गुलेली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साधारण गुलेली

गुलेली सामान्यतया सानो हातले सञ्चालित प्रक्षेपण हतियार हो। चोके परेको सानो काठका दुई टुप्पामा बाँधिएको रबरको फिताले मट्याङ्ग्रो, ढुङ्गा आदि हुत्याएर पन्छीको सिकार गरिन्छ।

सामन्यतय यसमा अङ्ग्रेजी अक्षर वाई-आकारको फ्रेम हुन्छ जसमा दुई प्राकृतिक-रबर स्ट्रिपहरू बाधिएका हुन्छन र यसलाई गैर-प्रमुख हात मा समाईन्छ। स्ट्रिप्सहरुका आर्का पुच्छारमा एउटा छालाको टुक्रा (पकेट) बाधेर प्रक्षेपण (मट्याङ्ग्रा वा ढुङ्गा) बस्ने ठाउ बनाईएको हुन्छ। प्रमुख हातले पकेटलाई समातेर प्रक्षेपणको लागि शक्ति प्रदान गर्न चाहेको सीमा—पर्याप्त लामो ब्याण्डको साथ हातको पूर्ण अवधिमा—सम्म तन्काउन सकिन्छ।

प्रयोग र ईतिहास[सम्पादन गर्नुहोस्]

गुलेली बलियो ईलास्टिक सामाग्री, प्राय भल्कनाईज्ड प्राकृतिक रबर नत्र सो सरहबाट बनाइन्छ। त्यसैले चार्ल्स गुडियरको भल्कनाइज्ड रबर (१८४४ को प्याटेन्ट) को आविष्कार पछि गुलेलीको इतिहास रहन्छ। १८६० सम्ममा यो नया सामानले आफुलाई किशोरहरु बिचमा तोडफोडको नया हतियारको रूपमा चिनाइ सकेको थियो। सुरुमा "Y" आकारको हागाको ह्नडल बनाएर गुलेली आफैं बनाएको पाइन्छ। रबरको लागि टियुवहरु काटेर अथवा अन्य श्रोतहरु प्रयोग गरेको पाइन्छ। यो चलन अझै नेपाल जस्ता मुलुकमा कायम नी भेटिन्छ।

प्रारम्भिक गुलेलीहरू सबैभन्दा धेरै युवा बदमाससँग सम्बन्धित भए, यो साधन दक्ष प्रयोगकर्ताको हातमा शिकार गर्ने योग्य हातहरु थिए। प्रक्षेपणहरू --जस्तै लिड मस्केट बलहरू, बक्सशट, स्टिल बल बेयरिङ, एयर गन गोली, वा साना कांटीहरु--ले हान्दा सिकार--जस्तै बटेर, मुनाल, खरायो, ढुकुर, र लोखर्के जस्ता सिकार गर्न मिलो।

गुलेलीको पकेटमा थुप्रै बल राखेर छर्रा गस्तै गरी हा‍‍‍न्न सकिन्छ (सही लाग्दैन नलागे पनि)। उपयुक्त अड्याउने चिजको जडान गरेर गुलेलीबाट छोटो दुरुको मझौला सिकारहरूलाई वाण/तीर हान्न पनि सकिन्छ।[१] [२] [३]

१९१८ मा फलामे गुलेली (Zip-Zip) ब्यापारिक रूपमा पाउन थाले [४] पनि यसको लोकप्रियता र वैधानिकता दोस्रो विश्वयुद्धपश्चात पछाडि मात्र देखियो। त्यतिबेला यो अझै मुख्य रूपले घर-निर्मित सामान हुन्थ्यो; यसको चर्चा १९४६ को "पपुलर साइन्स"को एक लेखमा गरिएको छ।[५]

१९४७ मा व्याम-ओ कम्पनीले काठ र च्याप्टो रबरको गुलेली बनायो जसले २०० न्यूटन (४५ पाउन्ड-फोर्स) सम्मको प्रहार गर्न सक्थ्यो। [१] [६]

१९४० मा सान मारिनो, क्यालिफोर्नियामा राष्ट्रिय गुलेली सङ्घ भयो जसले देशव्यापी गुलेली क्लबहरू बनाएर प्रतियोगिताहरू आयोजना गर्‍यो। गुलेली खराब किशोरहरूको उपकरणहरू भएपनि एन.यस.ए. अङ्ग्रेजी: NSA को अनुसार गुलेलीको बिक्री गर्ने ८०% ३० वर्ष माथिका पुरुष थिए। आंशिक समयमा गुलेली बनाउने जोन मिलीगनको अनुसार उनको एक तिहाइ ग्राहकहरु चिकित्सकहरु थिए।[६]

१९५० को दशकको मध्यमा रिस्ट-रकेट® ले गुलेलीमा दुई नविन परिवर्तन गर्यो। एल्युमिनियम मिश्र धातुको डण्डालाई बङ्गाएर समाउने ह्यान्डल र दुई टुप्पा/काटा मात्र नभई नाडी सम्म पुग्ने कस्ने चीज थियो जसले पाखुरालाई टेको दिन्थ्यो। रिस्ट-रोकेटले च्याप्टो फिताको सट्टा सर्जिकल रबर ट्यूब काँटाको टिप्समा सुरकाएर पछाडिको फर्किएको काँटामा छिरार जोडेको थियो जहाँ यो घर्षण वा तरल रोसिनको चिपकावले ठाँउमा बस्थ्यो।

कहिलेकाहि गुलेली माछा मार्न पानीमा बल्छीको चारो टाढा छर्न नि प्रयोग गरिन्छ।

गुलेलीको घरेलु संस्करण पनि छ; रबरको बेलुनलाई आधा काटेर एउटा ट्यूव जस्तो सामान (जस्तै पलास्टकको बोतल अथवा सानो पाइप) मा बाध्ने। मट्याङ्ग्रालाई ट्यूबबाट बेलुन भित्र हालेर प्रयोगकर्ताले तानेर छोड्ने। यसलाई साधारण गुलेलीको विकल्पको रूपमा प्रयोग गरिन्छ।

रेकर्ड पावर शट[सम्पादन गर्नुहोस्]

हाते गुलेलीले हानेको सबैभन्दा ऊर्जावान शटको विश्व किर्तिमान १३५ जूलको छ। यसलाई "स्टारसिप" नामक अगाडिको भाग बढाईएको गुलेलीले हानेको थियो। अगाडिको भाग बढाएको हुनाले यसले जति तन्कायो उति ऊर्जा प्राप्त गर्छ। [७]

सैन्य प्रयोग[सम्पादन गर्नुहोस्]

मुख्य रूपमा छापामार सेनाहरूद्वारा राम्रा स्रोत र प्रविधि नहुदा गुलेलीहरूलाई सैन्य हतियारको रूपमा प्रयोग गरिएको थियो। त्यस्ता छापामार समूहहरूमा आयरिश गणतान्त्रिक सेना ; २००३ भन्दा पहिलाको इराकमा आक्रमणमा सद्दाम हुसेनले गुलेलीहरूलाई आक्रमणकारी सेनाको विरूद्धमा विद्रोहको सम्भावित हतियारको रूपमा प्रयोग गर्न सकिने भनेर एक प्रचार भिडियो जारी गरेका थिए। [८]

सेनाले गुलेलीहरु मानव रहित हवाई सवारी युएभी सुरूवात गर्न प्रयोग गरेको पनि पाइन्छ। दुई चालक दलका सदस्यहरू काँटा बनेर उनीहरूको बीचमा तन्काइएको लोचिक कर्डले साना विमान प्रक्षेपण गर्ने शक्ति प्रदान गर्छ। [९]

मारावीको युद्धमा फिलिपिन्सका सेनाको कुलीन वर्गको स्काउट रेञ्जर्स सैनिकहरूले आतङ्कवादी माउटे र अबु सय्यफलाई निर्मूल पार्न गुलेलीहरूमा ग्रेनेड हालेर कामचलाऊ तोफका रूपमा प्रयोग गरेको थिए। [१०]

खतराहरू[सम्पादन गर्नुहोस्]

काँटामा फिताको विफलता देखाउँदै एक ट्यूबलर फिते गुलेली ।
फिर्ता बोलाइएको डेजी "प्राकृतिक" क्रमका गुलेलीहरूमा प्रयोग भएको बल-इन-ब्यान्ड जोडाइको विधि।

फिता चुट्टिने उच्च सम्भावना गुलेलीहरूको अन्तर्निहित खतराहरू मध्ये एक हो। धेरै फिताहरू लेटेक्सबाट बनेका हुन्छन्। समय र प्रयोगको साथ कम्जोर हुदै जाने भएको कारण ब्यान्ड अन्ततः धेरै लोड पर्दा फिता चुटिन्छ। [३] [११] थैली/पकेटको छेउमा चुट्टिनु सुरक्षित हुन्छ किनकि फिता प्रयोगकर्ताको अर्को तिर जान्छ। यद्यपि, काँटाको अन्त्यमा चुट्टिदा फिता प्रयोगकर्ताको अनुहारतिर फिर्ता आउछ जसले आँखा र अनुहारमा चोट पुर्‍याउन सक्छ। [१२] काटा तिरको चुट्टाईको सम्भावनालाई कम गर्न टेपर्ड फिता (पाउचको अन्त्यमा पातलो र काटातिर मोटो) को प्रयोग गर्नुपर्छ। [१३] काँटामा खुकुलो भागहरू प्रयोग गरिएको डिजाइनहरू सब भन्दा खतरनाक हुन्छन्, किनकि यसले ती भागहरू प्रयोगकर्ताको अनुहारतिर हुत्याएर ल्याउछ (जस्तै डेजीको "प्राकृतिक" क्रममा प्रयोग गरिएको बल एट्याच्मेन्ट। छवि हेर्नुहोस्)। फिता जहा हुनु पर्ने त्याहाबाट बाहिर चिप्लन सक्छ र ट्यूबमा राखिएको कडा बलले आँखामा लागेर अन्धा र दाँत भाँचीन सक्छ। इलास्टिकको ट्यूब चुटिदा गम्भीर चोटपटक लाग्दैन, त्यसैले डेजी मोडेलहरूको सादा ट्यूबलर फिता प्रयोग गर्ने लाई रिकलमा कभर गरिएन। [१२]

अर्को ठूलो खतरा काँटा बिच्छेदनबाट हुदछ। सस्तो जिंक मिश्रणबाट बनेको काँटा भाचिन सक्छ र शूटरको आँखा र अनुहारमा गम्भीर चोट पुर्‍याउँन सक्छ। [१४]

कानुनी मुद्दाहरू[सम्पादन गर्नुहोस्]

धेरै न्यायलयले आर्म ब्रेस्ड स्लिंगशटको उपयोग गर्न निषेध गर्दछ। उदाहरणको लागी, न्यू योर्कको कानून २६५.०१ ले यसलाई वर्ग-4 दुष्कर्मको रूपमा परिभाषित गर्दछ। [१५]

लोकप्रिय संस्कृतिमा[सम्पादन गर्नुहोस्]

गुलेलीलाई लोकप्रिय खेल एङ्ग्री बर्ड्समा भारी चित्रित गरिएको छ जसमा दुश्मन सुँगुरलाई चराहरू हान्नको लागि प्राथमिक यन्त्रको रूपमा गुलेली प्रयोग हुन्छ। [१६]

प्राय जसो बार्ट सिम्पसन बदमासि गर्न गुलेली प्रयोग गरेको पाईन्छ।

बुलीमा नायक भिडियो खेलमा गुलेली जिम्मी हपकिन्सको मुख्य हतियार हो। खेलको सुरुमा सामान्य गुलेली उपलब्ध हुन्छ जुन बिसतारै परिस्क्रित हुँदै जान्छ।

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • हवाइ गोफन
  • पोल्सपियर
  • बुलेट-शूटिंग क्रसबो
  • ट्रेबुचेट
  • गोफन (हतियार)

श्रोतहरु[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Wham-O Hunting Slingshot   |title= रितो (सहायता) उद्दरण त्रुटी: Invalid <ref> tag; name "whamo_book" defined multiple times with different content
  2. How to Make a Slingshot for an Arrow 
  3. ३.० ३.१ Melchior Menzel, "Rubber Bands" 
  4. Melchior Menzel, "The ZipZip" 
  5. Tom Cushing (अगस्ट १९४६), "Rubber-Band Sharpshooter", Popular Science: 154–155। 
  6. ६.० ६.१ Robert Hertzberg (अप्रिल १९५१), "Return of the Giant Killer", Mechanix Illustrated 
  7. Monster Slingshot New World Record Shot https://www.youtube.com/watch?v=pAwTfAMHCG0
  8. Shane, Scott (२००६-११-२४), "In Video, Hussein Uses Slingshots and Bows to Rally Iraqis for War", द न्यू योर्क टाइम्स, अन्तिम पहुँच २००९-१२-२१ 
  9. Tech. Sgt. Paul Dean (अप्रिल ५, २०११), "Security Forces Unmanned Aerial Vehicles", Air Force News Service। 
  10. https://www.update.ph/2017/09/look-scout-rangers-use-improvised-giant-slingshot-in-marawi-angry-birds-style/20991
  11. Melchior Menzel, "Attaching the bands to the frame" 
  12. १२.० १२.१ U.S. Consumer Product Safety Commission, "Slingshots Recalled by Daisy Manufacturing Due to Risk of Serious Eye Injury" 
  13. Melchior Menzel, "Attaching the pouch to the bands" 
  14. DANKUNG, "Danger of zinc alloy slingshots" 
  15. "Penal100", nycourts.gov 
  16. "See The Smartphone That Can Bend, Not Break", अन्तिम पहुँच २०१८-१२-२७