जेदाह
जेदाहा
جدة | |
|---|---|
शहर | |
| आदर्श वाक्य: जेदाहा फरक छ | |
| देश | |
| प्रदेश | मक्का |
| स्थापना | ६ ई.श बाट |
| सरकार | |
| • मेयर | हानी आबु रास[१] |
| • शहरी गभर्नर | मसल अल-साउद |
| • प्रदेशका गभर्नर | खलिड अल-फैसल |
| क्षेत्रफल | |
| • शहर | १,६०० किमी२ (६०० वर्ग माइल) |
| • सहरी | १,६८६ किमी२ (६५१ वर्ग माइल) |
| • महानगर | ४७ किमी२ (१८ वर्ग माइल) |
| उन्नतांश | १२ मिटर (३९ फिट) |
| जनसङ्ख्या (२०१४)[२] | |
| • शहर | ३,९७६,००० |
| • घनत्व | २५००/किमी२ (६४००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+३ (अरबी समय) |
| • ग्रीष्म (डिएसटी) | अरबी समय |
| हुलाक कोड | ५ बटा अंक सुरुमा २१ भएका |
| क्षेत्रीय सङ्केत | +९६६-१२ |
| वेबसाइट | www |
| आधिकारिक नाम | एेतिहाँसीक जेदाहा शहर, मक्काको प्रवेश द्वार |
| मापदण्ड | Cultural: ii, iv, vi |
| स्रोत | 1361 |
| दर्जा प्राप्त | सन् 2014 (३८th शत्र) |
| क्षेत्रफल | १७.९१ हेक्टर |
| तटस्थ क्षेत्र | ११३.५८ हेक्टर |
जेदाहा (अरबी: جدة) तिहामाह प्रदेशको हिजाजमा पर्ने साउदी अरबको एक प्रमुख शहर हो जुन रातो नदिको किनारमा अवस्थित छ । यो शहर मक्का प्रदेशको सबैभन्दा ठूलो शहर र रातो नदिको प्रमुख बन्दरगाहको रूपमा रहेको छ । यस शहरको कुल जनसङ्ख्या करिब चार मिलियन (२०१७ का अनुसार) रहेको छ र राजधानी रियाद पछिको दोश्रो ठूलो शहर हो । जदहालाई सउदी अरबको व्यापारिक राजधानीको रूपमा लिईन्छ । [३]
जेदाहा साउदी अरबको प्रमुख शहर मक्का र मदिनाको प्रवेश द्वार हो । आर्थिक रूपमा जेदहा साउदी अरब भित्र वैज्ञानिक र इन्जिनियरिङ विकासको लागि जोड दँदै आएको छ । जेदाहा साउदी अरबको प्राथमिक आश्रयको शहरहरू मध्ये एक हो । यो शहरको आदर्श वाक्य जेदा गहिर जसलाई उल्था गरेर नेपालीमा जेदाहा फरक छ भन्ने बुझिन्छ र यो आदर्श वाक्य सबै विदेश र स्थानीय बासीहरूले प्रयोग गर्दै आएका छन् ।
भुगोल र मौसम
[सम्पादन गर्नुहोस्]
जेदाहा शहर साउदी अरबको रातो नदीको किनारमा अवस्थित । जेदाहा हाजिज प्रन्तमा एक मुख्य शहर हो र यो शहर क्षेत्रफलका अनुसार विश्वको १०० अौँ ठूलो शहरको रूपमा रहेको छ ।
जेदाहामा हिउँदक बेला धेरै जाडो नभई यहाँको तापक्रम १५ डिग्री र दिउँसोको बेला २८ डिग्री सम्म मापन गरियको छ । त्यस्तै ग्रिष्म ऋतुमा जेदाहामा अत्याधिक गर्मि हुने भएकाले यस शहरको तापक्रम अौसतमा ४३ डिग्री र साँझको बेला ३० डिग्री हुन्छ । जेदाहामा नोभेम्बर र डिसेम्बरमा मात्र फाटफुट वर्षा हुने गरेको छ र चट्याङ हिउँदको बेला अत्याधिक मात्रामा पर्छ । यस भन्दा अघि सन् २००८ मा एक शक्तिसाली चट्याङ परेको थियो । सन् १९९३ फेब्रुअरी १० मा जेदाहाको तापक्रम सबैभन्दा कम ९.८ डिग्री मापन गरियको थियो भने सन् २०१० जुन २२ मा यस शहरको तापक्रम सबैभन्दा अधिक ५२.० डिग्री मापन गरियको थियो ।
शिक्षा
[सम्पादन गर्नुहोस्]सन् २००५ मा पुरुष विद्यार्थी लागि जेदाहामा सरकारी र निजी विद्यालय गरी ८४९ रहेका छन् र महिला विद्यार्थी लागि जम्मा १,१७९ विद्यालयहरू रहेका छन् । यहाँ विद्यार्थीलाई मुख्य अरबी भाषाम पढाइ हुन्छ र दोश्रो भाषाको रूपमा अङ्ग्रेजी भाषा पढाइ हुन्छ त्यहिपनि बाहिरी प्रशासन र विदेश नाम भएका विद्यालयमा कक्षा अङ्ग्रेजीमा सञ्चालन हुँदै आएको छ ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]खेलकुद
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "आबु रास", Saudigazette.com.sa, २०१०-०८-१९, मूलबाट २०१२-०३-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०४-१७।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "जनसङ्ख्या", २०१४ को राष्ट्रिय जनगणना, साउदी अरब केन्द्रिय तथ्याङ्क विभाग, मूलबाट २१ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ फेब्रुअरी २०१६।
|deadurl=प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २१ फेब्रुअरी २०१६ मिति - ↑ "साउदीहरू आफ्ना पुराना शत्रुहरूलाई शान्तिको साथ अपनाउदै छन्", अर्थतन्त्र, ७ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- नगरपालिकाको आधिकारिक वेबसाइट (अरबी भाषामा)
- आधिकारिक वेबसाइट (अङ्ग्रेजीमा)
- जेदाहाको जनाकारी भएको वेबसाइट (अङ्ग्रेजीमा)
- जेदाहामा रोजगार वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-२८ मिति
- जेदाहा शहरको लागि सहयोग
- जेदाहामा रहेका मुर्तिकहरू जनाकारी भएको वेबसाइट