जिम्दाे नेपालि भासा
जिम्दो नेपालि भासा नेपाली भाषामा यसका प्रयोगकर्ताको स्वभाविक उच्चारणको अनुकूल लेखन हुनुपर्छ भन्ने शिवराज आचार्यले वि. सं. २०२४ ताका देखि चलाएको अभियान वा आन्दोलन हो ।[१][२][३] यहाँ हाल शुद्ध मानिने जिउँदो नेपाली भाषाको सट्टामा जिम्दो नेपालि भासा भन्ने हिज्जे प्रयोग गरिएको छ । शिवराज आचार्यले यो विचार सम्बन्धित लेखहरू सङ्ग्रह गरेर "जिम्दो नेपालि भासा पैलो खण्ड" वि. सं. २०३० मा र "जिम्दो नेपालि भासा दोस्रो खण्ड" वि. सं. २०३७ मा प्रकाशित गरेका थिए । यसै सिद्धान्तको व्याख्याको रूपमा उनको नेपाली वर्णोच्चारणशिक्षा (नेपालि फोनेटिक्स २०३१) भन्ने पुस्तक पनि साझा प्रकाशनबाट प्रकाशित भएको थियो ।
हाल यो अभियान त्यति सक्रिय नरहे पनि शिवराज आचार्यले आफ्ना कृतिहरूमा यसै अनुरूपको हिज्जे प्रयोग गर्ने गरेका छन् भने विभिन्न समयका अभियान तथा शब्दकोशहरूले पनि यो सिद्धान्तको कुनै न कुनै रूपमा अनुसरण गरेका छन् ।[४] नेपाली भाषा लेखनको इतिहासमा यो अभियानको सकारात्मक र नकारात्मक दुवै खाले चर्चा हालसम्म पनि भैरहेको छ ।[५][६][७][८] यसै अभियान र अभियन्ताका बारेमा टेकनाथ दहालरचित जिम्दो नेपालि भासा अभियान र अभियन्ता[स्थायी मृत कडी] नामक कृति पनि प्रकाशित छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ नेपाली भाषा अधिगोष्ठी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
- ↑ पच्चीस वर्षका भाषिक चर्चा २०३९ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
- ↑ A Few Moments with a Lingiust Vasudha xvi Feb March 1978
- ↑ नेपाली भाषा व्याकरण चिन्तनमा जिम्दो नेपालि भासा सिद्धान्त, गरिमा २०६२ वैशाख
- ↑ भाषामा भिडन्त वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-११ मिति कान्तिपुर
- ↑ सुवेदी, होम नेपाली वर्णविन्यासमा देखिएको गिजोलो समकालीन साहित्य
- ↑ नेपाल,शैलेन्दुप्रकाश नेपाली भाषाको मर्म र महत्ता नयाँ पत्रिका
- ↑ लामिछाने, कपिल मानक नेपाली भाषाका पक्षमा थाहाखबर