चिरिरबन्दर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चिरिरबन्दर

চিরিরবন্দর
उपजिल्ला
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशबंगलादेश बाङ्लादेश
विभागरङ्पुर विभाग
जिल्लादिनाजपुर
क्षेत्रफल
 • जम्मा३०८.६८ किमी (११९.१८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा२३२,४०९
 • घनत्व७५०/किमी (२,०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटचिररिरबन्दरको आधिकारिक नक्सा

चिरिरबन्दर (बाङ्ला: চিরিরবন্দর) बाङ्लादेशको दिनाजपुर जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्ने]

चिरिरबन्दर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २५°३१' देखि २५°४८' उत्तर अक्षांश र ८८°४२' देखि ८८°५३' पूर्वी देशान्तरणमा अवस्थित छ। चिरिरबन्दर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३०८.६८ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई खानसामा उपजिल्लाले उत्तर, फुलबारी उपजिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले दक्षिण, पार्वतीपुरसैदपुर उपजिल्लाले पूर्व र दिनाजपुर सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना, आत्राई यस उपजिल्लाका प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

४ जनवरी १९४७ का दिन बेलायती सेनाले र शासकहरूको विरुद्धमा तबहा आन्दोलन शुरू भएको थियो भने यस आन्दोलन अन्तर्गत बेलायती सेनाले समिर उद्दिन र शिवुराम माझीलाई गोली हानी हत्या गरेका थिए। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने यस उपजिल्लाको देश माली भन्ने स्थानमा पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहान हुँदा १ बङ्गलादेशी लडाकुको मृत्यु भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्ने]

उपजिल्ला प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या २६५१७६ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १३७२५२ छ भने महिलाको जनसङ्ख्या १२७९२४ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २०२३६७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ६०६४४, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ३८१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १६७३ रहेको छ। यस उपजिल्लामा सन्थल जनजाति बसोबास गर्छन्। यस उपजिल्लाका ९२.०३% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.६०% ले पोखरी, ०.२१% ले टुटी र ७.१६% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ७१.९१% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। चिरिरबन्दर उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य संस्था, ११ सङ्घ अस्पताल तथा परिवार नियोजन केन्द्रहरू रहेका छन्।[२]

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, लिची, खरबुजा, कटहर आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा चिनी उत्पादन केन्द्र, गहुँ कुटानी केन्द्र, बरफ कारखाना तथा चिस्यान केन्द्र, वेल्डिङ उद्योग, चिनी उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका पानको पात र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ६१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७०.४३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.६६% मजदुरीमा, उद्योग तथा व्यापारमा १.१३% वाणिज्यमा १२.४७%, सञ्चार तथा यातायातमा ३.०७%, निर्माण क्षेत्रमा ०.६०%, सुविधामा ४.८८%, धार्मिक सेवामा ०.१८%, वैदेशिक रोजगारी तथा भाडामा ०.१८% र अन्यमा ३.४०% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

चिरिरबन्दर थानको स्थापना सन् १९१४ मा भएको थियो भने सन् १९८४ मा यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १ नगरपालिका, १२ सङ्घ परिषद्/वडा, १४५ मौजा/महल्ला र १४१ गाउँहरू रहेका छन्।[१]

शिक्षा[सम्पादन गर्ने]

यस उपजिल्लाको कुल साक्षरता दर ४४.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४९.९% छ भने महिलाको साक्षरता दर ३८.७% रहेको छ। यस उपजिल्लामा ९ क्याम्पस, ७७ माध्यमिक विद्यालय, १८३ प्राथमिक विद्यालय र ३९ मदरसाहरू रहेका छन्। चिरिरबन्दर डिग्री क्याम्पस, इचामती डिग्री क्याम्पस, कुरिन्टर हट क्याम्पस, दक्षिण पलाशबाडी उच्च विद्यालय (सन् १९२९), आलोकदिही केबी उच्च विद्यालय (सन् १९३७), बिनाकुडी उच्च विद्यालय (सन् १९४८), नाअोखारी कन्या उच्च विद्यालय (सन् १९५१), जेबी उच्च विद्यालय, इचामती फजिल मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ रेजुल करिम (सन् २०१२), "चिररबन्दर उपजिल्ला", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बाङ्लादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बाङ्लादेशको एसियाली समाज। 
  2. "बाङ्लादेशको राष्ट्रिय जनगणना", मूलबाट २७ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच १० नोभेम्बर २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]