ज्योती मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्योती मगर
जन्मज्योती मगर
नुवागाउँ, रोल्पा
वासस्थानकाठमाडौँ, नेपाल
पेशागायिका, मोडल

ज्योती मगर नेपाली चलचित्र क्षेत्रको गायिका तथा मोडल हुन्। उनको जन्म रोल्पा जिल्ला[१]को नुवागाउँ गाविसमा भएको थियो । उनी विसं २०६३बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

ज्योती मगरको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएको थियो, पछि उनी सानै हुँदा उनको परिवार दाङमा बसाई सर्यो । उनको परिवारमा बुवाआमा लगायत एक जना भाइ एक जना बहिनी छन् । उनले दाङबाट एसएलसी पास गरिन र प्रविणता प्रमाणपत्र तह सुरु गरिन तर पढाई बिचमा नै छाडेर उनी सांगीतिक क्षेत्र तिर लागिन ।[२]

करियर[सम्पादन गर्नुहोस्]

प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौँ आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् ।[१] विसं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम माया सँगउही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी चर्चामा आइन् । उनी अझैं चर्चामा आउनुको कारण उनको 'ढाडे बिबिरालो'नामक गीत रहेको छ जसमा उनले एकदमै अश्लीलता झल्किने खालको अभिनय गरेकी छिन् ।[स्रोत नखुलेको] त्यस यता पनि उनका थुप्रै अश्लीलताले भरिपूर्ण म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन्[स्रोत नखुलेको] तर सकारात्मक चर्चाभने कमान सकेका छैनन् तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेको पाईन्छ । [२]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ niloaakash.com[dead link]
  2. २.० २.१ "Jyoti Magar", Wikinepal.org, २०१५-०४-२२।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-१६ मिति

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]