ग्यारी वाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्यारी वाङ
王微
जन्म (1973-05-08) मे ८, १९७३ (उमेर ५०)
फुझोउ, फुज्यान, चीन
वासस्थानबेइजीङ,  चीन
पेशाटुडु डटकमका संस्थापक तथा पूर्व कार्यकारी र लाइट चेजर एनिमेसन स्टुडियोजका संस्थापक

ग्यारी वाङ वा वाङ वे (सरलीकृत चिनियाँ: 王微); (पिन्यिन: Wáng Wēi); (जन्म ८ मे १९७३) एक चिनियाँ उद्यमी हुन्। उनी लोकप्रिय चिनियाँ श्रव्य दृश्य साझेदारी सेवा, टुडु डटकम संस्थापक हुन्। उनले अगष्ट २०१२ सम्म कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा सेवा गरृका थिए। उनी हाल बेइजीङमा आधारित एमिनेुसन स्टुडियो लाइट चेसर एमिनेसन स्टुडियोका संस्थापक हुन्।[१] वाङ उपन्यासकार, पटकथा लेखक तथा नाटककार पनि हुन्। उनले जोन्स हपकिन्स विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर र इन्सेडबाट व्यवसाय प्रवन्धमा स्नातकोत्तर गरेका थिए।[२] उनले सन् १९९५ मा कलेज अफ ष्टेटन आइल्याण्डबाट अन्तर्राष्ट्रिय व्यापारमा स्नातक स्नातकोत्तर प्राप्त गरेका थिए।

कार्यकाल[सम्पादन गर्नुहोस्]

सुरुवाती व्यवसायीक कार्यकाल[सम्पादन गर्नुहोस्]

वङको पहिलो कलेज बाहिर पहिलो पूर्ण-समय काम तयारी वस्त्रहरूको बिक्रेताको रूपमा थियो, यद्यपि उनले ९० अमेरिकी डलर पर्ने एकदमै कसिलो कपडाहरू लगाउँथे र उनलाई क्रिश्चियन डियोर कसरी उच्चारण गर्ने भन्ने बारेमा थाहा थिएन।[२] पछि उनी ह्युजेस इलेक्ट्रोनिक्समा रोजगारी प्राप्त गरे जहाँ उनले सन् १९९७ देखि २००१ सम्म इन्जिनियरको रूपमा भूमिका निभाएका थिए र अन्तिम पटक उनले व्यापार विकास प्रवन्धकको भूमिका निभाएका थिए।[३] सन् २००२ मा इन्सेडमा मार्फत व्यवसाय प्रवन्धमा स्नातकोत्तर प्राप्त गरे पछि वाङले एक अन्तर्राष्ट्रिय मिडिया कम्पनी बर्टेल्सम्यान समूहको संयुक्त विकास निर्देशकको रूपमा काम गरेका थिए। पछि सन् २००३ देखि २००५ सम्म उनले बार्टेल्सम्यान अनलाइन चीन, इ-वाणिज्य तथा बार्टेल्सम्यान समूहको सहायक कम्पनीमा प्रवन्ध निर्देशकको भुमिका निर्वाह गरेका थिए। [३]

टुड[सम्पादन गर्नुहोस्]

वाङले युट्युबको स्थापना भएको केही महिना पछिनै सन् २००५ मा टुडुको स्थापना गरेका थिए। चीनमा दूरदर्शन सामग्रीको कडा नियमन गरिएको प्रकृतिलाई उद्धृत गर्दै उनले रचनात्मक विचार तथा प्रतिभा भएका व्यक्तिहरूलाई श्रोताको समक्ष प्रस्तुत गर्नेमा जोड दिएका थिए।[४]

वाङले टुडु १५ अप्रिल २००५ मा आधिकारिक रूपमा स्थापनम गरेका थिए र शीघ्र सञ्चालनमा पनि ल्याएका थिए। टुडुलाई प्रयोगकर्ताहरूद्वारा उत्पादित सामग्री आयोजना गर्ने वेबसाइटको रूपमा सुरुवात गरिएको थियो। तर छिट्टै वेबसाइटलाई विस्तार गरियो र प्रयोगकर्ताद्वारा उत्पादित सामग्री, किस्ता अनुमति पत्र सामग्री र घर-घरमा विकसित सामग्रीहरूको सामेल गरिएको थियो।[५] टुडुले आफुलाई साधारणतया युट्युब, हुलु र एचबीओ व्यापार नमूनाको संयोजकको रूपमा वर्णन गर्दछ। टुडुका मासिक जमूना भ्रमणकर्ताहरू सन् २००७ देखि सन् २०१० सम्म, ५० मिलियनबाट १८२ मिलियन पुगेको र यबध सङ्ख्या मे २०११ मा आएर २०० मिलियन पुगेको थियो। वेबसाइट दर्ता भएका प्रयोगकर्ताहरूको सङ्ख्या ३१ डिसेम्बर २००८ मा, लगभग ३५.६ मिलियन रहेको थियो भने ३१ डिसेम्बर २०१० मा प्रयोगकर्ताहरूको सङ्ख्या ७८.२ मिलियन पुगेको थियो र ३० जून २०११ मा, यो सङ्ख्या ९०.१ मिलियन पुगेको थियो।[५]

अगष्ट २०११ मा टुडु अमेरिकी सेयर बजारमा सूचीकृत भएको थियो। १२ मार्च २०१२ मा, टुडु र यसको प्रतिस्पर्धी युकु डटकमले कम्पनीहरूको समायोजन हुने घोषण गरेका थिए। नव निर्मित कम्पनीको नाक युकु टुडु निगम हो जसको मूल्य १.२ बिलियन अमेरिकी डलर हो।[६] अगष्ट २०१२ मा, समायोजन आधिकारिक रूपमा पूर्ण भए पश्चात्, वाङले उक्त नयाँ कम्पनीको दैनिक सञ्चालनबाट अवकाश लिएका थिए। [७]

लाइट चेसर एमिनेसन स्टुडियो[सम्पादन गर्नुहोस्]

१२ मार्च २०१३ मा, बाल ष्ट्रिट जर्नलको एक अन्तरवार्तामा, वाङले उनको नयाँ परियोजना लाइट चेसर एमिनेसन स्टुडियोको घोषण गरेका थिए[२] जसको उद्देश तिव्र वृद्धि भइरहेको चिनियाँ बजारमा कार्टुन लगायतका चलचित्रको उत्पादन गर्नु थियो। सन् २०१२ मा, यो ३०% ले वृद्धि भएको थियो।[८] सन् २०२० मा, अमेरिकी बजारमा सबैभन्दालाई उछिन्दै शीर्ष स्थानमा रहने बताएको छ।[९] उनले घरेलु उत्पादित एनिमेसन सामग्री, तिव्र बृद्धि हुने घरेलु बजार, चलचित्र वितरण, प्रवर्द्धन र चीनमा प्रतिलिपि अधिकारका लागि वातावरण सुधारको उनको निर्णयको प्रमुख कारणको रूपमा गुणस्तरको अभावलाई औल्याएका थिए।

लाइट चेसर एमिनेसन स्टुडियो बेइजिङ चीनमा आधारित छ।

लाइट चेसर एमिनेसन स्टुडियो[सम्पादन गर्नुहोस्]

१२ मार्च २०१३ मा, बाल ष्ट्रिट जर्नलको एक अन्तरवार्तामा, वाङले उनको नयाँ परियोजना लाइट चेसर एमिनेसन स्टुडियोको घोषण गरेका थिए[२] जसको उद्देश तिव्र वृद्धि भइरहेको चिनियाँ बजारमा कार्टुन लगायतका चलचित्रको उत्पादन गर्नु थियो।[८] सन् २०१२ मा, यो ३०% ले वृद्धि भएको थियो। सन् २०२० मा, अमेरिकी बजारमा सबैभन्दालाई उछिन्दै शीर्ष स्थानमा रहने बताएको छ।[१०] उनले घरेलु उत्पादित एनिमेसन सामग्री, तिव्र बृद्धि हुने घरेलु बजार, चलचित्र वितरण, प्रवर्द्धन र चीनमा प्रतिलिपि अधिकारका लागि वातावरण सुधारको उनको निर्णयको प्रमुख कारणको रूपमा गुणस्तरको अभावलाई औल्याएका थिए।

लाइट चेसर एमिनेसन स्टुडियो बेइजिङ चीनमा आधारित छ।

रचनात्मक कार्यकाल[सम्पादन गर्नुहोस्]

वाङ एक उपन्यासकार र मञ्च तथा ब्यालेटको लागि नाटककार पनि हुन्। २४ वर्षको हुँदा, वाङले वेटिङ फर समर (अनुवाद - गृष्मको पर्खाइमा) नामक उपन्यास लेखेका थिए, जुन उनी संयुक्त राज्य अमेरिकामा बसेको र अध्ययन गर्दाको प्रारम्भिक अनुभवहरूमा आधारित थियो।[१]

वाङले सन् २००६ मा उनले चिनियाँ साहित्यिक पत्रिका हार्वेष्ट र त्यसपछि एक वर्ष पछि स्वतन्त्र कार्यको रूपमा उपन्यास प्रकाशन गरेका थिए।[११] २०११ मा, वाङले द रेजिडेन्सल कम्पाउण्ड लेखेका थिए, जुन बेइजिङमा सहरी विकास तथा स्थान परिवर्तनको बारेमा एक नाटक हो।[१२]

वाङ लाइट चेसर एनिमेसनको पहिलो चलचित्र, लिटल डोर गड्सका पटकथाका लेखक तथा निर्देशक पनि हुन्।[१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Xing, Wang (मार्च १, २०१०), "China's Video Visionary", चाइना डेली 
  2. २.० २.१ २.२ २.३ Osawa, Juro (मार्च १२, २०१३), "Tudou Founder Eyes Big Screen", वाल ष्ट्रिट जर्नाल 
  3. ३.० ३.१ "Video Interview: Gary Wei Wang, Founder, Chairman, and CEO, Tudou Holdings Limited", नसडक ग्लोब न्युजवायर, अगस्ट २५, २०११। 
  4. Wood, Andrew (जनवरी २५, २०११), "CEO view: Gary Wang (MBA ‘02J), founder of Tudou.com", इन्सटेड वेबसाइट 
  5. ५.० ५.१ "Tudou's IPO Prospectus", नसडक डटकम, अगस्ट ९, २०११। 
  6. Kathrin Hille (मार्च १२, २०१२), "Youku and Tudou to merge amid cost rises", द फाइनान्सिएल टाइम्स 
  7. "China's Tudou co-founder Wang retires after online video merger", रेउटर्स, अगस्ट २४, २०१२।  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २६, २०१२ मिति
  8. ८.० ८.१ Lai, Alexis (फेब्रुअरी २०, २०१३), "Blockbuster growth in China's film industry", सिएनएन 
  9. Child, Ben (नोभेम्बर २९, २०१२), "China will be the world's biggest film market by 2020", द गार्जिएन 
  10. Child, Ben (नोभेम्बर २९, २०१२), "China will be the world's biggest film market by 2020", द गार्जिएन 
  11. "Story Summary of "The Residential Compound": People and Events in Old Beijing", सोहु मनोरञ्जन, जुन २९, २०११। 
  12. Woodruff, Steven (सेप्टेम्बर २९, २०११), ""RAkU" Shines in San Francisco Ballet Repertory Program", डान्स रिभ्यु, मूलबाट जुलाई ८, २०१३-मा सङ्ग्रहित।  = Archive.today अभिलेखिकरण जुलाई ८, २०१३ मिति
  13. Lin, Lilian (Mar १७, २०१५), "China’s Answer to Pixar Unveils New 3-D Feature About Guardian Spirits", वाल ष्ट्रिट जर्नल 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]