चट्टोग्राम विश्वविद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चट्टोग्राम विश्वविद्यालय
চট্টগ্রাম বিশ্ববিদ্যালয়ের লোগো
चट्टोग्राम विश्वविद्यालयको लोगो
उपनाम
चवि (চবি)
प्रकारसरकारी विश्वविद्यालय, सह-शिक्षा
स्थापनासन् १९६६ नोभेम्बर १८
शैक्षिक सम्बन्धन
विश्वविद्यालय मञ्जुरी संस्थान
कुलपतिराष्ट्रपति आब्दुल हामिद
उप-कुलपतिशिरीन आखतार
उपकुलपतिशिरीन आखतार
शैक्षिक कर्मचारी
८१२[१]
प्रशासनिक कर्मचारी
३११
(पुरुष २७७, महिला ३४)
विद्यार्थीहरू२७,८३९
(छात्र १५,५९८, छात्रा ९,१७९)[१]
ठेगाना, ,
४३३१[१]
,
२२°२८′१६″N ९१°४७′१८″E / २२.४७१००२१°N ९१.७८८४६९३°E / 22.4710021; 91.7884693निर्देशाङ्कहरू: २२°२८′१६″N ९१°४७′१८″E / २२.४७१००२१°N ९१.७८८४६९३°E / 22.4710021; 91.7884693
क्याम्पस२,१०० एकड
भाषाबहुभाषिक
वेबसाइटcu.ac.bd
চট্টগ্রাম বিশ্ববিদ্যালয়ের জলছাপ লোগো
चट्टोग्राम विश्वविद्यालय is located in बङ्गलादेश
चट्टोग्राम विश्वविद्यालय
Location in बङ्गलादेश

चट्टोग्राम विश्वविद्यालय (बङ्गाली: চট্টগ্রাম বিশ্ববিদ্যালয়) बङ्गलादेशको चट्टोग्राम मा अवस्थित एक सरकारी तथा बहु-सङ्काय सञ्चालित अनुसन्धान विश्वविद्यालय हो। यस विश्वविद्यालयको स्थापना सन् १९६६ मा चट्टोग्रामको हाटहाजारी उपजिल्लामा भएको थियो। यो विश्वविद्यालय देशको तेस्रो सबैभन्दा ठूलो विश्वविद्यालय हो भने परिसरको हिसाबले यो देशकै सबैभन्दा ठूलो विश्वविद्यालय हो। सन् २०१९ सम्म यस विश्वविद्यालयमा साँढे २१ हजार भन्दा बढी विद्यार्थी र ९ सय भन्दा बढी शिक्षकहरू कार्यरत रहेका छन्।[२][३] बङ्गलादेशको स्वतन्त्रा युद्ध हुनु पूर्व यस विश्वविद्यालयबाट तत्कालीन पूर्व पाकिस्तानको प्रगतिशील तथा गणतन्त्रान्त्रिक आन्दोलनको सुरुवात भएको थियो भने त्यस समय यस विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरूले बङ्गलादेशलाई स्वतन्त्रता दिलाउन महत्त्वपूर्ण योगदान दिएका थिए।

हाल चट्टोग्राम विश्वविद्यालयको अधीनमा कुल २१ वटा शिक्षाप्रतिष्ठानहरू रहेका छन्। चट्टोग्रामको पहाडी क्षेत्रमा अवस्थित यो विश्वविद्यालयको प्राकृतिक सौन्दर्यलाई यसको आधारको रूपमा लिइन्छ जहाँ यस विश्वविद्यालयको सबैभन्दा ठूलो पुस्तकालय अवस्थित रहेको छ। यस विश्वविद्यालयबाट कयौँ उल्लेखनीय शिक्षा तथा विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरेका छन् भने यी मध्ये १ जनाले एकुशे पदकको साथसाथै नोबेल पुरस्कार पनि जित्न सफल भएका थिए। सन् २०२० अनुसार देशमा यो विश्वविद्यालय परिसरको हिसाबले शीर्ष स्थानमा पर्छ भने विश्वव्यापी रूपमा ३१०१ स्थानमा पर्दछ।

स्थान[सम्पादन गर्ने]

चट्टोग्राम विश्वविद्यालय बङ्गलादेशको चट्टोग्राम सहर भन्दा लगभग २२ किलोमिटर (१४ माइल) उत्तरमा हाटहाजारी थाना अन्तर्गत पर्ने फतेहपुर सङ्घको पश्चिम-पट्टी २,१०० एकड (८५० हेक्टर) मा पहाडी तथा समतल भूमिमा अवस्थित छ। पहिला यस विश्वविद्यालयको आयतन १,७५३.८८ एकड (७०९.७७) थियो भने पछि यसलाई सन् २०१६ को अप्रिल महिनामा लगभग ९ करोड ७१ लाख टाका खर्च गरी यसलाई बाँध लगाउने कार्य गरिएको थियो। सन् १९६६ नोभेम्बर १८ का दिन यस विश्वविद्यालयको स्थापनाकालदेखिनै यो परिसरको हिसाबले बङ्गलादेशको सबैभन्दा वृहत् विश्वविद्यालयको रूपमा स्थापित हुँदै शिक्षक कार्यक्रमहरूलाई सञ्चालनमा ल्याएको थियो।[४]

इतिहास[सम्पादन गर्ने]

सन् १९७० को दशकमा चट्टोग्राम विश्वविद्यालय
चट्टोग्राम विश्वविद्यालयको मूल प्रवेशद्वार
प्रवेशद्वार

बीसौँ शताब्दीको सुरुवातमा चट्टोग्राम विभागमन कुनै पनि विश्वविद्यालय नभएका कारण यहाँका बुद्धिजीवी तथा स्थानीय मानिसहरूले यस क्षेत्रमा पनि उच्च शिक्षाका लागि एक विश्वविद्यालयको आवश्यकता रहेको महसुस गरेका थिए। सन् १९४० डिसेम्बरमा भारतको कलकत्तामा आयोजित एक सम्मेलनमा मओलाना मुनिरुज्जामान इसमामवादी सभापतिको भाषणमा चट्टोग्राम अञ्चलमा पनि एक विश्वविद्यालयको स्थापना गरिनु पर्ने धारणा व्यक्त भएको थियो भने यसै लक्ष्यलाई लिएर चट्टोग्रामको आनोवारा उपजिल्लाको देवाङ पहाडमा यस विश्वविद्यालयका लागि भूमि उपलब्ध गराइएको थियो। त्यसको दुई वर्ष पश्चात्, सन् १९४२ फेब्रुअरी २८ का दिन नूर आमहद बङ्गीय ऐन परिषदमा चट्टोग्राममा एक विश्वविद्यालयको स्थापनाको दावी उल्लेख गरिएको थियो। सन् १९६० को दशकमा तत्कालीन पाकिस्तानको द्वितीय पञ्चवर्षीय परिकल्पना (सन् २९६०-१९६५) अन्तर्गत चट्टोग्राममा एक विज्ञान विश्वविद्यालय स्थापनाको सिद्धान्त राखिएको थियोे। यस विश्वविद्यालयको निर्माण स्थलको रूपमा सहरको केन्द्रमा अवस्थित चट्टोग्राम सरकारी उच्च विद्यालयलाई क्याम्पसको रूपमा निर्वाचित गरिएको थियो। सन् १९६२ मा तत्कालीन पूर्व पाकिस्तानको जनशिक्षा उप-निर्देशक मोहाम्मद फेरदाउस खान चट्टोग्राम विश्वविद्यालयको स्थापना गर्नका लागि एक परिकल्पनालाई तयार पारेका थिए। सन् १९६२ को चुनाव अभियानमा फजलुल कादेर चौधुरीले यस विश्वविद्यालयको स्थापना गरिने आश्वासन दिएका थिए भने उक्त चुनावमा उनी केन्द्रीय शिक्षा मन्त्रीको रूपमा निर्वाचित भएपछि उनले विश्वविद्यालयको स्थापनालाई लिएर पहल चालेका थिए। [५]

चट्टोग्राम महाविद्यालय अवस्थित रहेको स्थानमा विश्वविद्यालयलाई स्थापित गर्ने प्रारम्भिक निर्णय पश्चात् सन् १९६१ मे १ का दिन चट्टोग्रामका सर्वसाधारणको सक्रियतामा स्थानीय मुस्लिम हलमा एक विरोध सभा आयोजना गरिएको थियो। मुख्य अतिथिको रूपमा भाषण दिएका डाक्ट मुहम्मद शहीदुल्लाहले चट्टोग्राममा एक विश्वविद्यालयको स्थापना हुनु पर्छ भन्ने धारणा व्यक्त गरेका थिए भने यसलाई कार्यनयन गर्नका लागि एक सङ्घर्ष परिषद्को स्थापना गरिएको थियो। यसपछि सन् १९६२ डिसेम्बर ३० का दिन "चट्टोग्राम विश्वविद्यालय छात्रो-सोङ्ग्राम पोरिषद्" नामक एक परिषद् गठन भएको थियो। यहाँ गठित भएका सबै सङ्गठनहरूको पहल अन्तर्गत विभिन्न स्तरमा सञ्चार तथा ज्ञापन पत्र जारी गरिएको थियो भने समाचार पत्र र गोष्ठीमा वक्तव्यको आयोजना गरिएको थियो। सङ्घर्ष परिषद्को पहलमा सन् १९६२ डिसेम्बर ९ का दिन लालदिघी मैदानमा एक जनसभाको आयोजना गरिएको थियो। सन् १९६३ जनवरी ८ का दिन छात्रो सोङ्ग्राम परिषद्को नेतृत्वमा चट्टोग्रामको शैक्षिक संस्थाहरूमा हडताल गरिएको थियो। [६]

विश्वविद्यालयको।प्रशासिक भवन

सन् १९६३ नोभेम्बर २९ का दिन फजलुल कादेर चौधुरी पाकिस्तान राष्ट्रिय परिषद्को सभामुखको रूपमा मनोनीत भएका थिए। सुरुमा यस विश्वविद्यालयलाई सिलेट, कुमिल्ला र नोवाखालीमा स्थापना गर्ने योजना बनाइएता पनि सन् १९६३ डिसेम्बर १२ का दिन तत्कालीन पाकिस्तानका राष्ट्रिय अयूब खानको अनुपस्थितमा मन्त्रीपरिषदिय बैठकको अध्यक्षता गर्दै केन्द्रीय शिक्षामन्त्री एटिएम मोस्ताफाले यस विश्वविद्यालयलाई कुमिल्ला वा अन्यत्र स्थनपना गर्नेको साटो चट्टोग्राममा स्थापना गराउनका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका थिए। सन् १९६४ मार्च ९ का दिन उनैको नेतृत्वमा आयोजित एक राष्ट्रिय अर्थनैतिक बैठकले चट्टोग्राम विश्वविद्यालय निर्माणका लागि रकमलाई मञ्जुरी प्रदान गरिएको थियो। पछि ढाका विश्वविद्यालयका उपकुलपति डाक्टर एम ओस्मान गनीलाई अध्यक्षको रूपमा चयन गरिएको थियो भने डाक्टर कुदरत-ए-खुदा, डाक्टर मोहाम्मद शाहीदुल्लाह, एम फरदौस खान र डाक्टर मफिजउद्दीन आहमेद जस्ता व्यक्तित्वहरू विश्वविद्यालयका स्थापनाकालका सदस्यको रूपमा चुनिएका थिए भने यसको साथसाथै एक आयोगको पनि स्थापना गरिएको थियो। आयोगले उक्त अवस्थालाई अवलोकन गरेपछि प्रस्तावित विश्वविद्यालयको ठाउँका रूपमा हाटहाजारी उपजिल्लाको फतेहपुर सङ्घको जङ्गल पच्छिम-पट्टी मौजाको एकान्त पहाडी जग्गा विश्वविद्यालयका लागि सिफारिस गरिएको थियो। सन् १९६४ जुलाई १७ देखि जुलाई १९ सम्म पाकिस्तानका अस्थायी राष्ट्रपति फजलुल कादेर चौधुरीको सभापतित्वमा इस्लामाबादमा राष्ट्रिय अर्थनैतिक आयोगको सभामा स्थान निर्वाचन परिषद्को सिफारिस अन्तर्गत चट्टोग्राम विश्वविद्यालय स्थनपनाको सिद्धान्त ग्रहण गरिएको थियो भने यसले पछि अन्तिम मञ्जुरी पनि प्राप्त गरेको थियो। सन् १९६४ अगस्ट २९ का दिन पाकिस्तानका राष्ट्रपति अयुब खानले चट्टोग्राम विश्वविद्यालयको आधारशिला स्थापना गरेका थिए। [७]

सन् १९६५ डिसेम्बर ३ का दिन राजशाही विश्वविद्यालयको इतिहास विभागका अध्यापन तथा बरेन्द्र अनुसन्धान सङ्ग्राहलयका अध्यक्ष डाक्टर आजिजुल रहमान मल्लिकलाई चट्टोग्राम विश्वविद्यालयको परियोजना निर्देशनको रूपमा नियुक्त गरिएको थियो। त्यसपछि आजिजुर रहमानले चट्टोग्राम नसिराबाद हाउजिङ सोसाइटीको,सडक सङ्ख्या ३ मा अवस्थित 'काकासान' नामक एक भवनमा चट्टोग्राम विश्वविद्यालय परियोजनाको कार्यालय स्थापना गरेका थिए। सन् १९६५ डिसेम्बर १४ का दिन तत्कालीन पाकिस्तान शिक्षा प्रबन्ध विभाग अन्तर्गत विश्वविद्यालय शाखाको समस्त कार्यकर्तालाई चट्टोग्राम विश्वविद्यालयको परियोजना कार्यालयमा सारिएको भनी एक अधिसूचनामा जानकारी गराइएको थियो। वास्तुकार हाजहारुल इस्लामको "बास्तकला" संस्थानको माध्यमबाट विश्वविद्यालयको परियोजना तयार गरिएको थियो। परियोजना अन्तर्गत सर्वप्रथम प्रशासनिक भवन, विभागीय कार्यालयहरू, कक्षा कोठा र पुस्तकालयहरूका लागि एक तलाको भवन र शिक्षकहरू तथा विद्यार्थीहरूका लागि आवासको निर्माण गरिएको थियो। सन् २०१६ नोभेम्बर १८ का दिन चट्टोग्राम विश्वविद्यालयले आफ्नो पचासौँ वार्षिकोत्सवको अवसरमा स्वर्ण जयन्ती मनाएको थियो।

विश्वविद्यालयको प्रवेशपथमारहेको सात मुक्तियोद्धाहरूको चित्र

बङ्गलादेश स्वतन्त्रता युद्ध सुरु हुनु भन्दा पाँच वर्ष अगाडि चट्टोग्राम विश्वविद्यालयको स्थापना भएको थियो। यस विश्वविद्यालय उनन्सत्तरीको जनहत्याकाण्ड, बङ्गलादेशको स्वतन्त्रता सङ्घर्ष आन्दोलन लगायत विभिन्न आन्दोलनहरूमा यस विश्वविद्यालयले सक्रिय भूमिका निर्वाह गरेको थियो। यस पछिका दिनहरूमा, अर्थात् सन् १९९० को तानाशाह विरोधी आन्दोलन तथा सन् २०१३ को शाहबाग आन्दोलनमा विश्वविद्यालयका शिक्षक, विद्यार्थी र कार्यकर्ताहरूले यसमा सक्रिय भूमिका निर्वाह गरेका थिए।[८] सन् १९७१ मा बङ्गलादेश स्वतन्त्रता युद्धको पूर्वसन्ध्यामा पाकिस्तानी सेनाको सम्भावित हमलाको विरुद्ध प्रतिरोध खडा गर्न विश्वविद्यालयका तत्कालीन उपकुलपति डाक्टर आजिजुर रहमान मल्लिकको अध्यक्षामा चट्टोग्राम विश्वविद्यालयमा एक सङ्घर्ष परिषद् गठन गरिएको थियो।[९] मार्च २४ का दिन स्वतन्त्रा सङ्घर्षको समर्थनमा पूर्व विद्यार्थीहरूको एक समितिको सक्रियतामा एक सङ्गीतिक कार्यक्रमको आयोजना गरिएको थियो।[१०]

विश्वविद्यालयसँग सम्बद्ध संस्थान[सम्पादन गर्ने]

पुस्तकालय[सम्पादन गर्ने]

आवासीय भवनहरू[सम्पादन गर्ने]

सङ्गठन[सम्पादन गर्ने]

उपकुलपतिहरू[सम्पादन गर्ने]

दीक्षान्त समारोह[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named চবি
  2. "যাতায়াত"। सङ्ग्रह मिति १० मे २०१९ 
  3. শাখাওয়াত হোসাইন (१० फेब्रुअरी २०१५)। "চবি শাটল ট্রেন বটতলী যায় না দেড় বছর"। দৈনিক কালের কণ্ঠ। सङ्ग्रह मिति २९ अप्रिल २०१५ 
  4. "চট্টগ্রাম বিশ্ববিদ্যালয়র বিবরণ", cu.ac.bd, চট্টগ্রাম বিশ্ববিদ্যালয়, अन्तिम पहुँच ८ जनवरी २०१६ 
  5. प्रशासक, "कुलपति र उप-कुलपतिहरूको सूची", अन्तिम पहुँच १६ जुन २०१५ 
  6. মামুনুর রশিদ, গণিত বিভাগ, চবি (१८ नोभेम्बर २०१८)। "আলোকিত পঞ্চাশ বছর"। দৈনিক প্রতিদিনের সংবাদ। सङ्ग्रह मिति ४ जनवरी २०१९ 
  7. फयजुल आजिम (जनवरी २००३), "चट्टोग्राम विश्वविद्यालय", in सिराजुल इसलाम; अमिरुल इसलाम चौधुरी, बाङ्लापिडिया, बङ्गलादेश: बङ्गलादेश एसियाली समाज, आइएसबिएन 984-32-0576-6, अन्तिम पहुँच अप्रिल २४, २०१७ 
  8. রহমান, তারা (११ नोभेम्बर २०११)। "স্বাধীনতার ৪০ বছর তোমাদের এ ঋণ শোধ হবে না"। প্রথম আলো। सङ्ग्रह मिति १ नोभेम्बर २०१९ 
  9. "একাত্তরের বীরযোদ্ধা, খেতাব পাওয়া মুক্তিযোদ্ধাদের বীরত্বগাথা"। প্রথমা প্রকাশন। पृष्ठ १७१। 
  10. হোসাইন, সাব্বির (२१ मार्च २०१७)। "মুক্তিযুদ্ধে চট্টগ্রাম বিশ্ববিদ্যালয়"। বাংলানিউজটোয়েন্টিফোর.কম। सङ्ग्रह मिति १ सेप्टेम्बर २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्ने]