जङ्गल घाँसेफिस्टो
| जङ्गल घाँसेफिस्टो | |
|---|---|
| गुरुग्राममा | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जनावर |
| Phylum: | रज्जुकी |
| वर्ग: | चरा |
| गण: | Passerine |
| परिवार: | Cisticolidae |
| वंश: | Prinia Jerdon, 1840 |
| प्रजाति: | P. sylvatica
|
| वैज्ञानिक नाम | |
| Prinia sylvatica Jerdon, 1840 | |
जङ्गल घाँसेफिस्टो (वैज्ञानिक नाम: Prinia sylvatica) एउटा सानो पासराइन चरा तथा सिस्टिकोलिडे परिवारको एक फिस्टो हो।
वितरण र वासस्थान
[सम्पादन गर्नुहोस्]जङ्गल घाँसेफिस्टो सुदूर दक्षिणपश्चिम नेपाल, बङ्गलादेश, भारत र श्रीलङ्कामा वसोबास तथा प्रजनन् गर्छ। यो सामान्यतया खुला सुख्खा घाँसे मैदान, खुला जङ्गल तथा कहिलेकाहीँ बगैंचामा पाइने गर्छ।
विबरण
[सम्पादन गर्नुहोस्]
यो घाँसेफिस्टो १५ सेन्टिमिटर (६ इन्च) लामो, छोटो गोलाकार पखेटा, लामो पुच्छर, बलियो खुट्टा र छोटो कालो ठुँड भएको हुन्छ। प्रजनन अवस्थामा वयस्कहरू छोटो सेतो आँखिभौँ र गाढा खैरो ढाडको साथ माथिल्लो भाग खैरो-खैरो रङ्गका हुन्छन्। पखेटा बन्द हुँदा सुन्तले घेरा तथा पुच्छरमा सेतो किनाराहरू देखिन्छन्। यसको तल्लो भागहरू सेतो भुवादार हुन्छन्। प्रजनन मौसममा भालेको चुच्चो (ठुँड) कालो हुने बाहेक भाले र पोथीमा अन्य कुरा सबै समान हुन्छन्।
जाडोयाममा यसको माथिल्लो भागहरू गाढा खैरो हुन्छन् र तल्लो भागहरू बढी भुवादार हुन्छन्। गर्मीमा भन्दा जाडोयाममा पुच्छर लामो हुन्छ। यसले झाडी वा अग्लो घाँसमा आफ्नो गुँड बनाउँछ र ३-५ वटा अण्डा दिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१७), "Prinia sylvatica", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2017: e.T२२७१३५९५A११८७३५५९८, डिओआई:10.2305/IUCN.UK.2017-3.RLTS.T22713595A118735598.en, अन्तिम पहुँच १३ नोभेम्बर २०२१।