चोभार गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुफा प्रवेश द्वार
चोभार घाँटी

चोभार गुफाहरू चोभार गाउँ नजिकै रहेको प्राकृतिक गुफाहरूको एक सन्जाल हो। यो काठमाडौंको दक्षिणपश्चिममा रहेको छ। यस गुफा नजिकैको पहाडको टुप्पोमा आदिनाथको मन्दिर रहेको छ। स्वयम्भू पुराणको किंवदन्ती अनुसार काठमाडौं उपत्यका कुनै समय ताल थियो । मञ्जुश्रीले चोभारमा खोला काटेर बसोबासयोग्य जमिनको स्थापना गरेको मानिन्छ।

यी गुफाहरू सन् १९७६ मा बेलायत, [१] १९८० मा चेकोस्लोभाकिया र १९८५ मा जर्मनीका अनुसन्धान टोलीहरूले निरिक्षण गरेका थिए। २००७को अन्वेषण अनुसार यस गुफाको कम्तिमा छवटा प्रवेशद्वारहरू छन्।

नजिकैको बागमती नदीको सतहमा उतारचढावका कारण गुफामा पानी पस्ने गर्दछ। यी चोभार गुफामा सर्प नदेखिएपनि धेरै चमेराहरू देखिएका छन् ।

१२५० मिटर लम्बाई रहेको चोभार गुफा एसियाकै सबैभन्दा लामो गुफा मा पर्दछ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "Invertebrates of Nepali caves", मूलबाट २०१७-०९-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०९-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२५ मिति