जिरान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिरान
جيران
व्यवसायको प्रकारनिजी
साइटको प्रकार
सामाजिक सञ्जल सेवा
प्रयोगकर्ता समीक्षा मञ्च
उपलब्ध भाषाअरबी, अङ्ग्रेजी
संस्थापितसन् २०००
मुख्यालयहरूअम्मान, जोर्डन[१]
सेवा क्षेत्रखाडी मुलुकहरू
उद्योगइन्टरनेट सेवाहरू
उत्पादहरूवेबसाइट/मोबाइल अनुप्रयोग
कर्मचारीहरू१५[१]
युआरएलआधिकारिक वेबसाइट
अलेक्सा क्रम५२,४९४[२]
दर्ताचाहिँदैन
प्रयोगकर्ताहरू२०,००,०००
वर्तमान स्थितिचालू

जिरान (अरबी: جيران‎) ‎(अनुवाद - 'छिमेकी), एक अनलाइन समीक्षा मञ्च हो जसले स्थानीय मानिस र दर्शकहरूलाई कुनै पनि सहरमा उत्तम स्थान तथा सेवाहरू जस्तै नजिकैको एटिएम, रेष्टुरेन्ट आदि फेला पार्न मद्दत गर्दछ। यसको प्रधान कार्यालय जोर्डनको राजधानी अम्मानमा रहेको छ।

जिरानले जोर्डन , साउदी अरब , मिश्र , र कुवेतमा ३,५०,००० भन्दा बढी स्थानहरूको लागि समीक्षा, तस्वीर, फोन नम्बर, र नक्सा प्रदान गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

जिरान सन् २००० मा, एक नि: शुल्क आयोजक मञ्चको रूपमा रूपमा स्थापना गरिएको थियो र सन् २००५ मा, यसलाई ब्लगिङ सेवाहरू प्रस्ताव गर्न विकसित भएको थियो जसलाई अधिक अरबी सामग्रीहरू अनलाइन ल्याउने उद्देश्यले जारी गरिएको थियो। सन् २०१० मा, जिरानको सबैभन्दा ठूलो परिवर्तन खाडी मुलुकहरूका लागि समीक्षा मञ्चमा भएको थियो।

यस ठूलो परिवर्तन पछि जिरानले सन् २०११ को अन्तमा आइफोन अनुप्रयोग र सन् २०१२ को सुरुमा एन्ड्रोइड अनुप्रयोगको जारी गरेको थियो। सन् २०१४ मा जिरानका आधिकारिक अनुप्रयोगहरू विन्डोज फोनमा जिरानको प्रक्षेपणको साथ प्रमुख सुधारको चरणमा गएका थिए।[३]

लोगोको इतिहास[सम्पादन गर्नुहोस्]

सन् २००० मा नि: शुल्क आयोजक मञ्चको रूपमा सेवाको सञ्चालन गरेको यस कम्पनीले, तीनवटा घरहरू, व्यक्तिलाई छिमेकीको रूपमा प्रतिनिधित्व गर्न प्रयोग गरिएको थियो जसलाई अरबी भाषामा जिरान (جيران) भनिन्छ।

यस लोगोको परिष्कृत संस्करण सन् २००६ मा प्रयोग गरिएको थियो जब जिरानले ब्लगिङ मञ्चमा सेवालाई रुपान्तरण गरेको थियो। तथापि, उक्त घरहरू प्रयोगकर्ताहरूका लागि मान्य प्रतिनिधिको रूपमा रहेका थिए।

सन् २०१० मा जिरान "तपाईको सहरमा ठाउँहरू" र स्थानीय तथा आगन्तुकहरूको लागि अन्तिम मार्गनिर्देशनमा रूपान्तरण भएको थियो। तीन घरहरू एउटामा सिमित गरिएको थियो र लोगोले यस परिवर्तनलाई जोड दिनका लागि नारालाई जोडेको थियो।

हाल, जिरान प्रत्येक मोबाइल मञ्च र ४ देशका ३८ भन्दा बढी सहरहरूमा अवस्थित छ। नयाँ सृजना गरिएको लोगो एक कम्पनीको रूपमा जिरानको भावनाको प्रतीकको रूपमा देखा परेको थियो।

मुख्य विशेषताहरू[सम्पादन गर्नुहोस्]

जिरानको साइट तथा मोबाइल अनुप्रयोगहरूले निम्न सुविधाहरूको समावेश गर्दछन्:

१) सेवा सञ्चालनमा रहेका सहरहरूका सबै स्थानहरूको सूची

२) फोन नम्बर, तस्वीर, नक्सा, प्रयोगकर्ताद्वारा उत्पन्न गरिएका समीक्षा र ती स्थानहरूको बारेमा मूल्यनङ्कन सहितका विवरणहरू

३) प्रश्न र उत्तर खण्ड: जहाँ व्यक्तिले विशेष सेवाहरू वा सहरका उत्पादनहरूका बारे प्रश्नहरू सोध्न सक्दछन्[४]

प्रयोग[सम्पादन गर्नुहोस्]

जिरानको आधिकारिक अनुप्रयोगले फेब्रुअरी २०१५ मा, ३,७५,००० डाउनलोडहरू हिट पार गरेको थियो र यसले गुगल प्ले ष्टोर र आइट्युन्समा क्रमशः ४.५ र ४.३ मूल्याङ्कन प्राप्त गरेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]