गर्ड मुलर
|
| |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | गरहार्ड मुलर | ||
| उचाइ | १.७६ मि (५ फिट ९ १⁄२ इन्च) | ||
| खेल्ने स्थान(हरू) | स्ट्राइकर | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | बायर्न म्युनिख II (सह-प्रशिक्षक) | ||
| युवा करियर | |||
| १९६०–१९६३ | १८६१ नर्डलिङ्गेन | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| १९६३–१९६४ | १८६१ नर्डलिङ्गेन | ३१ | (५१) |
| १९६४–१९७९ | बायर्न म्युनिख | ४५३ | (३९८) |
| १९७९–१९८१ | फर्ट लडरडेल स्ट्राइकर्स | ७१ | (३८) |
| अन्तर्राष्ट्रिय करियर | |||
| १९६६-१९७४ | पश्चिम जर्मनी | ६२ | (६८) |
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
गर्ड मुलर (अङ्ग्रेजी:Gerd Müller) पुर्व जर्मन फुटबलर हुन् । पेनाल्टी क्षेत्रभित्र सफा अनि सुन्दर गोल गर्न माहिर मुलर बहुफलप्रद स्ट्राइकरको रूपमा चिनिन्थे । उनलाई आफ्नो पुस्ताका अब्बल दर्जाका स्ट्राइकरको रूपमा लिइन्छ । अन्तराष्ट्रिय स्तरमा पश्चिम जर्मनीको जर्सीमा ८ वर्ष बिताएका मुलरले १९७४ फिफा विश्वकप फाइनलमा नेदरल्याण्डविरूद्ध गोल गर्दै तत्कालिन प.जर्मनीलाई दोस्रो पटक विश्वकप उपाधि दिलाएका थिए । क्लबस्तरमा बायर्न म्युनिखमा १५ वर्ष रहेर ४५३ बुन्डेस लिगा खेलमा ३९८ गोल गरेका थिए । अन्तराष्ट्रिय स्तरमा औसतमा खेलभन्दा बढी गोल गरेका मुलर अन्तराष्ट्रियस्तरमा बढी गोल गर्ने खेलाडीको सुचिमा ११औँ नम्बरमा आउँछन् । उनले ६२ अन्तर्राष्ट्रिय खेलमा ६८ गोल गरेका थिए । उनका उपनामहरू "द नेशन्स बम्बर" र "क्लेन्स डिक्स मुलर" (छोटो मोटो मुलर) हुन् । सन् १९७० को दशकका चर्चित गर्ड मुलर जर्मन समर्थकबीच गोल मेसिनका रूपमा चर्चित छन् ।