ग्रामिणफोन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ग्रामीणफोन लिमिटेड
उद्योगको प्रकारसार्बजनिक
उद्योगदूरसञ्चार
व्यवसायको रूपमाढाँचा:Dse
स्थापना१९९७ (१९९७) in ढाका, बङ्लादेश
संस्थापक (हरू)इक्बल क्वादिर
डा.मुहम्मद युनूस
व्यापारिक क्षेत्रबङ्लादेश
मुख्य व्यक्तिहरूमाइकल फोली (सिइओ) [१]
उत्पादन (हरू)मोबाइल टेलिफोन, एज, जिएसएम, जिपिआरएस, युएमटिएस, एचडिपिए, एचएसयुपीए, एचएपिए, एचपिए+, एफडिडि-एलटिइ, फिक्स्ड ब्रोडब्याण्ड.
सेवाहरूमोबाइल टेलिफोन, मोबइल इन्टरनेट, डिजिटल सेवा
राजस्व
  • Increase ৳ ११४.९ billion (२०१६)
  • ৳ १०४.८ billion (२०१५)
[२]
परिचालन आयIncrease $५३० मिलियन) (२०१६)
कूल आम्दानीIncrease $२९० मिलियन (२०१६)
कामदार (हरू)३,२८३ [३]
मालिकटेलिनर

ग्रामिणफोन (बङ्गाली: গ্রামীণফোন) व्यापक रूपमा जीपी को रूपमा संक्षिप्त गरिएको, बङ्लादेशको एक प्रमुख दूरसञ्चार सेवा प्रदाता हो । सेप्टेम्बर २०१६ को अनुसार यसका ५८ लाख भन्दा अधिक ग्राहकहरु रहेका छन् र ५४% बजार साझेदारी गरेको छ । [४]देशमा ग्रामीणफोन सबैभन्दा ठूलो मोबाइल फोन सञ्चालक हो । यो टेलेनर र ग्रामीण दूरसञ्चार निगम, एक माइक्रोफाइनान्स संगठन, सामुदायिक विकास बैंक र गैर-लाभकारी संस्था ग्रामीण बैंकको बीचको संयुक्त उद्यम हो । टेलेनर नर्वेमा सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो । टेलेनरले ग्रामीणफोनको ५५.८% शेयर हालेको छ, ग्रामीण टेलिकमले ३४.२% र बाँकी १०% सार्वजनिक रूपमा रहेकोे छ ।

ग्रामीणफोन बङ्लादेशमा जिएसएम प्रविधि परिचय गराउने पहिलो कम्पनी थियो । यो देशमा ९९% क्षेत्र ढाक्ने पहिलो सेलुलर नेटवर्क थियो ।[५]

इतिहास[सम्पादन गर्ने]

ग्रामीण क्षेत्रहरु सहित, बङ्लादेश भरी सार्वभौम मोबाइल फोन पहुँच उपलब्ध गराउने विचारले, इकबाल क्वादिरलाई उत्प्रेरित गरायो । उनी ग्रामीणबैंकद्वरा प्रेरित भएका थिए । संयुक्त राज्य अमेरिकामा एक लगानीकर्ताका रूपमा आफ्नो जागिर छाडे पछि, क्वाडिरले सफलतापूर्वक न्यूयर्क आधारित लगानीकर्ता र दर्शनशास्त्री यहोशू मेलमनबाट पैसा उठाए । त्यसपछि उनी बङ्लादेशमा फर्किए । ग्रामीण बैंक र नार्वेली टेलिफोन कम्पनी, टेलेनर जस्ता संस्थाहरूबाट समर्थन प्राप्त गर्न उनले तीन वर्ष काम गरे । परिणामस्वरुप टेलेनर र ग्रामीण बैंकसँग सहकार्य गरी एक नयाँ दूरसञ्चार कम्पनी ग्रामीणफोनको स्थापना गरियो । ग्रामीणफोनले २८ सेप्टेम्बर १९९६ मा बङ्लादेश सेलुलर फोन सञ्चालनका लागि इजाजतपत्र प्राप्त गरेको थियो । कम्पनीले २६ मार्च १९९७ मा बङ्लादेशको स्वतन्त्रता दिवसका दिन सञ्चालन गरिएको थियो । ग्रामीण फोनले मोबाइल देखि मोबाइलसम्म जोडिने प्रक्रिया प्रदान गरायो (व्यापक रूपमा जीपी-जीपी जडानको रूपमा चिनिन्छ), जसले प्रयोगकर्ताहरू बीचको धेरै उत्साह सिर्जना गर्यो । एक लाख वा दश लाख प्रयोगकर्ता पुग्ने यो पहिलो सञ्चालक थियो ।

लोगो परिवर्तन[सम्पादन गर्ने]

१६ नोभेम्बर २००६ मा, ग्रामीणफोनले आधिकारिक रूपमा आफ्नो प्रमुख कम्पनी टेलेनरसँगको लोगोसँग मेल खाने लोगोमा परिवर्तन गरेको थियो ।

नेटवर्क[सम्पादन गर्ने]

ग्रामीणफोनका अनुसार, यो १९९७ देखि नेटवर्क पूर्वाधार निर्माण गर्न २५९ बिलियन (बङ्लादेशी टका) वा (३.२७ बिलियन अमेरिकी डालर) भन्दा बढी लगानी गरेको छ । यो २०१४ मा एक्लैले १५ अर्व बङ्लादेशी टका लगानी गरेको थियो ।

ग्रामीणफोनले देशमा सबैभन्दा ठूलो सेलुलर सञ्जाल निर्माण गरेको छ जसका ८,००० भन्दा धेरै बेस स्टेशनहरू छन् । वर्तमानमा, देशको ९९ प्रतिशतभन्दा जनसङ्ख्या ग्रामीणफोनको नेटवर्कको प्रसारण क्षेत्र भित्र छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "माइकल फोली ग्रामीणफोनका सिइओमा नियुक्त भएका छन्", ८ मे २०१७। 
  2. "२०१६ वार्सिक प्रतिवेदन" (पिडिएफ), ग्रामीणफोन, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७ 
  3. "टेलेनर समूह – ग्रामीणफोन, बङ्लादेश", टेलेनर समूह 
  4. "ग्रामिणफोन लिमिटेड", टेलिनर 
  5. "हाम्रो कथा", ग्रामीणफोन, अन्तिम पहुँच ९ जुन २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्ने]