शिवराज आचार्य कौण्डिन्न्यायन
शिवराज आचार्य कौण्डिन्न्यायन | |
---|---|
जन्म | वि.सं १९९७ माघ२० तनहुँ, नेपाल |
मृत्यु | वि.सं २०७४ भाद्र १५ (७७वर्ष) वागमतीतट, पशुपति |
वासस्थान | काठमाडौ |
राष्ट्रियता | नेपाली |
शिक्षा | आचार्य(साहित्य,वेदान्त), एम्.ए.(संस्कृत, दर्शनशास्त्र), विद्यावारिधि (वेद वेदान्त), वाचस्पति(डी.लिट्.)(संस्कृत ध्वनिशास्त्र) |
मातृ शिक्षाप्रतिष्ठान | त्रिभुवन विश्वविद्यालय, आगरा विश्वविद्यालय, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय |
पेशा | शिक्षण |
कार्यकाल | वि.सं. २०२० देखि २०७४ |
चिनारीको कारण | जिम्दो नेपालि भासाअभियान, वेदाङ्गज्योतिषव्याख्या, वैदिकशास्त्रज्ञ |
जीवनसाथी | नारायणी देवी |
सन्तान | आमोद, प्रियंंवदा, प्रमोद, सुमोद, सम्मोद, वशंवदा, अतिस (शिव सङ्कल्प) |
मातापिता | नरनाथ आचार्य, गङ्गामायादेवी |
शिवराज आचार्य कौण्डिन्न्यायन (जन्म - वि.स. १९९७ माघ २०, तदनुसार सन् १९४१ फेब्रुअरी २ निधनः वि.सं २०७४ भाद्र १५ तदनुसार २०१७ अगष्ट ३१) नेपालका एक विशिष्ट संस्कृत विद्वान्, वैदिक, शिक्षाशास्त्री, भाषाशास्त्री, कोषकार, वेदाङ्गज्योतिषविद्, मीमांसक तथा वेदान्तज्ञ हुन् ।[१] उनका नेपाली, संस्कृत र हिन्दी भाषामा चालीसभन्दा बढी कृतिहरू नेपाल र भारतबाट प्रकाशित छन् ।[२][३] [४]
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]उनको जन्म पश्चिम नेपालको तनहुँ जिल्लामा भएको थियो । प्राथमिक शिक्षा पछि उच्च अध्ययनको लागि काठमाडौंमा आएका उनले त्रिभुवन विश्वविद्यालयबाट वेदान्त तथा साहित्यमा आचार्य तथा संस्कृतमा एम.ए. गरे । पछि भारतको आगरा विश्वविद्यालयबाट दर्शनशास्त्र मा एम.ए. उत्तीर्ण गरे पछि उनले वाराणसी को सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वैदिक यज्ञ तथा वेदान्त विषयमा विद्यावारिधि तथा वैदिक शिक्षाशास्त्र (ध्वनिविज्ञान) विषयमा वाचस्पति (डी.लिट्.) उपाधि प्राप्त गरे। उनले आफ्नो शाखाका वेद, सूत्र र परिशिष्टको गुरुमुख गरेर अध्ययन गरेका छन् र स्मृति पुराण आदि अनेक ग्रन्थको उनले स्वाध्ययन गरेका छन् ।[५]
योगदान
[सम्पादन गर्नुहोस्]उनले आफ्नो जीवनको करीब चार दशक वेदान्तविषयको प्राध्यापनमा बिताए । आफ्नो पचास वर्षभन्दा लामो लेखनजीवनमा उनले नेपाली भाषा, व्याकरण, ध्वनिविज्ञान, संस्कृतशिक्षा, संस्कृतध्वनिविज्ञान, वेदाङ्गज्योतिष, तथा अनेक वैदिक शास्त्रीय संस्कृत ग्रन्थ एवं पद्धतिको सङ्ग्रह, व्याख्या, तथा परिमार्जनको क्षेत्रमा योगदान दिएका छन् । नेपाली भाषामा उच्चारणको अनुकूल लेखन हुनुपर्छ भन्ने उनको अभियान जिम्दो नेपालि भासाअभियानको रूपमा चर्चित छ ।[६][७][८][९] नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य जन्मेकै कुलमा जन्मेका उनले आफ्ना पिता नरनाथ आचार्यले लेखेको आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र सम्पादन तथा भानुभक्तकृत भाषारामायणको सम्पादन समेत गरेका छन् ।[१०]
निधन
[सम्पादन गर्नुहोस्]शिवराज आचार्य कौण्डिन्न्यायनको निधन २०७४ भाद्र १५ गते काठमाडौँँको पशुपतिनाथ नजिकै वागमतीतटमा भयो ।[११] शारीरिक रूपमा कृशकाय रहेका तर विशेष कुनै पनि रोग भने नरहेका उनलाई अन्तिम अवस्थामा भने पाचनप्रणालीमा समस्या देखा परेको थियो ।
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनका चालीसभन्दा बढी प्रकाशित पुस्तकहरूमा प्रमुख पुस्तकहरूको सूची यसप्रकार छ ।
नेपालीमा
[सम्पादन गर्नुहोस्]- वृत्तनक्षत्रमाला(छन्दोग्रन्थ २०२८ )
- जिम्दो नेपालि भासा (पैलो खण्ड २०३० )
- नेपाली वर्णोच्चारणशिक्षा (नेपालि फोनेटिक्स २०३१) साझा प्रकाशन
- जिम्दो नेपालि भासा (दोस्रो खण्ड २०३७ )
- आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र (द्वितीय संस्करण २०३७) सम्पादन (संयुक्त)
- वैदिक धर्म मूल रूपमा (प्रथम संस्करण २०४५ द्वितीय संस्करण २०६२)
- संवैधानिक हिन्दुराज्यको चरित्र र आवश्यकता के कस्तो ?(२०४७ )
- नेपालमा लोकतन्त्र दरो र दिगो कसरि होला ?(२०४७)
- स्वाद्ध्यायशालाकुटुम्बको स्वधर्मसन्देशहरू (२०५६ देखि प्रकाशन शुरु )
- धार्मिकपञ्चाङ्गमा वैदिककालगणनापद्धति अँगाल्ने आवश्यकता (२०५९)
- वैदिकजीवनपद्धतिमा ब्रतबन्धको महत्त्व (२०५९)
- भानुभक्तकृत भाषारामायण (२०६७) सम्पादन, रत्न पुस्तक भण्डार
- भानुभक्तकृत भाषारामायण (लोकानुकूल सुलभ संस्करण, २०७३) सम्पादन, साङ्ग्रिला पुस्तक
संस्कृतमा
[सम्पादन गर्नुहोस्]- काव्यप्रकाशः(हैमवत्या विवृत्या विवृतः, सन् १९८०) मोतीलाल बनारसीदास
- कतिपयनैपालसंस्कृतग्रन्थकारपरिचयः (२०४८)
- कौण्डिन्न्यायनशिक्षा (२०४९)
- प्रायश्चित्तव्यवस्था (२०४९)
- वेदभाषानिघण्टुः (कौण्डिन्न्यायनकोषः, २०५०)
- व्यावहारिकं संस्कृतम्[स्थायी मृत कडी](प्रथमम् पुस्तकम् २०५०)
- वैदिकमन्त्रसङ्ग्रहः (२०५२)
- व्यावहारिकं संस्कृतम्[स्थायी मृत कडी](द्वितीयम् पुस्तकम् २०५३)
- सन्ध्योपासनपद्धतिः ( द्वि.सं. सन् २०००,चौखम्बा विद्याभवन)
- एकोद्दिष्टश्राद्धपद्धतिः (प्र.सं. २०५८)(द्वि.सं., २०६४,रत्न पुस्तक भण्डार)
- व्यावहारिकं संस्कृतम्[स्थायी मृत कडी](तृतीयम् पुस्तकम् २०५८)
- ब्रह्मयज्ञपद्धतिः (प्र.सं. २०५९) ( द्वि.सं. सन् २००४,चौखम्बा विद्याभवन)
- पार्वणश्राद्धपद्धतिः (प्र.सं. २०५९) (द्वि.सं., २०६४,रत्न पुस्तक भण्डार)
- ब्रह्ममीमांसासूत्रम्(कौण्डिन्न्यायनवृत्यासहिता, सन् २००२) चौखम्बा विद्याभवन
- नारदीयशिक्षा (संस्क्रृतव्याख्यया हिन्दीव्याख्यया च सहिता, सन् २००२) चौखम्बा विद्याभवन
- गरुडपुराणम् (प्रेतकल्पात्मकम्, सन् २००४) चौखम्बा विद्याभवन
- वेदाङ्गज्योतिषम्(कौण्डिन्न्यायनव्याख्यानेन सहितम्, सन् २००५) चौखम्बा विद्याभवन
- चतुरशीतिपूजाविधि (चौरासिपूजाको पद्धति, २०६३) सम्पादन
- मनुस्मृतिः (सन् २००७) सम्पादन, चौखम्बा विद्याभवन
- पाणिनीयशिक्षा(संस्क्रृतव्याख्यया हिन्दीव्याख्यया च विभूषिता, सन् २००८) चौखम्बा विद्याभवन
- अन्त्यकर्मपद्धतिः (२०६५) रत्न पुस्तक भण्डार
हिन्दीमा
[सम्पादन गर्नुहोस्]- मनुस्मृतिः(हिन्दी अनुवाद, सन् २००८) चौखम्बा विद्याभवन
- भारतवर्षीय ज्योतिष के ज्वलन्त प्रश्न आैर वेदाङ्गज्योतिष (सन् २००८) चौखम्बा विद्याभवन
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Nepal Who's who, page 10, 1997, Research Centre for Communication and Development
- ↑ शिवराज आचार्य कौण्डिन्न्यायनका कृतिहरूको सूची वर्ल्डक्याटमा
- ↑ रत्न पुस्तक भण्डारले प्रकाशित गरेका शिवराज आचार्य कौण्डिन्न्यायनका पुस्तकहरू
- ↑ ई पुस्तकालयमा शिवराज आचार्य कौण्डिन्न्यायनका रचनाहरू वेब्याक मेसिन अभिलेखिकरण २०१८-०७-२० मिति
- ↑ दहाल, टेकनाथ, शिवराज आचार्यको व्यक्तित्त्व र कृतित्त्व, त्रिभुवन विश्वविद्यालयको अनुसन्धानकृति
- ↑ नेपाली भाषा अधिगोष्ठी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
- ↑ पच्चीस वर्षका भाषिक चर्चा २०३९ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
- ↑ A Few Moments with a Lingiust Vasudha xvi Feb March 1978
- ↑ नेपाली भाषा व्याकरण चिन्तनमा जिम्दो नेपालि भासा सिद्धान्त, गरिमा २०६२ वैशाख
- ↑ धिताल, रामप्रसाद भानुभक्तकृत भाषारामायण(कृतिसमीक्षा) अनलाइनसाहित्य डटकम
- ↑ http://www.thahakhabar.com/news/22751
वाह्य सूत्रहरू
[सम्पादन गर्नुहोस्]- शिवराज आचार्य कौण्डिन्न्यायनका ग्रन्थको सूची
- शिवराज आचार्य कौण्डिन्न्यायनका रत्न पुस्तक भण्डारबाट प्रकाशित ग्रन्थको सूची
- किमर्थं वैदिकी कालगणना उपयोक्तव्या? (वैदिक कालगणना किन प्रयोग गर्ने ?) शिवराज आचार्य कौण्डिन्न्यायनको अन्तर्वार्ता संस्कृतभाषामा युट्युबमा