जमिन डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जमिन डटकम
व्यवसायको प्रकारसम्पत्ति
उपलब्ध भाषाअङ्ग्रेजी र उर्दू
Traded asजमिन मिडिया प्रालि
मुख्यालयहरूलाहोर पञ्जाव
स्थानहरूको सङ्ख्याकार्यालय: ३० सहरहरू उपलब्धता: ४० सहरहरू
सेवा क्षेत्रपाकिस्तान
संस्थापक (हरू)जिसन अलि खान
इमरान अलि खान
ह‌ैदर अलि खान
अध्यक्षगिल्स ब्लाञ्चार्ड
प्रमुख कार्यकारी अधिकृतजिसन अलि खान
उद्योगइन्टरनेटरियल ष्टेट
कर्मचारीहरू१८००+
अभिभावकइमर्जिङ मार्केट्स प्रोपर्टि समूह
युआरएलजमिन डटकम
अलेक्सा क्रम७,५७१ [१]
प्रयोगकर्ताहरू५० लाख मासिक सक्रिय प्रयोगकर्ता (मे २०१८)
चालु भएको मितिसन् २००६
वर्तमान स्थितिचालू

जमिन डटकम (उर्दु: زمین) पाकिस्तानमा आधारित एक अनलाइन सम्पत्ती पोर्टल हो। साइटले घर जग्गा बिक्रेता, विकासकर्ता, आयोग, र बिक्री र भाडाको लागि सम्पत्तिलाई सूचीबद्ध गर्दछ।[२] कम्पनीको मुख्यालय लाहोर, पाकिस्तानमा रहेको छ भने कराची, लाहोर, इस्लामाबाद, गुजराणवाला, फैसलाबाद, पेशावर र मुलतान लगायतका सहरहरूमा यसका कार्यालयहरू रहेका छन् र ती सम्पूर्ण देशव्यापी रूपमा सञ्चालित गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

जमिन डटकम सन् २००६ मा दुई पाकिस्तानी उद्यमी दाजुभाइ, जिसान र इमरान अली खानद्वारा स्थापित गरिएको थियो। सन् २०१२ मा, गिल्स ब्लाञ्चार्ड र सह संस्थापक सेलोगर डटकमलले (एक फ्रान्सेली सम्पत्ति पोर्टल), जमिन डटकममा अध्यक्षको भूमिका निर्वाह गरेका थिए।[३]

व्यवसाय नमूना[सम्पादन गर्नुहोस्]

सुरुवातमा, जमिन डटकमले यसको वेबसाइटमा नि: शुल्क सम्पत्ति सूचीकरणको अनुमति दिएको थियो तर सन् २०१० मा भुक्तान गरिएको विज्ञापन नमूनामा सरेको थियो।[४] सन् २०१४ मा, कम्पनीले यसको मासिक रियल इष्टेट प्रिन्ट प्रकाशनको पनि सुरू गरेको थियो।[५] हाल, यसले यसको अनलाइन मञ्चमा विज्ञापन स्थान प्रदान गर्नुको साथ, यसले राजस्व उत्पन्न गर्न घर जग्गा विकासकर्ताहरूलाई विशेष बिक्री र बजारशास्त्रीय सेवाहरूको पनि प्रदान गर्दछ।

मोबाइल वेबसाइट[सम्पादन गर्नुहोस्]

मार्च २०१३ मा, जमिन डटकमले यसको वेबसाइटको मोबाइल संस्करण सुरू गरेको थियो।[६] यो पोर्टलले देशव्यापी दर्शकहरूको लागि पहुँच योग्य बनाउन र प्रयोगकर्ताहरूको लागि सुविधाजनक बनाउन यो कदम चालिएको बताइएको थियो।

मार्च २०१८ सम्ममा, सबै उपकरणहरूमा ३२.९ मिलियन पृष्ठ दृश्यहरूको साथ वेबसाइटले ५० लाख मासिक आगन्तुकहरूलाई आकर्षित गरेको रिपोर्ट गरिएको थियो। यसैबीच, वेबसाइटमा सम्पत्ति सूचीबद्धले १ करोड १० लाख अङ्क पार गरेको छ, र वेबसाइटमा १४,५०० आयोगहरू दर्ता भएका छन्। कम्पनीसँग हाल यसको मञ्चमा १,००० भन्दा बढि विकासकर्ताहरू रहेका छन्, र यसले १० लाख भन्दा बढी ग्राहकहरूलाई आकर्षित गरेको छ।[७][८]

उर्दु वेबसाइट[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २०१३ मा, साइट यसको उर्दु संस्करणको जारी गरेको थियो।[९]

ब्राण्ड[सम्पादन गर्नुहोस्]

लोगो[सम्पादन गर्नुहोस्]

जमिन डटकमको स्थापना सन् २००६ मा भएको थियो जसमा यसले आफ्नो लोगोमा पाकिस्तानको सम्पत्ति पोर्टल राखेको थियो। यो लोगो शिलालेख सन् २०११ मा अधिक रूपमा विस्तृत भई "पाकिस्तानको नम्बर १ सम्पत्ति वेबसाइट" मा परिवर्तन भएको थियो। हालसालै सन् २०१८ मा, ब्राण्डको लोकप्रिय नाराको उर्दु भाषामा परिमार्जन गरिएको थियो जसमा यसको उर्दू भाषामा नारा हर पाता, हमेँ पता हे" नेपालीमा अनुवाद: हामी सबै ठेगाना जान्दछौ हुन आउँदछ।[१०]

दूरदर्शन अभियान[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २०१८ सम्म, जमिन डटकमले सफलतापूर्वक आफ्नो वेबसाइट र ब्राण्ड सञ्चालनलाई प्रचार प्रसार गर्न चार विभिन्न ठूला दूरदर्शन अभियानहरूको सुरु गरेको थियो। यी पहल मध्ये पहिलो कम्पनीले "हर पता, हमेँ पता हे" नारा अपनाएको थियो, जुन त्यस पछि यसको लोगोको भाग पनि बनेको थियो।[११]

सन् २०१७ मा, अभिनेता फवाद खानले दूरदर्शन अभियानमा "हमेँ पता हे आपके दिलकी बात" शीर्षकमा कम्पनीको आधिकारिक ब्राण्ड राजदूतको रूपमा जिम्मेवारी गहन गरेका थिए।[१२] विज्ञापनले करीव २ करोड इण्टरनेट दृश्य प्राप्त गरेको थियो जसलाई कुनै पनि पाकिस्तानी ब्राण्डको लागि उच्चतम अनलाइन दर्शक गणना भएको बताइएको थियो।[१३]

कम्पनी सन् २०१८ को अभियानमा, यसको "हामी तपाईलाई घर खोज्न मद्दत गर्न सक्छौँ, तर केवल तपाई मात्र यसलाई घर बनाउन सक्नुपर्छ" भन्नेबाट लोकप्रिय भएको नरालाई पुनः फवाद खानले ब्राण्डको हालसम्मकै सबैभन्दा सफल अनलाइन उत्पादन हो भनेर प्रमाणित गरेका थिए। जसले केहि घण्टामै ४० लाख दृश्य प्राप्त गर्न सफल भएको थियो।[१४]

अगष्ट २०१८ मा प्रकाशित गरिएको पत्रिकामा जमिन डटकमले आफैंको लागि एक तस्वीर बनाएको भन्दै, एक दस्तावेजी चलचित्र निर्माता, शेरजाद कलिमले डउन ग्रुप अफ न्यूजपेपर्सको स्वामित्वमा रहेको पत्रिका प्रकाशन, अरोराको लागि कम्पनीको अभियानमा टिप्पणी गरेका थिए।[१५]

पाकिस्तान वास्तविक सम्पत्ति मूल्य सूचकाङ्क[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २०१६ मा, जमिन डटकमले पाकिस्तान वास्तविक सम्पत्ति मूल्य सूचकाङ्कको सुरु गरेको थियो। यो उपकरण यसले लाहोरमा रहेको व्यवस्थापन विज्ञानको विश्वविद्यालयका प्राध्यापकहरूको सहयोगमा सृजना गरेको थियो।[१६]

लगानी[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा, जमिन डटकमले फ्रान्सेली सम्पत्ति वेबसाइट सेलोगर डटकमका संस्थापक, गिल्स ब्लाञ्चार्डबाट महत्त्वपूर्ण लगानी प्राप्त गरेको थियो।[१७] मे २०१४ मा, जमिन डटकमले फ्रन्टियर डिजिटल भेञ्चर्स र क्याचा समूहसँग लगानी सम्झौता गरेको थियो जस पछि फ्रन्टियर डिभी र क्याचा समूहका प्रमुख कार्यकारी अधिकृत सन डि ग्रेगोरियो र प्याट्रिक ग्रोभले जमिन डटकमको निर्देशक विभागमा सामेल भएका थिए।[१८][१९][२०][२१][२२]

सेप्टेम्बर २०१५ मा जमिन डटकमले यसको कोष सङ्कलनको दोस्रो चरणमा तीन प्रख्यात अन्तर्राष्ट्रिय कोषबाट ९० लाख अमेरिकी डलर उठाएको थियो।[२३] त्यसको लगत्तै जनवरी २०१६ मा, पोर्टलको अभिभावक कम्पनी, इमर्जिङ मार्केट्स प्रोपर्टी ग्रूपले (इएमपिजी) आफ्नो कोष सङ्कलनको तेस्रो चरणमा यसले आफ्नो कोषलाई २ करोड बढाएको छ। जमिन डटकमको अतिरिक्त, इमर्जिङ मार्केट्स प्रोपर्टी ग्रूपको संयुक्त अरब इमिरेट्सको बयुत डटकम, बाङ्लादेशको बिप्रोपर्टि डटकम, र मोरक्कोको मुबवाव डटकममा स्वामित्व र सञ्चालन रहेको छ।[२४][२५]

फेब्रुअरी २०१९ मा, इमर्जिङ मार्केट्स प्रोपर्टी ग्रूपले (इएमपिजी) कोष सङ्कलनको चौथो चरणमा १० करोड अमेरिकी डलर उठाएर सफलतापूर्वक बन्द गरेको घोषण गरेको थियो। यो कम्पनीको इतिहासको लगानीको सबैभन्दा ठूलो चरण पनि हो। यस चरणको साथ, इमर्जिङ मार्केट्स प्रोपर्टी ग्रूपले (इएमपिजी)द्वारा उठाएको जम्मा लगानी १६० मिलियन डलरमा पुगेको थियो जसले समूहलाई यस क्षेत्रको सबैभन्दा ठूलो रियल इष्टेट प्रविधि कम्पनी बनाएको थियो।[२६][२७][२८][२९]

घटना तथा प्रदर्शन[सम्पादन गर्नुहोस्]

जमिन डटकमले पाकिस्तान सरकारको सहयोगमा पहिलो प्रदर्शन 'पाकिस्तान रियल इष्टेट मेलाको आयोजना गरेको थियो।[३०] एक वर्ष पछि, कम्पनीले जमिन डटकम सम्पत्ति मेला सन् २०१४ आयोजना गरेको थियो[३१][३२] जहाँ ५० भन्दा बढी प्रदर्शकहरूले उनीहरूको घर जग्गा परियोजनाहरूको प्रदर्शन गरेका थिए। दुई दिवसीय कार्यक्रममा ३०,००० मानिसहरूले भाग लिएका थिए जुन यो समय देशमा सम्पन्न भएको सबैभन्दा ठूलो रियल इष्टेट एक्सपो बनेको छ।[३३][३४][३५]

अगस्त, २०१५ मा जमिन डटकमले पाकिस्तानमा एक प्रमुख अचल सम्पत्ति विकासकर्ता, रक्षा आवास प्राधिकरणको सहयोगमा दुई दिवसीय 'डिएचए लाहोर सम्पत्ति महोत्सव २०१५ को आयोजना गरेको थियो।[३६] पोर्टल निजी विकासकर्ताहरूको साथ एक सम्पत्ति सम्बन्धित कार्यक्रम आयोजना गर्नको लागि सहकार्य गरेको यो पहिलो पटक थियो।[३७]

नोभेम्बर २०१५, मा, जमिन डटकमले सम्पत्ति मेला सन् २०१५ को आयोजना गरेको थियो जसमा उक्त कार्यक्रमलाई ४५,००० मानिसहरू अवलोकन गरेका थिए। [३८] अप्रिल २०१६ मा, पोर्टलले इस्लामाबाद र कराचीमा गरी दुई सम्पत्ति मेलाहरूको आयोजना गरेको थियो। त्यसपछि मेमा लाहोरमा ठूलो मात्रामा मेलामा प्रदर्शन गरिएको थियो।[३९]

त्यसबेलादेखि, मेला प्रत्येक वर्ष कराचीइस्लामाबादमा भएका प्रमुख प्रदर्शनीहरूको साथ नियमित कार्यक्रम बनेको थियो। सबैमा, जमिन डटकमले कूल १६ मेलाको आयोजना गरेको थियो जसले गर्दा जमिन डटकमले आयोजना गरेको मेला पाकिस्तानको सबैभन्दा ठूलो र लामो अवधि सम्म चलिरहेको घर जग्गा प्रदर्शनी बनेको थियो। मार्च २०१९ सम्ममा, दश लाख भन्दा बढी व्यक्तिहरू र १,२०० भन्दा बढी प्रदर्शकहरूले वर्षको प्रदर्शनमा भाग लिएका छन्।[४०][४१]

अक्टोबर २०१७ मा दुबई विश्व व्यापार केन्द्रमा आयोजना गरिएको पाकिस्तानी सम्पत्ति सम्बन्धित कार्यक्रममा सहित जामिन डटकमले अन्तर्राष्ट्रिय बजारमा पनि प्रवेश गरेको थियो। पाकिस्तानी सम्पत्ति कार्यक्रम विशेष रूपमा दुबई विश्व व्यापार केन्द्रमा प्रदर्शित गरिएको यो पहिलो पटक थियो। कार्यक्रमले १४,००० दर्शकहरूलाई आकर्षित गरेको थियो जुन कथित रूपमा पाकिस्तानी सम्पत्तिमा हुने कुनै पनि विशेष कार्यक्रमको लागि यो उच्च थियो।[४२][४३][४४]

पाकिस्तान सम्पत्ति सम्बन्धित कार्यक्रम दुबईको दोस्रो संस्करण दुबई विश्व व्यापार केन्द्रमा पुनः १४ र १५ सेप्टेम्बर २०१८ मा आयोजना गरिएको थियो।[४५][४६] उक्त कार्यक्रममा पाकिस्तानका वरिपरिका ६० जना प्रदर्शकहरू उपस्थित भएका थिए, जसले १७,००० भन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको थियो।[४७][४८][४९]

नोभेम्बर २०१८ मा, जमिन डटकम मुल्तानमा पहिलो पटक मेलाको आयोजना गरेको थियो।[५०] यो कराची, लाहोर र इस्लामाबादमा आयोजित कम्पनीको प्रदर्शनी पछि आयोजना भएको थियो। सन् २०१९ को लाहोरमा आयोजित मेलाले पाकिस्तानको घर जग्गा क्षेत्रका लागि सफलताको क्षणको रूपमा चिन्ह लगाएको थियो।[५१][५२]

पुरस्कार तथा सम्मानहरू[सम्पादन गर्नुहोस्]

१) जून २०१६ मा, रियल इष्टेट वेबसाइटहरूका लागि एक विश्वव्यापी प्राधिकरण, प्रोपर्टी पोर्टल वाच (पिपिडब्ल्यू)ले जमिन डटकमलाई ३१ मे देखि जून ३ सम्म बेङ्ककमा आयोजित पिपिडब्ल्यू सम्मेलनमा विश्वको शीर्ष सम्पत्ति पोर्टलहरूमध्ये एकको रूपमा नामकरण गरेको थियो।[५३][५४]

२) अक्टोबर २०१५ मा, जमिन डटकमलाई एम्स्टर्डममा अक्टोबर ७ देखि ९ गते सम्मको पिपिडब्ल्यू सम्मेलनमा हेर्न र सिक्न सकिने शीर्ष विश्वव्यापी सम्पत्ति पोर्टलहरूका माझ नामकरण गरिएको थियो। [५५][५६][५७]

३) एक स्थानीय पत्रकार कासिफ मोटेनले एक लेखमा जमिन डटकम पाकिस्तानको पहिलो सम्पत्ति पोर्टल भएको घोषण गरेका थिए।[५८]

४) पाकिस्तानको अङ्ग्रेजी भाषाको पत्रिका एक्सप्रेस ट्रिब्यूनले जमिन डटकमलाई 'पाकिस्तानको सबैभन्दा ठूलो रियल इष्टेट पोर्टल'को रूपमा नामकरण गरेको थियो।[५९]

४) पाकिस्तानको एउटा अङ्ग्रेजी भाषाको पत्रिका द न्युजले जमिन डटकमले 'पाकिस्तानमा अनलाइन रियल इष्टेट उद्योगमा क्रान्ति ल्याएको बताएको थियो।[६०]

५) सिमोन बेकर, एक उद्यमी र घर जग्गा पोर्टलमा शीर्ष अधिकारीले जमिन डटकमलाई आफ्नो ब्लगमा जानकारीको सार्वजनिक गर्दै यसलाई नेतृत्वकर्ताको रूपमा मान्यता दिएका थिए।[६१]

६) सन् २००७ मा, सिएनबिसी अन्तर्राष्ट्रिय सम्पत्ति पुरस्कारमा जमिन डटकमले सर्वश्रेष्ठ सम्पत्ति वेबसाइटको रूपमा पुरस्कार थापेको थियो।[६२]

७) सन् २००८ मा, सिएनबिसी अन्तर्राष्ट्रिय सम्पत्ति पुरस्कारमा जमि डटकमले सर्वश्रेष्ठ सम्पत्ति वेबसाइटको रूपमा पुरस्कार थापेको थियो।[६२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "जमिन डटकमको विश्लेषण तथा तथ्याङ्क", अलेक्सा, अन्तिम पहुँच नोभेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-०७ मिति
  2. डाउन डटकम (२०१४-०२-१८), "French investor browses local real estate", अन्तिम पहुँच २०१४-०२-२० 
  3. प्रोपर्टि पोर्टल वाच (२०१४-११-१५), "SeLoger’s Gilles Blanchard Joins Zameen", अन्तिम पहुँच २०१४-०२-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति
  4. जाभेरी अनसार (२०१४-०१-१०), "'Lahore real estate market going through correction phase,' Co-founders, ZAMEEN.COM", अन्तिम पहुँच २०१४-०२-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति
  5. प्रोपर्टि पोर्टल वाच (२०१४-०४-०३), "Zameen.com Launches New Property Magazine", अन्तिम पहुँच २०१४-०४-०३  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०५ मिति
  6. महविस खान (२०१२-०२-२५), "نے اپنی ویب سائٹ کا موبائل ورژن لانچ کیا", अन्तिम पहुँच २०१४-०२-२० 
  7. "Zameen.com marks 5m monthly visits" 
  8. "Zameen.com Crosses 5 Million Monthly Visits Mark", प्रो पाकिस्तानी (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०७-२७ 
  9. गोर्डना डाभिला (२०१२-०२-२५), "Zameen.com Now Speaks Urdu", अन्तिम पहुँच २०१४-०२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति
  10. बम्बईवाला, फाहाद (२०१६-०९-०६), "Eight ads that are a must watch!", अरोरा पत्रिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-१०-१६ 
  11. बम्बईवाला, फाहाद (२०१६-०९-०६), "Eight ads that are a must watch!", अरोरा पत्रिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-०८ 
  12. "Pakistan Property Show Dubai opens doors to eager Pakistan Expatriate Investors in UAE", Global Banking & Finance Review (बेलायती अङ्ग्रेजीमा), २०१८-०९-१५, अन्तिम पहुँच २०१९-०८-०८ 
  13. Hassan, Ali (२०१७-०७-२६), "Zameen.com TVC crosses 15 million views on Facebook", प्लेयर (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-०८ 
  14. विज्ञप्ति, प्रेस, "Zameen.com’s Latest TVC Crosses 4 Million Views within Hours" (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-०८ 
  15. कालम, शेहरजाद (२०१८-०८-२७), "Making a house a home", अरोरा पत्रिका (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-०८ 
  16. "Zameen.com launches Pakistan’s first real estate index", डेली पाकिस्तान ग्लोबल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०५-२५ 
  17. "Zameen.com Closes Key Venture Investment Deal With Two Singaporean Groups", २०१४-०५-३०, अन्तिम पहुँच २०१६-०६-२७ 
  18. प्रोपर्टि पोर्टल वाच (२०१४-०५-२०), "Shaun Di Gregorio Launches Frontier Digital Ventures", अन्तिम पहुँच २०१४-०५-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०५-२३ मिति
  19. प्रोपर्टि पोर्टफ वाच (२०१४-०५-२९), "Zameen.com Closes Key Venture Investment Deal", अन्तिम पहुँच २०१४-०५-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०६-०१ मिति
  20. डेली टाइम्स (२०१४-०५-२९), "Zameen.com closes key venture investment deal", अन्तिम पहुँच २०१४-०५-२९ 
  21. एक्सप्रेस ट्रिब्युन (२०१४-०५-२७), "Zameen.com closes key venture investment deal", अन्तिम पहुँच २०१४-०५-२७ 
  22. ट्विसि (२०१४-०५-२०), "Frontier Digital Ventures launched; acquires 30% stake in Zameen.com", अन्तिम पहुँच २०१४-०५-२० 
  23. "Venture round: Zameen.com raises $9m - The Express Tribune" (अमेरिकी अङ्ग्रेजीमा), २०१५-०९-३०, अन्तिम पहुँच २०१६-०६-२७ 
  24. "Pakistani online real estate portal raises $20 million in investment" (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०६-२७ 
  25. "EMPG – Emerging Markets Property Group" (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-०९ 
  26. ranju (२०१८-०८-१६), "Property Site Bayut.com’s Parent Company Raises $50 Million In Latest Funding", Forbes Middle East (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२२ मिति
  27. "Zameen's Parent Group EMPG Gets $50 Million in Funding as Part of a Bigger Round", प्रोपाकिस्तानी (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-२२ 
  28. "EMPG, Zameen.com’s Parent Company Announced $50 million investment as part of a larger round - RS-Tech", RS-Tech (अमेरिकी अङ्ग्रेजीमा), २०१८-०८-२१, अन्तिम पहुँच २०१८-०९-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२२ मिति
  29. "Bayut's parent company raises $100mln Series D investment", www.acceleratesme.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-०९ [dead link]
  30. गर्डोना डभिला (२०१३-१०-२९), "Zameen Partners with Government Bodies for Pakistan Real Estate Expo 2013", अन्तिम पहुँच २०१३-१०-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-३१ मिति
  31. "Zameen's Karachi Expo ends on high note", द नेसन (अङ्ग्रेजीमा), २०१८-०१-१०, अन्तिम पहुँच २०१९-०५-०९ 
  32. अलि, फरहात (२०१९-०३-११), "Zameen Expo 2019 – Islamabad concludes successfully, next event to be held in Peshawar in April", Flare (en-USमा), अन्तिम पहुँच २०१९-०५-०९ 
  33. एक्सप्रेस ट्रिब्युन (२०१४-१०-२६), "Property expo attracts investors’ attention", अन्तिम पहुँच २०१५-०५-०८ 
  34. पाकिस्तान टुडे (२०१४-१०-१५), "Zameen.com Property Expo 2014 opens in Lahore", अन्तिम पहुँच २०१५-०५-०८ 
  35. प्रोपर्टि पोर्टल वाच (२०१४-१०-१७), "Zameen.com Property Expo 2014 Wraps Up In Lahore", अन्तिम पहुँच २०१५-०५-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-११ मिति
  36. अलि, फरहात (२०१९-०२-२५), "Zameen Expo 2019 – Lahore concludes successfully; Event introduces technological advancements to the real estate sector", प्लेयर (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-०९ 
  37. "Zameen.com to Organize DHA Property Festival 2015", २०१५-०८-१२, अन्तिम पहुँच २०१६-०५-२५ 
  38. "Two-day Property Expo 2015 starts", The Nation (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१६-०५-२५ 
  39. "Zameen Property Expo 2015 in Lahore Sees Massive Footfall", २०१५-११-१८, अन्तिम पहुँच २०१६-०५-२५ 
  40. "Zameen Property Expo 2016 (Islamabad) to be held on April 9, 10", द न्युज ट्रिब्युन, २०१६-०४-०७, अन्तिम पहुँच २०१६-०५-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-१२ मिति
  41. "Zameen.com Property Expo 2016 (Karachi) to be held on April 23, 24", द न्युज ट्राइब, २०१६-०४-२०, अन्तिम पहुँच २०१६-०५-२५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०५-२५ मिति
  42. डेस्क, वेब (२०१६-१२-१४), "Zameen.com Property Expo 2016 (Lahore) witnesses colossal success!", द न्युज ट्रिब्युन, अन्तिम पहुँच २०१७-०१-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-२५ मिति
  43. "Zameen.com Property Expo 2016 Islamabad sees unprecedented success", द लाहोर टाइम्स, २०१६-१२-३०, अन्तिम पहुँच २०१७-०१-२६ 
  44. "Zameen.com wraps up year's first property expo in Karachi", द न्सन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०१-२६ 
  45. "Pakistan Property Show Dubai opens doors to eager Pakistan Expatriate Investors in UAE", Global News, Analysis, Awards for Banking, Finance, Technology sector (बेलायती अङ्ग्रेजीमा), २०१८-०९-१५, अन्तिम पहुँच २०१८-०९-२२ 
  46. "Dubai real estate needs more institutional investors: Rera chief", Seven Century Real Estate (अमेरिकी अङ्ग्रेजीमा), २०१८-०९-१५, अन्तिम पहुँच २०१८-०९-२२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-२२ मिति
  47. "10 Attributes That Make Zameen Expo 2018 Karachi a Resounding Success", propakistani.pk (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-१३ 
  48. "Zameen Expo Islamabad 2018 is Set to Make This Weekend for Your Family Special", propakistani.pk (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-१३ 
  49. "Zameen Expo 2018 welcomed thousands of visitors in Lahore", प्रोपर्टि पोर्टल वाच (अमेरिकी अङ्ग्रेजीमा), २०१८-०२-१५, अन्तिम पहुँच २०१८-०६-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-१३ मिति
  50. "Pakistan Property Show Attracts 14,000 Visitors in Dubai", प्रोपाकिस्तानी (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-१३ 
  51. Team, फ्लेयर (२०१८-०३-०७), "Zameen Expo becomes Pakistan’s most Trusted Real Estate Exhibitions Brand | Flare", फ्लेयर (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-१३ 
  52. अलि, फरहात (२०१९-०३-११), "Zameen Expo 2019 – Islamabad concludes successfully, next event to be held in Peshawar in April", फ्लेयर (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०५-०९ 
  53. "Zameen.Com Among World’s Top 5 Property Portals - TelecomPK", अन्तिम पहुँच २०१६-०६-३० 
  54. "Zameen.com named among top 5 property portals in the world - The Express Tribune" (अमेरिकी अङ्ग्रेजीमा), २०१६-०६-०३, अन्तिम पहुँच २०१६-०६-३० 
  55. "Zameen named among top 8 property portals in the world", द न्युज ट्राइब, २०१५-१०-२७, अन्तिम पहुँच २०१६-०६-३०  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-२५ मिति
  56. "Zameen.com Named Among Top 8 Global Property Portals ‘To Watch and Learn From’ | Pakistan Advertisers Society", अन्तिम पहुँच २०१६-०६-३० 
  57. "Zameen.com Named Among Top 8 Global Property Portals 'To Watch and Learn From'", २०१५-१०-२८, अन्तिम पहुँच २०१६-०६-३० 
  58. ""E-Commerce is always about a good team," Team at Zameen.com", २०१४-०२-१३, अन्तिम पहुँच २०१४-०२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति
  59. Khurram Baig (२०१२-१०-०७), "Karachi real estate fast losing ground to Lahore, Islamabad", अन्तिम पहुँच २०१४-०२-१३ 
  60. हिना मगहुल रिन्द (२०१४-०१-११), "Online real estate market on the rise", अन्तिम पहुँच २०१४-०२-१३ 
  61. सिमोन बेकर (२०१३-११-२२), "Zameen - The Pakistan Leader", अन्तिम पहुँच २०१४-०२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-१४ मिति
  62. ६२.० ६२.१ जमिन (२००८-१२-०२), "Zameen.com Wins Best Pakistan, Best Asia and Best International Property Portal Awards", अन्तिम पहुँच २०१४-०२-१३  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]