू | मैनाली कथा पुरस्कार |
खगेन्द्र संग्रौला नेपालका प्रगतिशील साहित्यकार हुन्। कथा र नाटक विधामा विशेष कलम चलाउने संग्रौला पछिल्लो समयमा विभिन्न पत्रपत्रिकामा राजनीतिक लेखहरू लेख्ने गर्छन्।
खगेन्द्र संग्रौलाको जन्म वि सं २००३ मंसिर १० गते पाँचथरको सुभाङ गाउँमा भएको थियो। [१] प्रगतिशील लेखक सङ्घ सँग आबद्ध संग्रौला हाल काठमाडौंमा बसोबास गर्दछन्।
कृतिहरू
[सम्पादन गर्नुहोस्]- फूलमाया (उपन्यास)
- नलेखिएको इतिहास (उपन्यास, २०३४)
- आमाको छटपटी (उपन्यास, २०३४)
- सेतेको संसार (उपन्यास, २०४०)
- हाँडीघोप्टेको जीतबाजी (उपन्यास, २०४०)
- चेतनाको पहिलो डाक (उपन्यास, २०४०)
- फाटेको लँगौटीले टालेको दिमाग (नाटक)
- भविष्यको खोजी (नाटक)
- हस्तक्षेप (कथा सङ्ग्रह, २०५२)
- जनआन्दोलतका छारोहरू (२०४७)[१]
- जूनकिरीको संगीत (उपन्यास)
अनुवाद
[सम्पादन गर्नुहोस्]संग्रौलाले विभिन्न भाषाका साहित्यिक कृतिहरू नेपालीमा अनुवादसमेत गरेका छन्। उनले अनुवाद गरेका केही कृतिहरू
- युवाहरूको गीत (चिनियाँ उपन्यास)
- शत्रु (म्याक्सिम गोर्कीको नाटक)
- सरकारी निरीक्षक (गोगेलको उपन्यास)
- अजम्बरी गाउँ (भियतनामी उपन्यास)
- तारस बुलवा (गोगेलको नाटक)
- फूल बेच्ने केटी (कोरियाली नाटक)
- गुनिला चिनियाँ कथामाला (भाग १ देखि भाग ७ सम्म)
- लु सुनका कथाहरू
- होन्डुरसकी महिलाको हृदयको आवाज
पुरस्कार
[सम्पादन गर्नुहोस्]- मैनाली कथा पुरस्कार, २०४६
- कृष्णमणि साहित्य पुरस्कार
- पद्मश्री साहित्य पुरस्कार, (आफ्नै आँखाको लयमा निबन्ध संग्रहका लागि, वि. सं. २०६८)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ गरिमा साहित्यिक मासिक, साझा प्रकाशन, वर्ष १८, अंक ५