चुयाडाङ्गा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चुयाडाङ्गा
চুয়াডাঙ্গা
बङ्गलादेशको नक्शामा चुयाडाङ्गा जिल्लाको अवस्थितिको अवस्थिति
बङ्गलादेशको नक्शामा चुयाडाङ्गा जिल्लाको अवस्थिति
निर्देशाङ्क: २३°३६′N ८८°४२′E / २३.६०°N ८८.७०°E / 23.60; 88.70निर्देशाङ्कहरू: २३°३६′N ८८°४२′E / २३.६०°N ८८.७०°E / 23.60; 88.70
देश बङ्गलादेश
विभागखुलना विभाग
क्षेत्रफल
 • जम्मा१,१७४.१० किमी (४५३.३२ वर्ग माइल)
जनसङ्ख्या
 (सन २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा१,१२९,०१५
 • घनत्व९६०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०६:०० (बङ्गलादेशी मानक समय)

चुयाडाङ्गा (बङ्गाली: চুয়াডাঙ্গা জেলা) बङ्गलादेशको पश्चिमी भूभागमा पर्ने एक जिल्ला हो। यो जिल्ला खुलना विभाग अन्तर्गत पर्दछ।

भूगोल[सम्पादन गर्नुहोस्]

चुयाडाङ्गा जिल्ला बङ्गलादेशको मध्य भागमा पर्छ भने यो जिल्ला २३°२२' देखि २३°५०' उत्तर अक्षांश र ८८°३९' देखि ८९°००' पूर्वी देशान्तरणमा अवस्थित छ। चुयाडाङ्गा जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ११७७.४० वर्ग किलोमिटर ओगटेको। [१] यस जिल्लालाई कुष्टियामेहेरपुर जिल्लाले उत्तर,झिनाइदह जिल्लाले दक्षिण र पूर्व, मेहेरपुर जिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। भैरव, कुमार, चित्रा यस जिल्लाको प्रमुख नदिहरू हुन्।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

चुयाडाङ्गा क्षेत्रमा ब्रिटिस शासन काल देखिनै विभिन्न उतारचढाव तथा युद्धहरू भएको थियो। बङ्गलादेश मुक्ति अभियान सन् १९७१ मा शुरू भएको थियो भने यस युद्ध भरि बङ्गलादेशका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीच सय भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष गोली हानाहान तथा युद्ध भएको थिए।[३][४] सन् १९७१ मा पाकिस्तानी सेना र आतङ्कबादीको समूहले यस जिल्लामा अवस्थित बालियापुर र बेनाकाडी गाउँमा आतङ्कबादी हमला गरेका थिए।[४] जीवननगर र दर्शना उपजिल्लामा बङ्गलादेशी लडाकुले राखेको धरापमा पनि १० पाकिस्तानी सेना मारिएका थिए भने त्यस घटना भन्दा अघि धोपाखाली सिमानामा ५ बङ्गलादेशी लडाकुको मृत्यु र २ घाइते भएका थिए।[५][६] पाकिस्तानी सेनाले दमुरहुदा उपजिल्लाका कयौं सर्वसाधारणको हत्या र थुप्रै घरहरूमा आगजनी गरेका थिए।[७] सन् १०७१ को बङ्गलादेश मुक्तिका बेला चुयाडाङ्गा सदर अस्पताल पाकिस्तानी सेनाको कब्जामा रहेको थियो भने सेनाले त्यस अस्पताललाई एक सैनिक किल्ला बनाएका थिए। सोही अस्पतालको पछाडि पाकिस्तानी सेनाले ३०० भन्दा बढी सर्वसाधारणको हत्या गरेका थिए भने युद्धको अन्तिम चरणमा पाकिस्तानी सेनाले आत्मासमर्पण गर्नु भन्दा अधि माथाबङ्गा नदिको पुलमा आंशिक क्षति पुर्‍याएका थिए।[८]

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या १००७१३० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५१८१८८ छ भने महिलाको जनसङ्ख्या ४८८९४२ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ९७९६१२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २५५०० छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १७०१, इसाई धर्मको ५१ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २६६ रहेको छ। यस जिल्लामा ३०८० मस्जिद, २६९ मन्दिर र १० गृजाघरहरू र ४ बौद्ध गुम्बाहरू रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६५.१४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.९९% मजदुरी, व्यापार र उद्योगमा १.४०%, वाणिज्यमा १४.२३%, सञ्चार र यातायातमा ३.४६%, रेमिटेन्समा ०.३९%, निर्माण क्षेत्रमा १.२८%, अन्य क्षेत्रमा ५.५७%, धार्मिक सेवा ०.१५% र अन्य ५.३८% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

भातरको विभाजन हुनु भन्दा अघि चुयाडाङ्गा उप विभाग पहिला नाडिया जिल्लाको अधिनमा रहेको थियो। सन् १९४७ मा यस उप विभागलाई कुष्टिया जिल्लामा गाभिएको थियो।[९] सन् १९८४ मा यस उप विभागलाई जिल्लामा परिणत गरिएको थियो।[१०] यस जिल्लामा हाल ४ उपजिल्लाहरू रहेका छन् जसमध्ये सबैभन्दा ठूलो उपजिल्ला आलमडाङ्गा (३८०.३८ वर्ग किलोमिटर) हो भने सबैभन्दा सानो उपजिल्ला जीवननगर (१९९.३२ वर्ग किलोमिटर) हो। यस जिल्लाका ४ उपजिल्ला यस प्रकार छन्:[११]

क्र स उपजिल्ला क्षत्रफल
(वर्ग किलोमिटर)
प्रशासनिक थाना अन्य विवरण
০১ আলমডাঙ্গা আলমডাঙ্গা পৌরসভা (১টি): আলমডাঙ্গা
ইউনিয়ন (১৫টি): ভাংবাড়িয়া, হারদী, কুমারী, বাড়াদী, গাংনী, খাদিমপুর, জেহালা, বেলগাছি, ডাউকী, জামজামী, নাগদাহ, খাসকররা, কালিদাসপুর, চিৎলা এবং আইলহাঁস
০২ চুয়াডাঙ্গা সদর চুয়াডাঙ্গা সদর পৌরসভা (১টি): চুয়াডাঙ্গা
ইউনিয়ন (৫টি): আলুকদিয়া, মোমিনপুর, কুতুবপুর, শংকরচন্দ্র এবং পদ্মবিলা
দর্শনা ইউনিয়ন (৪টি): বেগমপুর, তিতুদহ, নেহালপুর এবং গড়াইটুপি
০৩ জীবননগর জীবননগর পৌরসভা (১টি): জীবননগর
ইউনিয়ন (৮টি): উথলী, আন্দুলবাড়িয়া, সীমান্ত, বাঁকা, হাসাদাহ, রায়পুর, মনোহর এবং কেডিকে
০৪ দামুড়হুদা দামুড়হুদা ইউনিয়ন (৬টি): জুড়ানপুর, ননিপোতা, কার্পাসডাঙ্গা, হাউলী, দামুড়হুদা এবং নাটুদহ
দর্শনা পৌরসভা (১টি): দর্শনা
ইউনিয়ন (২টি): কুড়ালগাছী এবং পারকৃষ্ণপুর মদনা

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ४०.०८% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४३.३८% छ भने महिलाको साक्षरता दर ३६.६१% रहेको छ। यस जिल्लामा १२ कलेज, १ व्यवसायीक शिक्षण संस्था, कलेज, १ नर्सिङ शिक्षण संस्था, ११७ माध्यमिक विद्यालय, २५९ रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; चुयाडाङ्गा सरकारी क्याम्पस (सन् १९६२), दर्शना सरकारी क्याम्पस (सन् १९६९), चुयाडाङ्गा नगरपालिका कलेज (सन् १९८३), चुयाडाङ्गा नमुना कन्या कलेज (सन् १९८३), जीवननगर कलेज (सन् १९८४), भिजे सरकारी उच्च विद्यालय (सन् १८००), नौदह सरकारी विद्यालय (सन् १९०६), दमुरहुदा पाइलट विद्यालय (सन् १९१३), आलमडाङ्गा बहुभाषिक पाइलट माध्यमिक विद्यालय (सन् १९१४), मेमनगर बिडी माध्यमिक विद्यालय (सन् १९१६), कुरलागाच्छी माध्यमिक विद्यालय (सन् १९२३), हटबोलिया उच्च विद्यालय (सन् १९२५), कालाबाडी-रामनगर माध्यमिक विद्यालय (सन् १९२६), मुन्सिगञ्ज एकेडेमी (सन् १९२३), कार्पसडाङ्गा माध्यमिक विद्यालय (सन् १९४०), ओस्मनपुर प्रज्ञापुर मदरसा (सन् १९४९), कुनिया चन्द्रपुर मदरसा (सन् १९५८), बदरगञ्ज अलिया मदरसा (सन् १९६४) आदि।[१२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Meherpur women becoming solvent by rearing black Bengal goats | Dhaka Tribune", www.dhakatribune.com (en-USमा), अन्तिम पहुँच २०१८-०३-१३ 
  2. "Mercury may dip further", The Daily Star (अङ्ग्रेजीमा), २०१८-०१-०६, अन्तिम पहुँच २०१८-०३-१३ 
  3. Nadia District Gazetteer.
  4. ४.० ४.१ "Bird flu: 2,000 fowls culled", The Daily Star (अङ्ग्रेजीमा), २०१३-०२-१४, अन्तिम पहुँच २०१८-०३-१३ 
  5. "Officials confirm use of bamboo in Chuadanga building", The Daily Star (अङ्ग्रेजीमा), २०१६-०४-११, अन्तिम पहुँच २०१८-०३-१३ 
  6. "Accused held over using bamboo in Chuadanga building", The Daily Star (अङ्ग्रेजीमा), २०१६-०५-०६, अन्तिम पहुँच २०१८-०३-१३ 
  7. "Bangladesh Catholic church, convent attacked, desecrated - ucanews.com", ucanews.com (en-USमा), अन्तिम पहुँच २०१८-०३-१३ 
  8. "Baul singers including couple attacked in Chuadanga", bdnews24.com, अन्तिम पहुँच २०१८-०३-१३ 
  9. "AL men appointed administrators", The Daily Star (अङ्ग्रेजीमा), २०११-१२-१६, अन्तिम पहुँच २०१८-०३-१३ 
  10. "20 districts get new DCs", The Daily Star, UNB, ११ जुन २०१५। 
  11. https://bangla.bdnews24.com/bangladesh/article1679354.bdnews वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२२ मिति
  12. "ওয়েবসাইট"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१८ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]