दिनाजपुर सदर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दिनाजपुर सदर

দিনাজপুর সদর
उपजिल्ला
दिनाजपुर सदर is located in बङ्गलादेश
दिनाजपुर सदर
दिनाजपुर सदर
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबङ्गलादेश बङ्गलादेश
राज्यरङ्पुर विभाग
जिल्लादिनाजपुर
क्षेत्रफल
 • जम्मा३५४.३४ किमी (१३६.८१ वर्ग माइल)
उन्नतांश
३७ मिटर (१२१ फिट)
जनसङ्ख्या
 (सन् २०११)[१]
 • जम्मा१८४,१५९
 • घनत्व५२०/किमी (१,३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटआधिकारिक नक्सा

दिनाजपुर सदर (बङ्गाली: দিনাজপুর সদর) बङ्गलादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

दिनाजपुर सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°२८' देखि २५°४८' उत्तर अक्षांश र ८८°३४' देखि ८९°४६' पूर्वी देशान्तरणमा अवस्थित छ। दिनाजपुर सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३५४.३४ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई काहारोलखानसामा उपजिल्लाले उत्तर, भारतको पश्चिम बङ्गाल राज्यले दक्षिण, चिरिरबन्दर उपजिल्लाले पूर्व र बिराल उपजिल्लाले पश्चिमबाट घेरेको छ। पुनर्भाह, आत्राई, रामसागर आदि यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने ६ जनवरी १९७२ का दिन पाकिस्तानी सेनाले राखेको बारुद धरापमा परि महाराजा गिरिजानाथ उच्च विद्यालय नजिक लगभग ५०० जना बङ्गलादेशी लडाकुहरूको मृत्यु भएको थियो। त्यस धरापमा परि मृत्यु भएका लडाकु मध्ये १०० बङ्गलादेशी लडाकुहरूलाई एक चिहान बनाई गाडिएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ४२४७७६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २२१६९७ छ भने महिलाको जनसङ्ख्या २०३०७९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३४९९०० छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६८७०३, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४०४४, इसाई धर्मवलम्बीको जनसङ्ख्या ६८ अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २०६१ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लाका ९३.११% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१०% ले पोखरी, २.२६% ले टुटी र ४.५३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ४५.३१% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। दिनाजपुर सदर उपजिल्लामा हाल ६ अस्पताल, १० सङ्घ स्वास्थ तथा परिवार नियोजन केन्द्र, ३ सामुदायिक स्वास्थ्य केन्द्र, १ मधुमेह अस्पताल, १ आँखा अस्पताल, १ बाल अस्पताल, १ मुटु रोग सम्बन्धित अस्पताल, १ रगत सङ्कलन केन्द्र र १ पशुपन्छी अस्पताल रहेको छ।[३]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, खुर्सानी, तोरी, प्याज, उखु, आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, बिस्कुट उद्योग, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, लिची, आँप, लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका कोदो, आलसको तेल र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २८ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ४२ माछापालन केन्द्र, १५ दुग्ध सङ्कलन केन्द्र तथा १२५ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा उपजिल्लाकै ३३.२५% मानिसहरू संलग्न छन्। यस उपजिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ३.३२%, उद्योग तथा व्यापार १.०१%, वाणिज्यमा १६.०२%, सञ्चार तथा यातायातमा ६.०१%, निर्माण क्षेत्रमा १२.८९%, सुविधामा १४.७३%, धार्मिक सेवामा ०.२१%, वैदेशिक रोजगारी तथा भाडामा ०.६५% र अन्यमा ११.९१% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

दिनाजपुर सदर थानको स्थापना सन् १८९९ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १४ सङ्घ परिषद्/वडा, २९९ मौजा/महल्ला र १०५ गाउँहरू रहेका छन्।

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ५८.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६२.८% छ भने महिलाको साक्षरता दर ५४.१% रहेको छ। यस उपजिल्लामा १ विश्वविद्यालय, १ पशु चिकित्सालय, २७ क्याम्पस, ७२ माध्यमिक विद्यालय, १७४ प्राथमिक विद्यालय र ३६ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्। हाजी मोहाम्मद दिनेश विज्ञान तथा प्राविधिक विश्वविद्यालय (सन् १९९९), विलियम केरी जुनियर माध्यमिक विद्यालय (सन् १९७७), दिनाजपुर जेलन विद्यालय (सन् १८५४), दिनाजपुर सरकारी कन्या उच्च विद्यालय (सन् १८६९), जुब्ली उच्च विद्यालय (सन् १८८७), महाराजा गिरिजानाथ उच्च विद्यालय (सन् १९१३), सरदेश्वरी कन्या उच्च विद्यालय (सन् १९२७), दिनाजपुर उच्च विद्यालय (सन् १९३०), एकेडेमी उच्च विद्यालय (सन् १९३३), सेण्ट फिलिप्स उच्च विद्यालय, नुरजाहाँन आलिया मदरसा आदि। [२][४]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. https://archive.is/20130111123848/http://www.world-gazetteer.com/wg.php?x=&men=gcis&lng=en&des=wg&geo=-29&srt=npan&col=abcdefghinoq&msz=1500&pt=c&va=&srt=pnan World Gazetteer
  2. २.० २.१ रहमान (सन् २०१२), "দিনাজপুর সদর উপজেলা", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  3. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "गृह » दिनाजपुर जिल्लाका विद्यालयहरू" 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]