ग्यालेक्सी सार्वजनिक विद्यालय
| ग्यालेक्सी पब्लिक स्कूल | |
|---|---|
| स्थान | |
![]() | |
| , | |
| जानकारी | |
| प्रकार | सहशिक्षा |
| आदर्श वाक्य | माया र सेवा |
| स्थापना | सन् १९८६ |
| प्रधानाध्यापक | सुरिना गुरुङ |
| विद्यार्थी सङ्ख्या | २५०० (अनुमानित) |
| एथलेटिक उपनाम |
|
| वेबसाइट | www |
ग्यालेक्सी पब्लिक स्कूल ज्ञानेश्वर, काठमाडौँमा अवस्थित अङ्ग्रेजी उच्च माध्यमिक विद्यालय हो ।[१][२][३] सन् १९८६ मा स्थापित यस विद्यालयले अनुमानित २,५०० भन्दा बढी विद्यार्थीहरूलाई प्राथमिक तहदेखि उच्च शिक्षा प्रदान गर्छ । माध्यमिक शिक्षा परीक्षापछि १० जोड २ मा विज्ञान र वाणिज्यको व्यवस्था गरिएको छ ।
सबै कक्षामा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, वातावरण विज्ञान, सामाजिक, नैतिक शिक्षा, कम्प्युटर विज्ञान तथा कला र शिल्प सिक्नु आवश्यक छ । अनौपचारिक रूपमा दिइने प्राथमिक शिक्षाका लागि भर्ना हुन विद्यार्थी कमसेकम ३ वर्षको हुनुपर्छ । विद्यार्थीहरूलाई पढाइका साथै मौखिक प्रस्तुति, खेलकुद, छोटामोटा परीक्षण र अवलोकनमा भाग लिन प्रोत्साहित गरिन्छ । बालबालिकालाई आफ्नो समाजबारे सचेत गराउन र राम्रो बानीबेहोराको विकास गराउन शिक्षकले श्रव्यदृश्यको प्रयोग गर्छन् । प्राथमिक शिक्षामा अतिरिक्त क्रियाकलापको साथमा अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र कम्प्युटर विज्ञानको परिचय दिइन्छ ।
छात्रावास
[सम्पादन गर्नुहोस्]काठमाडौँ उपत्यका बाहिर बस्ने विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था गरिएको छ । प्रधानाध्यापकको प्रत्यक्ष पर्यवेक्षणमा रहेको छात्रावासमा वार्डन र मेट्रनलाई हेरचाहकर्ताको भूमिकामा राखिएको छ । यस विद्यालयको छात्रावास पौराणिक समयमा प्रचलित गुरुकुल प्रणालीबाट प्रेरित भएको छ ।
छात्रावासमा विद्यार्थीहरू सँगै बस्छन्, सँगै पढ्छन् र सँगै खेल्छन् । निश्चित समय सारिणी भएको छात्रावासमा विद्यार्थीहरूको दिन बिहान ५:३० मा सुरु भई राति ८:३० मा सकिन्छ । बिहान र बेलुका अतिरिक्त शिक्षा प्रदान गरिन्छ । समय सारिणीले विद्यार्थीहरू अतिरिक्त क्रियाकलापमा भाग लिन पाउने पनि सुनिश्चित गरेको छ ।[४]
स्वास्थ्य सुविधा
[सम्पादन गर्नुहोस्]विद्यार्थीको स्वास्थ्यलाई स्वास्थ्य सेवकले पर्यवेक्षण गर्छन् । नर्सको मातहतमा १० ओटा खाट भएको बिरामी राख्ने कोठा छ । विद्यार्थीको स्वास्थ्यलाई नियमित रूपमा जाँच गरिन्छ । आपतकालीन अवस्थामा विद्यार्थीलाई अभिभावकलाई जानकारी गराई अस्पताल लगिन्छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "‘निजी विद्यालयका ४० प्रतिशत विद्यार्थी गाउँतिर", साझा पोस्ट, २०२०-०५-१४, अन्तिम पहुँच २०२०-०८-१८। अभिलेखिकरण २०२०-०५-२० वेब्याक मेसिन
- ↑ "कक्षा ९ मा पढ्दै छिन् करिष्मा (भिडियोसहित)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१८।
- ↑ "देशकै महंगो ग्यालेक्सी स्कूलका शिक्षकहरूलाई तलब नदिएपछि आन्दोलन थाले", जनबोली (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-१८। अभिलेखिकरण २०२१-०१-२६ वेब्याक मेसिन
- ↑ "रियल स्कूल अफ नेपालको काठमाडौँ अडिसन सम्पन्न", छोटकरी, अन्तिम पहुँच २०२०-०८-१८।[स्थायी मृत कडी]
