ग्यादर डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्यादर डटकम
साइटको प्रकार
समाचार, सामाजिक सञ्चार माध्यम
उपलब्ध भाषाअङ्ग्रेजी
व्यवसायिकथियो
दर्ताहाल उपलब्ध छैन
चालु भएको मिति२५ फेब्रुअरी २००५; १९ वर्ष पहिले (२००५-०२-25)
वर्तमान स्थितिनिष्क्रिय

ग्यादर वा ग्यादर डटकम' (अनुवादित नेपाली शीर्षक - भेला) एक सामाजिक सञ्जाल वेबसाइट थियो जुन विभिन्न सामाजिक, राजनीतिक र सांस्कृतिक शीर्षकहरूको छलफलबाट अन्तरक्रियालाई प्रोत्साहित गर्नका लागि सृजना गरिएको थियो। यसको प्रधान कार्यालय म्यासेचुसेट्स अवस्थित थियो। सन् २०१५ मा यो पूर्ण रूपमा बन्द भएको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

वेबसाइट सन् २००५ मा, सम्बद्ध कम्पनी बि फ्रीको स्थापना गरेका एक उद्यमी टम गेरसले स्थापना गरेका थिए।[१] यसले म्याकग्र हिल[२]हर्ष्ट प्रकाशन[२] देखि अमेरिकी सार्वजनिक सञ्चार माध्यम[१] र म्याक्ल्याची परिवारका सदस्य सम्मका सञ्चार कम्पनीहरूबाट लगानी र साझेदारी आकर्षित गर्न सफल भएको थियो।[१] वयस्क जनसाङ्ख्यिकीयका कारण ष्टारबक्सले अन्य सामाजिक सञ्जाल साइटहरू भन्दा यसलाई छनौट गरेको थियो। लोटसका संस्थापक जिम मानजी कम्पनीमा एक प्रारम्भिक लगानीकर्ताको रूपमा रहेका थिए।[३] दूर्दशन विज्ञापनहरूको प्रयोग गर्ने ग्यादर सन् २००६ को सुरुवाती कम्पनीहरू मध्ये एक थियो। [१]

जनसाङ्खिकि[सम्पादन गर्नुहोस्]

देश अनुसार, सबैभन्दा धेरै भ्रमण गरिएको यसको वेबसाइट निम्नलिखित घट्दो क्रममा रहेका छन्:

 भारत ४१.५%
 संयुक्त राज्य अमेरिका २७%
 पाकिस्तान ४.९%
 क्यानडा ४.३%
 संयुक्त अधिराज्य ३.३%
 फिलिपिन्स २.१%

सञ्चालन[सम्पादन गर्नुहोस्]

सदस्यहरूले उनीहरूको आफ्नै उप डोमेन प्राप्त गरेका थिए जहाँ उनीहरू लेख प्रकाशित गर्न र टिप्पणीहरू साझेदारी गर्न सक्थे। साथै, सदस्यहरूले उनीहरूको आफ्नै प्रयासमा वा कुनै अन्य शीर्षकसँग सम्बन्धित समूहहरू सृजना गर्न सक्दछन्। लेखकहरूले एक अर्काको कार्यहरूमा पनि टिप्पणी गर्न सक्थे।[४]

सन् २०१० मा, टम गेरस सहित ग्यादरका व्यवस्थापकहरूले "द ग्यादर न्यूज च्यानल" नामक शीर्षकमा व्यवसाय सञ्चालन गर्ने उप डोमेनको सुरूवात गरेका थिए। यसले उप डोमेनहरूको शृङ्खला समावेश गर्दछ जसमा प्रख्यात व्यक्ति, मनोरञ्जन, व्यापार, प्रविधि, राजनीति, खेलकुद र समाचारहरू समावेश छन्।

लेखकहरूलाई एउटा विषयमा छोटो लेख लेख्न भुक्तान गरिएको थियो जसको लागि तिनीहरूले माथिका शीर्षकहरूबाट छनौट गर्न सक्दछन्। दृश्यहरू प्रति हेराई राजस्वको सूत्रमा आधारित थिए। "द ग्यादर न्यूज च्यानल" सन् २०१४ सम्म अवस्थित थियो र यसलाई पछि ग्यादर डटकम सहित ग्यादर निगमलाई कितारा मिडियाले खरिद गरेको थियो।

सन् २०१५ को अक्टोबरमा यसलाई पूर्ण तया निष्क्रिय गरिएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ सराह लेसी (अक्टोबर २५, २००६), "ग्यादर डटकम: सामाजिक सञ्जालको वृद्धि", बिजनेस विक, अन्तिम पहुँच २००७-०७-०६ 
  2. २.० २.१ भउहिनी भारा (नोभेम्बर १७, २०९६), "Hearst, McGraw-Hill Buy Into Gather.com", द वाल ष्ट्रिट जर्नल, अन्तिम पहुँच २००७-०७-०६ 
  3. Steve Gelsi (जनवरी १६, २००६), "Gather.com gets $6 million in funding: Allen & Co., ex-Lotus exec line up behind blogging site", डो जोनस मार्केट वाच, अन्तिम पहुँच २००७-०७-०६ 
  4. "ग्यादरको अवलोकन", साइट जब्बर, अन्तिम पहुँच २३ असोज २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]