खस राजपूत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खस राजपूत वा पहाडी राजपूत पहाडी क्षेत्रमा बसोबास गर्ने हिन्दू राजपूत समुदाय हो । विशेषतः भारतको उत्तराखण्ड राज्यमा खस उत्पत्ति भएका क्षत्रिय भूमिका वा वर्ण लिने समुदायलाई खस राजपूत भनिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

इतिहासकार जन हिचककले खस राजपूत शब्दावलीलाई क्षेत्री जातिसँग जोडेका छन् ।[१] इतिहासकार जन हिचककका अनुसार परम्परागत रूपमा खस समुदायको दुई हाँगा थियो - खस राजपूत तथा खस ब्राह्मण । भारतको उत्तराखण्डमा खस राजपूत तथा खस ब्राह्मणहरूलाई अन्य राजपूत तथा ब्राह्मणहरूभन्दा कम श्रेणीमा राखिन्थ्यो । प्राचिन पश्चिमी नेपालको खस राज्यको प्रभावले बिस्तारै खस राजपूत तथा खस ब्राह्मणहरू उच्च वर्गमा मानिन थाले ।[१]

उत्तराखण्डको कुमाऊँ क्षेत्रमा राजपूतहरूको दुई विभाजन हुन्छ - असली राजपूत र खस राजपूत । असली राजपूतलाई भारतको समथल भूभागबाट आएका मानिन्छ भने खस राजपूत स्थानीय खस जातिबाट उत्पत्ति भएको मानिन्छ ।[२][३]

उल्लेखनीय खस राजपूत[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ John T Hitchcock 1978, पृष्ठ 116-119.
  2. Negi, Sharad Singh. Kumaun: The Land and the People. Indus Publishing. ISBN 9788185182896.
  3. Garhwal Himalayas: A Study in Historical Perspective, by Ajay S. Rawat. Published by Indus Publishing, 2002. ISBN 81-7387-136-1. Page 43-44.

ग्रन्थ[सम्पादन गर्नुहोस्]