गोविन्द टण्डन
परिचय
[सम्पादन गर्नुहोस्]डा. गोविन्द टण्डन नेपालको धर्म, संस्कृति, इतिहास, गुठी परम्परा, र पशुपति क्षेत्रका विषयमा विशिष्ट योगदान दिनुभएका व्यक्तित्व हुनुहुन्छ । उहाँको जन्म वि.सं. २०१२ साल वैशाख १९ गते काठमाडौँको बत्तीसपुतलीमा भएको हो । उहाँका पिताजी स्व. महेश्वरबहादुर टण्डन र माताजी स्व. मेघकुमारी टण्डन हुनुहुन्थ्यो ।[१]

परम्परा र परिवर्तनबीच सेतु बनेर उहाँले पशुपतिक्षेत्र जस्तो आध्यात्मिक स्थललाई संस्कार, सेवा र संवेदनाको केन्द्रमा रूपान्तरण गर्न जीवनको ऊर्जा खर्चनुभयो । “बाँच र बाँच्न देऊ” भन्ने जीवनमूल्यलाई आत्मसात् गर्दै उहाँले मानवसेवा आश्रममार्फत सयौँ सडकआश्रितहरूलाई सम्मानजनक जीवनतर्फ डोर्याउनुभएको छ । पशुबलिको विरोध, संस्कृतिको संरक्षण र अध्यात्मको चेतनालाई उहाँले व्यावहारिक जीवनशैलीमा उतार्नुभएको छ ।
शिक्षा
[सम्पादन गर्नुहोस्]डा. टण्डनले “पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन” विषयमा त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०४५मा पशुपतिनाथ मन्दिरको सांस्कृतिक महत्त्वको विषयमा विद्यावारिधि गर्नुभएको थियो । [२] त्यसअघि उहाँले नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व विषयमा वि.सं. २०३३ मा स्नातक, वि.सं. २०३६ मा स्नातकोत्तर तथा अन्य शैक्षिक उपाधिहरू क्रमशः आइ.ए. (वि.सं. २०३१) र एस.एल.सी. (वि.सं. २०२८) मा हासिल गर्नुभएको थियो ।[३]
सामाजिक जीवन
[सम्पादन गर्नुहोस्]डा. टण्डन धर्म, अध्यात्म, पशुपक्षी अधिकार, अहिंसा, र सामाजिक सेवामा समर्पित व्यक्तित्व हुनुहुन्छ।[४]
सम्पदा संरक्षण
[सम्पादन गर्नुहोस्]बत्तीसपुतलीस्थित श्रीरामचन्द्रमन्दिरलाई उहाँको मार्गदर्शनमा नेपालको एक दर्शनीय र महत्त्वपूर्ण मन्दिरको रूपमा विकास गरिएको छ । उहाँले गुठी संरक्षणको क्षेत्रमा पनि काम गर्नुभएको छ, जसले परम्परागत संस्कृतिको जगेर्ना गर्न मद्दत पुर्याएको छ ।
पशुपति क्षेत्रको सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा पनि उहाँको ठूलो योगदान छ । डा. टण्डनले पशुपति क्षेत्र विकास कोषको विभिन्न उच्च पदहरूमा कार्य गर्नुका साथै पशुपति क्षेत्रको नीति, योजना, संरक्षण र विकासमा विशेष भूमिका खेल्नुभएको छ। उहाँ वि.सं. २०४४ देखि २०४९ सम्म कोषाध्यक्ष र वि.सं. २०४९ देखि २०५० भाद्रसम्म सदस्य–सचिवका रूपमा नियुक्त हुनु भयो । पछिल्लो समय उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७० असार २४ गते ४ वर्षका लागि सदस्य सचिवमा नियुक्त गरेको थियो। [५] सदस्य–सचिव पदमा रहेर पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक र भौतिक संरचना विकासमा अग्रणी भूमिका निर्वाह गर्नुभएको छ ।

अर्घाखाँचीको बलकोटस्थित श्रीपरशुरामेश्वरमन्दिर खण्डहर भएर रहेकोमा त्यस मन्दिरको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा पनि उहाँको मार्गदर्शन र सक्रियता रहेको छ । अहिले गएर बलकोटस्थित श्रीपरशुरामेश्वरको मन्दिर स्वदेशी तथा विदेशी धार्मिक आस्थावान्हरूको लागि पवित्र तीर्थस्थल एवं तेस्रो मुलुकका पर्यटकहरूको लागि आकर्षक पर्यटक स्थल बन्न पुगेको छ।‘श्रीपरशुरामेश्वरमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समिति’ को गठन भई सोही संस्थाको माध्यमबाट हिजोआज दैनिक पूजा-आजालगायत आवश्यक मर्मत, सम्भारको यावत कार्यहरू भइरहेको छ । यस मन्दिरका संस्थापक कप्तान परशुराम षत्री (टण्डन) ले ८० घर-कुरिया गुठी जग्गा-जमिनको आम्दानीले मन्दिरको सञ्चालनको व्यवस्था गरिदिएको भएता पनि गुठियारहरूको मतभिन्नता र मोहीहरूको दवावको कारण सन् १९८९ देखि मोहीकै नाममा ‘गुठी संस्थान’ ले जग्गा दर्ता गरिदिएकोले विगत ३६ वर्षदेखि मन्दिरमा गुठीजग्गाबाट कुनै कुत आउँदैन । आएको केही कुत पनि गुठी संस्थानले आफूले आम्दानी बाँधेको छ । त्यसबाट श्रीपरशुरामेश्वरमन्दिरलाई दिनुपर्ने कुत आम्दानी बुझाएको छैन।
मानवसेवा आश्रम
[सम्पादन गर्नुहोस्]यसका साथै, उहाँले स्थापना गर्नुभएको र हाल प्रमुख संरक्षक रहुनुभएको मानवसेवा आश्रम [६] आज १४ जिल्लाका २५ स्थानमा कार्यरत छ, जहाँ करिब १८०० जना सडकआश्रित, सहयोगापेक्षी नागरिकहरूलाई दैनिक खाना, वस्त्र, आश्रय र स्वास्थ्यसेवा उपलब्ध गराइन्छ ।[७]
पशु अधिकार र पशुबलि निषेध
[सम्पादन गर्नुहोस्]उहाँले पशु अधिकार र पशुकल्याणका लागि समर्पित अभियन्ता हुनुहुन्छ । उहाँले “पशुवलि निषेध चेतना अभियान” सञ्चालन गर्दै देवी–देवताको नाममा गरिने पशु बलिको विरोधमा जनचेतना फैलाउने काम गर्दै आउनुभएको छ। उहाँले पशुप्रति मानवीय व्यवहार र संरक्षणको पक्षमा आवाज उठाउँदै आउनुभएको छ । नेपालमा पशुकल्याणको लागि संस्थागत रूपबाट सबैभन्दा पहिले सन् १९९२ मा ‘पशुपक्षीप्रति निर्दयता रोकावट समाज’ (Society for the Prevention of
Cruelty to Animals, Nepal) नामको संस्थाको स्थापनाको परिकल्पनाकारमध्ये उहाँ एक हुनुहुन्छ ।‘शाकाहार जीवनको आधार’ नामले शाकाहारी जीवन र समाजको प्रवर्द्धनमा पनि उहाँ त्यत्तिकै सक्रियसाथ लाग्नुभएको छ ।
सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन
[सम्पादन गर्नुहोस्]यसको सँगसगै “सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन” अभियानमार्फत उहाँले सकारात्मक सोच, जीवन निर्माण, मूल्य शिक्षाको प्रचार–प्रसार गर्दै देशभरका युवालाई समाजसेवामा प्रेरित गर्दै आउनुभएको छ।

यसका अलावा नेपाल प्रज्ञा–प्रतिष्ठान, शिक्षा मन्त्रालयका पाठ्यक्रम विकास समितिहरू, र संविधान सुझाव समितिहरूमा पनि उहाँको सक्रिय भूमिका रह्यो । उहाँले गुठीसम्बन्धी नीतिगत अनुसन्धान तथा प्रतिवेदनहरू प्रस्तुत गरेर नीति निर्माणमा योगदान दिनुभएको छ ।
यस परिस्थितिमा ‘श्रीपरशुरामेश्वरमन्दिर जीर्णोद्धार एवं संवर्द्धन समिति’ ले जे जे काम गर्नुपर्ने हो गरेर, सर्वसाधारणमा आव्हान गर्दा मन्दिरलाई जनसहयोग र सामान्य सरकारी सहयोग वेला-वेलामा प्राप्त हुने गरेको छ।
लेखन, अनुसन्धान र प्रकाशनहरू
[सम्पादन गर्नुहोस्]डा. टण्डनका लेख, ग्रन्थ र अनुसन्धानहरूले नेपाली समाजको बौद्धिक र सांस्कृतिक जगमा गहिरो छाप छोडेका छन् । उहाँका इतिहास, धर्म, र संस्कृतिसँग सम्बन्धित डेढ दर्जनभन्दा बढी पुस्तक प्रकासित छन् । त्यसैगरी अनुवाद र सम्पादन पनि छन् ।
लेखन
[सम्पादन गर्नुहोस्]- काठमाडौँ अधित्यकाका गणेश मूर्तिहरू (कीर्तिपुर: नेपाल र एशियाली अनुसन्धान केन्द्र, वि.सं. २०४२।
- नेपालमा गुठी व्यवस्था (काठमाडौँ: नेपाल अध्ययन समूह, वि.सं. २०४५) ।
- पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन, भाग १ (काठमाडौँ: झरेन्द्रशमशेर ज.ब.रा.एवं श्रीमती मञ्जु राणा, वि.सं. २०५३)।
- पशुपतिक्षेत्रको साँस्कृतिक अध्ययन, भाग २ (काठमाडौँ: झरेन्द्रशमशेर ज.ब.रा.एवं श्रीमती मञ्जु राणा, वि.सं. २०५६)।
- संस्कृति संरक्षण: केही लेख केही विचार (काठमाडौँ: झरेन्द्रशमशेर ज.ब.रा.एवं श्रीमती मञ्जु राणा, वि.सं.२०५५)।
- पशुपतिक्षेत्रका मठ, मन्दिरहरूको सञ्चालन र अवस्था (काठमाडौँ: झपट पुरस्कार गुठी, वि.सं. २०५४) ।
- समाज र राष्ट्रको उत्थानमा गूठीहरूको भूमिका (काठमाडौँ: मृगेन्द्र-सम्झना गुठी, वि.सं. २०५६) ।
- राइबाबासँग साक्षात्कार (काठमाडौँ: ग्रन्थरत्न प्रकाशन समिति, वि.सं. २०६३)।
- सर्वोत्कृष्ट जीवनका लागि शाश्वत चिन्तन (काठमाडौँ: सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन, मालीगाउँ, वि.सं २०६५)।
- ज्ञानको चमत्कार (काठमाडौ: स्वाध्याय परिवार, वि.सं. २०७०)।
- जितैजित (काठमाडौँ: सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन, वि.सं. २०७०)।
- प्रेरणै-प्रेरणा (काठमाडौँ: सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन, वि.सं. २०७४)।
- नेपालमा गुठी व्यवस्था, दोस्रो संस्करण, (काठमाडौँ: सांग्रीला बुक्स, वि.सं. २०७६)।
- इतिहासका थप पृष्ठहरू,(काठमाडौँ: साग्रीला बुक्स, वि.सं. २०७६)।
- भाव-गङ्गा, (काठमाडौँ: सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान), वि.सं. २०७८)।
- संस्कृति: सम्पदा संरक्षणको दुष्कर यात्रा,(काठमाडौँ: साङ्ग्रीला बुक्स प्रा.ली. वि.सं. २०७८)।
- The Guthi System in Nepal (Patan: RICH Publication, 2025).
- आनन्दै-आनन्द
सह लेखन
[सम्पादन गर्नुहोस्]- प्रो. डा. एक्सल मिखाइल र गोविन्द टण्डन, म्याप अफ देवपाटन (जर्मनी: भीजीआर,१९९४)।
- प्रो. डा. एक्सल मिखाइल र गोविन्द टण्डन, पशुपतिक्षेत्र (काठाडौँ: किताब पसल, वि.सं. २०७३)।
- प्रा.डा. जगदीश्चन्द्र रेग्मी, डा. गोविन्द टण्डन, नेपालको प्रथम नमूना जनगणना (काठमाडौँ: ग्रन्थरत्न प्रकाशन, वि.सं. २०७९)।
- डा. गोविन्द टण्डन,धर्मप्रसाद गौतम, नेपालमा गुठीको महत्त्व र उपादेयता (काठमाडौँ: नेपाल गुठी संरक्षण पुच:, वि.सं. २०६५)।
- प्रा.शिवगोपाल रिसाल, डा.गोविन्द टण्डन, शाश्वत जीवन दर्शन, (काठमाडौँ: उषा प्रकाशन, वि.सं. २०८१)।
ग्रन्थ सम्पादन
[सम्पादन गर्नुहोस्]- यासुमासा ओइजुमी, नेपालमा तरकारी खेती (काठमाडौँ: जापान ओभरसीज भोलेण्टिएर कोपरेशन,(JOCV) वि.सं. २०३९)।
- यासुमासा ओइजुमी, पालुङक्षेत्रमा कृषकहरूका लागि तरकारी खेतीको तरिका र केही निर्देशनहरू (काठमाडौँ: जनकपुर कृषि विकास योजना, वि.सं. २०४२)।
- जुन्जी ताकाहासी, तरकारीको बीउ उत्पादन र रासायनिक मलको प्रयोग (काठमाडौँ:जाइका, वि.सं. २०४२)।
- भोलामानसिंह बस्नेत, कृषकहरूको लागि धान खेतीको प्रारम्भिक पुस्तक, (काठमाडौँ: जनकपुर अञ्चल कृषि विकास योजना(JADP),वि.सं. २०४२।
- पशुवलि निषेध चेतना (काठमाडौँ: सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तन, वि.सं. २०६९)।
- गुठी जग्गा हो कि सम्पदा? (काठमाडौँ: नेपाल गुठी संरक्षण पुच:, विसं २०८१)।
अनुवाद
[सम्पादन गर्नुहोस्]- तराईका कृषि प्राविधिज्ञको लागि सिञ्चित कृषिको व्यवहारिक उत्पादन प्रविधि पुस्तक (काठमाडौँ: जापान अन्ताराष्ट्रिय सहयोग संस्था(JICA) वि.सं. २०४१)।
हिन्दीबाट नेपालीमा अनुवाद
[सम्पादन गर्नुहोस्]- दृग्दृश्य विवेक, (काठमाडौँ: चिन्मय आध्यात्मिक सेवा सङ्घ, वि.सं. २०५३)।
- हिन्दुहरूको आराध्यदेव श्रीपशुपतिनाथ (काठमाडौँ: पर्यटन विभाग, वि.सं.२०४५)।
- रमणमहर्षिकृत उपदेशसार (काठमाडौँ: चिन्मय आध्यात्मिक सेवा सङ्घ, वि.सं. २०५४)।
- स्वामी चिन्मयानन्दद्वारा गरिएको व्याख्यानसहितको श्रीमदभगवद्गीता (काठमाडौँ: चिन्मय आध्यात्मिक सेवा सङ्घ वि.सं. २०६०)।
- तत्त्ववोध (काठमाडौँ: चिन्मय आध्यात्मिक सेवा समिति, वि.सं. २०५९)।
संयोजक
[सम्पादन गर्नुहोस्]- अरविन्दकृत पश्चिमका खण्डहरहरूबाट भारतको पुनर्जन्म (मैसूर: द मदर्स इन्ष्टिच्युट अफ रिसर्च, सन् २०००)।
- नेपाली, अङ्क १८५ (ललितपुर: मदन पुरस्कार गुठी, श्रीदरबार टोल, वि.सं. २० )।
- नेपाली, अङ्क २०० (ललितपुर: मदन पुरस्कार गुठी, श्रीदरबार टोल, वि.सं. २०)।
सम्पादक मण्डल
[सम्पादन गर्नुहोस्]- इ. शि .बाबुराम आचार्य स्मृति ग्रन्थ, काठमाडौँ: बाबुराम आचार्य शतवार्षिकी समिति,(वि.सं. २०४४)
- योगी नरहरिनाथ अभिनन्दन-ग्रन्थ, काठमाडौँ,(वि.सं. २०५४)।
- नेपालको इतिहासका विविध पक्ष, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान,(काठमाडौँ: (वि.सं. २०५६)।
- योगी नरहरिनाथ अभिनन्दन-ग्रन्थ, परिवर्द्धित संस्करण (काठमाडौँ: सनातन सिद्ध धर्म समिति,वि.सं. २०८१)।
प्रधान सम्पादक
[सम्पादन गर्नुहोस्]- श्रीमती अङ्गुरबाबा जोशी अभिनन्दन ग्रन्थ, काठमाडौँ: (वि.सं. २०५६)।
प्रकाशक
[सम्पादन गर्नुहोस्]- कविकेशरी बस्नेत, नेपालमा पारवहन व्यवस्था (काठमाडौँ: नेपाल अध्ययन समूह, वि.सं. २०४३)।
- ए मान्छे (काठमाडौँ: ग्रन्थरत्न प्रकाशन समिति, वि.सं. २०५९)।
- देवीबहादुर थापा, सोह्र संस्कार र हाम्रो संस्कृति, (काठमाडौँ: ग्रन्थरत्न प्रकाशन समिति, वि.सं.२०६७)।
- ज्योति भट्टराई, भक्ति महिमा (काठमाडौँ: ग्रन्थरत्न प्रकाशन समिति, वि.सं.२०६७)।
- पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन (दुई खण्ड): यो पुस्तक उहाँको विद्यावारिधिको अनुसन्धानमा आधारित छ, जसमा पशुपति क्षेत्रको ऐतिहासिक,धार्मिक, र सांस्कृतिक महत्त्वलाई विस्तृत रूपमा प्रस्तुत गरिएको छ। यो एक किसिमले भन्ने हो भने पशुपतिक्षेत्रको ‘विश्वकोश’ नै हो भनिदिए हुन्छ।[८]
- अन्य धार्मिक र आध्यात्मिक पुस्तकहरू: उहाँले पशुकल्याण, सम्पदा संरक्षण, र सनातन जीवन दर्शनका विषयमा पनि लेख्नुभएको छन, जसले उहाँको बहुआयामी व्यक्तित्वलाई झल्काउँछ।
- “शाश्वत जीवनदर्शन”: यो उहाँको हालसालै प्रकाशित पुस्तक हो, जसले जीवनको शाश्वत सत्य, आध्यात्मिकता, र मानवताको दर्शनलाई प्रस्तुत गर्छ । यो पुस्तकले मानव जीवनको उद्देश्य, कर्म, र नैतिकताको बारेमा गहन चिन्तन प्रदान गर्ने अपेक्षा गरिएको छ।यसको प्रकाशनले उहाँको लेखन यात्रामा नयाँ आयाम थपेको छ। यद्यपि, यो पुस्तकको विस्तृत सामग्री र समीक्षाको बारेमा तत्काल जानकारी उपलब्ध नभए पनि, यसले उहाँको आध्यात्मिक र दार्शनिक सोचलाई प्रतिविम्बित गर्ने अनुमान गर्न सकिन्छ।
उपसंहार
[सम्पादन गर्नुहोस्]डा. गोविन्द टण्डन एक समर्पित संस्कृतिविद्, अध्येता, लेखक, सामाजिक अभियन्ता र शाश्वत जीवनदृष्टिको अगुवा हुनुहुन्छ। उहाँको समग्र जीवन यात्राले धर्म, संस्कृति, शिक्षा र मानवता क्षेत्रमा देशको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्ने कार्य गर्दै आएको छ। नेपाललाई ‘मानवताको देश’ बनाउने उहाँको संकल्प आजको समयका लागि मात्र होइन, भावी पुस्ताका लागि समेत प्रेरणादायी मार्गदर्शन हो
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "About", Govinda Tandon (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०५-१७।
- ↑ Vegetarianism in Nepal with Dr. Govinda Tandon Meta Cafe
- ↑ "About", Govinda Tandon (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०५-१७।
- ↑ "Govinda Tandon - In service to humanity - मानव सेवामा समर्पित", Govinda Tandon (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०५-१७।
- ↑ Appointments made to different PADT posts वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-११ मिति The Himalayan Times
- ↑ "संचालक परिषद", www.pashupati.org.np, पशुपति क्षेत्र विकास कोष, अन्तिम पहुँच २ जुलाई २०१३। वेब्याक मेसिन अभिलेखिकरण १५ सेप्टेम्बर २०१४ मिति
- ↑ "संरक्षक परिवार", www.manavsewaashram.org, मानवसेवा आश्रम, अन्तिम पहुँच ४ जुलाई २०२१। वेब्याक मेसिन अभिलेखिकरण ९ जुलाई २०२१ मिति
- ↑ "Books by Dr. Govinda Tandon (डा. गोविन्द टण्डन)", Thuprai (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०५-१७।