चन्द्रयान-२

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चन्द्रयान-२
Chandrayaan-2 lander and orbiter integrated module.jpg
दोस्रो चन्द्रयान (ल्यान्डर र अर्बिटरको सम्मिलित रूप)
अभियान प्रकारचन्द्र कक्षयान, ल्यान्डर तथा रोभर
सञ्चालकभारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन
कोस्पार आइडी2019-042A
वेबसाइटisro.gov.in/chandrayaan2-home
अभियान अवधिकक्षयान: १ वर्ष
विक्रम ल्यान्डर: <१५ दिन[१]
प्रज्ञान रोभर: <१५ दिन[१]
अन्तरिक्ष यानको गुणहरू
निर्माणकर्ताभारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन
प्रक्षेपित तौलकुल योग: ३,८७७ किग्रा (८,५४७ पाउन्ड)[२][३]
पेलोड तौलकक्षयान: २,३७९ किग्रा (५,२४५ पाउन्ड)[२][३]
विक्रम ल्यान्डर:१,४७१ किग्रा (३,२४३ पाउन्ड)[२][३]
प्रज्ञान रोभर: २७ किग्रा (६० पाउन्ड)[२][३]
शक्तिकक्षयान: १ किलोवाट[४]

विक्रम ल्यान्डर: ६५० वाट

प्रज्ञान रोभर: ५० वाट
अभियान आरम्भ
प्रक्षेपण मिति१४ जुलाई २०१९, २१:२१ युटिसी (योजना) थियो, तर प्राविधिक समस्याको कारण पछि २२ जुलाई २०१९ दिउँसो ०२:४१ गरिएको थियो।[५][६][७]
रकेटभूस्थिर उपग्रह प्रक्षेपण यान संस्करण ३[८][९]
प्रक्षेपण स्थानसतीश धवन अन्तरिक्ष केन्द्र
ठेकेदारभारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन
चन्द्रमा परिक्रमा
कक्षीय सम्मिलनसेप्टेम्बर ६, २०१९ (योजना)[७]
कक्षीय आवृतिहरू
पेरिएप्सिस अक्षांश१०० किमी (६२ माइल)[१०]
एपोएप्सिस अक्षांश१०० किमी (६२ माइल)[१०]
 


चन्द्रयान-२ अभियानको चलचित्रीय व्याख्या

चन्द्रयान-२ वा द्वितीय चन्द्रयान, भारतको चन्द्रयान-१ पछि दोस्रो चन्द्र अन्वेषण अभियान हो,[११][१२] जसलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले विकसित गरेको हो।[१३] यस चन्द्र अभियानलाई सफलतापूर्वक जिएसएलभी संस्करण ३ नामक प्रक्षेपण यानद्वारा प्रक्षेपण गरिएको हो।[१४][९] यस अभियानमा भारतमै निर्माण गरिएको एउटा चन्द्र कक्षयान, एउटा रोभर र एउटा ल्यान्डर सम्मिलित गरिएको छ। यस अभियानमा प्रयोग गरिने सबै कलपुर्जाहरूको विकास इसरोद्वारा गरिएको हो।[१५] भारतले यस चन्द्रयानलाई श्रीहरिकोटाबाट भारतीय समयानुसार १४ जुलाई २०१९, २१:२१ युटिसीमा प्रक्षेपण गर्ने योजना बनाएको थियो तर प्राविधिक समस्याको कारण पछि यस चन्द्रयानलाई २२ जुलाई २०१९ दिउँसो ०२:४१ प्रक्षेपण गरिएको थियो।[१६][१७]

चन्द्रयान-२ मा प्रयोग गरिएको ल्यान्डर र रोभर चन्द्रमामा लगभग ७०° दक्षिण अक्षांशमा अवस्थित दुई क्रेटरहरू मेनजिनससिमपेलियसको मध्य एउटा अग्लो मैदानमाथि अवतरण गराउने प्रयास गर्नेछ। पाङ्ग्रासहितको रोभर चन्द्रमाको सतहमाथि गुडेर त्यहाँको माटो वा चट्टानको नमुना एकत्रित गरि रासायनिक विश्लेषण गर्ने योजना रहेको छ। चन्द्रमाबाट तथ्याङ्कहरू सङ्कलन गरेर चन्द्रयान-२ ले कक्षयानको माध्यमद्वारा पृथ्वीमा पठाउनेछ।[१८][१९][२०]

इतिहास[सम्पादन गर्ने]

सन् २००७ नोभेम्बर १२ को दिन इसरो र रूसी अन्तरिक्ष एजेन्सी (रोसकोसमोस) का प्रतिनिधिहरूले चन्द्रयान-२ परियोजनामाथि सँगै काम गर्ने समझौतामा हस्ताक्षर गरेका थिए।[२१] यस समझौता बमोजिम अर्बिटर तथा रोभरको मुख्य जिम्मेवारी इसरोको थियो भने रोसकोसमोस ल्यान्डरको लागि जिम्मेवार हुने उल्लेख गरिएको थियो।

भारत सरकारले सन् २००८ सेप्टेम्बर १८ मा प्रधानमन्त्री मनमोहन सिंहको अध्यक्षतामा आयोजित केन्द्रीय मन्त्रीमण्डलको बैठकमा यस अभियानलाई स्वीकृति दिएको थियो।[२२] अन्तरिक्ष यानको डिजाइनलाई सन् २००९ अगस्टमा पूर्ण गरिएको थियो जसमा दुवै देशका वैज्ञानिकहरूले आफ्नो संयुक्त योगदान दिएका थिए।[२३][२४]

भारतीय अन्तरिक्ष सङ्गठन इसरोले तय समयसीमामा चन्द्रयान-२ कार्यक्रम अनुसार पेलोडलाई अन्तिम रूप दिन सफल भयो।[२५] तर रुसी अन्तरिक्ष सङ्गठनले तय समयसीमाभित्र ल्यान्डर विकास गर्न असफल भएकै कारणले यस चन्द्रयान-२ अभियानलाई सन् २०१३ जनवरीमा स्थगित गरेर[२६]अभियानलाई सन् २०१६ को लागि पुनर्निर्धारित गरियो।[२७][२८]रोसकोसमोसद्वारा मङ्गल ग्रहको चन्द्रमा फोबोसमा पठाउने भनिएको फोबोस-ग्रन्ट अभियान विफल भएपछि त्यस अभियानसँग जोडिएर रहेको प्राविधिक पक्षहरूको उपयोग चन्द्र परियोजनामा पनि गरिएको हुनाले त्यसको पूर्ण समीक्षा गर्नुपर्ने आवश्यकता थियो। रुसले सन् २०१५ सम्ममा पनि ल्यान्डर विकास गर्न नसकिने जनाएपछि[२७]भारतले चन्द्र अभियानलाई स्वतन्त्र रूपले विकसित गर्ने निर्णय गर्‍यो।[२६]

डिजाइन[सम्पादन गर्ने]

अवतरण[सम्पादन गर्ने]

७ सेप्टेम्बर २०१९ का राति १.३० देखि २.३० को बीचमा चन्द्रमाको सतहमा अर्बिटरबाट अवतरणका लागि तयार पारिएको विक्रम ल्यान्डर नाम गरेको यान पठाइँदै थियो ।चन्द्रयान-२ को [विक्रम ल्यान्डर]ले चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो। [२९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Nair, Avinash (३१ मे २०१५), "ISRO to deliver "eyes and ears" of Chandrayaan-2 by 2015-end", The Indian Express, अन्तिम पहुँच ७ अगस्ट २०१६ 
  2. २.० २.१ २.२ २.३ "Chandrayaan-2 to Be Launched in January 2019, Says ISRO Chief", Gadgets360 (NDTV), Press Trust of India, २९ अगस्ट २०१८, अन्तिम पहुँच २९ अगस्ट २०१८ 
  3. ३.० ३.१ ३.२ ३.३ "ISRO to send first Indian into Space by 2022 as announced by PM, says Dr Jitendra Singh", Indian Department of Space, २८ अगस्ट २०१८, अन्तिम पहुँच २९ अगस्ट २०१८ 
  4. "Chandrayaan-2 - Home", Indian Space Research Organisation, अन्तिम पहुँच जुन २०, २०१९ 
  5. "दोस्रो प्रयासमा भारतद्वारा चन्द्रयान-२ को प्रक्षेपण", बिबिसी नेपाली (नेपालीमा), २०१९-०७-२२, अन्तिम पहुँच २०१९-०७-२३ 
  6. "दोस्रो प्रयासमा चन्द्रयान–२ को सफल प्रक्षेपण", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०१९-०७-२३ 
  7. ७.० ७.१ "Press Meet - Briefing by Dr. K Sivan, Chairman, ISRO", isro.gov.in, Indian Space Research Organization, १२ जुन २०१९, अन्तिम पहुँच १२ जुन २०१९ 
  8. Singh, Surendra (५ अगस्ट २०१८), "Chandrayaan-2 launch put off: India, Israel in lunar race for 4th position", The Times of India, Times News Network, अन्तिम पहुँच १५ अगस्ट २०१८ 
  9. ९.० ९.१ Shenoy, Jaideep (२८ फेब्रुअरी २०१६), "ISRO chief signals India's readiness for Chandrayaan II mission", The Times of India, Times News Network, अन्तिम पहुँच ७ अगस्ट २०१६ 
  10. १०.० १०.१ Kiran Kumar, Aluru Seelin (अगस्ट २०१५), "Chandrayaan-2 - India's Second Moon Mission", YouTube.com (Inter-University Centre for Astronomy and Astrophysics), अन्तिम पहुँच ७ अगस्ट २०१६ 
  11. "Chandrayaan-2 nearly ready for July launch" [जुलाईमा चन्द्रयान-२ प्रक्षेपणको लागि तैयार हुनसक्ने] 
  12. "ISRO gears up for Chandrayaan-2 mission" [चन्द्रयान-२ अभियानको लागि इसरो तैयार] 
  13. "Chandrayaan-2 launch put off: India, Israel in lunar race for 4th position" [चन्द्रयान-२ को प्रक्षेपणमा ढिलाई: चन्द्रमामा पुग्ने चौथो देशको लागि भारत र इजरायल दौडमा] 
  14. "GSLV-Mk III, India’s ‘Baahubali’ rocket for Gaganyaan, Chandrayaan IItrans-title=जिएसएलभी-एमके तेस्रो संस्करण, भारतको गगनयान र चन्द्रयान-२ को लागि बाहुबली रकेट" 
  15. "India Slips In Lunar Race With Israel As Ambitious Mission Hits Delays" [भारतको महत्वाकांक्षी अभियान ढिलाई भएसँगै चन्द्रमाको दौडमा भारत इजरायलसँग पछाडी हुनसक्ने] 
  16. "छिमेकी देशको ९७८ करोड रुपैयाँको चन्द्र अभियान- चन्द्रयान २ : जान्नै पर्ने १५ तथ्य", माइ संसार (नेपालीमा), २०१९-०७-२२, अन्तिम पहुँच २०१९-०७-२३ 
  17. प्रसाद, एस. (२३ जनवरी २०१६), "Chandrayaan-2 launch likely by 2018" [२०१८ मा चन्द्रयान-२ प्रक्षेपित गरिने], द हिन्दू, अन्तिम पहुँच २९ जनवरी २०१६ 
  18. सुब्रमन्यन, टि. एस. (४ जनवरी २००७), "ISRO plans Moon rover" [इसरोको योजना चन्द्र रोभर], द हिन्दू, अन्तिम पहुँच २२ अक्टोबर २००८ 
  19. रथिनाभेल, टि.; सिंह, जितेन्द्र (२४ नोभेम्बर २०१६), "Question No. 1084: Deployment of Rover on Lunar Surface" [प्रश्न नं. १०८४: चन्द्र धरातलमा रोभर स्थापना], राज्य सभा 
  20. Singh, Surendra (२० फेब्रुअरी २०१८), "Chandrayaan-2 mission cheaper than Hollywood film Interstellar", The Times of India, Times News Network, अन्तिम पहुँच ३ मार्च २०१८ 
  21. Chand, Manish (१२ नोभेम्बर २००७), "India, Russia to expand n-cooperation, defer Kudankulam deal", Nerve, मूलबाट १३ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०१४ 
  22. Sunderarajan, P. (१९ सेप्टेम्बर २००८), "Cabinet clears Chandrayaan-2", द हिन्दू, अन्तिम पहुँच २३ अक्टोबर २००८ 
  23. "ISRO completes Chandrayaan-2 design", Domain-b.com, १७ अगस्ट २००९, अन्तिम पहुँच २० अगस्ट २००९ 
  24. "India and Russia complete design of new lunar probe", Sputnik News, RIA Novosti, १७ अगस्ट २००९, अन्तिम पहुँच २० अगस्ट २००९ 
  25. Indian Space Research Organisation (30 August 2010). Payloads for Chandrayaan-2 Mission Finalised. प्रेस विज्ञप्ति. http://www.isro.gov.in/update/30-aug-2010/payloads-chandrayaan-2-mission-finalised. अन्तिम पहुँच मिति: 4 January 2010. 
  26. २६.० २६.१ Ramachandran, R. (२२ जनवरी २०१३), "Chandrayaan-2: India to go it alone", द हिन्दू 
  27. २७.० २७.१ Laxman, Srinivas (६ फेब्रुअरी २०१२), "India's Chandrayaan-2 Moon Mission Likely Delayed After Russian Probe Failure", Asian Scientist, अन्तिम पहुँच ५ अप्रिल २०१२ 
  28. "India's next moon mission depends on Russia: ISRO chief", NDTV, Indo-Asian News Service, ९ सेप्टेम्बर २०१२। 
  29. | चन्द्रयान-२: अवतरण विफल भएपनि भारतको "ठूलो जित"