बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २३ मार्च २०१५.
† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ३१ मार्च २०१५
जियानलुइजी "जिजि" बुफन,(इटालियाली उच्चारण: [ˈdʒidʒi bufˈfon] (जन्म २८ जनवरी १९७८), इटालीयन गोलरक्षक हुन् जो इटाली राष्ट्रिय फुटबल टिम र सिरि ए क्लब युभेन्टसबाट खेल्दछन् । इटालीका लागि अन्तराष्ट्रिय खेलमा सबभन्दा बढी पटक उपस्थिति जनाएका किर्तिमानधारी बुफन बुढा बाघका रूपमा परिचित छन् । उनलाई इटालीको हालसम्मकै अब्बल गोलरक्षकका रूपमा लिइन्छ । बुफन विशेष गरी विपक्षीको दमदार प्रहार रोक्न र रक्षापंक्तिका खेलाडीलाई उत्साहित गर्न खप्पीस मानिन्छन् । अझै पनि बुफनलाई छेडेर गोल गर्न दिग्गज स्ट्राइकरलाई पनि हम्मेहम्मे पर्छ । £३२.६ मिलियनमा २००१ मा पार्माबाट युभेन्टसमा स्थानान्तरण भएसँगै उनी विश्वकै महँगा गोलरक्षक बनेका हुन् । उनका पालाका गोलरक्षकहरूले उनलाई इटालीको सबैभन्दा राम्रो गोलरक्षक मान्छन् ।[४][५][६][७][८][९][१०]