खानसामा उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
खानसामा

খানসামা
उपजिल्ला
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबङ्गलादेश बाङ्लादेश
विभागरङ्पुर विभाग
जिल्लादिनाजपुर
क्षेत्रफल
 • जम्मा१७९.७२ किमी (६९.३९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा१२३,७८२
 • घनत्व६९०/किमी (१,८००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
हुलाक अङ्क
५२४०
वेबसाइटkhansama.dinajpur.gov.bd

खानसामा (बङ्गाली: খানসামা) बाङ्लादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

खानसामा बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°४७' देखि २६°०१' उत्तर अक्षांश र ८८°४२' देखि ८८°५१' पूर्वी देशान्तरणमा अवस्थित छ। खानसामा उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १७९.७२ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई देविगञ्जनीलफामारी सदर उपजिल्लाले उत्तर,चिरिरबन्दरदिनाजपुर सदर उपजिल्लाले दक्षिण, नीलफामारी सदर उपजिल्लाले पूर्व, वीरगञ्जकाहारोल उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना र आत्राई यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[२]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच यस उपजिल्लामा प्रत्यक्ष गोली हानाहान तथा युद्ध हुँदा २ बङ्गलादेशी लडाकुको ज्यान गएको थियो। यसै उपजिल्लामा पाकिस्तानी सेना र बङ्गलादेशका लडाकु बीच घाटमारा पुलमा प्रत्यक्ष गोली हानाहान तथा युद्ध हुँदा दुवै पक्षका थुप्रै लडाकुहरू मारिएका थिए भने यसै युद्धमा सुब्दार मजिदको पनि मृत्यु भएको थियो। यस उपजिल्ला १४ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या १५०७९२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ७७५३९ छ भने महिलाको जनसङ्ख्या ७३२५३ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १०७३८८ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४२९११, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २६२ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २३१ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लाका ८९.८७% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२३% ले पोखरी, ०.२३% ले टुटी र ९.६७% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लाको कुल घरहरू मध्ये ७१.१४% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। खानसामा उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ५ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, उखु, लसुन, प्याज तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, कटहर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, गहुँ कुटानी केन्द्र, श मिल, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, बिडी तथा खैनी कारखाना, ईट्टा भट्टी तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया खरबुजा, केरा, उखु, लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका अालसको तेल, तिल, तोरी, अलहर पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १५ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा धेरै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा, कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७४.४८% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.५७% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.४४% वाणिज्यमा ९.४३%, सञ्चार तथा यातायातमा २.०५%, निर्माण क्षेत्रमा ०.७४%, सुविधामा ३.८९%, धार्मिक सेवामा ०.१४%, वैदेशिक रोजगारी तथा भाडामा ०.१४% र अन्यमा ४.५६% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय खानसामा थानाको स्थापना सन् १९८१ भएको थियो भने सन् १९८३ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। खानसामा उपजिल्ला खानसामा नगरपालिका सहित ६ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्;आलोकझारी सङ्घ परिषद्, भेरभेरी सङ्घ परिषद्, आङ्गरपाडा सङ्घ परिषद्, खामारपाडा सङ्घ परिषद्, भविकी सङ्घ परिषद्, गोलदिही सङ्घ परिषद्। हाल यस उपजिल्लालाई ६ सङ्घ परिषद्/वडा, ५७ मौजा/महल्ला र ५७ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर २३.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३२.४% छ भने महिलाको साक्षरता दर १३.६% रहेको छ। यस उपजिल्लामा ११ क्याम्पस, ६३ माध्यमिक विद्यालय, १२९ प्राथमिक विद्यालय र २६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; खानसामा डिग्री क्याम्पस, खानसामा महिला क्याम्पस, कचिनिया उच्च विद्यालय तथा क्याम्पस (सन् १९६७), जामिर उद्दिन शाह कन्या उच्च विद्यालय तथा क्याम्पस (सन् १९८३), न्यु पाकेरहाट उच्च विद्यालय (सन् १९५९), आलोकझारी उच्च विद्यालय (सन् १९५९), अङ्गरपाडा उच्च विद्यालय (सन् १९६३), अकबर आली शाह उच्च विद्यालय (सन् १९८८), खानसामा बहुभाषिक फजिल मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. मम्ताजुर आलम (सन् २०१२), "खानसामा उपजिल्ला", in सिराजुल इस्लाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 
  2. "बाङ्लादेशको राष्ट्रिय जनगणना", मूलबाट २७ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]