सामग्रीमा जानुहोस्

चौबिसी राज्यहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चौबीसे राज्यबाट अनुप्रेषित)

चौबीसी राज्य वा चौबीसे राज्य, वर्तमान मध्य र पश्चिमी नेपालको मध्य-पहाडी क्षेत्रहरूमा अवस्थित सार्वभौम र अन्तरालमा सहयोगी साना राज्यहरूको समूह थियो। यी राज्यहरूमा ठकुरी, खसमगर वंशहरू सहित विभिन्न स्थानीय राजवंशहरूद्वारा शासन गरिएको थियो, जसले यस क्षेत्रको जातीय र राजनीतिक विविधतालाई प्रतिबिम्बित गर्दछ। यी राज्यहरू मध्ये एक, गोरखा, राजा पृथ्वीनारायण शाहको नेतृत्वमा, वि.सं १८०१ मा उनको प्रवेश पछि तुरुन्तै एकीकरणको अभियान सुरु भएको थियो।[] यो प्रक्रियाले वि.सं १८०१ र १८६१ बीचमा चौबीसी राज्यहरूको क्रमिक विलयको नेतृत्व गरेको थियो। गण्डकी नदीको पश्चिममा, २२ वटा साना राज्यहरूको समानान्तर सङ्घ पनि थियो जसलाई बाइसे राज्यहरू भनिन्छ, जसमा समान रूपमा विविध शासक समूहहरू थिए।[]

शाह राज्यको स्थापना कास्की र लमजुङका राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रव्य शाहले गरेका थिए, उनका जेठा छोरा कास्की र लमजुङका राजा बनेका थिए जसले गर्दा सर्वोच्चताको लागि लडाइँ सुरु भएको थियो। पाल्पासबैभन्दा ठुलो र शक्तिशाली राज्यहरू मध्ये एक थियो।[] शासकहरूले तनहुँ, मकवानपुर र विजयपुर लगायतका स्वतन्त्र राज्यहरू स्थापना गरेका थिए।[] वि.सं १८०१ मा पहिलो युद्ध नुवाकोटमा भएको थियो। पृथ्वीनारायण शाहले काजी बिराज थापा मगरलाई काठमाडौँमा आक्रमण गर्न पठाएका थिए, तर उनी लडाइँ नगरी फर्किका करण उनीहरूले शत्रुको शक्ति र उपत्यकाको प्रतिरक्षालाई गलत अनुमान गरेका थिए भन्ने सङ्केत गर्दछ।[] पछि, शाहले काजी कालु पाँडेलाई ठूलो फौजसहित पठाएका थिए। १८१३ मा, कीर्तिपुरको पहिलो युद्धको क्रममा, कालु पाँडे मारिएका थिए, र गोरखाली सेनाले ठुलो पराजय भोग्नु परेको थियो, जुन शाहको अभियानमा एक महत्त्वपूर्ण प्रारम्भिक क्षति थियो।

नुवाकोटका प्रमुख जयन्त राना मगर (गोरखाका पूर्व काजी) नुवाकोटको रक्षा गरिरहेका थिए र निकट भविष्यमा गोरखाले उनीहरूमाथि आक्रमण गर्ने थाहा पाएर जयप्रकाश मल्लको सहयोग लिन गएका थिए। यसैबीच, १८०१ मा पृथ्वीनारायण शाहले नुवाकोटमा अचानक आक्रमणको नेतृत्व गरेका थिए। जयन्त राना मगर बाहिर हुँदा, उनका छोरा नुवाकोटका सेनापति शङ्खमणि राना मगरले बचाउन खोजेता पनि पराजित भएका थिए। अन्तत: शाहले नुवाकोट माथि विजय हासिल गरेका थिए।[]

यी राज्यहरूको बारेमा प्रयाप्त जानकारीहरू नभएता पनि यी राज्यहरूले नेपालको आधुनिक इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। पूर्वमा त्रिशूलीदेखि पश्चिममा राप्ती आसपाससम्म २४ ओटा राज्यहरू थिए। समय समयमा यी राज्यहरूको सङ्ख्यामा थपघट भइरहन्थ्यो। दाजुभाइ बिचमा भागबन्डा वा नातेदारहरूलाई दिनु वा सामन्तहरूले आफ्नो शक्ति सुदृढ गरी छुट्टै राज्य निर्माण गर्नु तथा कुनै राज्यले अर्को राज्यमाथि आक्रमण गरी आफ्नोमा गाभ्नु आदि कार्यले गर्दा राज्यहरूको सङ्ख्यामा थपघट हुन्थ्यो। नेपाल एकीकरणको समयमा कायम रहेका चौबिसी राज्यहरूको सङ्क्षिप्त विवरण तल दिइएको छ।[]

लमजुङ दरबार

खस साम्राज्यको पतन पछि गण्डकी प्रदेशमा स्थानीय मगर, गुरुङ र खस समुदायका सामन्तहरूले आआफ्नो क्षेत्रमा प्रभाव जमाइ स-साना थुम राज्य स्थापना गरेका थिए। ती थुम राज्यहरूलाई विस्थापित गरेर सेन, मल्ल, र शाह वंशका शासकहरूले स्थापना गरेका राज्यहरूलाई चौबीसी राज्य भनिन्छ। यद्यपि, गण्डकी प्रदेशका राज्यहरूको संख्या बेलाबखत घटबढ भइरहन्थ्यो।। चौबीसी राज्यहरू बेलाबखत एक आपसमा लडिरहने हुँदा कतिपय राज्यहरूको आ-आफ्नै गठबन्धन थियो। ती गठबन्धनमा सामेल भएका राज्यहरूको आवश्यक परेको बेला एकले अर्कोलाई सहयोग गर्दथे। ह्यामिल्टनका अनुसार[] उक्त गठबन्धनको सूची यस्तो छ-

  1. पाल्पाको नेतृत्वमा गजरकोट, रिसिङ, घिरिङ, अर्घा, खाँची र गुल्मी।
  2. मलेबम (पर्वत)को साथमा गलकोट
  3. लमजुङको नेतृत्वमा तनहुँ, गरहुँ, पैयु र नुवाकोट
  4. प्युठानको नेतृत्वमा मुसिकोट, इश्मा, खुंग्री र भिंग्री

१८२७-१८२८ को गोर्खा-चौबिसे युद्ध

[सम्पादन गर्नुहोस्]

काजी केहरसिंह बस्न्यातको टोलीले १८२७ फागुनमा १४०० सेनासाथ दलजित शाहसँग तनहुँमा आक्रमण गर्न गएर राजधानीसमेत २२ ठाना कब्जा गरे। तनहुँका राजा कामरिदत्त सेनले आफ्ना भाई हरकुमारदत्त सेन समेत नेपालसँग मिलेको थाहा पाई कुनै आड नरहेकाले आत्महत्या गरे।[]

१९२८ वैशाख २७[१०] मा वंशराज पांडेको नेतृत्वमा लमजुङ कब्जा गर्न सेना पठाइयो र केहरसिंह बस्न्यातको नेतृत्वमा रिसिङ,घिरिङ कब्जा गर्न भनी पठाइयो। ती दुवै टोली ५००-५०० सशस्त्र र अन्य सहयोगी थिए। काजी वंशराज पाँडेको नेतृत्वको नेपाली सेनाले कास्की राज्यको कोत्रे र दुलेगौंडामा अधिकार गर्यो। कास्कीका राजा सिद्धिनारायण शाहको सेनाले भण्डारीढिकमा मोर्चा लिन लगाई पर्वतका राजासँग सहयोग माग्न मानिस दौडाए। तर उनलाई पर्वतबाट सहयोग नमिलेकाले एक्लै लड्नुपर्दा हार हुनगयो।

केहरसिंह बस्न्यात नेतृत्वको सेनालाई तनहुँका राजा हरकुमारदत्त सेनले सैन्य सहयोग पुर्‍याएका थिए। बि.सं १८२८ जेठमा रिसिङका राजाले नेपालको आश्रय स्वीकार गरी आश्रित सन्धि गरे। तर भीरकोटका राजाले नेपालसँग युद्ध गर्ने भएकाले नेपाली सेनाले किहुँब्कब्जा गरे।ब्गुहाकोटको युद्धमा नेपाली सेना र भीरकोटे सेनाको युद्ध भयो। सो युद्धमा भीरकोटको हार हुँदा त्यहाँका राजा भागी पर्वत राज्यमा शरण लिन गए। नेपाली सेनाको सामु गह्रौँ, सतहुँ, ढोर र पैयूँका राजा पनि टिक्न नसक्ता पर्वत तिरै लागे। गुहाकोटको युद्धमा तनहुँ राज्यका ८०-९० जना सेनाले शत्रुअलाई सहयोग गरेको आरोपमा केहरसिंह बस्न्यातले युद्धस्थलमै काट्दा तनहुँका राजा भित्र भित्र नेपालसँग रिसाएका थिए।[११]

वर्षा पूरा हुँदानहुँदै पर्वतका राजा कीर्तिवम मल्लले नेपालका विरुद्ध सैन्यसङ्गठन गरिसकेका थिए। पुगनपुग २००० सिपाही लिएर पर्वतका राजाले नेपाली सेनाउपर बि.सं. १८२८ पौष ५ मा आक्रमण गरे। पर्वत पक्षले ५०० नेपाली सेना सहित काजी केहरसिंह बस्न्यातलाई कटे भने काजी वंशराज पाँडेलाई कैद गरे। त्यस युद्धमा बचेका सिपाहीहरूले ढोर राज्यमा शरण लिए। तर ढोरमा पनि शत्रुले आक्रमण गरेकाले नेपालीहरू नराम्ररी हारे। बचेका केही सिपाहीसाथ नेपालीहरूले भीर्कोट, गह्रौ, पैयू र रिसिङका आफ्ना ठाना छोडिदिए। उता पृथ्वीनारायण शाले धोकलसिंह बस्न्यातको नेतृत्वमा सेना पठाएका भएपनि त्यो सेनालघि बढ्ने साहस गरेन। पर्वते राजाले हरुवा नेपाली सेनाका हतियार खोसी छोड्ने नीति लिए।

१८४१-१८४३ को गोर्खा-चौबीसे युद्ध

[सम्पादन गर्नुहोस्]

पाल्पा गोर्खा गठबन्धन

[सम्पादन गर्नुहोस्]

पाल्पाको विलय

[सम्पादन गर्नुहोस्]

राज्यहरूको सूची

[सम्पादन गर्नुहोस्]
चौबिसी राज्यहरू
क्रम राज्यहरू[१२] स्थापना (वि.सं) संस्थापक विघटन नोट सन्दर्भ
मुस्ताङ ८००-१३७० को अन्तरालमा मिचे घ्युङकल बिष्ट १८४६ आश्विन ३ मा जुम्ला नेपालमा मिलेपछि मुस्ताङ नेपालमा मिल्यो र मुस्ताङलाई रजौटा पद थमौती भयो। [१३]
बलिहाङ १४०० वि.स. १५८० मा हालका गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा र नवलपरासी जिल्लाहरू समेटिने

वि.स. १५८० मा गुल्मी, अर्घा, खाँची र पाल्पा आपसमा मिलेर यो राज्यमाथि आक्रमण गरी यसका भूभाग एक अर्कामा बाँडेर लिएका थिए। यसपछि यो राज्यको अस्तित्व समाप्त भएको थियो।

अर्घा १४९० जिल्ल राई वि.सं. १८४३ मा पाल्पा राज्य
खाँची १४९२ जयन्त शाह पाल्पा राज्यको नेपालमा एकीकरण हुँदा खाँची राज्य पनि नेपालमा गाभिएको थियो।
गुल्मी चारपाला १४९३ राजा वीर शाह वि.स. १८४३ मा राजा शिवनारायण शाह नेपाली फौजसँग पराजित भएपछि यो राज्य पाल्पाको नियन्त्रणमा आएको थियो र पाल्पासँगै नेपालमा एकीकृत भएको थियो।
पर्वत १४९३ आनन्द वम राजा कीर्तिवम मल्लको शासनकालमा वि.स. १८४३ असोज १४ मा यो राज्य विशाल नेपालमा गाभिएको थियो।
भीरकोट १५०० राजा जैन खाण अन्तिम राजा प्रेम अमर खाणको शासनकालमा वि.स. १८४२ मा नेपाली सेनाले यो राज्यलाई विशाल नेपालमा गाभेको थियो।
पैयुँ १५०२ रामसिंह सेन राजा अकवरसिंह सेनको शासनकालमा वि.स. १८४२ मा यो राज्यलाई नेपालले एकीकरण गरेको थियो।
ढोर १५१० राजा दशरथ खाण राजा शिवनारायण खाणको शासनकालमा वि.स. १८४२ मा यो राज्यको नेपालमा एकीकरण भएको थियो।
१० सतहुँ १५१० राजा शिरशिम्बु खाण वि.स.१८४२ मा राजा दीर्घ शाहीको शासनकालमा यो राज्यको एकीकरण भएको थियो।
११ गह्रौँ १५१० दसरथ खाण वि.स. १८४२ मा राजा घेरु खाणको शासनकालमा नेपालले यो राज्यलाई आफूमा एकीकरण गरेको थियो।
१२ नुवाकोट १५१० मिन्चा खान यो वि.स. १८४२ मा नेपालमा एकीकरण भएको थियो।
१३ कास्की १५२४ विचित्र खाण वि.स. १८४२ मा सिद्धिनारायण शाहको शासनकालमा कास्की राज्य नेपालमा एकीकरण भएको थियो। नेपालको इतिहासमा कास्की राज्य महत्वपूर्ण छ। यहीँका राजा कुलमण्डन खाणले सर्वप्रथम शाहको उपाधि ग्रहण गरेका थिए।
१४ इस्मा १५५० च्यवनराज भट्ट अर्जेलले गोविन्द नारायण राठोर को शासनकालमा यो राज्य पाल्पाको मातहतमा आएको थियो र पाल्पा राज्यसँगै इश्मा पनि विशाल नेपालमा एकीकृत भएको थियो।
१५ मुसिकोट (वल्लो) १५५० जयचन्द्र सिंह राजा वीरकुमार सिंहको कार्यकालमा वि.स. १८४३ मा यो राज्य पाल्पा राज्यमा गाभिएको थियो। पाल्पाको एकीकरण हुँदा यसको पनि नेपालमा एकीकरण भएको थियो।
१६ लमजुङ १५५० कास्कीका राजकुमार यशोब्रम्ह शाह राजा वीरभूपाल शाहको शासनकालमा वि.स. १८४२ मा योराज्यको नेपालमा एकीकरण भएको थियो।
१७ रिसिङ १५५० जयचन्द्र सिंह राजा हरिनारायण सेन यहाँका अन्तिम राजा थिए। वि.स. १८४२ मा यो राज्यको नेपालमा एकीकरण भएको थियो।
१८ घिरिङ १५५० खान वंशीय ठकुरीहरू राज्य विशाल नेपालमा वि.सं. १८४२ मा एकीकरण भएको थियो।
१९ पाल्पा १५५० राजा रुद्रसेन वि.स. १८६१ मा नेपालले पाल्पाको एकीकरण सम्पन्न गरेको थियो। सेन वंशको स्थापना पाल्पाबाटै भएको थियो। पाल्पाले नायव बहादुर शाहलाई नेपाल एकीकरणमा सहयोग समेत गरेको थियो।
२० प्युठान १५६० राजा लटराजले वि.स. १८४२ मा रुद्रप्रताप चन्दको शासनकालमा विशाल नेपालमा एकीकरण भएको थियो।
२१ तनहुँ १६१० राजा भृङ्गी सेन वि.स. १८४१ मा हरकुमारदत्त सेनको शासनकालमा यो राज्यको नेपालमा एकीकरण भएको थियो।
२२ रामपुर १६१० राजा खड्ग सेन राजा दुर्लभ सेनको शासनकालमा वि.स. १८४२ मा यसको नेपालमा एकीकरण भएको थियो।
२३ विनायकपुर १६१० विनायक सेन बुटवल राज्य पाल्पामा मिल्न गएकाले यसको अस्तित्व समाप्त भएको थियो।
२४ गोरखा १६१६ द्रव्य शाह अटल राज्य
२५ गलकोट १६३१ जितारी मल्ल वि.स. १८४२ मा राजा जगतबम मल्लको शासनकालमा यो राज्यको नेपालमा एकीकरण भएको थियो।
२६ धुर्कोट ११४६५ राजा खड्गराज मल्ल राजा रण मल्लको शासनकालमा वि.स. १८४३ मा नेपाली सेनाले यो राज्य पाल्पालाई दिएको थियो र पाल्पासँगै धुर्कोट पनि नेपालमा एकीकृत भएको थियो।

मध्यकालमा राज्य विस्तार हुँदै गएपछि विभिन्न क्षेत्रमा केन्द्रबाट सोझै प्रशासन चलाउन कठिन पर्ने हुनाले ती क्षेत्रमा प्रशासन सञ्चालन गर्न आफ्ना भाइ, छोरा र भातिजालाई प्रशासक नियुक्त गर्ने परम्परा भएको पाइन्छ।  []

उत्तरमध्यकाल (बाइसी, चौबीसी पूर्वका सेनराज्य प्रशासन) [१४]

  1. राजपरिवार = राजा, रानी, राजकुमार (गोसाईं, रौतेल्या, रताला, पुत्लो)
  2. सरदार = सेना र अर्थसमबन्धी विषय हेर्ने अधिकारी
  3. पण्डितवर्ग = राजगुरु, धर्माधिकारी, ज्योतिषी, जोशी, दैवज्ञ, पुरोहित
  4. काजी = मन्त्री (प्रायः राजाका टाढाका अंशियार काजी कहिन्थे।)
  5. रजवार = स्थानीय प्रशासक, राजाभन्दा तल्ला पाँच भन्दा उपरको पद
  6. खजाञ्ची = राजाको खजाना भणडारको तालाचाबी लिई बस्ने
  7. देवान = राजालाई धर्मशास्त्र हेरी पतिया, चान्द्रायण, शुद्धि गर्ने व्यक्ति
  8. पुत्ला वा पुल्ता = तिब्बत भोटतिरको भन्सार अधिकृत
  9. बूढाथापा = स्थानीय भलादमीको नायक र राजाले छानेको मन्त्रीसरह
  10. उमराव = विबिन्न नाकामा निर्मित गढीकिल्लाको नायक
  11. द्वारे, नेव, मुखिया, ताकुलद्वार, मण्डली= ग्राममुख्य, लेखनदास, मुख्य, तैनाथवाला, राज्यभित्रमा राजाको विरुद्ध जाँच्ने र गोप्य प्रतिवेदन सङ्कलक
  12. भण्डारी= कोषागारप्रमुख, नगद, जिन्सी, गहना, खाद्यान्न, जपडाको भण्डारे।
  13. विचारी, सुबेदार, थरघर, दौडाहा = मुद्दा हेर्ने, प्रहरी हेर्ने, सल्लाहकार, ठाडो कार्बाही गर्ने।
  14. कटुवाल, आसेपासे, टीके, जीते, अर्जबेगी, लुमड्या, = राजाज्ञा कार्यान्वयन गर्नेहरू

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Nepal and Bhutan: Country Studies, पृ: 14–15, आइएसबिएन 978-0844407777, मूलबाट ३० जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०२० Public Library UKद्वारा।
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १२६-१३०, आइएसबिएन 99933-2-406-X
  3. 1 2 बानियाँ क्षेत्री, डा. कर्णबहादुर (२०६३ वि.सं), पाल्पा गौडा: एक ऐतिहासिक अध्ययन, फूलचोकी पब्लिकेशान एण्ड डिस्त्रिब्युसन प्रा. लि., पृ: १५, आइएसबिएन 99946-2-032-0
  4. Sinha, Awadhesh C. (२६ अक्टोबर २०१८), Dawn of Democracy in the Eastern Himalayan Kingdoms: The 20th Century (अङ्ग्रेजीमा), Taylor & Francis, आइएसबिएन 978-0-429-68568-2, मूलबाट ३० जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०२०
  5. Pradhan, K. L. (२०१२), Thapa Politics in Nepal: With Special Reference to Bhim Sen Thapa, 1806-1839 (अङ्ग्रेजीमा), Concept Publishing Company, पृ: 4–6, आइएसबिएन 978-81-8069-813-2, मूलबाट ३० जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुलाई २०२०
  6. "Conquests of Prithvinarayana Shah", Mirror Shodhganga, अन्तिम पहुँच ५ सेप्टेम्बर २०२०
  7. इतिहास, कक्षा १० (पाठ्यक्रम विकास केन्द्र)
  8. Francis Buchanan-Hamilton (१९८६), An account of the Kingdom of Nepal and of the territories annexed to this dominion by the House of Gorkha, पृ: २३७-२३९।
  9. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १८१, आइएसबिएन 99933-2-406-X
  10. आचार्य, बाबुराम, "गोरखाविजयकालका घटना", पूर्णिमा २७: १६६।
  11. पूर्णिमा ५०: १८।
  12. इतिहास कक्षा १०, पाठ्यक्रम विकास केन्द्र (पृष्ठ १५- १८)
  13. नारायणप्रसाद क्षत्री (२०४४), मुस्ताङ दिग्दर्शन, साझा प्रकाशन
  14. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: ३२२-३२३, आइएसबिएन 99933-2-406-X