सामग्रीमा जानुहोस्

खगोलीय वस्तु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खगोलीय पिण्ड र वस्तुहरूको चयन


खगोलविज्ञानमा ब्रह्माण्डमा कुनै खास मार्गमा परिक्रमा गर्ने वा गतिमान हुने सबै प्रकारका वस्तुहरूलाई खगोलीय वस्तु वा ख-वस्तु भनिन्छ। यस्ता वस्तुहरू प्राकृतिक रूपमा भौतिक अस्तित्वमा रहेका विशाल संरचनाहरू हुन् जुन अवलोकन योग्य ब्रह्माण्डभित्र अवस्थित छन्।[१] यसमा पृथ्वीलगायत पृथ्वीबाहिर अन्तरिक्षमा अवस्थित सबै वस्तुहरू समावेश छन्। खगोलीय वस्तुहरूसँग नजिकको सम्बन्धित अर्को अवधारणा खगोलीय पिण्ड भएतापनि यी दुई शब्दले एउटै वस्तुलाई सङ्केत गर्दैन। खगोल विज्ञानमा वस्तु र पिण्ड शब्दहरूलाई प्रायः एक अर्काको रूपमा प्रयोग गर्ने गरिन्छ। पृथ्वीबाहेक अन्य सबै वस्तुलाई खगोलीय भनिन्छ।

खगोलीय वस्तुहरूको उदाहरणहरूमा ग्रह प्रणाली, तारामण्डल, निहारिकाआकाशगङ्गा समावेश छन्, जबकि क्षुद्रग्रह, प्राकृतिक उपग्रह, ग्रहतारा खगोलीय पिण्डहरू हुन्। धूमकेतुलाई पिण्ड र वस्तु दुवैको रूपमा पहिचान गर्न सकिन्छ। हिउँ र धूलोको जमेको न्युक्लियसलाई सङ्केत गर्दा यो एक पिण्ड हो र सम्पूर्ण धूमकेतुलाई यसको फैलावट कोमा र पुच्छ्रेताराको साथ वर्णन गर्दा एक खगोलीय वस्तु हो। सूर्यको प्रकाश र उच्च गतिको सौर्य वायुको दबाबले कोमा धूमकेतुको धुलो र ग्याँसलाई सूर्यबाट टाढा लैजान सक्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Task Group on Astronomical Designations from IAU Commission 5 (अप्रिल २००८), "Naming Astronomical Objects", International Astronomical Union (IAU), मूलबाट २ अगस्ट २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुलाई २०१०